Thursday, August 6News That Matters

Month: ७ वर्ष अगाडि

सिन्कौली विक्रि नहुदा गाउँले चिन्तित

सिन्कौली विक्रि नहुदा गाउँले चिन्तित

आर्थिक, समाचार
उदयपुर, मंसिर ११ गते । उदयपुरको सिन्कौली विक्रि वितरण हुन छाडेपछि पहाडी भेगका सिन्कौली कृषकहरु चिन्तित भएका छन् । रौतामाई गाउँपालिकाको अधिकांश गाउँ बस्तिको सिन्कौली विक्रि हुन छाडेपछि कृषकहरु चिन्तित भएका हुन् । पालिकाको धोद्रे, खाँनीडाँडा, दुकुर्चुङ, मझौले, बाछाला, मलबासे लगायतका पहाडी क्षेत्रको सिन्कौली विक्रि नभएको स्थानीहरुले बताएका छन् । सिन्कौली अर्थात दालचिनि भनेर चिनिएको पहाडमा पाईने एक जडिबुटी तथा विशेष मसला सिन्कौली अहिले विक्रि वितरण हुन छाडेको स्थानीयहरुले बताएका छन् । सिन्कौलीलाई जडिबुटी र विशेष मसलाको रुपमा प्रयोग गरिन्छ । पहाडी भेगमा हुने सिन्कौलीको पात र बोक्रा विक्रि हुने गरेको स्थानीय निरबहादुर राईले बताए । देश विकाससँगै सडकको पहुचले करिब १२ वर्षदेखि सिन्कौलीले राम्रो भाउ पाउँदै आएको थियो । तर गत वर्ष अलि–अलि विक्रि वितरण भएको सिन्कौली यसपालि भने विक्रि वितरणमा ठ...
नेपालको आफ्नै पानीजहाज सञ्चालन गरिने

नेपालको आफ्नै पानीजहाज सञ्चालन गरिने

लिम्चुङबुङ डायरी, समाचार
मंसिर ११ गते ।  चर्चामा रहेको भारतसँगको जलयातायात सञ्चालनको विषय प्राविधिक स्तरमा करिब टुंगिएको छ । नेपाल र भारतबीचको पारवहन सन्धि पुनरावलोकनका लागि काठमाडौँमा मंगलबारदेखि सुरु द्विपक्षीय बैठकको क्रममा जलयातायात सञ्चालनमा भारतीय पक्ष सकारात्मक देखिएका हुन् । पारवहनका रूपमा जलयातायातका लागि नेपालले तीन वटा विकल्प पाएको छ । कलकत्ताबाट वाराणासी, कालुघाट, साहेबगञ्ज हुँदै नेपालले जलयातायात सञ्चालन गर्न सक्ने विषय सह–सचिव स्तरीय बैठकले करिब टुंगो लागेको बैठकमा नेपाली टोलीका नेतृत्व गरेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव नवराज ढकालले बताए । भारतले निर्माण गरेको इनल्यान्ड वाटरवेजसम्म नेपालको पहुँचको विषयमा द्विपक्षीय बैठक अत्यन्त सकारात्मक भएको ढकालले बताए । जहाजहरू कसरी चलाउने, कसको अनुमति लिने जस्ता विषयमा पनि बैठकले स्पष्ट सहमति जुटाउने उनले बताए । बैठकको सहमति अनुसार...
पर्यटकिय क्षेत्रकोे विकासमा बेलकाको चासो

पर्यटकिय क्षेत्रकोे विकासमा बेलकाको चासो

पर्यटन, समाचार
उदयपुर, मंसिर १० गते । उदयपुरको बेलका नगपालिकाले नगर क्षेत्र भित्रको पर्यटकिय स्थलको संरक्षण तथा प्रवद्र्धनका लागि तिब्रता दिएको छ । नगरपालिकाले नगर क्षेत्र भित्र रहको पर्यटकिय स्थलको संरक्षण तथा प्रवद्र्धनका लागि बजेट नै विनियोजन गरेर तिब्रता दिएको हो । सन् २०२० लाई थप टेवा पु¥याउने लक्ष्यका साथ ‘पर्यटन’ शिर्षकमा नगरले करिब ७० लाख बजेट विनियोजन गरेर पर्यटकिय क्षेत्रको विकासको काममा तिब्रता दिएको पालिकाले जनाएको छ । पर्यटनका लागि छुट्याएको बजेटले काम अघि बढी सकेको बेलका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृति पुष्कर भट्टराईले बताए । प्राय धेरै पर्यटकिय स्थललाई छुने भएकाले कोशी करिडोरालाई पालिकाले विशेष प्राथमिकतामा राखेको उनले बताए । पालिकामा रहेको करिब १८–२० वटा सम्पदाहरुको पहिचान गरी विस्तृत परियोजना (डिपिआर) तयार गरी डिपिआर अनुसार काम गर्ने नगर पर्यटन बोर्ड बेलाकाका उपाध्यक्ष रमण...
प्रम ओलीको एपेण्डिसाइटिसको सफल शल्यक्रिया

प्रम ओलीको एपेण्डिसाइटिसको सफल शल्यक्रिया

समाचार
मंसिर १० गते ।  प्रधानमन्त्री केपी शर्मा ओलीको एपेण्डिसाइटिसको सफल शल्यक्रिया भएको छ । एक्कासी पेट दुखेपछि बिहानै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा चेकजाँच  गरि एपेण्डिसाइटिसको अप्रेशन गरिएको हो । प्रधानमन्धि ओलीको त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा. रमेश सिंह भण्डारीको नेतृत्वमा रहेको टोलीले शल्यक्रिया गरेको थियो ।...
आजको विदेशी मुद्राको विनियम दर

आजको विदेशी मुद्राको विनियम दर

आर्थिक, समाचार
मंसिर १० गते ।  आज १ अमेरिकी डलरको खरिददर १ सय १४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ ०७ पैसा तोकेको छ । हिजो डलरको खरिददर १ सय १४ रुपैयाँ ४४ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ ०४ पैसा रहेको थियो । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६८ पैसा रहेको छ । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६० पैसा रहेको छ । खरिददर ३१ रुपैयाँ २३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा रहेको थियो । ओमानी रियाल १ को खरिददर २ सय ९८ रुपैयाँ १७ पैसा रहेको छ । हिजो खरिददर २ सय ९७ रुपैयाँ ५२ पैसा रहेको थियो भने यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा छ । त्यस्तै मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३९ पैसा र बिक्रीदर २७ रुपैयाँ ५४ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ४३ पैसा र बिक्रीदर २७ रुपैयाँ ५७ पैसा रहे...
नदिले बगाउँदा १ जना बेपत्ता

नदिले बगाउँदा १ जना बेपत्ता

समाचार
ताप्लेजुङ, मंसिर १० गते ।  ताप्लेजुङको पाथीभरा याङवरकको एक जनालाई तमोर नदिले बगाउँदा बेपत्ता भएको छ । पाथीभरा याङवरक गाउँपालिका–१ निबासी ६० वर्षीय संगिता सुनुवारलाई नदिले बगाउँएर बेपत्ता भएको हो । नदि किनारमा रहेको फेनेबुङ बेशीमा धान काट्न गएकी सुनुवारले नदीको पानी भर्ने क्रममा सोमबार दिउँसो पौने ५ बजे नदिले बगाउँदा बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता सुनुवारको प्रहरी चौकी मेवाखाबाट खटेका प्रहरी टोली र स्थानीयको सहयोगमा खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।...
ट्याक्टरले ठक्कर दिदा १ जनाको मृत्यु

ट्याक्टरले ठक्कर दिदा १ जनाको मृत्यु

समाचार
उदयपुर, मंसिर १० गते ।  उदयपुरको ताप्लिमा ट्याक्टरले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । ताप्लि गाउँपालिका–४ निबासी ५१ वर्षीय होमबहादुर रानाको मृत्यु भएको हो । यारी खोलाबाट थानगाउँ तर्फ धान लोड गरेर जाँदै गरेको ना ५ त ६६०७ नम्बरको ट्याक्टरले गतराती साढे ७ बजे रानालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्याक्टरको ठक्करबाट घाईते भएका रानाको स्थानीय स्वास्थ्य चौकीमा उपचारको क्रममा राती पौने ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ट्याक्टर चालक फरार भएकाले खोजतलास भईरहेको छ भने ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।...
बाल सञ्जाललाई स्थानीय साशन तालिम

बाल सञ्जाललाई स्थानीय साशन तालिम

समाचार
उदयपुर, मंसिर ९ गते ।          त्रियुगा नगरपालिकाले नगर स्तरीय वाल सञ्जालका पदाधिकारीहरुलाई वालमैत्री स्थानीय साशन सम्बन्धि तालिम दिएको छ । वालमैत्री नगर घोषणा गर्ने उद्देश्यले नगरले सञ्जालका पदाधिकारीलाई दुई दिने अनुशिक्षण तालिम दिएको हो । नगरको १६ वटै वडाबाट कार्यक्रमा बालबालिका सहभागिता रहेको कार्यक्रम संयोजक तथा नगरपालिकाका सहायक महिला विकास निरीक्षक निरु कार्कीले बताईन् । कार्यक्रममा वालमैत्री स्थानीय साशन प्रर्वद्धन र यसका सूचकहरु, अर्थपूर्ण वालसहभागिता, बाल अधिकार र कर्तव्य, वाल समुह संजाल, परिचालन र पक्रिया, वालअधिकारको ऐतिहासिक, बालअधिकार सुनिश्चित गर्ने नीतिगत व्यवस्थाका बिषयमा जानकारी दिइएको उनले बताईन् । कार्यक्रमको सहजिकरण लैङ्कि डेक्सका प्रमुख भिमा राई, मविनि निरु कार्की, पुर्व केन्द्रिय बाल संजालका अध्यक्ष सुरेश गुप्ता, नगर स्तरीय बाल संजालका निवर्तमान अध्यक्ष सुरज खत्रील...

नवजात शिशु जीवन रक्षा कार्यक्रम

समाचार, स्वास्थ्य
उदयपुर, मंसिर ९ गते । उदयपुरमा मातृ तथा नवजात शिशुको जीवन रक्षाका लागि सुरक्षित मातृत्व र नवशिसु परियोजना संञ्चालन गरिने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयमा एक कार्यक्रमकोसाथ परियोजनाको जानकारी गराएको हो । मातृ तथा नवजात शिशुको विरामी र मृत्यु दर घटाई मातृ र नवशिसु स्थितिमा सुधार ल्याउने लक्ष्यकासाथ वान हार्ट वल्र्ड वाइडले परियोजना सञ्चालन गरेको संंस्थाका मेनेजर गिता शर्माले बताइन् । ६ बर्षसम्म सञ्चालन हुने उक्त कार्यक्रम तयारी, कार्यान्वयन र वहिर्गमन गरी तीन चरणमा विभाजन गरिएको छ । कार्यक्रमअन्र्तगत संस्थाले मातृ, नवजात शिशु तथा वाल स्वास्थ्य सेवाको माग बृद्धीमा दुई सय १६ जना स्वास्थ्य स्वयंमसेवीलाई जीवन सुरक्षा पूनर्ताजगी र मिजोप्रोस्टोल, १९ स्वास्थ्य संस्थाका व्यवस्थापन समितिको क्षमता अभिबृद्धी तालिम गरिने उनले बताईन् । ५ स्वास्थ्य संस्थाको सामाजिक लेखापरीक्षण गरिने संस्थाक...
उदयपुरमा लघु उद्यमी बढ्दो

उदयपुरमा लघु उद्यमी बढ्दो

आर्थिक, समाचार
उदयपुर, मंसि ९ गते । उदयपुरमा गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमबाट लघु उद्यमी बढ्दै गएको एक तथ्याङकले देखाएको छ । गत कात्तिक महिनासम्म नयाँ लघुउद्यमीको संख्या चार हजार ९० पुगेको घरेलु तथा साना उद्योग कार्यालय उदयपुरको तथ्याङकले देखाएको हो । जिल्लाकोे स्थानीय तह मध्ये सवै भन्दा कम उद्यमी लिम्चुङ्बुङ गाउँपालिकामा रहेको तथ्याङकले देखाएको छ । लघुउद्यम तर्फ बेलकामा ४ सय ४८, चौदण्डिगढीमा ७ सय ४८, त्रियुगामा १२ सय ३६, कटारी नगरपालिकामा ५ सय ६६, रौतामाईमा ३ सय ८७, ताप्लिमा २ सय १९, लिम्चुङ्बुङमा १ सय ६७ र उदयपुरगढी गाउँपालिकामा ३ सय २७ जना उद्यमी रहेको तथ्याङकले देखाएको छ । गत कात्तिकसम्म २८ सय १२ वटा उद्योग दर्ता भएको छ भने बाणिज्यमा २५ सय ९८ दर्ता भएको तथ्याङ्कले देखाएको छ । बेलकामा १ सय ८८, चौदण्डिगढीमा २ सय ८४, कटारीमा, ३ सय ६४ र त्रियुगा नगरपालिकामा १२ सय २७ उद्योग दर्ता भ...