मेयर/अध्यक्षका दशैं
उदयपुर, असोज २१ गते
सबैको घरघरमा दशैँ भित्रिनुका साथै आजको साडे १० बजेदेखिको साईतबाट टिका ग्रहण खुलेको छ । बर्ष दिनको यस पर्वलाई हासि खुसी र उमंगका साथ मनाई राखिएको छ । उदयपुरको स्थानीय सरकारका प्रमुखहरुले पनि यस पर्वलाई विशेषरुपमा मनाइरहेका छन् । पूर्णपुष्टिसंग आज सम्पर्क हुन सकेका स्थानीय सरकार प्रमुखहरु अधिकांशले पारिवारिक भेटघाट, इष्टमित्रसंगको जमघटका साथ दशैं मनाउने, टिका ग्रहण गर्ने बताएका छन् । कसले कसरी मनाउदै छन् त ? पूर्णपुष्टिको छोटो रिपोर्ट :
स्थानीय तह : कटारी नगरपालिका, मेयर : ज्ञानेन्द्र श्रेष्ठ
आज टिकाको साईट (विहान १०ः३५) मै आमा नानीमैया श्रेष्ठको हातबाट टिका ग्रहण गरेका कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ पारिवारिक भेटघाटका साथ दशैं मनाइरहेका छन् । मेयर श्रेष्ठले दशैंको अवसरमा नगरबासी तथा देश विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीवहिनीहरुमा शुभकामना ब्यक्त गर...









