Thursday, August 6News That Matters

Month: ७ वर्ष अगाडि

पर्यटकिय क्षेत्रको विकासमा पालिकाको चासो

पर्यटकिय क्षेत्रको विकासमा पालिकाको चासो

पर्यटन, समाचार
उदयपुर, कात्तिक २८ गते ।  पर्यटकिय क्षेत्रको विकासका लागि उदयपुरको एक गाउँपालिकाले बजेट विनियोजन गरेर लागि परेको छ । रौतामाई गाउँपालिकाले पर्यटकिय क्षेत्रको संरक्षण तथा प्रवद्र्धनका लागि ४८ लाख बजेट विनियोजन गरेको हो ।जिल्लाकै प्रमुख धार्मिक तथा पर्यटकिय स्थल रौता पोखरी र पर्यटकिय क्षेत्रको संरक्षण तथा प्रवद्र्धनका लागि पालिकाले तिब्रता दिएको छ । नेपाल सरकारले पर्यटन वर्षको रुपमा मनाउन लागेको सन् २०२० लाई टेवा पु¥याउने लक्ष्यका साथ पालिकाले ‘पर्यटन’ शिर्षकमा ४८ लाख बजेट विनियोजन गरेर पर्यटकिय स्थलको संरक्षण तथा प्रवद्र्धनका लागि परेको पालिकाले जनाएको छ । विशेष गरी पालिकाले रौता पोखरीको पर्यटकिय विकासमा जोड दिएको छ । पोखरीको संरक्षण तथा प्रवद्र्धनका लागि सस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले करिब ८० लाख र प्रदेश सरकारबाट करिब ७० लाख बजेट विनियोजन भएको रौतामाई गाउँपालिकाका प्रम...
धारिलो हतियार प्रहार गरी सौताको हत्या

धारिलो हतियार प्रहार गरी सौताको हत्या

समाचार
कात्तिक २८ गते ।  सर्लाहीको चक्रघट्टामा धारिलो हतियार प्रहार गरी सौताको हत्या गरेको छ । क्रघट्टा गाउँपालिका–४ सुन्दरपुर निबासी शेख बलालकी जेठी श्रीमती ३५ वर्षीया कोरैसा खातुनले २२ वर्षीया सौता खुर्सिदा खातुनको हत्या गरेको हो । पराल काट्ने फलामको गरासले हत्या गरी झोलामा हालेर फाल्न लागेको अवस्थामा मृतक खुर्सिदाको शव बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । खुर्सिदाको घाँटी, टाउको, छाती र हातमा गहिरो काटिएको छ । खुर्सिदाको विभत्स तरिकाले हत्या गरिएको प्रहरीले जनाएको छ । घरमा कोही नभएको मौका छोपि कोरैसाले खुर्सिदाको हत्या गरेको प्रहरीले जनाएको छ । जेठीको सन्तान नभएपछि श्रीमान् बलालले तीन महिना पहिले मात्र खुर्सिदासँग बिहे गरेका थिए । तीन दिन पहिले मात्र बलाल विदेश गएको मौका छोपी जेठीले कान्छीको हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा प्रयोग गरिएको हतियार लुकाएर राखिए...
अनियमितता प्रकरण उपरथी र सहायकलाई सेनाको कारबाही

अनियमितता प्रकरण उपरथी र सहायकलाई सेनाको कारबाही

लिम्चुङबुङ डायरी, समाचार
कात्तिक २८ गते । काठमाडौँ–तराई मधेस दु्रतमार्ग सुपरिवेक्षणका लागि परामर्शदाता कम्पनी छनोट गर्दा भएको अनियमिततामा मुछिएका तत्कालीन आयोजना प्रमुखसहित प्राविधकि बोर्ड सदस्यलाई नेपाली सेनाले कारबाही गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले आर्थिक अनियमिततामा कडा बन्ने रणनीति लिएअनुरुप दु्रतमार्गको अनियमितताका विषयमा मुछिएका तत्कालीन प्रमुख र प्राविधिक मूल्यांकन बोर्डका सदस्यमाथि कारबाही भएको हो । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।...
लागुऔषध सहित २ जना पक्राउ

लागुऔषध सहित २ जना पक्राउ

समाचार
बिराटनगर, कार्तिक २७ गते ।  मोरङ र सुनसरीबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटेका प्रहरी टोलीले छुट्टा छुट्टै दुई स्थानबाट पक्राउ गरेका हुन् । भारतबाट नेपाल तर्फ आउँदै  गरेका को १३ प ५०६४ नम्बरको मोटरसाईकलमा सवार धरान उप–महानगरपालिका–६ निबासी २८ बर्षीय सन्तोष तामाङलाई चेकजाँच गर्ने क्रममा हेलमेट भित्र लुकाई छिपाई ल्याउँदै गरेको १५ ट्याब्लेट लागुऔषध नाईट्रोसन बरामद गरेको प्रहरीले जनाएको छ । लागुऔषध सहित पक्राउ परेका तामाङलाई ईलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । त्यस्तै सुनसरीको ईटहरी उपमहानगरपालिका–४ बाट बिराटनगर–१६ निबासी २४ बर्षीय अजित यादव लागुऔषध डाईलक्स डिसीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटेका प्रहरी टोलीले यादवको झोला चेकजाँच गर्दा झोलामा ५१ बोतल डाईल...
आगलागीबाट अढाई करोड बढीको क्षति

आगलागीबाट अढाई करोड बढीको क्षति

समाचार
सोलुखुम्बु, कार्तिक २७ गते ।  सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–४ मा संचालित होटल ईन्टेकमा आगलागी हुदा करिव अढाइ करोड भन्दा बढीको क्षति भएको छ । पिन्सो लामाले संचालन गरेको होटलमा खाना पकाउने क्रममा मंगलवार दिउँसो साँढे ४ बजे ग्याँस चुल्होबाट आचानक आगलागी भएको प्रहरीले जनाएको छ । घर भित्र रहेको फर्निचर, लत्ता कपडा,भाँडा वर्तन, खाद्यान्न, बेकरी मेसिन र नगद १ लाख ५० हजार जलेर नष्ट हुँदा अन्दाजी २ करोड ५७ लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ । आगो प्रहरी र स्थानीयको सहयोगमा बेलुका ६ बजे नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगलागीबाट कुनै मानविय तथा चौपायाको क्षति नभएको प्रहरीले जनाएको छ ।...
स्कुटरमा आगलागी  हुदा १ जनाको मृत्यु

स्कुटरमा आगलागी हुदा १ जनाको मृत्यु

समाचार
झापा, कार्तिक २७ गते ।  झापाको कन्काईमा स्कुटरमा आगलागी हुदा एक को मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । कन्काई  नगरपालिका–३ सुरुङगामा स्कुटरमा आगलागी भएको हो । पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको मे ४ प २१३० नम्बरको स्कुटर आफै अनियन्त्रीत भई रोड साईडको डिभाईडरमा ठोक्किदा अचानक स्कुटरमा आगलागी भएको थियो । स्कुटर चालक शिवसताक्षी नगरपालिका–१ निबासी १९ बर्षीय पवन मण्डलको विएण्डसी अस्पाताल विर्तामोडमा उपचार भईराखेको प्रहरीले जनाएको छ । २५ बर्षीय निरज शर्मा घाईते भई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाईएकोमा बाटोमै मृत्यु भएकोे ईलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।...
दुर्घटना २ जनाको मृत्यु

दुर्घटना २ जनाको मृत्यु

समाचार
पाँचथर, कार्तिक २७ गते ।  पाँचथरको हिलिहाङमा टिपर दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । हिलिहाङ गाउँपालिका–४ मा टिपर दुर्घटन हुदा विनोद तामाङ र भिम तामाङको मृत्यु भएको हो । रसुवाकन्ट्रक्सन प्रालिको बा २ क २९९० नम्बरको टिपर काम सकेर सुभाङबाट ४ नम्बर क्याम्पमा राख्नको लागी जाँदै गर्दा सालिङगेमा आफै अनियन्त्रीत गतराती साँढे ८ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । टिपर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा टिपर चालक धादिङका २५ बर्षीय विनोद र सोही कम्पनीका स्टोर किपर हिलिहाङ गाउँपालिका–१ निबासी २३ बर्षीय भिमको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।...
सहकारीको बार्षिक उत्सवमा रक्तदान

सहकारीको बार्षिक उत्सवमा रक्तदान

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक २७ । महिला जनजागृती वचत तथा ऋण सहकारी संस्था लिमिटेड उदयपुरले २१ औँ बार्षिक उत्सवको अवसरमा बुधबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । त्रियुगा नगरपालिका ११ स्थित आफ्नै कार्यालय अगाडी संस्थाले रक्तदान गरेको हो । रगत अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस भन्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको सहकारीका अध्यक्ष तेजबहादुर पाण्डेले बताए । उनले सहकारीलाई सामाजिक अभियानमा जोडनका निम्ति जोडनका लागि कार्यक्रमहरु आयोजना गरिएको बताए । सहकारीका लेखा संयोजक देव गिरीले रक्तदान गरी उद्घाटन गरिएको रक्तदानमा महिला र पुरुष गरी ९४ जनाले रगत दान गरेको सहकारीका व्यवस्थापक मन्जु थापाले जानकारी दिईन् । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी धुर्वबहादुर खड्काले सहकारीको क्षेत्र वचत, ऋण प्रवाह मात्र नभई सामाजिक कार्यपनि भएकाले दायित्व सम्झेर सेवा गर्न आग्रह गरे । उनले सानातिना काम...
राउतको नेतृत्वमा प्रदेश १ मा मिडिया नेपाल गठन

राउतको नेतृत्वमा प्रदेश १ मा मिडिया नेपाल गठन

समाचार
कात्तिक २७ गते ।   प्रदेश न. १मा मिडिया नेपालको अध्यक्षमा विजयकुमार राउत निर्बाचित भएका छन् । ईटहरीमा मंगलबार भएको १ न. प्रदेश मिडिया नेपालको गठन कार्यक्रमबाट निर्बाचित भएका हुन् । मिडिया नेपालमा निर्बाचित भएपछि राउतले आफ्नो कार्यकाल रहेसम्म मिडिया नेपालमा राजनीतिको गन्ध समेत पर्न नदिने प्रतिबद्धता जनाएको छ । पत्रकारीता पेशा नै संबेदनसिल भएकाले राजनीति घुस्न दिन नहुने उनले बताए । कुनै पनि राजनीतिक पार्टीमा आस्था राख्ने संस्थामा राजनीति गन्ध आउने गरेको इतिहास छ । हुन त मिडिया नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टीको शुभेच्छुक संस्था भएकोले धेरैले सोच्नु होला राप्रपातिर उन्मुख भएका समाचार आउनेछन तर कदापि त्यस्तो हुन नदिने अध्यक्ष राउतले बताए । अध्यक्ष राउतले भने “प्रेस युनियन काँग्रेस मुखी हुन्छ मिडिया फोरम समाजबादी पार्टी मुखी हुन्छ भन्ने भ्रम अब हटाउनु पर्छ । सबै पत्रकारहरु पार्टी ...
आज उपनिर्वाचन स्थानीय तहको उम्मेदवारी दर्ता हुदै

आज उपनिर्वाचन स्थानीय तहको उम्मेदवारी दर्ता हुदै

समाचार
कात्तिक २७ गते ।  आगामी मंसिरमा हुन लागेको उपनिर्वाचनका लागि स्थानीय तहमा आज मनोनयन दर्ता हुँदैछ । निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । स्थानीय तह अन्तर्गत एक नगर प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्ष र ४३ वडा अध्यक्षका लागि उपनिर्वाचन हुने आयोगले जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा तथा स्थानीय तहका लागि मनोनयन दर्ताको मिति अलग–अलग भए पनि मतदान एकै समयमा हुने भएको छ । बिभिन्न कारणले रिक्त ५२ पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुन लागेको हो । ३७ जिल्लामा हुने उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, स्थानीय तहको प्रमुख १, अध्यक्ष ३, उपाध्यक्ष १ र वडाअध्यक्ष ४३ पदमा जनप्रतिनिधि चुनिने छन् । उपनिर्वाचनमा भाग लिने दलहरूको संख्या १ सय १ छ । तीमध्ये सीके राउतको पार्टीसहित १६ नय...