Thursday, August 6News That Matters

Month: ७ वर्ष अगाडि

नेपालका ५० प्रतिशत प्रतिष्ठान दर्ता विना

नेपालका ५० प्रतिशत प्रतिष्ठान दर्ता विना

समाचार
उदयपुर, कात्तिक २९ गते ।  नेपालमा संचालन भएका प्रतिष्ठानमध्ये आधा प्रतिष्ठान दर्ता विना संचालन भएको एक तथ्याङ्कले देखाएको छ । कुल प्रतिष्ठानमध्ये आधा प्रतिष्ठान दता विना नै संचालन भएको केन्द्रिय तथ्यांक विभागले संकलन गरेको राष्ट्रिय आर्थिक गणना २०७५ को तथ्यांकले देखाएको हो । केन्द्रिय तथ्यांक विभागले संकलन गरेको राष्ट्रिय आर्थिक गणना २०७५ को तथ्यांकल नौँ लाख २३ हजार तीन सय ५६ प्रतिष्ठान रहेकाछन् । सञ्चालनमा आएका प्रतिष्ठान मध्ये चार लाख ६२ हजार ६ सय पाँच दर्ता भएको र बाँकी चार लाख ६० हजार चार सय २२ दर्ता विना सञ्चालनमा आएको तथ्यांकले देखाएको छ । यसरी प्रतिष्ठान दर्ता विना सञ्चालन हुँदा राज्यलाई राजश्वमा प्रत्यक्ष असर पुगेको तथ्यांक विभागका निर्देशक अनिल शर्माले बताए । उनले भने, ‘५० प्रतिशत आर्थिक कारोबार गर्ने प्रतिष्ठना विना दर्ता सञ्चालनमा छन्, तिनीहरुले न राज्यलाई न स्थानीय सरक...
राफेल लडाकू विमान भारतीय सर्वोच्चद्वारा खारेज

राफेल लडाकू विमान भारतीय सर्वोच्चद्वारा खारेज

समाचार, संसार
कात्तिक २९ गते ।  सन् २०१८ डिसेम्बर १४ मा भारतीय सर्वोच्च अदालतले गरेको फैसला आफैले सदर गरेको छ । यस आदेशसँगै भारतले फ्रान्सबाट खरिद गर्न लागेको विवादास्पद राफेल लडाकू विमान खरिद प्रकरण टुङ्गिएको हो । मोदी सरकारले फ्रान्सबाट ३६ थान लडाकू राफेल बिमान खरिद गर्न प्रक्रिया अगाडि बढाएपछि विमान खरिदमा भ्रष्टाचार भएको भन्दै यसविरुद्ध अदालतमा मुद्दा परेको थियो । सर्वोच्च अदालतका प्रधान न्यायाधीश रन्जन गोगोई तथा न्यायाधीश सन्जय किशान कौल र के एम जोसेफको संयुक्त इजलासले डिसेम्बर १४, २०१८ को सर्वोच्चको आदेशविरुद्ध परेको याचिकालाई खारेज गरेको थियो । अदालतको आदेशमा विमान खरिदसम्बन्धी तथ्य प्रमाणहरुका आधारमा निर्णय–प्रक्रियामा कुनै त्रुटी नदेखिएको बताउँदै विमानको मूल्यका बारेमा अदालतले कुनै निर्णय गर्न नसक्ने र त्यसमा आफ्नो चासो नरहेको उल्लेख छ । सर्वोच्चको पूर्व निर्णयमाथि पुनर्विचार गरियोस...
फेडेरर सेमिफाइनलमा प्रवेश

फेडेरर सेमिफाइनलमा प्रवेश

खेलकुद, समाचार
कात्तिक २९ गते ।  रोजर फेडेरर एटीपी फाईल्सको सेमिफाईनलमा प्रवेश गरेका छ । नोभाक जोकोभिचलाई रोजर फेडेररले २–० गोलले पछि पार्दै सेमिफाईनलमा प्रवेश गरेको हो । खेलमा आफ्नो पकड बनाएका ६ पटकका च्याम्पियन फेडेररले जोकोभिचलाई ६–४ र ६–३ को सोझो सेटमा हराए । जितपछि फेडेररले धेरै खुसी हुदै भने,‘खेलको योजना सफल भयो । नोभाकविरुद्ध उत्कृष्ट सर्भिस गरेँ, उत्कृष्ट प्रदर्शन पनि गरेँ ।’ लण्डनको ओ २ एरेनामा भएको खेलमा जोकोभिच पराजित भएपछि यो सिजनको अन्तिमसम्म टेनिस वरीयता क्रमको शीर्ष स्थानमा राफेल नाडाल रहने पक्का भएको छ ।...
चौदण्डिमा विपद व्यावस्थापन तालिम शुरु

चौदण्डिमा विपद व्यावस्थापन तालिम शुरु

समाचार
राजेन्द्र दुष्ट बेल्टार/कार्तिक २८ गते । बाढी पहिरोबाट हुन सक्ने समस्यालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा चौदण्डीगढीमा विहिबारबाट तालिम सुरु भएको छ । चौदण्डीगढी नगरपालिकाको आयोजना र नेपाल रेडक्रस सोसाईटी उदयपुर शाखाको सहयोगमा तालिम संचालन भएको हो । नगरका १० वटै वडालाई समेटेर “स्थानीय विपद तथा उत्थानशील योजन तर्जुमा” नामक तालिम संचालन भएको छ । मंसिर १ गने सम्म संचालन हुने तालिममा वडाध्यक्ष, वडा सदस्य र नगर कार्यपालिका सदस्यहरुको सहभागिता रहेको छ । क्षमता विकास प्रशिक्षणमा आफ्नो वडामा हुने जस्तो सुकै विपदबाट नागरिकलाई कसरी बचाउन सकिन्छ भन्ने विषयहरुको तालिमले दक्ष जनशक्ति उत्पादन गर्ने तालिमको उद्देश्य रहेको आयोजकले जनाएको छ । तालिमको उत्घाटन गर्दै नगर प्रमुखले भने,–“विपदको समयमा तीन कुराहरुको ख्याल गर्नु पर्ने छ । पहिलो, विपद आउनु भन्दा अगाडी नै नागरिकलाई सचेत गराउनाल...

आँखा सम्बन्धी सचेतना कार्यक्रम

समाचार, स्वास्थ्य
राजेन्द्र दुष्ट बेल्टार/कार्तिक २८ गते ।  चौदण्डिगढीमा बालबालिकाको आँखा स्वास्थ्य शिक्षा कार्यक्रम संचालन भएको छ । शिक्षासँगै जोडिएको स्वास्थ्यको पनि उतिकै महत्व हुने भएकाले आँखालाई स्वास्थ्य राख्ने उद्देश्यका साथ कार्यक्र संचालन भएको हो । मानव शरिरमा एक महत्वपूर्ण अंग आँखा भएकाले स्वास्थ्य राख्न अति जरुरी छ । सगरमाथा आँखा अस्पताल लहानले आयोजनामा कार्यक्रम भएको थियो । कार्यक्रमको उद्धघाटन गर्दै नगर प्रमुख खगेन्द्र राईले आफुमा भएको जिम्मेवारीबाट प्राप्त ज्ञान बाड्नु नै मानविय धर्म भएको बताउनुभयो । कार्यक्रममा  विशेषगरी  विद्यालयका वालबालिकाहरुको आँखालाई कसरी स्वास्थ्य राख्न सकिन्छ भन्ने विषयमा नगर भित्र रहेका ४० वटा विद्यालयका प्रअहरुलाई प्रशिक्षण दिईएको थियो । शिक्षक विद्यार्थी सहभागी भएका कार्यक्रमको सहजिकरण डा. रमानन्द विश्वकर्मा र सगरमाथा आँखा अस्पतालका प्रमुख रुवि दासले गर्नु...
तीनपाङ्ग्रे सवारी चालकहरु सम्मानित

तीनपाङ्ग्रे सवारी चालकहरु सम्मानित

समाचार
पूर्णपुष्टि, कात्तिक २८ । चारजना असल चालकहरुलाई विहिबार उदयपुरमा सम्मान गरिएको छ । गाईघाटमा आयोजित तीन पाङ्ग्रे सवारी चालकहरुलाई ट्राफिक सचेतना तथा चालक सम्मान कार्यक्रममा अनुशासित रुपले चालकको काम गर्दै आएका तीन पाङुग्रे सवारी साधन (टेम्पो) का चालकहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा त्रियुगा नगरपालिका ७ चुहाडेका सविन ढकाल, महिला चालक त्रिनपा ११ की देविका सार्की, त्रिनपा १० का लोलानाथ रिजाल र त्रिनपा ५ को विष्णुदेव दास रहेका छन् । चालक रिजाल जिल्लाकै पहिलो तीनपांग्रै स्वरोजगारी चालक हुन् । चालक दास श्रीमती सुनैनादेवीको नामबाट निकालिएको टेम्पोको नियमित किस्ता तिर्ने चालक हुन् । हंशराज हुलासचन्द एण्ड कम्पनी प्राईभेट लिमिटेडको सहयोग तथा कालीका अटो लिंक गाईघाटको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक हरिकृष्ण केसी, कालिका...
अस्ट्रेलियामा नेपाली विषयको पाठ्यक्रम

अस्ट्रेलियामा नेपाली विषयको पाठ्यक्रम

शिक्षा, समाचार
कात्तिक २८ गते ।  अस्ट्रेलियाको दुई राज्यले सरकारी पाठ्यक्रममा नेपाली विषय समावेश गरेको छ । न्यु साउथ वेल्सका दुई र दक्षिण अस्ट्रेलियाका तीन सरकारी विद्यालयमा नेपाली भाषा ऐच्छिक विषयका रूपमा अध्यापन सुरु गरिएको हो । अस्ट्रेलियाले आफ्नो सरकारी पाठ्यक्रममा विद्यार्थी तथा विद्यालयको रुचि अनुसार अन्य देशका भाषाहरु समेट्ने गरेको छ । नेपालीको धेरै बसोबास रहेको न्यु साउथ वेल्स राज्यको सिड्नीका कोग्राह पब्लिक स्कुल र रकडेल पब्लिक स्कुल र दक्षिण अस्ट्रेलियाको उत्तरी क्षेत्रका प्लेफोर्ड इन्टरनेसनल कलेज, प्यारालोबी माध्यमिक विद्यालय र सालिस्बरी इस्ट माध्यमिक विद्यालयमा नेपाली भाषाबाट अध्यापन गराइएको छ । नेपाली भाषाका लागि सरकारी तवरबाटै स्थायी शिक्षक नियुक्त गरिएको छ । जुन नेपाली भाषा र संस्कृति विषय अन्तर्गत विद्यार्थीलाई नेपाली चाडपर्व तथा कलाको अध्यापन गराइएको छ ।...
४ जनालाई एकै आँखाको नानी

४ जनालाई एकै आँखाको नानी

समाचार
कात्तिक २८ गते ।  पहिलो पटक नेपालमा एक व्यक्तिको आँखाको नानीले चार जनालाई दृष्टि दिन सक्ने प्रविधि भित्रिएको छ । तिलगंगा आँखा प्रतिष्ठानमा यो प्रविधिबाट अहिलेसम्म १५ जनाको आँखाको नानी ६० जनामा प्रत्यारोपण गरिएको प्रतिष्ठानले जनाएको छ । यस प्रविधिबाट एक व्यक्तिका दुईवटा आँखाले चार जनालाई दृष्टि दिन सकिने जनाएको छ । यो प्रविधि नआउँदासम्म एक व्यक्तिको आँखा दुई जनामा मात्रै प्रत्यारोपण गर्न सकिन्थ्यो । २०५१ सालमा पहिलोपटक नेपालमा नै आँखा नानी निकालेर दुई व्यक्तिमा प्रत्यारोपण गरिएको थियो । यो २५ वर्षमा झण्डै १५ हजार दृष्टिविहीनले दृष्टि पाइसकेका तिलगंगा अस्पतालले जनाएको छ ।...
१५ लाख १ हजार गाँजाका बोट फडानी गरी नष्ट

१५ लाख १ हजार गाँजाका बोट फडानी गरी नष्ट

समाचार
बिराटनगर, कार्तिक २७ गते । प्रदेश न. १ का विभिन्न जिल्लामा अवैध रुपमा लगाईएका र आफै उम्रिएका गाजा प्रहरीले फडानी गरी नष्ट गरेको छ । १ न.प्रदेश प्रहरी कार्यालय विराटनगरले कार्ययोजना बनाएर अवैध गाँजा फडानी “‘सर्च एण्ड डिस्ट्रोय” अभियना मार्फत १५ लाख एक हजार तीन सय ३० बोट गाजाको बोट नष्ट गरिएको हो । प्रहरीले विभिन्न जिल्लामा गत कात्तिक ३ गतेबाट गाजा फडानी गरिरहेको थियो । धनकुटा, खोटाङ, भोजपुर, उदयपुर, सुनसरी र ईलाम जिल्लाको बिभिन्न ठाउँमा अवैध लगाएका र आफै उम्रिएका गाजा फडानी गरी नष्ट गरेको प्रहरीले जनाएको छ ।गाँजा फडानीको लागी उक्त जिल्लाहरुबाट दैनिक एक सय ९७ जना प्रहरी खटाईएको थियो । दंगा नियन्त्रण प्रहरी गण दुहवी र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट संयुक्त रुपमा दैनिक ८४ जना, जिल्ला प्रहरी कार्यालय उदयपुरबाट, ५६ जना, भोजपुरबाट २० जना, खोटाङबाट १० जना, ईलामबाट १७ जना र सुनसरीबाट १० जना...
नदिले बगाएर १ जना बेपत्ता

नदिले बगाएर १ जना बेपत्ता

समाचार
धनकुटा, कार्तिक २८ गते । धनकुटा नगरपालिका–८ चुलिवन निबासी २० बर्षीय सोच कुमार राईलाई तमोर नदीले बगाएर बेपत्ता भएका छन् । मुलघाटमा साथीहरुसंग पौडी खेल्ने क्रममा बुधवार दिउँसो पौने ५ बज नदिले एक्कासी बगाउदा राई बेपत्ता भएका हुन् । नदीले बगाएर बेपत्ता भएका राईको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटेका प्रहरी टोलीले खोजतलास गरिहेको प्रहरीले जनाएको छ ।...