Thursday, August 6News That Matters

Month: ७ वर्ष अगाडि

वन, रिंगिट र कुवेती दिनारको भाउ बढ्यो

वन, रिंगिट र कुवेती दिनारको भाउ बढ्यो

आर्थिक, समाचार
कात्तिक ५ गते ।  आज कोरियन वन, रिंगिट र कुवेती दिनारको भाउ बढेको छ भने ओमानी रियाल र बहराइन दिनारको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ १३ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४३ पैसा रहेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ । त्यस्तै ओमानी रियालको भाउ केही घटेको छ । ओमानी रियाल १ को खरिददर २९४ रुपैयाँ ५७ पैसा रहेको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा छ भने मलेसियन रिंगिट  १ कोे खरिददर २७ रुपैयाँ १५ पैसा बिक्रीदर २७ रुपैयाँ २९ पैसा तोकेको छ । त्यस्तै वन १ सयको खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा पुगेको छ । कुवेती दिनार १ को खरिददर ३ सय ७४ रुप...
करेण्ट लागेर एक जनाको मृत्यु

करेण्ट लागेर एक जनाको मृत्यु

समाचार
कात्तिक ५ गते ।  पाँचथरको कुम्मायकमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेण्ट लागेर पाल्पा जिल्लाको रुप्से गाउँपालिका–९ निबासी २५ वर्षीय ईश्वर सारु मगरको मृत्यु भएको हो । पालिकाको हाङथुवामा बिजुलीको काम गर्दै गर्दा सोमबार साँझ अचानक करेण्ट लाग्दा मगर गम्भिर घाईते भएको थियो ।  घाईते मगरको जिल्ला अस्पताल पाँचथरमा उपचारको लागि लादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...
नागढुङ्गा–सिस्ने खोला सुरुङमार्ग ४२ महिनामा बन्ने

नागढुङ्गा–सिस्ने खोला सुरुङमार्ग ४२ महिनामा बन्ने

आर्थिक, समाचार
कात्तिक ५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुप्रतीक्षित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास गर्नुभएको छ । प्रधानमनित्र ओलीले सोमबार सुरुङमार्गको शिलान्यास गर्नु भएपछि औपचारिक रूपमा सुरुङमार्गको निर्माण सुरु भएको हो । सुरुङमार्गको शिलान्याससँगै नेपाल विकासले नयाँ युगमा प्रवेश गरेको र एक कदम अगाडी विकास बढेको प्रधानमन्त्री ओलीले बताउनुभयो । कुल लम्बाइ २.७ किलोमिटर रहेको सुरुङमार्गको निर्माण सम्झौता जापानको हाज्मा एन्डो कर्पोरेसनसँग असोज ६ गते सम्पन्न भइसकेको छ । दुईवटा फ्लाई ओभरसहित निर्माण हुन लागेको सुरुङमार्गको निर्माणका लागि करसहित करिब १५ अर्ब २५ करोड लागत लाग्ने भएको छ । सुरुङमार्गको निर्माण सम्झौता करबाहेक साढे १३ अर्ब रुपियाँमा भएको हो । प्रधानमन्त्रि ओलीले सुरुङमार्गको प्रयोग नेपालमा पहिलो पटक भएकाले यस प्रकारको विकासबाट मुलुकले नयाँ फड्को मार्ने विश्वास व्य...
विरामी बोकेको एम्बुलेन्स दुर्घटना

विरामी बोकेको एम्बुलेन्स दुर्घटना

समाचार
उदयपुर, कात्तिक ५ गते ।  सुनसरीको दुहवीमा उदयपुरबाट विरामी लिएर विराटनगर जादै गरेको एम्बुलेन्स दुर्घटना हुदा चालकसहित पाँच जना गम्भिर घाईते भएका छन् । उदयपुरगढी गाउपालिका–४ बाट विरामी लिएर जादै गरेको एम्बुलेन्सलाई ट्रकले ठक्कर दिदा दुर्घटना भएको हो । विपरित दिशाबाट आएको ट्रकले स १ झ ५२८ नम्बरको एम्बुलेन्सलाई विहान करिब ५ बजे ठक्कर दिदा चालक, विरामी र विरामीसँगै गएका पाँचै जनाको अवस्था गम्भिर रहेको छ । उदयपुरगढी गाउँपालिका–५ नम्बर वडाको एम्बुलेन्स रहेको पालिकाले जनाएको छ ।...
इंग्लिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेडको जित

इंग्लिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेडको जित

खेलकुद, समाचार
कात्तिक ५ गते ।  इंग्लिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेडले आर्सनललाईपछि पार्दै जित हात पारेको छ । गतराती भएको खेलमा आर्सनललाई सेफिल्डले ०–१ गोललेपछि पार्दै जित हात पारेको हो । घरेलु मैदानमा भएको खेलमा सेफिल्डको मोउसेटले ३० औँ मिनटमा एक गोल गर्दै जित हात पारेको थियो । त्यस्तै आर्सनलले तीन वटा उत्कृष्ट मौकालाई सदुपयोग गर्न सकेन । प्रिमियर लिगमा बढुवा भएपछि सर्वा्धिक ठूलो जित निकालेको सेफिल्डले रेलिगेसन जोनबाट चार अंकको दूरी बनाएको छ । यस हारले आर्सनललाई शीर्ष चार स्थानमा पुग्ने सुनौलो अवसर गुमेको हो ।...
सरकारसँग वार्ता गर्न चन्द समूहको दुई सर्त

सरकारसँग वार्ता गर्न चन्द समूहको दुई सर्त

लिम्चुङबुङ डायरी, समाचार
कात्तिक ५ गते । सरकारसँग बार्ता गर्नका लागि नेत्रविक्रम चन्द नेतृत्वको समूहले दुई वटा सर्त राखेका छन् । चन्द समुहले आफूमाथिको प्रतिवन्ध हटाउनुपर्ने र पक्राउ परेका नेता–कार्यकतालाई निःसर्त रिहा गर्नुपर्ने सर्त राखेका हुन् । चन्द समूहको गत असोजमा सम्पन्न आठौं पूर्ण बैठकले यस्तो निर्णय लिएको हो । ‘सरकारले आफ्नो फाँसीवादी दमनलाई ढाकछोप गर्न ‘वार्ता’को हतियार प्रयोग गरेको चन्द समुहले आरोप लगाएको छ । उक्त बार्ताको सन्दर्भमामा पार्टीले षड्यन्त्रपूर्ण वार्ता प्रचारलाई भण्डाफोर गर्ने तर इमान्दारीका साथ प्रतिवन्ध हटाएर गिरफ्तार कमरेडहरुलाई छोडेर निःसर्त आएमा सकारात्मक रुपले सोच्ने निर्णय लिएको छ ।’ चन्द समूहले उल्लेख गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।...
वडा न. ११ ले चुमे प्रथम वडा कपको उपाधी

वडा न. ११ ले चुमे प्रथम वडा कपको उपाधी

खेलकुद, समाचार
उदयपुर, कात्तिक ४ गते । प्रथम वडा कप सेभेन ए साईड फुटबल प्रतियोगीताको उपाधी वडा न. ११ ले चुमेको छ । त्रियुगा नगरपालिका–१० बोक्सेमा संचालन भएको प्रतियोगीतामा आयोजक टिमलाई ३–० गोललेपछि पार्दै उपाधि चुमेको हो । “युवा दुर्वेसन विरुद्ध खेलकुद, स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराको साथ वडा खेलकुद विकास समिति त्रिनपा–१० बोक्सेको आयोजनामा प्रतियोगिता संचालन भएको थियो । खेल सुरु भएको १० औँ मिनटमा वडा न. ११ का सरोज राउतले एक गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएको थियो । त्यस्तै २५ आँै मिनटमा सनिल खड्काले अर्का गोल थापेको थियो भने दोस्रो हाफको १० औँ मिनटमा खड्काले पुन अर्को गोल थप्दै आफ्नो टिमलाई उपाधि चुमाएको आयोजक वडा खेलकुद विकास समिति त्रिनपा–१० बोक्सेका सल्लाहकार ज्ञानबहादुर मगरले बताए । आयोजक टिम निकै आक्रमक रुपमा खेल मैदानमा उत्रे पनि गोल फर्काउन नसक्दा शुन्यमा चि...
तास खेलीरहेको अवस्थामा ६ जना पक्राउ

तास खेलीरहेको अवस्थामा ६ जना पक्राउ

समाचार
उदयपुर, कात्तिक ४ गते ।  त्रियुगाको राजाबासबाट ताख खेलिरहेको अवस्थामा छ जना पक्राउ परेका छन् । त्रियुगा नगरपालिका–९ राजाबासमा विशाल कार्कीको घरमा तास खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् । कार्कीको घरमा तास खेलिरहेको सुचना पाएपछि अस्थाई प्रहरी पोष्ट चुहाडेबाट खटेका प्रहरीले आईतबार साँझ करिब ६ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ । त्रिनपा–८ निबासी ६० वर्षीय कष्णबादुर बस्नेत, ३४ वर्षीय जयराम चौधरी, ४५ वर्षीय हिमाल कार्की, ३७ वर्षीय दिपक खत्री, त्रिनपा–९ निबासी ५७ वर्षीय खुसबहादुर दनुवार र ५० वर्षीय विर्खबहादुर कार्की पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
काठमाण्डौबाट नक्कली नोट छाप्ने मेसिनसहित ३ जना पक्राउ

काठमाण्डौबाट नक्कली नोट छाप्ने मेसिनसहित ३ जना पक्राउ

समाचार
कात्तिक ४ गते । काठमाण्डौँको बौद्धबाट नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ परेका छन् । बौद्धको नयाँ वस्तीबाट प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित मानिस पक्राउ गरेको हो । विशेष सुराकीको आधारमा नक्कली नोट छाप्ने मेसिनसहित ३५ हजार रुपैयाँ बराबरको नक्कली नोटसमेत बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेको परिचय भने प्रहरीले खुलाएको छैन । उनीहरुमाथि  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
कुवेती दिनार र ओमानी रियालको भाउ घट्यो

कुवेती दिनार र ओमानी रियालको भाउ घट्यो

आर्थिक, समाचार
कात्तिक ४ गते । आज कुवेती दिनार र ओमानी रियालको भाउ घटेको छ भने बहराइन दिनारको भाउ केही पैसा बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबार १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ १३ पैसा तोकेको छ । साउदी रियाल एकको खरिद दर ३० रुपैयाँ २७ पैसा र बिक्री दर ३० रुपैयाँ ४३ पैसा रहेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ । त्यस्तै ओमानी रियाल १ को खरिददर २ सय ९४ रुपैयाँ ८७ पैसा रहेको छ । हिजो खरिददर २ सय ९५ रुपैयाँ ८० पैसा रहेको थियो । यूएई दिर्हाम १ को खरिद दर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा छ भने रिंगिट १ को खरिद दर २७ रुपैयाँ १२ पैसा बिक्रीदर २७ रुपैयाँ २६ पैसा तोकेको छ । त्यस्तै वन १ सयको खरिददर ९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९ रुपैयाँ ६८ पैसा पुगेको छ । कुवेती दिनार १ को खरिददर ३ सय ७३ रुपै...