Tuesday, July 7News That Matters

Month: ६ वर्ष अगाडि

कोरोना संक्रमित ५ लाख ९ हजारभन्दा बढी निको भए

कोरोना संक्रमित ५ लाख ९ हजारभन्दा बढी निको भए

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ४ गते ।  विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरस (कोभिड–१९) बाट संक्रमित पाँच लाख नौ हजार भन्दा बढी निको भएका छन् । अहिलेसम्म विश्वका पाँच लाख नौ हजार सात सय ४१ जनाको कोरोना संक्रमण निको भएको वल्डोमिटरले जनाएको छ । विश्वका दुई सय १० देश र दुई वटा अन्तर्रा्ष्ट्रिय पानी जहाजमा भाइरसको सङ्क्रमण फैलिँदा २० लाख ७७ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १४ लाख ३३ हजारभन्दा धेरै मानिसको उपचार भइरहेको छ भने एक लाख ३४ हजारभन्दा बढीको मृत्यु भईसकेको छ । गएको २४ घण्टामा अमेरिकामा मात्रै झण्डै दुई हजार पाँच सय जनाको मृत्यु भएको छ । अमेरिकामा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण २८ हजार पाँच सयभन्दा बढीको मृत्यु भईसकेको छ भने ६ लाख ४३ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै इटलीमा २१ हजार ६ सयभन्दा बढी, स्पेनमा १८ हजार सात सयभन्दा बढी, फ्रान्समा १७ ह...
सोलुखुम्बु केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प

सोलुखुम्बु केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प

समाचार
पूर्णपुष्टि, बैशाख ४ गते ।  सोलुखुम्बुको फेरा केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भुकम्प गएको छ । गतराती १२ः५५ बजे फेरा केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पका कारण क्षति भएको वा नभएको बारे विस्तृत विवरण आउन बाँकी रहेको जनाईएको छ ।...
सब्जि बजार बन्द गर्ने निर्णय

सब्जि बजार बन्द गर्ने निर्णय

समाचार
पूर्णपुष्टि, बैशाख ३ गते । उदयपुरको सदरमुकाम गाईघाटमा अवस्थित सगरमाथा सब्जी बजार बन्द गर्ने निर्णय भएको छ । बजार अनुगमन गर्दा सामाजिक दुरीसम्म कायम नगरेको पाईएपछि बजार बन्द गर्ने निर्णय गरेको हो । जनगुनासो तिब्र बढ्न थालेपछि सम्बन्धित निमायले बुधबार सब्जी बजार अनुगमन गर्दा बाक्लो भिडभाडका साथ सामाजिक दुरी कायम नगरेको पाईएपछि विहिबारदेखि बजार बन्द गर्ने निर्णय गरेको उदयपुर उद्योग बाणिज्य महासंघ उदयपुरका प्रथम उपाध्यक्ष रमेश रसाईलीले बताए । प्रशासन, स्थानीय सरकार, सुरक्षाकर्मी, उदयपुर उद्योग बाणिज्य महासंघ लगायतका सम्बन्धित निकायले बजार अनुगमन गर्दा कुनै सुरक्षा अपनाएको नपाएपछि कोभिड–१९ को संक्रमण फैलन सक्ने भन्दौ उच्च सर्तकताका साथ बजार बन्द गर्ने निर्णय गरेको रसाईलीले बताए । बजार बन्द भएपछि आम नागरिकमा पर्न गएका असुविधा प्रति विशेष ध्यान राख्दै सम्बन्धित निकायसँग छलफल बसेर विकल...

प्रदेशको समुचित विकास हुने : मुख्यमन्त्रि राई

समाचार
विराटनगर, बैशाख ३ गते । प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा अब बन्ने योजना माग र आवश्यकताको आधारमा तराई पहाड र हिमालको समुचित विकास हुने गरी बन्ने आधार तयार भएको बताउनु भएको छ । बुधबार प्रदेश नं. १ को आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना गरेको प्रदेश स्तरीय योजना र बजेट तथा कार्यक्रम तर्जुमा दिग्दर्शनको सार्वजनिकिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले योजना संकलन, छनोट, कार्यान्वयन र तर्जुमाको वैज्ञानिक आधार बनेको बताउनुभयो । यस अघि योजना संकलन, छनौट र तर्जुमा गर्ने आधार नहुदा व्यक्तिगत सम्बन्ध र प्रभावका आधारमा योजनाहरु बन्ने र कार्यन्वयनमा समस्या भएको उल्लेख गर्दै दिग्र्दशनले योजना कार्यान्वयनको पारदर्शीता र योजनाबद्ध विकासलाई सघाउ पु¥याउने मुख्य मन्त्रि राईले बताउनुभयो । सरकारले चाहेको आर्थिक संमृद्धिका लागि प्रभावकारी योजना चाहिने र प्रभावकारी...
१ न. प्रदेशमा १३ सय ७६ जनाको रिर्पोट नेगेटिभ

१ न. प्रदेशमा १३ सय ७६ जनाको रिर्पोट नेगेटिभ

समाचार, स्वास्थ्य
विराटनगर, बैसाख ३ गते । प्रदेश १ मा कोरोना परीक्षणको दायरा र संख्या बढेको छ । छरितो विधि (र्यापिड डाइग्नोष्टिक टेस्ट) बाट बुधबारसम्म जम्मा ५ सय ५५ जनाको परीक्षण भएको हो । ल्याबमा गरिने परीक्षण (पीसीआर) र किटबाट गरिने (आरडीटी) विधिबाट बुधबारसम्म जम्मा ८ सय २१ जनाको रिर्पोट नेगेटिभ आएको छ । जम्मा ८ सय ३९ जनाको नमुना संकलन भई परीक्षणमा पठाइएको थियो । पीसीआरतर्फका १८ जनाको रिर्पोट आउन बाँकी छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कका अनुसार सबैको परीक्षण नतिजा नेगेटिभ छ । अर्थात कसैमा कोरोना रोगको संक्रमण देखिएको छैन । आरडीटी विधिबाट ७६ महिला र ४ सय ७९ पुरुषको नमुना परीक्षण गरिएको छ । यसैगरी पीसीआर विधिबाट प्रदेश १ मा बुधबारसम्म जम्मा २ सय ८४ जनाको नमुना परीक्षण गरिएको छ । जसमा ५० महिला र २ सय ३४ पुरुष छन् । प्राप्त नमुनामध्ये २ सय ६६ को रिर्पोट आएको छ । ती स...
बेलकाका क्वारेन्टाइनमा रहेनेकाे संख्या ३९ पुग्यो

बेलकाका क्वारेन्टाइनमा रहेनेकाे संख्या ३९ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ३ । उदयपुरको बेलका नगरपालिकाले आप्mना नागरिकहरुलाई सुरक्षित बनाउन तिब्र पहल गरिरहेको छ । पालिकाले कामको सिलसिलामा जिल्ला बाहिर रहेका नागरिकहरु आउने क्रमसंगै सबैलाई क्वारेन्टाइनमा राखेर स्वस्थ्य परिक्षण गर्ने गरेको छ । पालिकाले कतिपय ठाउँमा विचल्नी परेको पालिकाका नागरिकलाई उद्धार गरी ल्याउने र ल्याएकालाई क्वारेन्टाइनमा राखेर स्वस्थ्य परिक्षण गर्ने गरेको छ । पालिका वडा नं. २ र ८ मा बनाएको क्वारेन्टाइनमा बस्नेको संख्या ३९ पुगेको छ । वडा नं. ८ को सप्तकोशी मावि क्वारेन्टाइनमा हिजो रातीसम्म २६ जना र आज दिउसो ४ जना थपिएपछि जम्मा ३० जना पुगेका छन् भने वडा नं. २ को क्वारेन्टाइनमा ९ जना रहेका छन् । ती नौ जनाको आज १४ दिन पुरा भएको छ । नौ जनाकै आज छिटो प्रविधिको परिक्षण (आरडीटी) बाट परिक्षण भएको छ । सबैको रिपोर्ट नेगेटिभ आएको छ । त्यसमध्ये दुइजनाको स्वाप नमुना लिइ परिक्षणका ला...
आजदेखि उदयपुरमा ई–पास सेवा सुरु

आजदेखि उदयपुरमा ई–पास सेवा सुरु

समाचार
उदयपुर, बैशाख ३ गते । लकडाउनको समयमा अत्यावश्यक सेवा संञ्चालन कार्यलाई व्यवस्थित बनाउन जिल्ला प्रशासन उदयपुरले ई–पास सेवा सुरु गरेको छ । अत्यावश्यक सेवा सञ्चालन कार्यलाई व्यावस्थित गर्न जिप्रकाले दिने सवारी साधन पासलाई प्रभावकारी बनाउन बुधबारदेखि निःशुल्क ई–पास सुरु गरेको हो । जिल्ला प्रशासन कार्यालय उदयपुरले सुचना जारी गर्दै सवारी साधन पास वितरणलाई सहज, सरल र सु–ब्यावस्थित बनाई कार्य सम्पादनमा प्रभावकारीता ल्याउन सामाजिक दुरी कायम गर्न ई–पास सेवा सञ्चालन सुरु गरेको जनाएको छ । विश्वभर महामारीको रुपमा फैलदै गएको कोरोना भाईरस (कोभिड–१९) को सम्भावित संक्रमण रोकथाम तथा न्युनिकरणका लागी सकारले देश लकडाउन गरेको छ ।...
बेलकामा १० जनाको आरडीटी रिपोर्ट नेगेटिभ, ३ को स्वाप संकलन गरी परिक्षणलाई धरान लगियो

बेलकामा १० जनाको आरडीटी रिपोर्ट नेगेटिभ, ३ को स्वाप संकलन गरी परिक्षणलाई धरान लगियो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ३ । उदयपुरको बेलाका नगरपालिकामा आज छिटो प्रविधिको परिक्षण (आरडीटी) बाट १० जनाको कोरोना संक्रमण परिक्षण भएको छ । परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको पालिकाका सामाजिक विकास प्रमुख गोपाल निरौलाले जानकारी दिनुभयो । नौ जना पालिकाको वडा नं. २ स्थित क्वारेन्टाइनमा बसेका र अर्का एकजना विदेशबाट आइ होम क्वारेन्टाइनमा बसेकाको परिक्षण गरिएको हो । जसमध्ये तीन जनाको स्वाप नमुना संकलन गरी परिक्षणका लागि धरान लगिएको छ । क्वारेन्टाइनको नौजना मध्येबाट दुई र होम क्वारेन्टाइनमा बसेकाको गरी तीन जनाको स्वाप नमुना संकलन गरिएको हो । क्वारेन्टाइनमा बस्ने नौजनाको आज बसाई १४ दिन पुगेको छ । पछिल्लो समय सरकारले १४ दिन बसिसकेपछि पनि स्वाप नमुनाको रिपोर्ट नआएसम्म क्वारेन्टाइनमै बस्नुपर्ने निर्देशन गरेकाले उनीहरुलाई घरजान दिइएको छैन । स्वापको रिपोर्ट आएपछि मात्र उनीहरुलाई घर जान दिइनेछ ।...
भूमिसम्बन्धी समस्या समाधान आयोग गठन

भूमिसम्बन्धी समस्या समाधान आयोग गठन

समाचार
पूर्णपुष्टि, बैशाख ३ गते ।  सरकारले भूमिहिन सुकुम्बासी तथा अध्यवस्थित बसोबासीलाई जग्गा बाँड्न अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन गरेको छ । मन्त्रिपरिषद् बैठकले घरघडेरी र खेतीपातीका लागि जग्गा उपलब्ध गराउन नेकपा चितवनका नेता देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा आयोग गठन गरेको हो । ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ मा जगत् देउजा (सिन्धुपाल्चोक), भीमबहादुर कार्की (कास्की), मञ्जली शाक्य (ललितपुर) र दिनेशचन्द्र यादव (बाँके) र सात प्रदेश सरकारले तोकेका एक/एक जना सदस्य रहने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले तोकेको व्यक्ति भने सम्बन्धित प्रदेशका लागि मात्र सदस्य रहने व्यवस्था गठन आदेशमा छ । गठन आदेशमा आयोगमा केन्द्र सरकारले तोकेको सह–सचिव सदस्य सचिव रहने व्यवस्था छ । सरकारले आयोगको सदस्य सचिव तोकिसकेको छैन । सरकारले आयोगलाई देशभर जग्गा खोजेर भूमिह...
सर्लाहीको क्वरेन्टीनमा बसेका ५२ जनाको रिपोर्ट ’नेगेटिभ’

सर्लाहीको क्वरेन्टीनमा बसेका ५२ जनाको रिपोर्ट ’नेगेटिभ’

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ३ गते ।  सर्लाहीका विभिन्न क्वरेन्टीनमा  बसेका ५२ जनाको कोरोना  ¥यापिड टेस्ट रिपोर्ट नेगेटिभ आएको छ । हरिपुर नगरपलिकाको फरहथवाको क्वरेन्टीनमा बसेका २ जना र चन्द्रनगर गाउँपालिकाको क्वरेन्टीनमा बसेका ५० जनाको रिपोर्ट नेगेटिभ आएको हो । क्वरेन्टीनमा बसेका उनीहरु ५२ जनाको  सोमबार र मंगलबार्र यापिड टेस्ट गरिएको थियोे । क्वरेन्टीनमा बसेका बाँकी ३८ जनाको पनि क्रमशः परीक्षण गर्दै जाने प्रशासनले जनाएको छ । विदेशबाट आएका र कोरोना संक्रमणको शंका लागेकालाई राख्न जिल्लाका २० वटा पालिकाले ३७ ठाउँमा ३८३ बेड क्षमताको क्वरेन्टीन बनाएका छ । क्वरेन्टीनमा अहिले भारत र अन्य देशबाट फर्किएका ९१ जना नागरिक बसिरहेका छन् ।...