भारत विरुद्ध विरोध प्रदर्शन
गाईघाट, मंसिर २ गते ।
भारतले नेपालको भु–भाग आफ्नो नक्सामा समावेश गराएपछि उदयपुरमा पनि माओवादी मजदुर पाटी र राष्ट्रिय जनमोर्चा पाटीले विरोध ¥याल प्रदर्शन गरेको छ । भारतले सार्वजनिक गरेको राजनीतिक नयाँ नक्सामा समावेश गरेका नेपालको कालापानी, लिपुलेख, लिम्पियाधुरा नक्साबाट तुरुन्तै हटाउनु पर्ने भन्दै विरोध ¥याली प्रदर्शन गरेको हो ।
पार्टी कार्यालबाट निस्केका विरोध ¥यालीले “कालापानी, लिपुलेख, लिम्पियाधुरा हाम्रो हो, विस्तारबादी भारत मर्दाबाद, भारतद्धारा अतिक्रमित कालापानी, लिपुलेख, लिम्पियाधुरा फिर्ता गर, माओवादी मजदुर पाटी जिन्दाबाद, राष्ट्रिय जनमोर्चा जिन्दाबाद !” लगायतका नाराबाजी गर्दै बजार परिक्रमा गरी पिपल चोकमा बृहत कोण सभा भएको थियो ।
भारतले सार्वभौम राज्य माथि अतिक्रमण गरेकाले छिटो भन्दा छिटो कुतनीतिक तवरबाट भारतले समेटेका नेपालको भु–भाग फिर्ता गर्नु पर्ने माओवादी मजदुर पार्टी...









