Monday, April 20News That Matters

Month: ६ वर्ष अगाडि

सागको ब्याडमिन्टन खेलमा नेपालको सरुवाती जित

सागको ब्याडमिन्टन खेलमा नेपालको सरुवाती जित

खेलकुद, समाचार
मंसिर १५ गते ।  १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को ब्याडमिन्टन प्रतियोगीतामा नेपाली टोलीले हिज सुरुवात गरेको छ । पोखरा रंगशालामा आइतबारदेखि सुरु भएको १३ औंँ सागको मेन्स टिम इभेण्टमा नेपाली टिमले भुटानी टिमलाई पराजित गर्दै सेमि फाइनल प्रवेश गरे सँगै पदक पक्का भएको हो । नेपालको तर्फबाट रत्नजित तामाङले भुटानका अनिष गुरुङलाई २१–६ र २१–९को सोझो सेटले पराजित गरेको थियो । त्यसैगरी दिपेश धामीले भुटानका नैदुप दोर्जेलाई सोझो सेटमा पराजित गर्ने क्रममा २१–१३, २१–१४ को नतीजाका साथ जित हात पारेको थियो । त्यस्तै प्रिन्स दाहालले भुटानी खेलाडी नोर्बु ड्रढुललाई २१–१२, २१– ५ को सेटमा पराजित गरे भने अर्को खेलमा जेसिका गुरुङले बंगलादेशकी विस्त्री खातुनलाई २१–१९ र २२–२० ले पराजित गरेकी थिईन् । महिलातर्फको टिम इभेण्ट प्रतिस्पर्धामा नेपालकी नङसालदेवी तामाङले बंगलादेशकी साल्पा अख्तरलाई २१–१८ र १५–२१ ...
बेलकामा ८६ हजार गाँजा फडानी गरी नष्ट

बेलकामा ८६ हजार गाँजा फडानी गरी नष्ट

समाचार
उदयपुर,मंसिर १५ गते ।  बेलकामा अवैध रुपमा लागईएका र आफै उम्रिएका गाँजा फडानी गरी नष्ट गरिएको छ । बेलका नगरपालिका–६ को करिब एक दर्जन गाउँ बस्तिमा लगाईएका र उम्रिएका गाँजा फडानी गरी नष्ट गरेको हो । ईलाका प्रहरी कार्यालय रामपुरबाट खटेका प्रहरी निरीक्षक रामचन्द्र शाहको नेतृत्वमा खटेका ६ जना र सशस्त्र प्रहरी बल रामपुर ठोक्सिलाबाट सशस्त्र प्रहरी निरिक्षक अरुण भण्डारीको नेतृत्वमा खटेका १० जनाको संयुक्त प्रहरी टोलीले अवैध रुपमा लगाईएका र आफै उम्रिएका गाँजा फडानी गरी नष्ट गरेको प्रहरीले जनाएको छ । रानिटार, बगुवा, तित्रिबोट, धुरधुरे, घारेघाट, बासीखोप, माझिगाउँ, पुवारे थुम्का र लामीडाँडा लगायका गाउँघरको करिब ४९ कठ्ठामा लगाईएका र आफै उम्रिएका करिब ८६ हजार बोट गाँजा फडानी गरी नष्ट गरेको प्रहरीले जनाएको छ ।...
अस्पतालमा गर्भवतीको मत्यु, श्रीमान् भनिएका व्यक्ति फर्किएन

अस्पतालमा गर्भवतीको मत्यु, श्रीमान् भनिएका व्यक्ति फर्किएन

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, मंसिर १५ गते । जिल्ला अस्पताल उदयपुरमा सुत्केरी गराउन ल्याइएकी एक गर्भवती महिलाको आइतबार मृत्यु भएको छ । २६ वर्षिया गरिस्मा बुढाथोकी नाम गरिएकी गर्भवती महिलाको सुत्केरी गराउने भन्दै विहान ६ बजे ल्याइएकोमा १०ः३० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ । सुरुमा महिलाको अवस्था सामान्य नै देखिएपनि पछि एक्कासी शारीरिक समस्या आएर मृत्यु भएको डाक्टर अमरेश कुमार महतोले बताउनुभयो । गर्भवतीको शरिरमा सेतो रगतको कमी देखिएकाले बाहिर अस्पताल लैजान सुझाए पनि आफन्तले लैजान ढिलाई गरेको डाक्टर महतोले बताउनुभयो । श्रीमान हो भन्दै सुत्केरी गराउन अस्पताल ल्याएको एक पुरुष भने उनको मृत्यु लगत्तै बाहिरिए पछि फर्केर आएका छैनन् । आफन्तलाई बोलाउने भन्दै अस्पताल बाहिरिएका पुरुष फर्केर नआएपछि मृत गर्भवती बेबारिसे बनेको छ । मृतक महिलाको श्रीमान्को नाम प्रेम बुढाथोकी लेखाइएको भने ठेगाना उदयपुरगढी गाउँपालिक...
मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

समाचार
उदयपुर, मंसिर १५ गते ।  उदयपुरको चौदण्डिगढीमा मोटरसाईकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । रामपुर–फत्तेपुर सडक खण्डको चौदण्डिगढी नगरपालिका–४ शनिबारेमा मोटरसाईकल दुर्घटना हुदा दिपेन राईको मृत्यु भएको हो । गतराती करिब ८ बजे को ११ प ६९६२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाईकल चालक चौदण्डिगढी नमुना चोक निबासी ३५ वर्षी राईको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएका राईको त्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा राती पौने १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । सो मोटरसाईकल पछाडी सवार ३१ वर्षीय नारायण राईको उक्त उपचार भईरहेको प्रहरीले जनाएको छ ।...
ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

समाचार
पाँचथर, मंसिर १५ गते ।  पाँचथरको भालुपमा ट्याक्टर दुर्घटना हुदा ट्याक्टर चालकको मृत्यु भएको छ । फिदिम नगरपालिका–१४ भालु खोपका भित्रि सडक खण्डमा दुर्घटना हुदा ट्याक्टर चालक अविनास राईको मृत्यु भएको हो । भालुखोपबाट लुङरु तर्फ जादै गदेको मे १ त ५७८१ नम्बरको ट्याक्टर गतराती साँढे ११ बजे अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना हुदा चालक १८ वर्षीय राईको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।...
दिखलीछाको वंशाली पुस्तक विमोचन तथा पुनर्मिलन समारोह

दिखलीछाको वंशाली पुस्तक विमोचन तथा पुनर्मिलन समारोह

Breaking News 1
गाईघाट/१४ रोदुङ चाम्लीङ दिखलीपाछा रोमीपोमी केन्द्रीय कार्यसमितिले सनिवार गाईघाटको साकेलाटोलमा दिुखलीपाछाको वंशाली पुस्तक विमोचन तथा ऐतिहासिक पुनर्मिलन समारोह कार्यक्रम भव्य रुपमा गरेको छ । बिभिन्न ठाउँहरुमा रहेको आफ्नो वंशालीहरुलाई पुनर्मिलन गरी वंशाली पुस्तक भुसुरी विमोचन गरेको हो । पुस्तक भुसुरीको विमोचन १ नं प्रदेशका साम्सद खोटाङका राम कुमार राई (दिखलीछा), १ नं प्रदेशकै साम्सद कृष्ण कुमारी राई (दिखुलीछा) लगाएत अन्य अतिथिहरुले  गरेका थिए ।देशका बिभिन्न ठाउँ खोटाङ, उदयपुर, झापा, मोरङ, सुनसरी, पाँचथर र काठमाण्डौ लगाएता स्थानहरुमा आफ्नो वंशालीहरुको पहिचान गर्दै पुनर्मिलन कार्यक्रम देशैभरी नै चलाईएको रोदुङ चाम्लीङ दिखुलीपाछा रोमीपोमी केन्द्रीय कार्यसमितिका अध्यक्ष क्याप्टेन पशुराम राईले बताए । कार्यक्रममा ऐतिहासिँक वंशाली किताव भुसुरी बारे चर्चा गरिएको थियो । लामो समयको अध्यान र खोज मु...
एम्बुलेन्स दुर्घटनामा चालकसहित ७ जनाको मृत्यु

एम्बुलेन्स दुर्घटनामा चालकसहित ७ जनाको मृत्यु

समाचार
उदयपुर, मंसिर १५ गते ।  सुनसरीको हरीपुरमा एम्बुलेन्स दुर्घटना हुदा एम्बुलेन्स चालकसहित सात जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्र्तगत कोशी गाउँपालिका–७ हरिपुरमा एम्बुलेन्स र ट्रक एक आपसमा ठोकिदा मृत्यु भएको हो । विराटनगरबाट गाईघाट तर्फ आउँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्स र विपरित दिशाबाट आएका ना २ ख ९०८२ नम्बरको ट्रक राती करिब १२ः२० बजे ठोकिदा एम्बुलेन्सको चालक त्रियुगा नगरपालिका–१० निबासी २८ वर्षीय राजेशकुमार दनुवार र ऐम्बुलेन्समा सवार त्रिनपा–१० निबासी ३४ वर्षीय दुर्गाधन राई, ५० वर्षीय तुलाबहादुर राई, २८ वर्षीय टेकेन्द्र राई, ३२ वर्षीय दिनेस राई, ३५ वर्षीय मुकेश राईको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्रिनपा–१० निबासी ८५ वर्षीया शिवमाया राई प्रेसरको विरामीले विराटनगरको गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि उदयपुर लिएर आउने क्रमा दुर्घटना भएको ...