Friday, August 7News That Matters

Month: ७ वर्ष अगाडि

५६ बुदे त्रियुगा शैक्षिक घोषणा पत्र जारी

५६ बुदे त्रियुगा शैक्षिक घोषणा पत्र जारी

शिक्षा, समाचार
उदयपुर, पुस १२ गते । उदयपुरको त्रियुगा नगरपालिकाले ५६ बुदे “त्रियुगा शैक्षिक घोषणा पत्र–२०७६” जारी गरेको छ । त्रियुगा नगरपालिकाले तयार पारेको ५६ बुदे घोषाण पत्र १ न. प्रदेशका सामाजिक विकास मन्त्रि जिवन घिमिरेले शनिबारी एक समारोहका विच जारी गर्नु भएको हो । नगर भित्रका नगरकार्यपालिका सदस्यहरु, विद्यालयका प्रअ, शिक्षक, विद्यालय व्यावस्थापन समितिका अध्यक्ष, अभिभावक संघका अध्यक्ष, सरोकारवाला, विज्ञहरुको दुई दिने भेलाले सामुदायीक विद्यालयको सवलिकरण र शैक्षिक गुणस्तर र सुधारका लागि ५६ बुदे घोषणा पत्र जारी  गरेको छ । देउसी भैलो खेलेर स्थापना गरेको विद्यालयप्रति कसैलाई चासो नभएको १ न. प्रदेशका सामाजिक विकास मन्त्रि जिवन घिमिरेले बताएका छन् । मन्त्रि घिमिरेले भने “पहिला सवैको रोजाईमा पर्ने सामुदायीक विद्यालय आजभोली किन विद्यार्थीको रोजाईमा पर्न छाडेको छ । यसको कारण के हो ? यसको पहिचान गरी समाध...
आगलागिमा जलेर १ जनाको मृत्यु

आगलागिमा जलेर १ जनाको मृत्यु

समाचार
मोरङ, पुस १२ गते । मोरङ ग्रामथानमा आगलागीबाट जलेर एक जनाको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–४ निबासी पारस सदारका बारीको गोठमा आगलागी हुदा ७५ वर्षीय रामबाहदुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको । फुसको छाँनो भएको गोठमा शुक्रबार राती सँवा ७ बजे अचानक आगली हुदा सरदारको खेतबारी हेरचाह गर्न बसेका उदयपुर घर भएका सार्कीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
लडेर एक जनाको मृत्यु

लडेर एक जनाको मृत्यु

समाचार
पाँचथर, पुस १२ गते ।  पाँचथरको तुम्वेवामा घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । तुम्वेवा गाउँपालिका–५ निगाले निबासी ७५ वर्षीय अटलसिंह राईको मृत्यु भएको हो । आफ्नै बारीमा घाँस काट्ने क्रममा शुक्रबार दिउँसो साँढे ४ बजे करिब १० फिट अग्लो कान्लाबाट लडेर घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।...
स्कुटी दुर्घटनामा एक जनाको मृत्यु

स्कुटी दुर्घटनामा एक जनाको मृत्यु

समाचार
पाँचथर, पुस १२ गते ।  पाँचथरको फिदिममा स्कुटी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । फिदिम नगरपालिका–२ साम्दिन निबासी ४३ वर्षीय स्कुटी चालक विष्णु लिम्बुको मृत्यु भएको हो । फिदिमको बुद्धमार्गको भित्रि पक्कि सडक खण्ड साम्दिन तर्फ जादै गरेको अन टेस्ट स्कुटी अनियन्त्रित भई राती साँढे ८ बजे सडक छेउको नालीमा पल्टिएर दुर्घटना हुदा स्कुर चालक लिम्बु गम्भिर घाईते भएको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते लिम्बुको स्थनिय अस्पतालमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।...
भेट्टाएको सुन र पैसा आफन्तलाइ बुझाईयो

भेट्टाएको सुन र पैसा आफन्तलाइ बुझाईयो

खेलकुद, समाचार
गाईघाट/ मंसिर १२ साउने काउण्टर अगाडी फेला परेको सुन र पैसा आफन्तलाई बुझाइएको छ । जिल्ला प्रहरी कार्यलयको रोहवरमा ६ हजार ३ सय ५० रुपयाँ नगद, ९ गेडी सुन र २ ओटा टप सहित प्रस आफन्तलाई जिम्मा लगाएको हो । शनिवार विहान करिव ५ बजेको समयमा काठमाण्डो देखि खोटाङ जाने क्रममा खोटाङ मझुवागढी नगरपालिका खाल्लेका गोपी केसीको सामान रहेको प्रहरीले बताएको छ ।  खोटाङ सिम्पानी जाने यात्रु दिपेस खड्काले गाडी बुझ्न जाने क्रममा प्रस फेला पारेपछि सोधी खोजी गर्दा कसैको नभएपछि प्रहरीलाई खवर गरेको थियो । खबर लगतै प्रहरी हवल्दार वब्लु कुमार झाको टोलीले सामान बुझि सम्बन्धित व्यक्तिहरुको सोधी खोजी गरी उनकी दिदि मिना वस्नेतलाई प्रहरी साहयक निरिक्षक नर प्रसाद पोखरेलको नेतृत्वमा जिम्मा लगाएको छ ।  बिहान गाडी चड्ने क्रममा सामान झारेको थाहा नभएको बाटोमा सामान हराएको थाहा पाएपछि लगत्तै वैनीले आफुलाई फोन गरेको दिदि म...
त्रियुगा नगरपालिकामा नयाँ शैक्षिक अवधाराणा

त्रियुगा नगरपालिकामा नयाँ शैक्षिक अवधाराणा

शिक्षा, समाचार
उदयपुर, पुस ११ गते ।  त्रियुगा नगर स्तरीय शैक्षिक सम्मेलनले त्रियुगा नगरको शिक्षामा नयाँ अवधारणा प्रस्तुत गरेको छ । त्रियुगा नगरपालिकाको शैक्षिक अवस्थालाई मध्यनजर गर्दै अवको शिक्षामा कसरी अघि बढ्ने भन्ने विषयमा अवधारणा तयार भएको छ । शिक्षा गुणस्तर नहुनुमा बिभिन्न क्षेत्रहरुको कमजोरी आएको देखाउँदै यसलाई सबै सम्बन्धित क्षेत्रहरुले विचार गर्नु पर्ने कुरा प्रस्तुत भएको छ । त्रियुगामा गुणस्तरीय शिक्षाको लागि बिभिन्न चुनौतीले गर्दा पनि समस्या आएको अन्र्तक्रियामा छलफल भएको छ ।अवको गुणस्तरीय शिक्षाको लागि नगरले विद्यालयलाई आकर्षण केन्द्र बनाउने, शिक्षण सिकाइसँगै सम्बन्धित क्रियाकलाप, ब्यवाहारिक शिक्षा, उद्यमशिल शिक्षा, तथा नयाँ तरिकाले शिक्षण सिकाईको अवधारणा तयार भएको त्रियुगा नगरपालिका नगर शिक्षा समन्वय समितिका संयोजक मान वहादुर राइले बताए । अन्र्तक्रियामा शिक्षामा भईरहेको समस्या र यसको ...
फरार प्रतिबादी पक्राउ

फरार प्रतिबादी पक्राउ

समाचार
उदयपुर, पुस ११ गते ।  उदयपुरमा फरार प्रतिबादी पक्राउ परेको छ । त्रियुगा नगरपालिका–२ निबासी चन्द्रबहादुर सार्कीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत उदयपुरबाट २०६६ सालमा वन मुद्दाको कसुरमा दोषी ठहर गर्दै दुई महिना कैद सजाय फैसला सुनाएपनि फरार भएका ४२ वर्षीय सार्कीलाई शुक्रबार दिउँसो ३ः३० बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...
छुरा प्रहार गरेर श्रीमतीको हत्या

छुरा प्रहार गरेर श्रीमतीको हत्या

समाचार
झापा, पुस ११ गते । झापाको शिवसताक्षीमा श्रीमानको छुरा प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । शिवसताश्री नगरपालिका–६ निबासी ३९ बर्षीया फङके किस्कु मुर्मु श्रीमानको छुरा प्रहारबाट मृत्यु भएको हो । भारतको डिगलबैक पञ्चायत घर भई झापाको शिवसताक्षी नगरपालिका–६ मा रहेको धानको काँटामा काम गर्दै  ४० बर्षीय शंकर भन्ने बुधराम मुर्मु बस्दै आएको थियो । श्रीमन श्रीमती विच बिहिवार राती ७ बजे घरायशी बिषयमा बादबिबाद हुदा शंकरले श्रीमतीलाई छुरा प्रहार गरी गम्भीर घाईते बनाएको प्रहरीले जनाएको छ । प्रथमिक स्वास्थ्य केन्द्र शिवगंजमा घाईते मुर्मु उपचारको क्रममा राती साढे ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीलाई छुरा प्रहार गरी हत्या गर्ने बुधरामलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।...
रुखले किचेर १ जनाको मृत्यु

रुखले किचेर १ जनाको मृत्यु

समाचार
ताप्लेजुङ, पुस ११ गते । ताप्लेजुङको श्रीजंगामा रुखले किचेर एक जनाको मृत्यु भएको छ । श्रीजंगा गाउँपालिका–२ हपुखोला निबासी ५० बर्षीय पदम माया खड्काको रुखले किचेर मृत्यु भएको हो । हपुखोला–तेल्लोक जोड्ने सडक जेसिवीले खन्ने क्रममा बिहिवार दिउँसो पौने ४ बजे बडहरको रुख ढलेर स्थानीय खड्कालाई लाग्दा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घटनाको थप अनुसनधान भईरहेको प्रहरीले जनाएको छ ।...
सबै विदेशी मुद्राको भाउ बढ्दा ओमनी घट्यो

सबै विदेशी मुद्राको भाउ बढ्दा ओमनी घट्यो

आर्थिक, समाचार
पुस ११ गते ।  आज सवै विदेशी मुद्राको भाउ बढ्दा ओमनी रियल घटेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ८० पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ४० पैसा तोकेको छ । हिजो खरिददर १ सय १३ रुपैयाँ ७३ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ३३ पैसा तोकिएको थियो । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३३ पैसा र बिक्रीदर ३० रुपैयाँ ४९ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा रहेको थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४२ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४० पैसा रहेको थियो । ओमानी रियाल १ को खरिददर २ सय ९५ रुपैयाँ ६३ पैसा रहेको छ । हिजो खरिददर २ सय ९६ रुपैयाँ ०७  पैसा रहेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९८ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा तो...