Thursday, August 6News That Matters

Month: ७ वर्ष अगाडि

भारतविरुद्ध कटारीमा बृहत प्रदर्शन

भारतविरुद्ध कटारीमा बृहत प्रदर्शन

समाचार
कटारी, मंसिर १ गते । भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपालको लिपुलेक र कालापानीलाई भारतको नक्सामा पारेपछी सिमा मिचिएको भन्दै उदयपुरको कटारीमा पनि आईतबार वृहत विरोध प्रर्दशन भएको छ । उदयश्री बहुमुखी क्याम्पस, प्राकृतिक श्रोत व्यवस्थापन कलेज, नीजि तथा संस्थागत विद्यालयहरु र कटारी पत्रकार समाज कटारीको संयुक्त आयोजनामा व्यापक प्रदर्शन भएको हो । प्रदर्शनमा गाउँगाउँबाट समेत विद्यालयका विद्यार्थीहरु सहभागी भएका थिए । हजारौंको संख्यामा सहभागी विद्यार्थी तथा नागरिक समाज लगायतका अन्य सरोकारवालाहरुको व्यापक सहभागीता रहेको थियो । “भारतिय विस्तारबाद मूर्दाबाद, नेपाल सरकार पहल गर, कालापानी लिपुलेक हाम्रो हो” लगायतका प्लेकार्ड र नाराबाजी गर्दै  सहभागीहरुले कटारी नगर परिक्रमा गरी भूगोलपार्कमा समापन गरेका थियो । समापनमा बोल्दै उदयश्री बहुमुखी क्याम्पसका प्रमुख मुकेश थापाले हाम्रो साँध सिमा मिच...
८ औँ कर दिवसमा १० जना व्यवसायी सम्मानित

८ औँ कर दिवसमा १० जना व्यवसायी सम्मानित

आर्थिक, समाचार
उदयपुर, मंसिर १ गते ।  आठौं राष्ट्रिय कर दिवसमा उदयपुरका १० जना व्यवसायी सम्मानित भएका छन् । गत आर्थिक वर्ष २०७५/०७६ मा सवै भन्दा बढी कर तिर्ने एक जना सर्वोत्कृष्ट र ९ जना उत्कृष्ट व्यवसायी सम्मानित भएका हुन् । आयकर सबैभन्दा बढी हिमगिरी सप्लार्यस एण्ड ट्रेडस कटारीले २३ लाख ५० हजार सात सय ५७ रुपैयाँ ९४ पैंसा बुझाएको सर्वोउत्कृष्ट व्यावसायीको रुपमा सम्मानित भएको करदाता सेवा कार्यालय गाईघाटका प्रमुख सुमन बुढाथोकीले बताए । गत वर्षपनि हिमगिरी नै सर्वोत्कृष्ट कर तिर्ने व्यवसायिको रुपमा सम्मानित भएको उनले बताए ।  उत्कृष्ट कर तिर्नेमा कालिका सप्लार्यस एण्ड ट्रेडस, आशिष/आर्षिवाद जेवी, रौता/सन्तोषी एपेक्स जेवी,  हिमशिखर सप्लार्यस एण्ड ट्रेडस, आशिष/स्वामिनारायण/आर्षिवाद जेवी, एसके ट्रेडस, वरुवा निर्माण सेवा, रौता/सन्तोषी जेवी र सगरमाथा आयल डिपो रहेको प्रमुख बुढाथोकीले बताए । सर्वोउत्कृष्ट र ...
विव्यासको चुनावमा लोकतान्त्रिक समुह जित

विव्यासको चुनावमा लोकतान्त्रिक समुह जित

समाचार
राजेन्द्र दुष्ट बेल्टार/मंसिर १ गते ।  चौदण्डीगढी नगरपालिका–९ को जनता माध्यामिक विद्यालय हडियाको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा लोकतान्त्रिक धारका समुहले  जित हासिल गरेका छन् । शनिबार भएको चुनावमा चन्द्रलाल गिरी, आनन्ददेव चौधरी, जमुना खड्का र श्यामकुमार चौधरीगरी ४ जना विजयी भएका हुन् । वामपन्थि समुहलाई पराजित गर्दै प्यानल सहित लोकतान्त्रिक समुहले विजयी प्राप्त गरेको हो । शिक्षा न्यामवाली अनुसार विजयी ४ जनाले अन्य चन्दादाता १, वुद्धिजीवी १, वडा प्रतिनिधि १, शिक्षक प्रतिनिधि १ जनागरी ५ जनालाई मनोतित गरी ९ जना मध्यबाट एक जना विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गर्ने व्यवस्था रहेको छ, भने विद्यालयको प्रअ सदस्य सचिव रहने व्यवस्था छ । अन्य सदस्यहरुको लागि भने चाडै विद्यालयको बैठक बसी समितिलाई पुर्णता दिईने नव निर्वाचित सदस्य चन्द्रलाल गिरीले जानकारी दिए । नेपाल सरकारले व...
करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

समाचार
उदयपुर, कात्तिक ३० गते ।  उदयपुरको कटारीमा करेन्ट लागेर एक जना बालकको मृत्यु भएको छ । कटारी नगरपालिका–५ लालपुरमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । साथीहरुसँग मिलेर स्थानीय मुखिया खोलामा करेन्टर लगाएर माछा मार्ने क्रममा एक्कासी करेन्ट लागेर स्थानीय खड्गबहादुर कटुवालको छोरा ११ वर्षीय कृष्ण कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाईते भएका कटुवालको उपचारका लागि कटारी अस्पताल ल्याई उपचारको क्रममा ३ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबहादुर खत्रिको छोरा १५ वर्षीय सुरेश खत्री र दिर्घबहादुर श्रेष्ठको छोरा १४ वर्षीय आशिष श्रेष्ठसँग खोलामा माछा मार्न गएको थियो । अहिले खत्रि र श्रेष्ठ ईलाका प्रहरी कार्यालय कटारीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।...
३ दिने प्रशिक्षण तालिम सम्पन्न

३ दिने प्रशिक्षण तालिम सम्पन्न

समाचार
सुशिला लामिछाने मगर बेलका/कात्तिक ३० गते ।  उदयपुरको बेलकामा नेपाल मगर संघको तीन दिने प्रशिक्षण तालिम सम्पन्न भएको छ । मगर जातिको रितिरीवाज, भेष भुषा, सस्कार सस्कृतीलाई संरक्षण गर्ने उद्देश्यले संचालन भएको तालिम शनिबार सम्पन्न भएको हो । जिल्लाको आठवटै स्थानीय तहबाट नेपाल मगर संघ र भातृ संगठनका प्रतिनिधिहरुलाई मगरको भाषा, धर्म, रितिरीवाज, भेष भुषा, सस्कार सस्कृतीलाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले सात वटै प्रदेशमा संचालन हुने प्रशिक्षक केन्द्रिय सदस्य ढकबहादुर मगरले बताए । नेपाल मगर संघले सात वटै प्रदेशमा संचालन गर्न लागेको तालिम १ न. प्रदेशमा पहिलो पटक संचालन गरेको हो । नव युवाहरुले भाषा, धर्म, रितिरीवाज, भेष भुषा र सस्कार सस्कृति विर्सदै गएकाले यसको संरक्षण गरी राख्नका निम्ति तालिम संचालन गरेको प्रशिक्षक मगरले बताए । कार्यक्रमको सभापति अध्यक्ष भक्तबहादुर बुर्जा मगर, प...
मेयर चौधरीद्वारा कालोपत्रे सडकको उद्घाटन

मेयर चौधरीद्वारा कालोपत्रे सडकको उद्घाटन

समाचार
पूर्णपुष्टि, कात्तिक ३० । प्याराडाईज बोर्डिङ सुविधामार्ग हुदै साकेला जाने सडक कालोपत्रे निर्माण उपभोक्ता समिति, त्रियुगा नगरपालिका ११ संगमटोलले शनिबार सडक उद्घाटन तथा जनलेखा परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पीच गरिएको टोलको सडकमै आयोजना कार्यक्रमकाबीच नगरपालिकाका मेयर बलदेव चौधरीले रिबन काटेर कालोपत्रे सडकको उद्घाटन गर्नुभयो । उपमेयर देवीकुमारी चौधरीले ब्यानर पढ्दै महिलाको नेतृत्वमा बनेको उपभोक्ता समितिले सफलरुपमा कालोपत्रे सडक जस्तो विकासे निर्माण कार्य सम्पन्न गरेको बताउनुभयो । नेकपा एमालेका युवा नेता परमेश्वर घिमिरे, नेपाली कांग्रेस प्रतिनिधि, वडाध्यक्ष, पत्रकार, नागरिक समाज, नगर कर्मचारी र टोलबासीको उपस्थितिमा भएको कार्यक्रममा बक्ताहरुले विकासको कामलाई यसरी नै अगाडी बढाउनुपर्ने बताए । ५५ लाख बराबरको लगानीमा ४ सय ८ मिटर कालोपत्रे सडक ३ सय ७६ मिटर नाली निर्माण गरिएको निर्म...
८३ औं वार्षिकोत्सव मनाउदै नेपाल बैंकको एटिएम उद्घाटन

८३ औं वार्षिकोत्सव मनाउदै नेपाल बैंकको एटिएम उद्घाटन

आर्थिक, समाचार
पूर्णपुष्टि, कात्तिक ३० । नेपाल बंैक लिमिटेड गाईघाट शाखाले बैंकको ८३ औं वार्षिकोत्सव मनाउदै एटिएमको उद्घाटन शनिबार गरेको छ । एक समारोहकाबीच त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले कार्यक्रमको प्रमुख आतिथ्य गर्दै एटिएमको उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै मेयर चौधरीले बैंकलाई नगरबासीको समृद्धिसंग जोडेर सहकार्य र समन्वय अगाडि बढाउने बताउनुभयो । बैंक र नगरपालिका मिलेर कृषि, उद्योग जस्ता क्षेत्रमा लगानी गरिने त्यसका लागि नगरपालिका जिम्मेवारी बस्ने उहाँले बताउनुभयो । उहाँले बैंकले प्रभावकारी सेवा विस्तार गर्न शुभकामना दिनुभयो । कार्यक्रममा त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाका प्रमुख रमेश रोका, समाजसेवी पेशल आचार्य, त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका उपाध्यक्ष हस्तमाया राई, नेपाल पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष भोटराज राई, त्रियुगा नगरपालिकाका अधिकृत दिनेश सिवाकोटी लगायतले मन्तब...
चुहाडेमा विद्यार्थीलाई “म अघि बढ्छु” ब्याच वितरण

चुहाडेमा विद्यार्थीलाई “म अघि बढ्छु” ब्याच वितरण

शिक्षा, समाचार
पूर्णपुष्टि, कात्तिक २९ । आन्तरिक मामिला तथा कानुन मञ्त्रालय प्रदेश नं. १ बाट सञ्चालित “म अघि बढ्छु” कार्यक्रम अन्तर्गत शुक्रबार सगरमाथा टिन्स क्लव, श्री जनज्योती माध्यामिक विद्यालय चुहाडेमा विद्यार्थीहरुलाई ब्याच वितरण गरिएको छ । विद्यालयको क्लवको आयोजनामा कक्षा ७ देखि १२ सम्मका करिब चारसय विद्यार्थीलाई “म अघि बढ्छु” लेखिएको ब्याच वितरण गरिएको उदयपुर जिल्ला प्रशिक्षक तथा कार्यक्रम संयोजक तुलसीराम चौलागाईले बताउनुभयो । जनजागृती बाल क्लव, मावि चुहाडेको समन्वयमा आयोजित कार्यक्रममा त्रियुगा नगर शिक्षा प्रमुख जसबहादुर कार्कीले प्रमुख अतिथिको रुपमा विद्यार्थीहरुलाई ब्याच वितरण गर्नुभयो । प्रशिक्षक चौलागाईले म अघि बढ्छु अभियान तथा ब्याच वितरणको बारेमा बोलेका थिए । विद्यार्थीहरुलाई आत्मविश्वासका साथ सकारात्मकढंगले शिक्षा, सामाजिक कार्य तथा सकारात्मक र सिर्जनात्मक क्षेत्रमा लाग्ने प्रेरणा...
ठेक्का लागेको ढुंगामा स्थानीयको विरोध

ठेक्का लागेको ढुंगामा स्थानीयको विरोध

समाचार
राजेन्द्र दुष्ट बेल्टार/कार्तिक २९ गते ।  मापदण्डविपरीत खोलाको ढुंगा उत्खनन् गरिएको भन्दै बेलका नगरपालिका–४ को लालबजारका स्थानीयवासी विरोध गरेका छन् । स्थानीयले लोड भएका २० वटा टिपरलाई विहिबार देखि रोकेर विरोध गरेका हुन् । नगरका ४ र ६ नम्बर वडाको सिमानामा रहेको सिसुवा खोलाबाट तोकिएको मापदण्ड भन्दा बढी उत्खनन् गरी रातारात ढुंगा ढुवानी भएको भन्दै आफुहरुले त्यस विरुद्ध आवाज उठाएको   स्थानीय महिला समाजसेवी माया ओलीले बताईन्। बजारको उत्तरी भेगमा पर्ने महाभारत सामुदायिक वन क्षेत्रमा पर्ने खोलाबाट भू–क्षय हुने गरी दुवै वडाको वस्तिहरुलाई नै जोखिममा पारेर ढुंगा उत्खनन गर्न दिएको स्थानीयहरुले आरोप लगाएको छ । वार्ताको लागि वातावरण मिलाउन प्रयास भए पनि नगर प्रमुख दुर्गा थापा नै बार्तामा बस्नु पर्ने विरोधकर्ताको अडानका कारण सहमति हुन नसकेको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक रामचन...
प्रधानमन्त्री सचिवालयका ६ जनाको राजीनामा

प्रधानमन्त्री सचिवालयका ६ जनाको राजीनामा

समाचार
कात्तिक २९ गते ।  नेपालको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका छ जनाको राजीनामा प्रधानमन्धि ओलीले स्वीकृत गर्नुभएको छ । उहाँकै आग्रहमा राजीनामा दिएका सचिवालयका ११ जनामध्ये छ जनाको मात्र राजीनामा स्वीकृत गर्नु भएको हो । प्रधानमन्त्री ओलीले प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी, तथा सचिवालयका कृष्ण पौडेल, घनश्याम भट्टराई र उदय पोखरेलको राजीनामा स्वीकृत गर्नुभएको प्रधानमन्त्री निकट श्रोतले जानकारी दिएको छ । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराई, मुख्य स्वकीय सचिव इन्द्र भण्डारी, मिडिया विज्ञ रामशरण बजगाई र होम रिमाल भने सचिवालयमै यथावत रहने भएका छन् ।...