Monday, April 20News That Matters

Month: ६ वर्ष अगाडि

राजमार्ग जिर्ण भएको भन्दै बृहत अन्तरक्रिया कार्यक्रम

राजमार्ग जिर्ण भएको भन्दै बृहत अन्तरक्रिया कार्यक्रम

समाचार
ऋषि राई कटारी, मंसिर १४ गते ।  मिर्चैया – कटारी – घुर्मी सडकखण्ड जीर्ण भएको भन्दै उदयपुर उद्योग वाणिज्य संघले आज कटारीमा वृहत अन्र्तकृया कार्यक्रम सम्पन्न गरेको छ । संघका अध्यक्ष पुष्कर खड्काको सभापतित्व र संविधान सभा सदस्य नारायण बहादुर कार्कीको प्रमुख आतिथ्यमा अन्र्तकृया सम्पन्न भएको हो । अन्र्तकृयामा वोल्दै प्रमुख अतिथि कार्कीले यस सडकलाई टिकाउ बनाउन उद्योगीहरुले संञ्चालन गर्ने ट्रिपरहरुलाई वैकल्पिक वाटो भएमात्र संञ्चालन गर्न दिनु पर्ने बताउनुभयो । बाटोको विषयमा आफु संविधान सभा सदस्य हुँदा धेरै चासो लिएको पनि बताउनुभयो । त्यसैगरी विशेष अतिथि साँसद शुरेस कुमार राईले यो सडकमा ट्रिफर संञ्चालन गर्ने उद्योगलाई वैकल्पिक बाटोबाट संञ्चालन गर्न नभए संञ्चालन बन्द गर्न लगाउने बताउनुभयो ।  निर्वाचनका वेला सडक , विद्युत र खानेपानीलाई प्राथमिकतामा राखेकाले यो सडक स्तरउन्नतीका लागि सँधै लागि...
प्रदेशस्तरीय ब्याड्मिन्टनमा सुजन र प्रनिशसिंह प्रथम

प्रदेशस्तरीय ब्याड्मिन्टनमा सुजन र प्रनिशसिंह प्रथम

खेलकुद, समाचार
पूर्णपुष्टि, मंसिर १४ गते ।  सुजन श्रेष्ठ (धरान) र प्रनिशसिंह ठकुरी (झापा) को जोडीले उदयपुरमा भएको १ नं. प्रदेश स्तरीय व्याड्मिन्टन प्रतियोगिताको उपाधि सनिबार जितेका छन् । त्रियुगा नगरपालिकाको मुख्य प्रायोजन तथा जिल्ला ब्याड्मिन्टन संघ उदयपुरको आयोजनामा भएको प्रतियोगितामा रविन साउदेन (धरान) र प्रकाश राई (दमक) लाई फाईनल खेलमा पछि पार्दै श्रेष्ठ र ठकुरीको जोडीले उपाधी हात पारेको हो । प्रतियोगिताको मेन्स डबल्स खुल्लातर्फ उपाधी हात पारेसंगै उनीहरुले नगद पुरस्कार तीस हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र हात पारेका छन् । साउदेन र राईको जोडीले दोस्रो स्थानमा चित्त बुझाउदै पच्चीस हजार नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेका छन् । सो खेलतर्फको तेस्रो स्थान उदयपुरका सरोज खवास र हिमाल श्रेष्ठको जोडी तथा भोजपुरका विसाल तामाङ र प्रमिस श्रेष्ठले हात पारेका छन् । उनीहरुले जनही पाँच हज...

मिस उदयपुरको गाईघाट अडिसनमा १३ छनौट

मनोरञ्जन, समाचार
उदयपुर, मंसिर १४ गते । गाईघाटर युवतीहरु बिचको सौन्दर्य र बौद्धिक प्रतियोगिताको रुपमा उदयपुरमा पहिलो पटक आयोजना हुने मिस उदयपुरको  पहिलो अडिसनमा १३ जना युवती छनौट भएका छन । विङ्स इन्टारटेन्मेन्टको प्रस्तुतिमा आयोजना हुने यश कार्यक्रमका बाँकी इच्छुक प्रतिस्पर्धीहरुका लागि मङ्सिर २१गते पनि अडिशन खुल्ला राखिने आयोजक ताल डान्स हाउसका सञ्चालक तथा नृत्य निर्देशक एम्जे मिथुन ले जानकारी दिए । उनका अनुसार रामपुर अडिसन १७ गते बेल्टार १८ गते र कटारी २१ गते हुनुका साथै  छुटेकाहरुका लागि बाकी अडिसन मङ्सिर २४ गते गाईघाटमा हुने जनाईएको छ । सहभागीमध्ये विजयी र फस्र्ट रनरअप र सेकेन्ड रनरअपले १५ लाखको टर्म इन्स्योरेन्स पोलिसिका साथै ट्रफि, क्राउन र आकर्षक गिफ्टह्याम्पर प्राप्त गर्नेछन् भने उत्कृष्ट १० जनाले तीन महिने निशुल्क नृत्य प्रशिक्षको मौका साथै अन्य धेरै सुबिधा पाउनेछन् ।...
साग महिला भलिबलको सेमिफाइनल खेल्दै नेपाल

साग महिला भलिबलको सेमिफाइनल खेल्दै नेपाल

खेलकुद, समाचार
मंसिर १४ गते ।  आज १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलतर्फ सेमिफाइनलका खेल हुँदैछ । सेमिफाइनलमा नेपाली महिला टिमले श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएको छ भने नेपाल र श्रीलंकाबीचको खेल साँझ पाँच बजेबाट सुरु हुनेछ । नेपालले श्रीलंकालाई पराजित गर्न सके भलिबलको इतिहासमा सबैभन्दा ठूलो सफलता हात पार्नेछ । नेपालले अहिलेसम्म साग खेलकुदको महिला भलिबलमा कास्य पदक भन्दा ठूलो सफलता हात पार्न सकेको छैन । समूह चरणको खेलमा नेपालले बंगलादेशलाई हराएको थियो भने भारतसँग सोझो सेटमा पराजित भएको थियो । आज हुने पहिलो सेमिफाइनलमा भारत र माल्दिभ्स खेल्दैछन् ।...
कास्कीका दुई ठाउँमा बम विस्फोट

कास्कीका दुई ठाउँमा बम विस्फोट

समाचार
मंसिर १४ गते ।  कास्कीको नयाँ बजार र बागमारामा बम विस्फोट भएको छ । पोखरा महानगरपालिका–१६ को शान्ति मावि मतदान स्थल नजिकै र पोखरा–९ को नवप्रभात मावि मतदान स्थलमा मतदान भैरहेको बेला बम विस्फोट भएको हो । मतदान केन्द्र नजिकै विस्फोट हुँदा मतदान केही बेर रोकिएको थियो । रोकिएको मतदान पुन सुरु भएको छ भने सुरक्षा व्यवस्था थप कडा पारिएको छ । अहिले ३२ मतदान स्थलका ८२ वटै केन्द्रमा मतदान भैरहेको जिल्ला निर्वाचन कार्यालय कास्कीका मुख्य निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीले बताए ।...
भिरबाट लडेर १ जनाको मृत्यु

भिरबाट लडेर १ जनाको मृत्यु

समाचार
उदयपुर,मंसिर १४ गते ।  उदयपुरको लिम्चुङ्बुङमा भिरबाट लडेर एक जना बालकको मृत्यु भएको छ । लिम्चुङ्बुङ गाउँपालिका–३ सिम्ले निबासी भरतबहादुर मगरको छोरा १० वर्षीय ओपे भन्ने गणेशबहादुर मगरको मृत्यु भएको हो । बारा जंगलको धारापानी गैरामा गतसाँझ करिब ६ बजे बालक लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । मानसिक सन्तुलन ठिक नभएको बालकको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय लिम्चुङ्बुङबाट तत्काल प्रहरी घटना स्थलमा पुगी घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
प्रदेश स्तरीय व्याडमिन्टन उदयपुरमा आज बाट सुरु

प्रदेश स्तरीय व्याडमिन्टन उदयपुरमा आज बाट सुरु

खेलकुद
गाईघाट/१३ १ नं प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिता उदयपुरमा आज देखी सुरु भएको छ । जिल्ला व्याडमिन्टन संघ उदयपुरको आयोजनामा १ नं प्रदेशका १४ ओटै जिल्ला र छिमेकी जिल्लाहरु सिराहा, सप्तरी, र सिन्धुली समेतको टिम उपस्थिति रहेको आयोकले बताए । आयोजकका अनुसार ४९ ओटा टिममा खेलमा सहभागी भएको छ । १ नं प्रदेशबाट र छिमेकी जिल्लाहरु सिराहा, सप्तरी र सिन्धुली गरी ४९ ओटा टिम खेलमा सहभागी भएको आयोजकले बताए ।  ...
बेलकाको विवादित गिट्टिढुंगाबारे स्थलगत अुनगमन

बेलकाको विवादित गिट्टिढुंगाबारे स्थलगत अुनगमन

समाचार
पूर्णपुष्टि, मंसिर १३ । उदयपुरको वेलका नगरपालिका स्थित सिसुवा खोला र गिदेरी खोलामा नगरपालिकाले ठेक्का लगाएको गिटि, ढुंगा, बालुवाको शुक्रबार जिल्ला स्थित निकायहरुले संयुक्तरुपमा स्थलगत अनुगमन गरिएको छ । जिल्ला समन्वय समिति उदयपुरको नेतृत्वमा स्थानीयको मागहरुलाई सम्बोधन गर्दै सुरक्षा सहितको टोलीले मापदण्ड अनुरुपको स्थलगत अनुगमन गरेको थियो । बन डिविजन कार्यलयको प्राविधिक टोली सहित (आइइइ) को माध्यमबाट वातावरणीय प्रभाव मूल्याङकनको आधारमा प्रतिवेदन स्वीकृतसहित अनुगमन गरिएको जिल्ला समन्वय समितिका प्रमुख तथा अनुगमन समितिका अध्यक्ष खड्ग परियारले बताए । अनुगमन पश्चात परियारले विस्तृत रुपमा यसको छलफल गरी समधानमा ल्याउने बताए । सम्बन्धित सबै पक्षसहितको बैठको प्रतिवेदनले यसको समधान गर्ने परियारले बताए । बेलका नगरपालिका वडा नं ५ खयारबारीको गिदेरी खोला र वडा नं ४ र ६ को सिमामा रहेको सिसुवा खोला ...
महिला मानब अधिकारकर्मीको योगदानको स्मरण गरियो

महिला मानब अधिकारकर्मीको योगदानको स्मरण गरियो

समाचार
पूर्णपुष्टि, मंसिर  १३  उदयपुरका महिला मानवअधिकारकर्मीहरुले महिला अधिकारको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको स्मरण गरिएको छ । लैंगिक हिंसाविरुद्धको १६ दिवसीय अभियानको क्रममा शुक्रबार महिला अधिकारकर्मीहरुले आफ्नो  क्षेत्रबाट समुदायलाई गरिएको योगदानको स्मरण गरेका हुन् । महिला अधिकारकर्मीहरुको विगत र वर्तमान तथा अवसर र चुनौतीको बारेमा अन्तरक्रिया भएको थियो । महिला मानवअधिकार रक्षक सञ्जाल उदयपुुरले गाईघाटमा गरेको महिला मानव अधिकारकर्मीको विगत र वर्तमानको भूमिकाबारे अन्तरक्रियामा विगतको स्मरण गरिएको थियो भने वर्तमान र भविष्यका लागि अझ संगठित र एकता हुदै अगाडी बढ्ने प्रण गरिएको छ । महिला मानवअधिकारकर्मीहरुले विगतमा ज्यानसम्म जोखिममा राखेर कष्टपूर्ण र जोखिमपूर्ण कदम चाल्दै अधिकारको क्षेत्रमा लडेको अनुभव र अनुभूती राखेका थिए । द्वन्द्वकालमा राज्यपक्षको धम्की, कडा निगरानी र माओवादीको निय...
घाईते मजदुरलाई जापानबाट आर्थिक सहयोग

घाईते मजदुरलाई जापानबाट आर्थिक सहयोग

आर्थिक, समाचार, स्वास्थ्य
राजेन्द्र दुष्ट बेल्टार/मंसिर १३ गते । घर निर्माणको  क्रममा ४ तला माथिबाट गत कार्तिक ७ गते खसेर घाईते भएका एक मजदुरलाई आर्थिक सहयोग प्राप्त भएको छ । पोखरामा घर निर्माणको काम गर्ने क्रममाा लडेर घाईते भएका चौदण्डीगढी नगरपालिका–१ छुईला निवासी २१ वर्षिय युवराज राईको उपचारको लागि जापानबाट आएको सहयोग बुधबार उनबो बुवा  आमालाई हस्तान्तरण गरिएको हो । चौनपा–१ निवासी जापानमा बसोवास गर्दै आएका बसन्त राईको नेतृत्वमा संकलित १ लाख ५ हजार ६ सय ५० रुपैयाँ घाईतेका बुवा मोहन र आमा मैया राईलाई स्थानीय युवा समाजसेवी सन्तोष राई मार्पmत घरैमै पुगेर हस्तान्तरण गेको समाजसेवी राईले बताए । घाईते राईको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको समाजसेवी राईले बताए । आर्थिक अबस्था कम्जोर भएका घाईते राईको उपचारमा आर्थीक समस्या परेको उनको परिवारले जनाएको छ । घाईते राईको ढाड, कम्मर, टाउको र हात खुट्टामा ग...