Thursday, August 6News That Matters

Month: ७ वर्ष अगाडि

ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

समाचार
मोरङ,मंसिर १२ गते ।  मोरङको बेलबारीमा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्र्तरगत बेलबारी नगपालिका–२ मा ट्रकको ठक्करबाट बलबहादुर लिम्बुको मृत्यु भएको हो । पश्चिमबाट पूर्व तर्फ जादै गरेको ना ६ ख ३७२७ नम्बरको ट्रकले विहान ८ बजे तेह्रथुम बसन्तपुर नगरपालिका–४ निबासी ७० वर्षीय लिम्बुलाई ठक्कर दिएर मृत्यु भएको प्रहरीले बताए । ट्रकको ठक्करबाट घाईते भएका लिम्बुको उपचारको क्रममा न्युरो अस्पताल विराटनगरमा ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने ट्रक र चालक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
उदयपुरमा प्रदेशस्तरको ब्याड्मिन्टन प्रतियोगिता भोलीदेखि

उदयपुरमा प्रदेशस्तरको ब्याड्मिन्टन प्रतियोगिता भोलीदेखि

खेलकुद, समाचार
पूर्णपुष्टि, मंसिर १२ । त्रियुगा नगरपालिकाको मुख्य प्रायोजन तथा जिल्ला ब्याड्मिन्टन संघ उदयपुरकोल आयोजनामा उदयपुरमा १ नं. प्रदेश स्तरीय खुल्ला ब्याड्मिन्टन प्रतियोगिता शुक्रबार (भोली) देखि हुने भएको छ । दुईदिनसम्म सञ्चालन हुने खुल्ला प्रतियोगिता मेन्स डबल्सको हुने र ४५ वर्ष माथि उमेर समुहका लागि भेट्रान्स ब्याड्मिन्टन प्रतियोगिता पनि रहेको छ । प्रतियोगितामा १ नं. प्रदेशका विभिन्न जिल्लाबाट खेलाडीहरुको सहभागिता रहने आयोजक समितिले जनाएको छ । प्रतियोगितामा २ नं. प्रदेशको सिरहा र सप्तरीका खेलाडीसमेतको सहभागिता रहने जनाइएको छ । हरेकवर्ष नगरपाकिलाको आर्थिक सहयोगबाट आयोजना हुदै आएको प्रतियोगिता यसवर्ष अझ विशेष हुने आयोजकको दावी छ । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भईसकेको संघका कोषाध्यक्ष सुबास भट्टराईले बताउनुभयो । प्रतियोगिताका लागि व्याड्मिन्टन कवर्डहल सजिसजाउ पारिएको छ । बोक्सेस्थित...
लागु औषधसहित १ जना पक्राउ

लागु औषधसहित १ जना पक्राउ

समाचार
मोरङ, मंसिर १२ गते । मोरङको कानेपोखरीबाट लागु औषधसहित एक जना पक्राउ परेको छ । कानेपोखरी गाउँपालिका–६ निबासी २३ वर्षीय सिमन मगर पक्राउ परेको हो । गतराती पौने ११ बजे प्रहरी गस्ति टोलीले उक्त स्थानबाट लागु औषधसहित मगरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मगरको साथबाट नाईट्रोभेट नामक ट्याब्लेट ८ पिस, स्पाजमोल ट्याब्लेट १७ पिस र पृजोल नामक ट्याब्लेट ५ पिस बरामद गरेको प्रहरीले जनाएको छ ।...
टिप्पर दुर्घटना ४ जनाको मृत्यु

टिप्पर दुर्घटना ४ जनाको मृत्यु

समाचार
मंसिर १२ गते ।  हुम्लामा टिपर दुर्घटना हुदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सिमकोट गाउँपालिका–७ नाग्मामा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको हो । दुर्घटनामा घाइते भएका सिमकोट गाउँपालिका–६ निबासी बक्त रोकायाको उपचारका क्रममा जिल्ला अस्पताल हुम्लामा मृत्यु भएको प्रहरीले जनाएको छ । खाद्य संस्थानको चामल बोकेर सल्ली खोलाबाट सदरमुकाम सिमकोटका लागि हिडेका लु ४ ख ३२६९ नम्बरको टिपर दुर्घटना हुँदा नाम्खा गाउँपालिका –१ हेक्पा निबासी नरी लामा, छिरिङ तार्मा लामा र खार्पुनाथ –१ प्यूस निबासी बर्बजंग शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ । ११ जना घाईतेहरुको जिल्ला अस्पताल सिमकोटमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।...
पेस्तोलसहित १ जना पक्राउ

पेस्तोलसहित १ जना पक्राउ

समाचार
उदयपुर, मंसिर १२ गते । उदयपुरमा कटुवा पेस्तोल सहित एक जना पक्राउ परेको छ । बेलका नगरपालिका–३ सातपत्रे निबासी गंगाबहादुर खत्रीको छोरा १९ वर्षीय मनोज खत्रीलाई प्रहरीले पक्राउ गरेको हो । गतराती करिब साढे ९ः०० बजे सातपत्रेबाट रामपुर तर्फ आउँदै गरेको स १ त ७४४० नम्बरको ट्याक्टरलाई रोकी सोही ट्याक्टरमा काम गर्ने स्थानीय १८ वर्षीय विश्व खड्कालाई ट्याक्टरबाट झारेर हातपात गर्दै कटुवा पेस्तोल देखाएको भन्ने सुचनाको आधारमा पक्राउ परेको प्रहरीले जनाएको छ । उक्त घटनाको जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटेका प्रहरी टोलीले पेस्तोल र सोही पेस्तोलमा प्रयोग हुने एक राउण्ड गोलीसहित खत्रिलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटनामा अर्का एक जना पनि संलग्न भएको खुलेकाले खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।...
गैँडा गणनाका लागि तयार गर्दै

गैँडा गणनाका लागि तयार गर्दै

लिम्चुङबुङ डायरी, समाचार
मंसिर १२ गते ।  आगामी  चैतमा गर्न लागिएको गैँडा गणनाका लागि तयार गर्न थालिएको छ । एकसिङ्गे गैँडा गणना गर्नका लागि चितवन, पर्सा, बर्दिया, शुक्लाफाँटामा हात्ति तयार गरिदै हो । पत्येक चार वर्षमा हुने गैँडा गणना अनुसार यस वर्ष गणना हुन लागेको हो । यसअघि सन् २०१५ मा गैँडा गणना भएको थियो । क्यामरा ट्र्यापिङ र प्रत्यक्ष जङ्गलमा विचरण गरेर गैँडाको वर्तमान अवस्था पत्ता लगाउन हात्ती चढेर गणकहरूले काम गर्छन् । जङ्गलका सबै क्षेत्रमा कच्चा सडक नभएकाले पनि हात्तीको प्रयोग बढी हुन्छ । सबैभन्दा धेरै गैँडा चितवनमै भएकाले विशेष तयारी गरिरहेको छ । गैँडा गणना गर्ने मिति तय नभए पनि चैतमै गैँडा गणना सुरु हुने वन्यजन्तु संरक्षण तथा निकुञ्ज विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले बताए । गैँडा गणनाका लागि फिल्डमा चाहिने प्रविधि र सामग्रीको सूची तयार पार्ने काम भईरहेको छ । कुन कुन निकायसँग सहकार्य गरेर ...
सिन्धुपाल्चोकमा ५ म्याग्निच्यूडको भूकम्प

सिन्धुपाल्चोकमा ५ म्याग्निच्यूडको भूकम्प

समाचार
मंसिर १२ गते ।  सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्र विन्दु बनाएर ५ म्याग्निच्युडको भुकम्प गएको छ । गतराती करिब १०ः८ बजे भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का काठमाण्डौ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकमा समेत महसुस गरिएको थियो ।...
ज्योतिमा माविमा बाली विज्ञान विषयको पढाई शुरु

ज्योतिमा माविमा बाली विज्ञान विषयको पढाई शुरु

शिक्षा, समाचार
राजेन्द्र दुष्ट बेल्टार/मंसिर ११ गते ।  विद्यालय व्यवस्थापन समिति र बेल्टारका शिक्षा प्रेमीहरुको अथक प्रयासले चौदण्डीगढी नगरपालिका–६ को ज्योति माविमा बाली विज्ञान विषयको अध्ययन शुरु हुने भएको छ ।  सिटिभिटिबाट सम्वन्धन प्राप्त १८ महिने बाली विज्ञान विषय(जेटिए) को कक्षा संचालनको भएको हो । बुधबार नगर प्रमुख खगेन्द्र राईले उद्धघाटन सबैको मेहनत, पगनशिलताले आज हामीले सोचेको जस्तो विषय आफुहरुले पढ्न नपाए पनि पछिल्लो पुस्ताका भाई बहिनीहरुले यो विषय अध्ययन गर्ने अवर प्राप्त भएकोमा यो सबैको सफलताको काम भएको नगर प्रमुख खगेन्द्र राईले बताउनु भयो । मेयर राईले भन्नु भयो, “ ६०÷६५ प्रतिशत नागरिक कृषिमै आश्रित भएकोले नगरपालिकाले पनि कृषि क्षेत्रलाई नै प्राथमिक्तामा राखेको छौ , र भविस्यमा कृषिलाई उद्योगको रुपमा स्थापित गर्न लागि परेका छौ ।”कार्यक्रममा उप प्रमुख रिताकुमारी चौधरीले नेपाल एक कृषि प्रधान...
सिलाई कटाई तालिम उद्घाटन

सिलाई कटाई तालिम उद्घाटन

समाचार
उदयपुर, मंसिर ११ गते । उदयपुरमा तीन महिने सिलाई कटाई सिप विकास तालिम उद्घाटन भएको छ । घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा तालिम बुधबार उद्घाटन भएको हो । “उद्योग र पूर्वाधार, समृद्धिको आधार” भन्ने मुल नाराको साथ सिप विकास गरी व्यावसायीक उद्यमी बनाई आर्थीक स्तर उकास्नका लागि १५ जनालाई तालिम दिन लागेको हो । कार्यक्रमको उद्घाटन गर्दै घरेलु तथा साना उद्योग कार्यालय उदयपुरका प्रमुख पाक्रम खाँल विगतका दिनको समस्याहरुलाई समाधान गर्ने प्रयास भईरहेको बताए । आफु रहुन्जेल जनताको सेवामा तत्पर रहने र सजह रुपले सेवा उपलब्ध गराउने उनले बताए । प्रमुख खाँले भने ‘घरेलु तथा सना उद्योगका छाता संगठन सँग समन्वयन गरेर काम गरिरहेका छौँ । अहिलेको अवस्थामा व्यावसाय संचालन गर्नका लागि लगानीको समस्या छैन । एक्लैले गर्न नसके समुहमा व्यावसाय गर्न सकिन्छ ।’ तालिमबाट सिकेका कुरालाई बद्धि गर्दै अगाडी बढ्न...
गाँजासहित १ जना पक्राउ

गाँजासहित १ जना पक्राउ

समाचार
उदयपुर,मंसिर ११ गते । उदयपुरमा लागु औषधसहित एक जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका–६ बाट लागु औषध गाँजासहित पक्राउ परेको हो । प्रहरी चौकी लालपत्ताबाट चेकिङमा खटेका प्रहरी टोलीले कटारीबाट गाईघाट तर्फ आउँदै गरेको ना ४ ख ५८२४ नम्बरको यात्रु वहाक बसलाई रोकी चेक जाँच गर्ने क्रममा बसमा सवार कटानरी नगरपालिका–५ निबासी रामकुमार सदासाथबाट दुई सय ग्राम गाँजा बराद गरेको प्रहरीले जनाएको छ । लागु औषध गाँजासहित पक्राउ परेका सदालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...