Tuesday, July 7News That Matters

Month: ६ वर्ष अगाडि

सनसिटीका २ सय ९८ जनाको रिपोर्ट ‘नेगेटिभ’

सनसिटीका २ सय ९८ जनाको रिपोर्ट ‘नेगेटिभ’

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ३ गते । काठमाण्डौको पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टका २ सय ९८ जनाको ¥यापिड टेष्ट रिपोर्ट नेगेटिभ आएको छ । ¥यापिड टेष्ट किट आरडीटी विधिबाट कोरोना भाइरस परीक्षण गर्दा सवैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले पत्रकार सम्मेलनमार्फत सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्दै आएका २ सय ९८ जनाको परीक्षण गरेको र उनीहरुको रिपोर्ट नेगेटिभ आएको जनाएको छ । मंगलबार सोही अपार्टमेन्टमा बस्ने दुई जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएपछि अन्यको पनि परीक्षण गरिएको थियो । ब्लक ‘ए’ मा बस्दै आएका एकै परिवारका तीन जनामा आरडिटीबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो भने पीसीआर बिधिबाट गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको  थियो । तर एक जनाको रिपोर्ट भने नेगेटिभ आएको मन्त्रालयले जनाएको छ । विरामीको अनुमति विना पहिचान सार्व...
कोरोना सङ्क्रमित महिलासँग यात्रा गरेका तीन जनाको रिपोर्ट ‘नेगेटिभ’

कोरोना सङ्क्रमित महिलासँग यात्रा गरेका तीन जनाको रिपोर्ट ‘नेगेटिभ’

समाचार
पूर्णपुष्टि, बैशाख ३ गते ।  कैलालीमा कोरोना सङ्क्रमण भेटिएकी महिलासँगै आएका दाङका तीन जनाको रिपोर्ट नेगेटिभ आएको छ । दाङको बेलझुण्डीका कोरोना विशेष अस्पतालको आइसोलेसन वार्डमा रहेका १४ जनामध्ये नौ जनाको कोरोना भाइरस परीक्षणका लागि मंगलबार स्वाब काठमाण्डौ पठाइएको थियो । नेगेटिभ रिर्पोट आएका ४ जनामध्ये कोरोना संक्रमित महिलासँग तीन जना आएका थिए । अस्पतालमा रहेका १४ जनामध्ये नौ जनाको स्वाब मंगलबार पठाए पनि बाँकी पाँच जनाको स्वाब आज पठाइने छ ।...
तमोर नदिले बगाई बेपत्ता भएका राई मृत फेला

तमोर नदिले बगाई बेपत्ता भएका राई मृत फेला

समाचार
धनकुटा, बैशाख ३ गते । तमोर नदीले बगाएर बेपत्ता भएका धनकुटाको साँगुरीगढी गाउँपालिका–८ का ६० बर्षीय देवकुमार राई ४ दिन पछी मृत फेला परेको छ । गत चैत्र २८ गते दिउँसो साँढे २ बजे साथीहरुसंगै तमोर नदिमा पौडी खेल्ने क्रममा अचानक नदीले बगाई बेपत्ता भएको थियो । बेपत्ता राईको खोजतलास गर्ने क्रममा मंगलवार बिहान साँढे ९ बजे करिव एक सय मिटर तल मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।...
लकडाउनमा तास खेल्ने ९ जना पक्राउ

लकडाउनमा तास खेल्ने ९ जना पक्राउ

समाचार
उदयपुर, बैशाख ३ गते । लकडाउनको समयमा तास खेल्ने ९ जना बेलाकाबाट पक्राउ परेका छन् । बेलका नगरपालिका–२ र ३ बाट तास खेलीरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । लकडाउनको बेला तास खेलीरहेको भन्ने सुचनाको आधारमा  ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटेका प्रहरी टोलीले तास र नगद सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । बेनपा–२ का ३० बर्षीय सुर्यबहादुर बस्नेतको घरमा तास खेलिरहेका घर धनी सहित स्थानीय ३१ बर्षीय सम्राट राई, ५० बर्षीय सिताराम बस्नेत र बराहक्षेत्र नगरपालिका–९ का ४८ बर्षीय गणेश मगरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ३ हजार २ सय ९५ रुपैयाँ नगद र १ बुङ तास बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै बेनपा– ३ का रामबहादुर माझीको घरमा तास खेलिरहेका घर धनी सहित स्थानीय ३७ बर्षीय दिपक माझी, २४ बर्षीय जसबहादुर माझी, ३० बर्षीय कर्साङ लामा र ३२ बर्षीय राजन माझी पक्राउ...
आफ्नै शरिरमा आगो लगाएर धनमाया घाईते

आफ्नै शरिरमा आगो लगाएर धनमाया घाईते

समाचार
सुनसरी, बैशाख ०३ गते । सुनसरीको बर्जुकी धनमाया भट्टराईले आफ्नो शरिरमा आफैले आगा लगाउँदा घाईते भएकी छन् । बर्जु गाउँपालिका–५ लप्टोलियाकी ३२ बर्षीया भट्टराईले मंगलबार आफ्नै शरिरमा आगो लगाउँदा घाईते भएकी हुन् । सामान्य घरायशी बादबिबाद हुँदा आवेशमा आएर भट्टराईले राती साँढे ११ बजे आफ्नै शरिरमा मट्टितेल खन्याई आगो लगाएर घाईते भएको प्रहरीले जनाएको छ । घाईतेलाई उपचारको लागी कोशी अस्पताल बिराटनगर लगिएको छ भने घटनाको अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सितागंजले जनाएको छ ।...
टोलबासीद्धारा सडक अवरुद्ध

टोलबासीद्धारा सडक अवरुद्ध

समाचार
पूर्णपुष्टि, बैशाख ३ गते । लकडाउनको पूर्ण पालनाका लागि गाउटोलमा सडक अबरुद्ध गर्न थालिएको छ । लकडाउनको पूर्ण पालना गर्नका निम्ति संगमटोलको चेम्बर मार्ग टोलबासीले अवरुद्ध गरेको हो । टोलबासिले टायर र घोचा राखेर सडक बन्द गराएका छन् । सवारी साधन र मानिस आवतजावत बन्द गर्ने उद्देश्यले अबरोध खडा गरिएको छ । अबरोध खडा पछि सवारी साधन चलेका छैनन् । उक्त सडक हुँदै मानिसहरु  त्रियुगा उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय र बोक्से जाने गर्दथ्यो । लकडाउनको समयमा प्रहरीले बजारमा कडाई गरेपछि सडकको चाप बढेको थियो । गाउका सडक केही समय पहिलेदेखि नै अबरुद्ध पारिए थियो । यसरी गरिएको अबरोधलाई सामाजिकरुपले सकारात्मक लिईएको छ । नयाँ मानिसको प्रवेश र गतिविधि बन्द गराउन गाउटोल मै यस किसिमको लकडाउन जरुरी छ । विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरस (कोभिड–१९)को संक्रमण नेपालमा देखा परेपछि क...
भारतमा कोरोना भाइरसबाट ११ हजारभन्दा बढी सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट ११ हजारभन्दा बढी सङ्क्रमित

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ३ गते ।  भारतमा कोरोना भाइरस (कोभिड १९) बाट ११ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । ११ हजार चार सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म तीन सय ७७ जनाको मृत्यु भईसकेको छ । महाराष्ट्र राज्यमा मात्रै दुई हजार ६ सय ८७ जनामा कोरोना पुष्टि भएको मध्ये एक सय ७८ जनाको मृत्यु भईरसकेको छ । त्यस्तै दिल्लीमा एक हजार पाँच सय ६१ जनामा कोरोना पुष्टि भएकोमा ३० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाको प्रकोपलाई मध्यनजर गर्दै मङ्गलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो मे ३ तारिखसम्म लकडाउनको अवधि बढाउने घोषणा गरेका छन् ।...
कोरोनाबारे भ्रम फैलाउने १ जना पक्राउ

कोरोनाबारे भ्रम फैलाउने १ जना पक्राउ

समाचार
पूर्णपुष्टि, बैशाख ३ गते ।  सुर्खेतमा सामाजिक सञ्जाल फेसबुकबाट कोरोना भाइरसबारे भ्रम फैलाउने एक जनालाई पक्राउ गरेको छ । सामाजिक सञ्जालको प्रयोग गरी कोरोनाबारे भ्रम फैलाएको आरोपमा वीरेन्द्रनगर–८ कालुञ्चोक निबासी धर्मराज आचार्य पक्राउ परेको हो । आचार्यले फेसबुकमा ‘सुर्खेतमा पनि कोरोना देखियो पुष्टि हुन बाँकी’ भन्ने स्टाटस लेखेकाले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । पक्राउ परेका आचार्यलाई कारबाही गर्न अनुसन्धान प्रक्रियाअघि बढाइएको प्रहरीले जनाएको छ । त्यस्तै अर्का प्रेम विवश नामक फेसबुक प्रयोग कर्ताको खोजी भईरहेको पनि प्रहरीले जनाएको छ । ‘लेकबेँसी नगरपालिका– १ मा एक जनामा कोरोना देखियो’ भनेर फेसबुकमा पोस्ट गर्नेको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।...
कोभिड–१९ सङ्क्रमित साढे ४ लाख निको भए

कोभिड–१९ सङ्क्रमित साढे ४ लाख निको भए

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ३ गते । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमित चार लाख ६७ हजार दुई सय भन्दा धेरै उपचारपछि निको भएका छन् । विश्वमा अहिलेसम्म १९ लाख ९२ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । १३ लाख ९८ हजारको उपचार भइरहेका मध्ये ५१ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ । अहिलेसम्म एक लाख २० हजारभन्दा बढीको मृत्यु भईसकेको छ । पछिल्लो एक दिनमा अमेरिकामा मात्रै दुई हजार दुई सय ८४ जनाको मृत्यु भईसकेको छ । योसँगै अमेरिकामा कोरोनाकाबाटा २५ हजार ९ सय भन्दा बढीको मृत्यु भईसकेको छ । २४ हजार दुई सय १५ नयाँ बिरामी थपिएका छन् । अहिलेसम्म ६ लाख ११ हजार १ सय ५६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा बेलायतमा सात सय ७८ र फ्रान्समा सात सय ६२, इटलीमा ६ सय दुई र स्पेनमा तीन सय जनाको मृत्यु भईसकेको छ । भारतमा एक दिनमा ३५ जनाको मृत्यु भएको छ भने एक हजारभन्दा बढ...
अमेरीकाले डब्लयूएकचओलाई गर्दै आएको आर्थीक सहयोग रोक्ने

अमेरीकाले डब्लयूएकचओलाई गर्दै आएको आर्थीक सहयोग रोक्ने

आर्थिक, समाचार, संसार
पूर्णपष्टि, बैशाख ३ गते ।  अमेरिकाले विश्व स्वास्थ्य सङ्गठन (डब्लयूएचओ) लाई गर्दै आएको सहयोग कटौती गर्ने भएको छ । डब्लयुएचओले आफ्नो कर्तव्य पूरा गर्न नसकेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्दै आएको आर्थिक सहयोग रोक्ने घोषणा गरेका हुन् । ह्वाइट हाउसमा भएको कार्यक्रममा ट्रम्पले प्रशासनलाई डब्लयूएचओका सहयोग रोक्न निर्देशन दिएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । डब्लयूएचओले कोरोना भाईरस (कोभिड–१९) को संक्रमण रोक्न प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको र चिनियाँ पक्षधरता लिएको ट्रम्पको आरोप छ । राष्ट्रपति ट्रम्पले कोरोना भाइरस चीनमा देखिनासाथ नियन्त्रण गर्न डब्लयूएचओले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै ट्रम्पले सङ्गठन जवाफदेही बन्नै पर्नेमा जोड दिए । अमेरीका डब्लयूएचओलाई सवै भन्दा बढी आर्थीक सहयोग गर्ने देश हो । गत वर्ष अमेरिकाले २० करोड अमेरिकी ड...