Thursday, August 6News That Matters

Month: ७ वर्ष अगाडि

लहानबाट हराएको ट्यांकर धनुषामा फेला

लहानबाट हराएको ट्यांकर धनुषामा फेला

समाचार
मंसिर ४ गते ।  लहानबाट दुई दिन पहिला हराएको डिजेल बोकेको ट्याङकर धनुषाको रमदैयामा रित्तो फेला परेको छ । क्षिरेश्वरनाग नगरपालिका–१ रमदैयाको राजदेवी मन्दिरको छेउमा पार्किङ गरेको अवस्थामा बिहान साढे ७ बजे रित्तो ट्याङ्कर फेला परेको प्रहरीले जनाएको छ । रित्तो फेला परेको ट्याङ्करको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । गत आइतबार दिउँसो अमलेखगञ्ज डिपोबाट २० हजार डिजेल बोकेर १ नम्बर प्रादेशिक कार्यालय विराटनगरका लागि छुटेको ना ४ ख ४१६३ नम्बरको ट्याङ्कर राति ११ बजे सिरहाको लहानबाट हराएको थियो । डिजेल बोकेको ट्याङ्कर हराएपछि छानबिनको लागि निगमले समिति गठन गरेको छ । निगमले प्रदेश नं १ का प्रमुख इञ्जिनियर अशोक साहको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई सात दिनभित्र सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।...
आज रियाल, रिंगिट, दिर्हाम बाहेक अरु विदेशी मुद्राको भाउ घट्यो

आज रियाल, रिंगिट, दिर्हाम बाहेक अरु विदेशी मुद्राको भाउ घट्यो

आर्थिक, समाचार
मंसिर ४ गते ।  आज नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १४ रुपैयाँ ४४ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ ४ पैसा तोकेको छ । हिजो खरिददर १ सय १४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ २६ पैसा थियो । त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५१ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ५७ पैसा र बिक्रीदर ३० रुपैयाँ ७३ पैसा रहेको थियो । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६६ पैसा रहेको थियो । त्यस्तै ओमानी रियाल १ को खरिददर २ सय ९७ रुपैयाँ ८२ पैसा रहेको छ । हिजो खरिददर २ सय ९८ रुपैयाँ १३ पैसा रहेको थियो । यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा छ । हिजो खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा रहेको ...
आईसीसी वरीयता २ नेपाली खेलाडी

आईसीसी वरीयता २ नेपाली खेलाडी

खेलकुद, समाचार
मंसिर ४ गते । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले टी २० वरीयतामा नेपालका २ जना खेलाडी मात्रै अटाएका छन् । आईसीसीले टप सयको लिस्टमा नेपालका सन्दीप लामिछाने र सोमपाल कामी मात्रै अटाएका हुन् । सन्दीप ४ सय १४ रेटिङ प्वाइन्टका साथ ७८ औं स्थानमा थिए । गएको महिना उनको वरीयता ६४ औं स्थान रहेको थियो । यस्तै सोमपाल कामी भने पहिलो पटक टी २० को बलिङ तर्फको वरीयतामा परेका छन् । उनी ३ सय ७५ रेटिङ प्वाइन्टका साथ ९५ औं स्थानमा रहेका छन् । यसअघि वरीयतामा रहेका करण केसी, अविनास बोहरा भने बाहिरिएका छन् । टी २० को व्याटिङतर्फ पारस खड्का ४ सय ५२ रेटिङ प्वाइन्टका साथ ५५ औँ स्थानमा रहेका छन् । उनी गएको महिना ४५ औँ स्थानमा थिए । ८० रेटिङ प्वाइन्टका साथ पारस अलराउण्डर तर्फ ३३ औँ स्थानमा पुगेका छन् । उनी पछिल्लो महिना २४ औँ स्थानमा रहेका थिए । यसैगरी ५९ औँ स्थानमा रहेका सोमपाल कामी एक स्थान तल झर्दै...
पुस्ताकलय सम्बन्धि अन्तक्रिया ताथा बहस

पुस्ताकलय सम्बन्धि अन्तक्रिया ताथा बहस

समाचार
गाइघाट/मंसिर ३  संगम सामुदायिक पुस्ताकलयले नमुना पुस्ताकलय तथा संगम पुस्तकालयको विकासका योजनाबारे अन्तक्रिया तथा बहस कार्यक्रम मंगलबार बिभिन्न क्षेत्रहरु सँग गरेको छ । विद्यार्थी, शिक्षक, नागरिक समाज, पत्रकार, जेष्ठ नागरिक, फरक क्षेमताको व्यक्तित्व लगाएत सँग अन्तक्रिया तथा बहस कार्यक्रम गरेको हो । पुस्ताकलय एउटा ज्ञान, सिकाई र बझाईको ठुलो क्षेत्र भएको भन्दै यसको विकासका बारेमा प्रदेश नं १ ले कस्तो योजना तयार गरेको छ भन्ने कुरालाई जोड गर्दै प्रदेश नं १ योजना आयोगका उपाध्यक्ष तथा कार्यक्रमको प्रमुख अतिथि सुभोद्रा प्याकुरेल सँग सहभागीहरुले जिज्ञासा राखेका थिए । सहभागीहरुको जिज्ञासालाई आत्मासात गरी पुस्ताकलयको बारेमा प्रदेश १ योजना आयोगले सबै जिल्लाहरुमा नमुना पुस्ताकलयको बारेमा योजना तयार गर्ने योजना रहेको प्रदेश योजनाका उपाध्यक्ष सुभद्रा प्याकुरेलले बताए । उनले संगम सामुदायिक पु...
उदयपुरको किविले बजार पाएन

उदयपुरको किविले बजार पाएन

आर्थिक, समाचार
उदयपुर, मंसिर ३ गते । उदयपुरमा पहिलो पटक उत्पादन भएको किविले बजार नपाउँदा कृषकहरु समस्यामा परेका छन् । रौतामाई गाउँपालिका–६ बोलुङ्खामा पहिलो पटक उत्पादन भएका किविले बजार नपाउँदा कृषकहरु समस्यामा परेका हुन् । जिल्ला कृषी कार्यालयबाट तीन वर्ष पहिले लगेर रोपेको किवीको विरुवाले राम्रो फल दिन थालेपछि बजारको समस्या आएको कृषक मदन राईले बताए । अहिले किवि एक घरमै करिब २ सय ५० केजी भन्दा बढी उत्पादन भएको कृषक राईले बताए । उनले भने ‘किवि पाक्न थाल्यो । तर बजार पाईएन ।’ महत्वपूर्ण फल भएपनि किविको महत्व नबुझेका गाउँलेहरुले तेतिकै दिए पनि नखाने गरेको कृषकहरुले बताएका छन् । सुन्तला, जुनार जस्तो खान नजानेको र यसको महत्व नबुझ्नाले उत्पादन भएका किवीले बजार पाउन नसकेको हो । किविले राम्रो उत्पादन दिएपछि बजारको लागि धेरै व्यापारीहरु खोजे पनि अहिलेसम्म कुनै निकाय र व्यक्ति नभेटिएकाले किविको बजारी कर...
आज विदेशी मुद्राको भाउ बढ्यो

आज विदेशी मुद्राको भाउ बढ्यो

आर्थिक, समाचार
मंसिर ३ गते ।  आज सवै विदेशी मुद्राको भाउ बढेको छ । मंगलबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ २६ पैसा तोकेको छ भने हिजो खरिददर १ सय १४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ १६ पैसा थियो । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५७ पैसा र बिक्रीदर ३० रुपैयाँ ७३ पैसा रहेको छ भने हिजो खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७१ पैसा रहेको थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६६ पैसा रहेको छ भने हिजो खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६३ पैसा रहेको थियो । ओमानी रियाल १ को खरिददर २९८ रुपैयाँ १३ पैसा रहेको छ भने हिजो खरिददर २९७ रुपैयाँ ९६ पैसा रहेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा छ भने हिजो पनि खरिददर ३१ रुप...
माघमा रिलिज हुने ‘दि कर्मा’

माघमा रिलिज हुने ‘दि कर्मा’

मनोरञ्जन, समाचार
मंसिर ३ गते ।  आगामी माघमा चलचित्र ‘दि कर्मा’ सार्वजनिक गर्ने भएको छ । चलचित्रको अफिसियल पोष्टर सार्वजनिक गर्दै आगमी माघ १७ गते ‘दि कर्मा’ रिलिज हुने भएको हो । जयराज रायले निर्माण गरेको चलचित्रको निर्देशक देवकुमार श्रेष्ठले गरेका छन् । यस चलचित्र नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा आधारित कथालाई समेटिएको छ । भारतका मोडल करण वर्माको साथमा चलचित्रमा नीता ढुंगाना, परमिता आरएल राणा, वुद्दि तामाङ, देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित लगायतकाको अभिनय रहेको छ । चलचित्रमा सुशिल पोखरेलको पटकथा तथा संवाद गरिएको हो ।...
खोलामा डुबेर  १ बालकको मृत्यु

खोलामा डुबेर १ बालकको मृत्यु

समाचार
खोटाङ, मंसिर ३ गते । खोटाङको खोटेहाङमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । खोटेहाङ गाउँपालिका–७ रातामाटाका हिमाल राईको छोरा ३ बर्षीय साहिल राईको मृत्यु भएको हो । घर नजिकै रहेको सावाखोलामा खोल्ने क्रममा सोमवार दिउँसो साँढे ४ बजे खोलामा डुबेर बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय खोटाङले जनाएको छ । शव परिक्षणको लागि प्राथामिक स्वास्थ्य केन्द्र चिसापानी पठाएको छ भने घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
देशकै पहिलो आधुनिक फलाम खानी कम्पनी स्थापना

देशकै पहिलो आधुनिक फलाम खानी कम्पनी स्थापना

समाचार
मंसिर ३ गते । देशमै पहिलो पटक आधुनिक फलाम खानी कम्पनी कानुनी रूपमा स्थापना भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता प्रक्रिया पूरा भएपछि आधुनिक फलाम खानीले संस्थागत आकार लिएको हो । नवलपुरको होप्से गाउँपालिकामा स्थापना गर्न लागिएकोे फलाम खानी कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई कम्पनी सञ्चालनका थप प्रक्रिया अगाडि बढाइएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । ऐन, २०६३ अनुसार कम्पनी रजिष्ट्रारको कार्यालयमा ‘धौवादी फलाम खानी लिमिटेड’ नामको कम्पनी दर्ता भएको मन्त्रालयले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको ।...
चौधरी आमा छोरीको हत्यारा कारागार चलान

चौधरी आमा छोरीको हत्यारा कारागार चलान

समाचार
उदयपुर, मंसिर ३ गते ।  त्रियुगा नगरपालिका–९ चौकीबारी निबासी २८ वर्षीय गोमा भन्ने शारदाकुमारी चौधरी र उनको छोरी ६ वर्षीय रचनाकुमारी चौधरीको हत्यारा साह पूपक्र्षका लागि कारागार चलान भएको छ । गत असोज २४ गते राती धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर आमा छोरीको हत्या गर्ने सिराहा लहान नगरपालिका–२ मटेरुवा स्थायी घर भई हाल त्रिनपा–३ मोतिगडामा चिया पसल गर्दै आएका ४० वर्षीय रामहरि साह पूपक्र्षका लागि कारागार चलान भएको हो । आमा छोरीको हत्यारा साहलाई सोमबार पूपक्र्षका लागि कारागार चलान भएको प्रहरीले जनाएको छ ।...