यसपटक पृथकढंगले संविधान दिवस मनाउने तयारी
उदयपुर, भदौ ३१ गते ।
यसवर्षको संविधान दिवस उदयपुरमा पृथकढंगले मनाउने तयारी भईरहेको छ । २०७२ साल असोज ३ गते जारी संविधानलाई आत्मसाथ गर्दै सुखी नेपाली र समृद्ध नेपालको लक्ष्य हाँसिल गर्न सकारात्मक सन्देश प्रभावका लागि पृथकढंगले मनाउन लागिएको संविधान दिवस जिल्ला समारोह समितिका अध्यक्ष एवम् जिल्ला समन्वय प्रमुख खड्गबहादुर परियारले बताए ।
“संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोउल्लासका साथ मनाऔं, घरघरमा दिपावली गरौं र राष्ट्रिय झण्डा फहराऔं” भन्ने नाराका साथ मनाउन लागिएको दिवसको अबसरमा असोज २ गतेदेखि नै विविध कार्यक्रम तय भएको छ । असोज २ मा जिल्लास्थित सरकारी कार्यालयहरुले कार्यालय परिसर र आम नागरिकहरुले आ आप्mना घरमा सरसफाई तथा दिपावली गर्ने, राष्ट्रिय झण्डा रिले दौड प्रतियोगिता गर्ने, संविधान, राज्यको पुनः संरचना र संघीयता विषयक हाजिरी जवाफ प्रतियोगिता गर्ने, लेखरचना पत्रपत्रिकामा प्रका...







