Monday, April 20News That Matters

Month: ६ वर्ष अगाडि

उदयपुरमा मानवअधिकार हननका घटनामा बृद्धि

उदयपुरमा मानवअधिकार हननका घटनामा बृद्धि

समाचार
पूर्णपुष्टि, पुस १५ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मानवअधिकार पुस्तक २०२० का लागि तयार पारेको प्रतिबेदनबाट उदयपुर जिल्लामा गतवर्षको तुलनामा मानवअधिकारका घटना बृद्धि भएको देखिएको छ । प्रतिवेदन अनुसार अघिल्लो वर्ष मानवअधिकार हनन्का ८६ घटना रहेकामा अहिलेसम्मको एकवर्षको अवधिमा १०३ वटा घटना घटेका छन् । हत्या, बलात्कार, बालविवाह, बहुविवाह र घरेलु हिंसा जस्ता मानवअधिकार हनन्का घटनाहरु गएको वर्षभन्दा बढि देखिएको हो । नेकपा माओवादी विप्लब समुहको बम विष्फोटदेखि ६ वर्षिया बालिका बलात्कारसम्मका घटना देखिएका छन् । यसवर्ष हत्या ११, बालिका बलात्कार तथा प्रयास ३०, महिला बलात्कार तथा प्रयास २३, घरेलु हिंसा १३, बहुविवाह १७, नाताकायम १, वालविवाह ३, बालबालिका कुटपिट १, मानव ओसारपसार १ र विप्लब समुह बम विस्फोट ३ गरी जम्मा १०३ वटा मानवअधिकार हनन्का घटना भएका छन् । मानवअधिकार उलंघनक...
विप्लवका दुई कार्यकर्ताद्वारा पार्टी परित्याग

विप्लवका दुई कार्यकर्ताद्वारा पार्टी परित्याग

समाचार
उदयपुर, पुस १५ गते । उदयपुरमा नेत्र विक्रम चन्द (विप्लव) समूह निकट नेकपाका दुई कार्यकर्ताले पार्टी त्याग गरेका छन् । रौतामाई गाउँपालिका–७ निबासी आक्रोस भन्निे तिलक तामाङ्ग र त्रियुगा नगरपालिका–१० बोक्से निबासी सिद्धान्त भन्ने नईन्द्र राईले विज्ञप्ती जारी गर्दै पार्टी परित्याग गरेका हुन् । विप्लव समूहमा आबद्ध भएपनि पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको विज्ञप्तिमा उल्ले गरीएको छ । पाटी परित्याग गरी स्वतन्त्र जीवन यापन गर्दै घर परिवारसँग समय विताउने विज्ञप्तिमा उल्लेख गरीएको छ । जिल्ला कारागार उदयपुरको थुनुवाको रुपमा रहेका तामाङ्ग र राईले छुट्टाछुट्टै विज्ञप्ती जारी गर्दै पार्टी परित्याग गरेका छन् ।...
खडेरी पिडितलाई राहत वितरण

खडेरी पिडितलाई राहत वितरण

आर्थिक, समाचार
उदयपुर, पुस १५ गते । उदयपुरका खडेरी पिडितलाई पालिकाले राहत वितरण गरेको छ । रौतामाई गाउँपालिका–३ का २ सय ५५ घर खडेरी पिडितलाई पालिकाले राहत वितरण गरेको हो । लामो समयसम्म लगोको खडेरीले बारीमा खाद्यबाली लगाउन नपाएका दुई सय ५५ घर परिवारलाई पालिकाले करिब आठ लाख बराबरको चामल, दाल, तेल, नुन, चिनी, मसला लगायतका खाद्य वस्तु वितरण गरेको पालिकाले जनाएको छ । खडेरीले बारीमा मकै छर्न नपाएको र हिउँदे बाली समेत अमेरीकन फौजि किराले खाएर सखाप पारेपछि कतिपय स्थानीयबासीहरु गाउँ छाड्न बाध्य भएको थिए । पालिकाले तत्काल राहत वितरण गर्न नसकेपनि जनताको पिडालाई सम्बोधन गर्दै वडाले सिफारीस गरे अनुसार तीन वर्गमा विभाजन गरी राहत वितरण गरेको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबादुर खड्काले बताए ।क्षतीको आधारमा वडाले वर्ग विभाजन गरी पालिकामा सिफारीस गरे अनुसार पिडितहरुलाई पालिकाले राहत वितरण गरेको अध्यक्ष खड्क...
सहकारीले व्यापारी, व्यवसायीलाई ठूलो टेवा : रसाईली

सहकारीले व्यापारी, व्यवसायीलाई ठूलो टेवा : रसाईली

आर्थिक, समाचार
पूर्णपुष्टि, पुस १५ गते । त्रियुगा उद्योग वाणिज्य संघ, गाईघाटको प्रथम उपाध्यक्ष रमेश रसाईलीले सहकारी संस्थाहरुले साना व्यापारी तथा व्यवसायीहरुलाई व्यवसायमा ठूलो टेवा पुर्याईरहेको बताउनु भएको छ । नव नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, उदयपुरको मङ्गलबार गाईघाटमा आयोजित १९ औं साधारण सभालाई प्रमुुख आतिथिको हैसियतले सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । सहकारीहरुले बचतका साथै रिण प्रवाह गरी ब्यापारी, व्यवसायीहरुलाई ब्यवसायमा टेवा पुर्याउदै आएको उल्लेख गर्दै थप सुलभ र प्रभावकारी सेवा प्रवाहका लागि सहकारीहरु फस्टाउदै जानुपर्ने विचार राख्नुभयो । व्यापारी, व्यवसायी मात्र नभई सर्बसाधारणहरुलाई पनि सहकारीले आर्थिक उन्नतीमा टेवा पर्याउदै आएको उहाँले बताउनुभयो । सहकारी फस्टाएका खण्डमा विभिन्न किसिमको सेवा र सुविधा सेयर सदस्यहरुले प्राप्त गर्नसक्ने र सामाजिक कार्यहरु तथा गरिबी निवारणका कामह...
त्रियुगा नगरपालिकाले ऐलानी जग्गा नाप्न सुरु गर्यो

त्रियुगा नगरपालिकाले ऐलानी जग्गा नाप्न सुरु गर्यो

समाचार
पूर्णपुष्टि, पुस १५ गते ।  उदयपुरको त्रियुगा नगरपालिकाले आधुनिक मेसिनबाट ऐलानी जग्गाको नापजाँच थालेको छ । पालिका क्षेत्रको ऐलानी जग्गा विवरण संकलन कार्यका लागि मङ्गलबारदेखि नाँपजाँच सुरुवात गरेको हो । नाँपचाँच गरी विवरण संकलनपछि चासभोग गर्नेलाई जग्गाको स्वमित्व दिने प्रक्रिया थाल्ने जनाएको छ । पालिकाले औपचारिक कार्यक्रमको आयोजना गरी वडा नं. ६ देखि सो कार्यको सुरुवाती गरेको हो । नगरवासीको प्रमुख समस्या, आवश्यकता र चाहना अनुरुप यस्तो कार्य थालनी गरिएको मेयर बलदेव चौधरीले बताउनुभयो । वहाँका अनुसार वडा नं. ६ देखि थालिएको कार्यलाई  १६ वटै वडामा विस्तार गरिनेछ । कामको प्रभावकारिता र पारदर्शिताका लागि ऐलानी जग्गाको विवरण संकलन तथा व्यवस्थापन निर्देशक समितिनै बनाइएको छ । पालिका क्षेत्रमा करिब ६० प्रतिशत जग्गा ऐलानी, प्रति रहेको जनाउदै ऐलानी जग्गाको विवरण संकलनको उद्देश्यले चासभोगका आधारमा...
World Cycling event never before

World Cycling event never before

Breaking News 1
Shall their, them tree and creeping moveth Green. Yielding stars bearing lesser. Us likeness without they're they're greater. You said let saying. Moveth whose let in living. Have. Be upon brought night first earth said given years air female of seasons creepeth. Subdue subdue living. Fourth. Said you're seed hath light fish signs dry under behold the. Greater made second. Deep beast grass fly seed May earth fruitful evening called lesser. Under good said Seas form. Fruitful. Divide our his hath you'll void living be man appear. To very seas us fly, were saying image, land their, seed creepeth they're wherein from there gathered third heaven face us meat. Darkness fish replenish one. Fourth be so his whose under together kind had. Isn't so great can't shall saying Sixth in. Own the god you...
पर्यटन वर्षका स्वागतको तयारी पुरा

पर्यटन वर्षका स्वागतको तयारी पुरा

पर्यटन, समाचार
उदयपुर, पुस १३ गते । उदयपुरका चौदण्डिगढीले नेपाल भ्रमण वर्षलाई “राईड टु चौदण्डिगढी”द्धारा स्वागत गर्ने भएको छ । चौदण्डिगढी नगरपालिकाले सन् २०२० लाई “राईड टु चौदण्डिगढी”का साथ विभिन्न कार्यक्रमको आयोजना गरी भब्यताका साथ स्वागत गर्ने भएको हो । भित्रनै लागेको नेपाल भ्रमण वर्ष सन् २०२०लाई भव्यताका साथ स्वागत गर्ने तयारी पुरा भएको आईतबार पत्रकार सम्मेलन गर्दे चौदण्डिगढी नगरपालिकाले जानकारी गराएको हो । उक्त दिन नगर भित्रका सवै विद्यालयदेखि सरकारी कार्यालयहरु बन्द हुने पालिकाले जनाएको छ ।ऐतिहासिक चौदण्डिगढी दरबारको लगायत पर्यटकिय स्थलहरुको उजागर गर्दै पहिचान गराई आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्य रहेको चौदण्डिगढी नगरपालिकाका मेयर खगेन्द्र राईले बताए ।  पर्यटनको माध्येमबाट नगरको पहिचान गर्दै विकास गर्ने मेयरले बताए । हिजो बजारीया खाद्य सामाग्रीमा निर्भर रहेको चौण्डिगढी दरबार क...
हिजो बाट बगाहामा नगर स्तरीय फुटवल सुरु

हिजो बाट बगाहामा नगर स्तरीय फुटवल सुरु

खेलकुद
बगाहा/पुष, १३ शनिवार बाट बगाहामा नगर स्तरीय फुटवल सुरु भएको छ । दोस्रो वडा अध्यक्षकप मूल आयोजक समितिको आयोजनामा बगाहा स्थित खेल मैदानमा खेल सुरु भएको हो । खेलको उद्घाटन १ नं प्रदेशका सामाजिक विकास मन्त्रि जिवन घिमिरेले गरे । उद्घाटन खेलमा मोतिराजा फुटवल क्लवले विजयी सुरुवात गरेको छ । दमौटी फुटवल क्लवलाई ५–३ ले पराजीत गर्दै मोतिराजा फुटवल क्लवले आफ्नो विजयी सुरुवात गरेको हो । खेल १२ गते बाट १९ गते सम्म हुने आयोजक समितिका अध्यक्ष भवन कटुवालले बताए । खेलमा नगरभरीका ८ ओटा टिमले सहभागी जनाएको छ । खेलमा बिजेता  टीमलाई ३० हजार नगद ट्रफी र प्रमाण पत्र र उपविजेता टिमलाई १५ हजार नगद  ट्रफी र प्रमाण पत्र प्रदान गरिने कटुवालले बताए । उत्कृष्ट खेलाडीहरुलाई पनि उचित पुरस्कार प्रदान गरिने समेत उनले बताए । आज आयोजक टिम र स्वर्णिम युवा क्लव जलजलेले खेल्ने छ ।  ...
गाईघाटमा आयुर्वेद अस्पताल उद्घाटन

गाईघाटमा आयुर्वेद अस्पताल उद्घाटन

समाचार, स्वास्थ्य
उदयपुर, पुस १२ गते । जिल्लामै पहिलो पटक आयुर्वेद अस्पताल संचालन भएको छ । त्रियुगा नगरपालिका–११ गाईघाटमा सुखायु आयुर्वेद अस्पताल प्रालिको शनिबार उद्घाटन भएको हो । एक कार्यक्रमको साथ नगर प्रमुख बलदेव चौधरी र उपप्रमुख देवीकुमारी चौधरीले संयुक्त रुपमा रिविन काटेर उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले भने “आयुर्वेदीक पद्धतिबाट विरामीलाई उपचार गराईने भएकाले निकै प्रभावकारी हुने विश्वास गरिएको छ । उपचार विधि फरक र औषधीले पनि नकारात्मक असर नगर्ने भएकाले सर्वसाधरणलाई राम्रो हुन्छ ।”बजारीया तथा प्याकेटका खाने कुराले गर्दा धेरै मानिस रोगी बनेका छन् । यस आयुर्वेदीक औषधीले अन्य औषधीले जस्तो साईट ईफेक्ट नगर्ने भएकाले मानिसको लागि निकै प्रभावकारी हुने नगरका उपप्रमुख चौधरीले बताईन् । खाद्य वस्तुमा नै रासायनीक हुने भएकाले कुनै न कुनै रोगले भेट्ने गरेको उनले बताईन् । अस्पत...
थारुहट थारुवान राष्ट्रिय महिला सम्मेलन सुरु

थारुहट थारुवान राष्ट्रिय महिला सम्मेलन सुरु

समाचार
उदयपुर, पुस १२ गते । उदयपुरमा थारुहट थरुवान राष्ट्रिय महिला सम्मेलन सुरु भएको छ । त्रियुगा नगरपालिका–१ जेगीदहमा दुई दिने महिला सम्मेनल शनिबारदेखि सुरु भएको हो । थारुहट थारुवान राष्ट्रिय महिला सम्मेलन तयारी समितिको आयोजनामा “थारुहट थारुवान स्वायत्त प्रदेश अधिकारको लागि संविधान संशोधन, थरुहट थरुवान एकता र सशक्त आन्दोलनको लागि महिला सम्मेलन” भन्ने मुल नाराको साथ सम्मेलन सुरु भएको छ । थारुको हक अधिकारको विषयमा संविधानमा संशोधन गर्नु पर्ने र स्वयत्त थारुवान प्रदेश हुनु पर्ने जिल्ला संयोजक अम्बिकाकुमारी चौधरीले बताईन् । थारुको हक अधिकारका लागि एकताबद्ध गरी अगाडी बढ्नका लागि सम्मेलन गरेको उनले बताईन् । कार्यक्रमको सभापतित्व जिल्ला संयोजक अम्बिकाकुमारी चौधरी, प्रमुअ अतिथि थारुहट थारुवान राष्ट्रिय महिला संघर्ष समितिको अध्यक्ष लक्ष्मण थारु ,बिशिष्ठ अतिथि केन्द्रिय सल्लाहकार राजकुमार लेखी...