Thursday, August 6News That Matters

Month: ७ वर्ष अगाडि

लैङ्गि हिंसा सम्बन्धी बिग बहस

लैङ्गि हिंसा सम्बन्धी बिग बहस

समाचार
गाईघाट/९ लैंङ्गिक हिंसको १६ दिने अभियानको क्रममा मुलधार महिला सेवा केन्द्र (मासवेस) उदयपुरले वृहत वहस (बिग बहस) सोमवार त्रियुगा नगरपालिकाको सभाहलमा गरेको छ । आसनमा महिला, भाषणमा महिला र सासनमा महिला भन्ने नाराका साथ लैङ्गिक हिंसामा हुने बिभिन्न बिभेदहरुलाई निराकरण गर्न सम्बन्धित व्यत्तित्वहरु सँग बृहत रुपमा यसको वहस गरेको मूलधार महिला सेवा केन्द्रकी अध्यक्ष तथा महिला अधिकारकर्मी नजवुल खानले बताईन् । विषेशगरी लैंङ्गिक हिंसाको अन्त्य गर्न सम्बन्धित निकायहरुले पहल गर्नुपर्नेमा जोड गर्दै जनप्रतिनिधि, महिला अधिकारकर्मी सामाजिक अभियान्ता, युवा, सुरक्षा निकाय, संञ्चारकर्मीहरु लागाएतको उपस्थितिमा बहस कार्यक्रम गरिएको थियो । लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आज बाट सुरु गरिएको सँगै बिभिन्न जिम्मेवारी क्षेत्रहरुले वहस तथा र्याली कार्यक्रम हरु सुरु गरेको छ ।  ...
उदयपुरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

उदयपुरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

समाचार
उदयपुर, मंसिर ९ गते । उदयपुरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । “समान्ताको पुस्ता : बलत्कार विरुद्धको ऐक्यबद्धता” भन्ने मुल नाराको साथ सोमबारदेखि अभियान सुरु भएको हो । सदरमुकाम गाईघाटको पिपल चौकबाट ¥यालिकासाथ बजार परिक्रमा गरी उक्त पिपल चौकमा कार्यक्रम गरेर अभियानको सुभारम्भ गरेको थियो । जिल्लाको सवै स्थानीय सरकारलाई लैंगिक हिंसा विरुद्ध जिम्मेवार बनाउने उद्देश्यका साथ १६ दिन संचालन हुने अभियान सुरु गरेको मुल समारोह समितिले जनाएको छ । गत वर्षहरुमा सदरमुकाममुखी अभियानलाई यस वर्ष ४ गाउँपालिका र ४ नगरपालिका गरी जिल्लाको ८ वटै पालिकामा अभियान संचालन गर्ने मुल समारोह समितिका संयोजक तथा जिल्ला समन्वयन समिति उदयपुरका उप–प्रमुख गंगा राईले बताईन् ।बढ्दो लैंगिक हिंसा नियन्त्रण गर्नका लागि विशेष स्थानीय तह जिम्मेवार बन्नु पर्ने भएकाले यस वर्षको अभियान गाउँ–गाउँमा संचालन हु...
उदयपुरको विवश राई पूर्वाञ्चल गट ट्यालेन्टको भोटिङ राउण्डमा पुग्न सफल, फाईनलको लागि भोटको अपिल

उदयपुरको विवश राई पूर्वाञ्चल गट ट्यालेन्टको भोटिङ राउण्डमा पुग्न सफल, फाईनलको लागि भोटको अपिल

मनोरञ्जन
उदयपुर, ९ उदयपुरको विवश राई हालै धनकुटामा संञ्चालन १ नं प्रदेश स्तरिय पूर्वाञ्चल गट ट्यालेन्ट सिजन ३ को भोटिङ राउण्डमा आईपुगेको छ । टीन क्रिउको प्रस्तुतिमा नृत्य प्रतियोगिताको भोटिङ राउण्डको यात्रा तय गरेको उनले बताए । बिभिन्न राउण्डहरु पार गर्दै भोटिङ राउन सम्म आईपुगेको  बताउदै सबै सँग भोटको अपेक्षा गरेको छ । उनको भोटिङ कोट संञ्चालनमाा आईसकेको छ । उनलाई फेसबुक, युट्यव र मोवाईलबाट मेसेज गरी भोट गर्न सकिने छ । उनलाई मेसेजबाट भोट गर्न मोवाईलको मेसेज बक्समा गएर पिजिटी लेखी खाली ठाउँ राखेर डी ५ गरी ३४३४३  (Pgt space d5 34343) मा पठाउन सकिन्छ भने फेसबुक बाट भोट गर्न पूर्वाञ्चल गट ट्यालेन्ट सर्च गरी उनको फोटो भिडियोलाई लाइक, कमेन्ट, र सियर गरी भोट गर्न सकिन्छ त्यस्तै उनलाई युट्युवबाट भोट गर्न टिन क्रिउ सर्च गरी उनको भिडियोलाई लाईक कमेन्ट र भिउज बढाएर भोट गर्न गरिदिन उनले सम्पूर्ण देश वि...
लैँङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियानको सुभारम्भ ९ गते बाट

लैँङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियानको सुभारम्भ ९ गते बाट

समाचार
गाइघाट/आईतबार, ८ लैँङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान ९ गते बाट उदयपुरमा पनि सुभारम्भ तथा उद्घाटन गरिने भएको छ । आईतबार जिल्ला समन्वय समितिको हलमा गरिएको पत्रकार सम्मेलन अनुसार सो अभियानको सुभारम्भ ९ गते बाट गरिने आयोजकले बताएको छ । जिल्ला समन्वय समिति उदयपुर तथा लैँङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान समारोह समितिको आयोजनामा ९ गते बाट २५ गत्ते सम्म अभियान गरिने आयोजगले बताएको हो । गत बर्ष भन्दा फरक तरिकाले यो अभियान सुरु गर्ने जिल्ला समन्वय समितिका उप–प्रमुख गंगा राईले बताईन् । समानताको पुस्ता, बलात्कार विरुद्ध एक्यवद्धताको नारा सहितको अभियान देशैभरी सुरु हुने भएको हो । नेपाल सरकार महिला बालबालिका ज्येष्ठ नागरिक मन्त्रालयको २०७६ को कार्यन्वयनको मस्यौदा अनुसार ७ ओटै प्रदेशमा यो अभियान संञ्चालन हुने उप–प्रमुख राईले बताईन् । मस्यौदामा बिषेशगरी संघ, जिल्ला समन्वय समिति, स्थानीय तह...
नेपाली बैज्ञानिक काफ्ले जापानमा पुरस्कृत, सबैलाई दिलायो नेपाली गौरब

नेपाली बैज्ञानिक काफ्ले जापानमा पुरस्कृत, सबैलाई दिलायो नेपाली गौरब

शिक्षा, समाचार
पूर्णपुष्टि, मंसिर ८ नेपालको सामान्य सरकारी विद्यालयमा अध्यायन गरेर पनि बैज्ञानिक बन्न सफल एक नेपाली युवा हुन् आनन्द काफ्ले । उदयपुरको उदयपुरगढी गाउँपालिका–५ घर भएका काफ्ले बैज्ञानिक मात्र भएनन् जापानमा पुरस्कृत पनि हुनुभएको छ । टोकियो युनिभर्सिटी अफ साईन्स, जापानमा “पोष्टडक्टरल फेलो” को रुपमा कार्यरत उनलाई आफ्नो  क्षेत्रको अनुसन्धनमा उत्कृष्ठ ठहरिदै  पुरस्कृत हुनुभयो । उहाँले जापान ओइल केमिष्ट सोसाईटीको तर्फबाट वर्ष २०१९ का लागि “जर्नल अफ ओलियो साईन्स बेष्ट अथर अवार्ड” प्राप्त गर्नुभएको हो । गतवर्ष जर्नल अफ ओलियो साईन्समा प्रकाशित उहाँका अनुसन्धानमुलक लेखहरुका आधारमा उहाँलाई सो पुरस्कार मिलेको हो । जिल्लाको पञ्चावती माध्यामिक विद्यालयमा विद्यालयस्तरको पढाई पुरा गर्नुभएका उहाँले महेन्द्र मोरङ क्याम्पस विराटनगरबाट आइएससी र विएससी गर्नुभएको थियो । त्रिभुवन विश्व विद्यालय, रसायन शास्...
औद्योगीकग्रामको लागि स्थलगत अनुगमन

औद्योगीकग्रामको लागि स्थलगत अनुगमन

आर्थिक, पर्यटन, समाचार
उदयपुर, मंसिर ८ गते ।  रौतामाईलाई औद्योगीकग्रमको रुपमा विकास गर्नका लागि प्राविधिकसहितको टोलीले स्थलगत सम्भाव्यता अध्ययन गरेको छ । प्राविधिक टोलीले रौताई गाउँपालिका–६ को धार्मीक तथा पर्यटकिय क्षेत्र रौता पोखरी र वडा न. ५ को सुकेपोखरी आसपासका क्षेत्रको स्थलगत अध्ययन गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारको नेतृत्वमा, कृषि, पशु, उद्योगका प्राविधिक टोली स्थलगत अध्ययन उक्त क्षेत्र पुगेको थियो । औधोगिकग्रामका लागि चाहिने न्युनतम ४० रोपनी जग्गा, सडक सञ्जाल, बिद्युत, भुवनोट, हावापानी, जग्गाको अवस्था, मौसम, विकासको अवस्था, बस्ति, आर्थिक विपन्नता, उद्योग स्थापनाका लागि चाहिने आबश्यक कच्चा पदार्थको अवश्था, जनसंख्या, ढुवानी, वजारिकरण लगायतका बिषयमा पहिलो चरणको अध्ययन गरिएको प्रमुख परियारले बताए ।स्थानीय तहमा निर्माण हुने औद्योगिकग्राम स्थापनाका लागि न्युनतम मापदण्ड प्रदेश सरक...
दुर्घटनामा १ जनाको मृत्यु

दुर्घटनामा १ जनाको मृत्यु

समाचार
उदयपुर, मंसिर ८ गते । उदयपुरको घुम्तिमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । सिद्धिचरण राजमार्ग अन्र्तगत कटारी नगरपालिका–८ को घुम्तिमा मोटरसाईकल दुर्घटना हुदा पछाडी सवार सन्तोष कार्कीको मृत्यु भएको हो । बेतेनीबाट कटारी तर्फ आउँदै गरेको स ११ प ३२२८ नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट आएका ना ७ ख ४६१५ नम्बरको ट्रकले साईड दिने क्रममा राती ७ः१५ बजे मोटरसाईकल नालीमा खसी दुर्घटना हुदा कनपा–३ निबासी ३७ वर्षीय कार्की घाईते भएको प्रहरीले जनाएको छ । घाईते कार्कीको उपचारको क्रममा कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते मोटरसाईकल चालक कनपा–३ निबासी ३१ वर्षीय नवराज कुँवरको कटारी अस्पालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल ट्रकमा ठोकिएको आशंकामा ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कटा...
मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु

मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु

समाचार
उदयपुर, मंसिर ६ गते ।  चौदण्डिगढीमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । चौदण्डिगढी नगरपालिका–९ भिमामा मोटरसाईकल दुर्घटना हुदा दिपक विकको मृत्यु भएको हो । चौनपाको बेल्टारबाट गाईघाट तर्फ जादै गरेको को ४ प ३८३६ नमबरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाईकल चालक कालाबन्जर गाउँपालिका–३ निबासी २३ वर्षीय दिपकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएका दिपकको प्रथकि स्वास्थ्य केन्द्र बेल्टारमा उपचारको क्रममा दिउँसो १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उक्त मोटरसाईकलमा पछाडी सवार रमेश घाईते भएको र उनको उपचार प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
आगलागीमा १ बालकको मृत्यु

आगलागीमा १ बालकको मृत्यु

समाचार
उदयपुर, मंसिर ६ गते ।  उदयपुरमा आगलागी हुदा एक बालकको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–१६ रातापानी निबासी चन्द्रबहादुर राईको छोरा ४ वर्षीय विष्णुबहादुर राईको मृत्यु भएको हो । बालकले लाईटर खेलाउने क्रममा विहिबार दिउँसो करिब ३ बजे फुसको छाना र ढुङ्गा, माटोले बनेको दुई तले घर र २ वटा सुँगुरसहित बालक आगोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त आगलागीबाट १८ लाख मुल्य बराबरको क्षती भएको प्रहरीले जनाएको छ । उक्त आगोले नजिकैको बमबहादुर राईको फुसको छानो भएको ढुङ्गा र माटोले बनेको दुई तले घर जलेर नष्ट हुदा करिब १४ लाख रुपैयाँको क्षती भएको प्रहरीले जनाएको छ । प्रहर चौकी सुकौराबाट खटेका प्रहरी टोली र स्थानीयको सहयोगमा ५ः१५ बजे आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
रुखबाट लडेर १ जनाको मृत्यु

रुखबाट लडेर १ जनाको मृत्यु

समाचार
मोरङ, मंसिर ४ गते । मोरङको रतुवामाईमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । रतुवामाई नगरपालिका–५ निबासी ५५ बर्षीय बालबोध रायको मृत्यु भएको हो । घर नजिकै खेतको सफेदको रुखमा चडेर हाँगा झार्ने क्रममा बिहान पउने ११ बजे लडेर रायको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जनाकारी पाउनासाथ प्रहरी चौकी गोविन्दुरको प्रहरी टोली घटना स्थल पुगी घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...