Thursday, August 6News That Matters

Month: ७ वर्ष अगाडि

करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

समाचार
झापा, कात्तिक ७ गते ।  झापाको अर्जूनधारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । अर्जूृनधारा नगरपालिका–९ गोलधाप निबासी २२ वर्षीय बसन्त धिमालको मृत्यु भएको हो । गतराती पौने ९ बजे रेखा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक्कासी आफैलाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
३२ हजार भन्दाबढीको पटका बरामद

३२ हजार भन्दाबढीको पटका बरामद

समाचार
मोरङ, कात्तिक ७ गते ।  मोरङको विभिन्न ठाउँबाट ३२ हजार भन्दा बढी मूल्यको पटका बराम गरिएको छ । सिमा प्रहरीले करिब १२ हजार पाँच सय मुल्य बराबरको र ईलाका प्रहरी कार्यालय बुधनगरले करिब २० हजार बराबरको पटका बरामद गरेको हो । सिमा प्रहरी चौकी डोरीयाबाट खटेका प्रहरी टोलीले बुधबार हिउँसो करिब १ बजे भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवैध करिब १२ हजार पाँच सय बराबरको पटका बराम गरेको प्रहरीले जनाएको छ । त्यस्तै ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटेका प्रहरी टोलीले दिउँसो करिब २ बजे चेकजाँच गर्ने क्रममा २० हजार मुल्य बराबरको पटका बरामद गरेको प्रहरीले जनाएको छ ।...
Trisha suffer accidental in cross country skiing

Trisha suffer accidental in cross country skiing

Breaking News 1
Shall their, them tree and creeping moveth Green. Yielding stars bearing lesser. Us likeness without they're they're greater. You said let saying. Moveth whose let in living. Have. Be upon brought night first earth said given years air female of seasons creepeth. Subdue subdue living. Fourth. Said you're seed hath light fish signs dry under behold the. Greater made second. Deep beast grass fly seed May earth fruitful evening called lesser. Under good said Seas form. Fruitful. Divide our his hath you'll void living be man appear. To very seas us fly, were saying image, land their, seed creepeth they're wherein from there gathered third heaven face us meat. Darkness fish replenish one. Fourth be so his whose under together kind had. Isn't so great can't shall saying Sixth in. Own the god you...
लुकेर काम गरिन्न-पारदर्शी नेतृत्व हुनेछ :अध्यक्ष विनोद कटुवाल

लुकेर काम गरिन्न-पारदर्शी नेतृत्व हुनेछ :अध्यक्ष विनोद कटुवाल

बिचार
नेकपा उदयपुरले भर्खरै पूर्णता पाएको छ । १६२ सदस्यीय जिल्ला कमिटिको कार्तिक २ गते सपथ ग्रहण सम्पन्न भयो । पूर्व एमाले र पूर्व माओवादी केन्द्रबीचको एकतापछिको कमिटिको नेतृत्व माओवादीको तर्फबाट विनोद कटुवाल (दिवस)ले सम्हालेका छन् । नेकपा उदयपुरको नयाँ कमिटि, नयाँ नेतृत्वले अव पार्टी र गतिविधिलाई कसरी अगाडी बढाउछ ? पार्टीभित्र गुनासा र टिकाटिप्पणी पनि सुनिएका छन् । यिनै सवालहरुमा केन्द्रित भई नेकपा उदयपुरका अध्यक्ष विनोद कटुवाल (दिवस)संग पूर्णपुष्टिले गरेको संवाद प्रस्तुत छ । पूर्णपुष्टि :  नेकपाको नेतृत्व पाउनु भएको छ । यसलाई कस्तो अवसर र चुनौतीको रुपमा लिनु भएको छ ? अध्यक्ष कटुवाल : यतिबेला अवसर र चुनौती दुवै सँगसँगै छ । किनभने दुईवटा पार्टी एक ठाउँमा उभिएकाले मिलाएर लैजाने कुरा असाध्य चुनौतीपूर्ण काम छ । यस चुनौतीलाई पार गर्दै सही तरिकाले समाधान गर्न सक्दा, सही तरिकाले काम कार्वाही अगाडी...
चौदण्डिमा तेस्रो मेयर कप व्याडमिन्टन प्रतियोगिता हुने

चौदण्डिमा तेस्रो मेयर कप व्याडमिन्टन प्रतियोगिता हुने

खेलकुद, समाचार
राजेन्द्र दुष्ट बेल्टार/कार्तिक ६ गते । चाडपर्वको अवसर पारेर चौदण्डीगढीमा तेस्रो मेयर कप डबल व्याडमिन्टन प्रतियोगिता गराउने भएको छ । बसाहा शनिबारे व्याडमिन्टन क्लवको आयोजना र नगको सहयोगमा बसाहाको शनिवारेमा  विहिबारदेखि मेयर कप व्याडमिन्टन प्रतियोगिता सुरु हुने भएको हो । मेयर खगेन्द्र राईले खेलको  उद्घाटन गर्ने गरी कार्यक्रम तय भएको आयोजकले जनाएको छ । विगतको वर्षहरु झै यसपटक पनि क्लवले प्रतियोगीताको आयोजना गरेको हो । खुल्लातर्पm ३२ समुह र भेन्ट्रान्सतर्फ २० समुहले सहभागिता जनाउने बसाहा शनिबार व्याडमिन्टन क्लवका अध्यक्ष नारायण तामाङले बताए । खुल्ला तर्पmका विजयी समुहहरुलाई नगद २२, १५ र १० हजार रुपैया, ट्रफि र प्रमाण पत्र प्रदान गरिने छ भने भेन्ट्रान्स तर्पmका विजयी समुहहरुलाई नगद १७, १२, र ८ हजार रुपैया, ट्रफि र प्रमाण पत्रले सम्मान गरिने चौदण्डीगढी व्याडमिन्टन समितिका संयोजक देवीर...
सरकारले मागे वैदेशिक रोजगार कम्पनीका कर्मचारीको विवरण

सरकारले मागे वैदेशिक रोजगार कम्पनीका कर्मचारीको विवरण

लिम्चुङबुङ डायरी, समाचार
कात्तिक ६ गते । सरकारले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीको सञ्चालक र कर्मचारी बुझाउन निर्देशन जारी गरेको छ । विवरण उपलब्ध गराउन सात दिनको म्याद दिइएको वैदेशिक रोजगार विभागले जनाएको छ । यस अवधि भित्र मागेको विवरण नबुझाए कारोबार बन्द गर्ने चेतावनी विभागले दिएको छ । म्यानपावर कम्पनीलाई निगरानी राख्नका लागि कम्पनी सञ्चालक र कर्मचारीको विस्तृत विवरण माग गरिएको विभागका महानिर्देशक भीष्मकुमार भूसालले जानकारी दिए । नियमन गर्न सजिलो बनाउनका लागि धरौटी बढाएर म्यानपावरको संख्या विभागले झण्डै आधामा घटाएको छ । ती कम्पनीबाट वैदेशिक रोजगारीमा जाने व्यक्ति अप्ठारोमा नपरून् भनेर कम्पनीको विवरण माग गरिएको विभिगले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ । ...
तिहारको अवसरमा सदा समुदायलाई राहत वितरण

तिहारको अवसरमा सदा समुदायलाई राहत वितरण

समाचार
अप्सरा समाल मगर उदयपुर/कात्तिक ५ गते । उदयपुरको उत्राई टोलमा सदा समुदायलाई राहत वितरण गरिएको छ । त्रियुगा नगरपालिका–९ को उत्राई टोलको २५ घर सदालाई मंगलबार राहत वितरण गरिएको हो । नाजुक स्थिति भएको र केहि दिन अघिसम्म परेको अविरल वर्षाले क्षती गरेको बाढि पीडित घरपरिवारलाई  तिहारको अवसर पारेर राहत वितरण गरिएको ओरेक नेपाल उदयपुरको व्यवस्थापक कमला खड्काले बताउनु भयो । गत असार अन्तिममा परेको अबिरल बर्षा र पुन असोजमा परेको बर्षाले आएको वाढि बस्तिमा पसेपछि घर भत्काई अन्न र लुगाफाटो नष्ट भएका घरपरिवार रातह वितरण गरेको खड्काले बताउनु भयो । उनका अनुसार बाढि प्रभावित क्षेत्रका ४ जना सुत्केरी महिलाहरु प्रभावित भएका थिए । त्रियुगा नदी र साहीखोलाको दोभानमा बसोबास गर्दै आएको उक्त समुदायका बासिन्दाहरु आर्थिक रुपमा बिपन्न रहेको छ । बर्षेनि उक्त बस्ति साहिखोला र त्रियुगा नदीको बाढीको चपेटामा पर्न...
नायिका मिरुनालाई नयाँ चलचित्र

नायिका मिरुनालाई नयाँ चलचित्र

मनोरञ्जन, समाचार
कात्तिक ५ गते । नायिका मिरुना मगरले अभिनय गरेको तीन वटा चलचित्र हलमा लागिसेको छ । नायिका मगरले अभिनय गरेका ‘लालपूर्जा, रोज र साइनो’ चलचित्रले व्यापार राम्रो गरेको छैन । त्यसैले उनीलाई ‘अनलक्की’ नायिका भन्ने गरिन्छ । नायिका मगरले अभिनय गरेको चलचित्रले राम्रो व्यापार नगरेपनि उनीलाई चलचित्रको अभाव छैन । उनी अभिनित चलचित्र ‘च च हुई’ मंसिर ६ गतेबाट रिलिज हुँदैछ । त्यसपछि अर्काे नयाँ चलचित्रमा समेत अभिनय गर्ने भएकि छिन् । उपेन्द्र सुब्बाको निर्देशनमा तयार हुन लागेको चलचित्रमा मिरुनाले काम गर्ने पक्का भएको हो । यस चलचित्रमा मिरुना र नायक दयाहाङ राईले काम गर्ने पक्का भएका छन् । दया र मिरुनाको यो चलचित्रको छायांकन कात्तिकको १४ गतेबाट सुरु हुँदैछ । चलचित्रको छायांकनका लागि काठमाण्डौ बाहिर रहने भएकाले मिरुना अहिले चलचित्र ‘ च च हुई’को प्रचारमा लागि परेकी छिन् ।...
सुनको तोलामा २ सय घट्यो

सुनको तोलामा २ सय घट्यो

आर्थिक, समाचार
कात्तिक ५ गते । मंगलबार सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको छ । सुन तोलाको ७० हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलाको ८ सय ५० रुपैयाँमा कारोबार भैरहेको संघले जनाएको छ ।
अवैध हतियार बरामद

अवैध हतियार बरामद

समाचार
कात्तिक ५ गते । सप्तरीको छिन्नमस्ताबाट प्रहरीले अवैध हतियार बरामद गरेको छ । छिन्नमस्ता गाउँपालिका – २ मोहनपुरबाट सशस्त्र प्रहरीले एक थान पेस्तोल र दुई राउण्ड गोली बरामद गरेको हो । सशस्त्र प्रहरी सीमा सुरक्षा आउट पोष्ट गोविन्दपुरबाट खटेका प्रहरी टोलीले नेपालबाट भारत तर्फ मोटरसाइकलमा मदिरा तस्करी गरिरहेको अवस्थामा प्रहरीलाई देखेपछि तस्करहरु मदिरा छाडेर भागेका प्रहरीले जनाएको छ । तस्करहरुले छाडेर भागेका मोटरसाइकलबाट २८ पिस कस्तुरी तथा कस्तुरीको बीचमा हतियार फेला परेको प्रहरीले जनाएको छ । बरामद गरिएको हतियार र मोटरसाइकल इलाका प्रहरी कार्यालय सखडाको जिम्मा लगाइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...