Tuesday, July 7News That Matters

Month: ६ वर्ष अगाडि

प्रदेश १ मा ६५३ काे नमुना परिक्षण, २० जनाकाे रिपाेर्ट बाँकी, अन्य सबैकाे नेगेटिभ

प्रदेश १ मा ६५३ काे नमुना परिक्षण, २० जनाकाे रिपाेर्ट बाँकी, अन्य सबैकाे नेगेटिभ

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २ द्रुत  परीक्षण र पीसीआर विधिबाट प्रदेश १ मा मंगलबारसम्म जम्मा ६ सय ५३ जनाको नमूना परीक्षण भएको छ । यो विधिअन्तर्गत मंगलबारसम्म जम्मा ४ सय २ जनामा कोरोना परीक्षण गरिएको ती सबैको नतिजा नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ । जसमा ५६ महिला र ३ सय ४६ पुरुष छन् । यसैगरी पीसीआर विधिबाट गरिएको परीक्षण भई नतिजा आउनेको संख्या जम्मा २ सय ३९ पुगेको छ । जसमा ४० महिला र १९९ पुरुष गरी २ सय ३९ जनाको रिर्पोट नेगेटिभ देखिएको हो । अरु २० जनाको नतिजा आउन बाँकी छ । यो विधिबाट जम्मा २ सय ५१ को नमूना परीक्षण भएको कोरोना सूचना डेस्कले जनाएको छ । गत शनिबारबाट प्रदेश १ का क्वारेन्टाइनबाट नमूना परीक्षण गरी द्रुत गतिमा परीक्षण शुरु भएको हो । प्रदेश सरकारद्वारा धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नमुना परीक्षणको प...
बेलका नपाले ल्यायाे स्वाप कलेक्सन बुथ

बेलका नपाले ल्यायाे स्वाप कलेक्सन बुथ

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २ उदयपुरको बेलका नगरपालिकाले स्वाप कलेक्सन बुथ राख्न सफल भएको छ । स्वाप कलेक्सनका लागि प्रयोग हुने उक्त बुथ नेपाल इन्जिनियरिङ एशोसिएसन, इटहरी च्याप्टरले बनाएको हो । उक्त बुथ क्वाप केलेक्सनका लागि सुरक्षित मानिएको छ । पालिकाको ५५ हजार लागतमा इन्जिनियरिङ एशोसिएसन इटहरीको तर्फबाट उक्त बुथ बनाइएको हो । उक्त बुथको बजार मुल्य भने ९० हजारको हाराहारीमा पर्ने बताइन्छ । उक्त बुथबाट स्वाप नमुना लिदा स्वस्थ्यकर्मी तथा त्यहाँ खटिनेहरु सुरक्षित हुने दावी गरिएको छ । उक्त बुथलाई वडा नं. ८ को सप्तकोशी क्वारेन्टाइनमा राखेर प्रयोग गरिने पालिकाले जनाएको छ । उक्त बुथबाट सुरक्षितरुपले स्वाप कलेक्सन गरी परिक्षणका लागि धरान पठाउन सकिने भएको छ ।...
बेलकाको क्वारेन्टाइनमा १३ जना थपिए

बेलकाको क्वारेन्टाइनमा १३ जना थपिए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २ बेलका नगरपालिकाको क्वारेन्टाइनमा आज १३ जना थपिएका छन् । काठमाडौंबाट काभ्रे हुदै आएका १३ जना क्वारेन्टाइनमा राखिएको हो  । पालिकाले दुई ठाउँमा क्वारेन्टाइन निर्माण गरेकको छ । वडा नं. २ को बानडाँडा र वडा नं. ८ को सप्तकोशी माविमा बनाइएको छ । १३ जनालाई सप्तकोशी मावि क्वारेन्टाइनमा राखिएको हो । उक्त क्वारेन्टाइनमा हिजो राती २ जना आएका थिए भने त्यसअघि देखिका ७ जना थिए । आजको १३ सहित उक्त क्वारेन्टाइनमा २२ जना भएका छन् । उता बानडाँडाको क्वारेन्टाइनमा ९ जना रहेका छन् । उनीहरुको भोली १४ दिन पुग्ने बताइएको छ । यसरी दुबै क्वारेन्टाइनको गरेर बेलकामा आजसम्म ३१ जना क्वारेन्टाइनमा रहेका छन् । थप चार जना आज रातीसम्ममा आउने खबर रहेको पनि बताइएको छ । पालिकाले बाहिरबाट आउने आप्mना नागरिकलाई क्वारेन्टाइनमा राखेर स्वस्थ्य चेकजाँच गर्ने र स्वाप परिक्षण गराउने गरेको छ । कोरोना भाइरसक...
उदयपुरमा आज २३ जनाको स्वाप संकलन

उदयपुरमा आज २३ जनाको स्वाप संकलन

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २ । जिल्ला जनस्वस्थ्य कार्यालय उदयपुरले आज २३ जनाको स्वाप नमुना संकलन गरेको छ । कोरोना भाइरस संक्रमणको परिक्षणका लागि लिइएका स्वाप नमुनाहरु मध्ये ४ जना रौतामाई गाउँपालिकाको मुर्कुची क्वारेन्टाइनका हुन् भने ३ जना त्रियुगा नगरपालिकाको मोतिगडा क्वारेन्टाइनका ३ जना रहेका छन् । अन्य १६ जना भने त्रियुगा नगरपालिका ३ भुल्के स्थित मस्जिदका हुन् । मस्जिदमा रहेका १२ भारतीय र ४ नेपाली गरी १६ जनाको स्वाप नमुना संकलन गरिएको हो । संकलन गरिएका स्वाप नमुना धरान स्थित बिपि कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान लगिने जनस्वस्थ्य प्रमुख मोहन सुवेदीले बताउनु   भयो ।...
नक्कली पासमा यात्रु ओसार्ने एम्बुलेन्स कारबाहीमा

नक्कली पासमा यात्रु ओसार्ने एम्बुलेन्स कारबाहीमा

समाचार
पूर्णपुष्टि, बैशाख २ गते ।  सल्यानमा नक्कली पास र बिरामी बनाएर यात्रु ओसारपासर गर्ने एम्बुलेन्स चालकसहित चारजना पक्राउ परेका छन् । नक्कली पास र नक्कली बिरामी बनाएर यात्रु ओसारेको आरोपमा एम्बुलेन्ससहित पक्राउ गरेको प्रहरीले जनाएको छ । रा १ च ५१२ नम्बरको एम्बुलेन्स चालक दाङका ३० वर्षीय गिरीराज खत्री, २९ वर्षीय मिनराज सुवेदी, २३ वर्षीय दिपु चौधरी र १८ वर्षीय रविन चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ । नक्कली पास र नक्कली बिरामी लिएर पश्चिम रुकुमदेखि दाङको तुलसीपुरतर्फ आउँदै गरेका एम्बुलेनसलाई सल्यानको बागचौर नगरपालिका–५ बाङ्गेलाकुरीको इलाका प्रहरी कार्यालय सिमखोली सल्यानले गत चैत ३० गते जाँचको क्रममा पक्राउ गरेको प्रहरीले जनाएको छ । सोही एम्बुलेन्स मानव परोपकार तथा समाज कल्याण केन्द्र दाङले सञ्चालन गर्दै आएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
किशोरीमाथि सामूहिक बलात्कार

किशोरीमाथि सामूहिक बलात्कार

समाचार
पूर्णपुष्टि, बैशाख २ गते ।  कैलालीमा एक किशोरी सामूहिक बलात्कृत भएकी छन् । सामुहिक बलात्कारमा संलग्न आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको गौरीगंगा नगरपालिका–१ निबासी १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । आफन्तलाई भेटेर घर फर्किंदै गरेकी किशोरी खुरखुरियानजिकै सामूहिक बलात्कारमा परेको उजुरी परेपछि घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पिडित किशोरीले आफुलाई कुटपिट गर्दै बलात्कार गरेको बयान दिएको प्रहरीले जनाएको छ । धारिलो हतियार र मोटरसाइकलसहित पक्राउ परेका उनीहरूमध्ये दुईजना २० वर्ष र दुईजना क्रमशः २१ र २४ वर्षको रहेको प्रहरीले जनाएको छ ।...
भुल्केस्थित मस्जिदबाट १२ भारतीय र ४ नेपालीको स्वाप नमुना लिइयो

भुल्केस्थित मस्जिदबाट १२ भारतीय र ४ नेपालीको स्वाप नमुना लिइयो

समाचार
पूर्णपुष्टि, बैशाख २ । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा रहेका १२ जना भारतीय नागरिकहरुको आज स्वाप नमुना संकलन गरिएको छ । उनीहरुसंगै मस्जिदका अन्य चारजनाको पनि स्वाप नमुना लिइएको हो । जिल्ला जनस्वस्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार मस्जिदका १२ भारतीय र ४ नेपालीको स्वाप नमुना संकलन गरिएको हो । सुरक्षाकर्मीहरुसहित मस्जिद पुगेको स्वस्थ्यकर्मीहरुको टोलीले उनीहरुको स्वाप नमुना लिएको थियो । धर्म प्रचारका लागि आएको बताएका उनीहरु लकडाउन सुरू हुन अघिदेखिकै रहेकाे बताइएकाे छ । लकडाउन सुरू भएपछि राेकिएर बस्नु परेकाे बताइएकाे छ । मस्जिदमा भारतीय आएर बसेको स्थानीयले उजुरी गरेपछि प्रशासनले मस्जिदहरुमा खोजी गरेको थियो । खोजीको क्रममा उनीहरु फेला परेका थिए । उनीहरुलाई होम क्वारेन्टाइनको रुपमा बस्न प्रशासनले निर्देशन गरेको छ । गाउँघर तिर हिड्डुल नगर्न भनेको छ । उ...
कोरोना सङ्क्रमित भेटिएको भ्रामक विवरण फेसबुकमा पोस्ट गर्ने १ जना पक्राउ

कोरोना सङ्क्रमित भेटिएको भ्रामक विवरण फेसबुकमा पोस्ट गर्ने १ जना पक्राउ

समाचार
पूर्णपुष्टि, बैशाख २ गते ।  दाङबाट कोरोना भाईरस (कोभिड–१९) सङ्क्रमित फेला परेकोे भ्रामक विवरण फेसबुकमा पोस्ट गर्ने एक जना पक्राउ परेको छ । कोरोना संक्रमित फेला परेको भ्रमक विवरण फेसबुकमा पोष्ट गर्ने दिपक न्यौपानेलाई घोराहीबाट प्रहरीले पक्राउ गरेको हो । फेसबुकमा भ्रमक विवरण पोष्ट गर्ने घोराही उपमहानगरपालिका–१५ निबासी २८ वर्षीय न्यौपानेलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आफ्नो फेसबुक स्ट्याटसमा दाङमा पनि एक जना कोरोना भाइरस सङ्क्रमित भेटिएको भनी भ्रामक विवरण पोष्ट गरेर जनमानसमा डर त्रास फैलाउले काम गरेकाले नियन्त्रणमा लिई अनुसन्धान कार्य अगाडि बढाइको जिप्रकाले जनाएको छ ।...
थप २ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि

थप २ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २ गते । काडाँघारीको सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । अपार्टमेन्टमा बस्दै आएका ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिलाको २८ दिनपछि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । उनीहरुलाई र्या्पिड टेस्ट किटबाट परीक्षण गर्दा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि थप पुष्टिका लागि उनीहरुको नमुना राष्ट्रिय प्रयोगशाला टेकु लगिएको थियो । दुई जनाको रिपोर्ट पोजेटिभ आएको र एक जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालय जनाएको छ । उनीहरु गत चैत ५ गते बेलायतबाट नेपाल फर्किएका हुन् । कोरोना पोजेटिभ देखिए पछि पीसीआर विधिबाट थप परीक्षण गरिएको हो । तीनै जना अहिले पाटन अस्पतालको आइसोलेशन वार्डमा छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको पाटन अस्पतालले जनाएको छ । अपार्टमेन्टमा बस्ने अन्य व्यक्तिहरुको आजैदेखि परिक्षण सुरु ग...
लकडउन वैशाख १५ गतेसम्म थपियो

लकडउन वैशाख १५ गतेसम्म थपियो

समाचार
पूर्णपुष्टि, बैशाख २ गते ।  सरकारले लकडाउनको समय १२ दिन थपेर आगामी बैशाख १५ गतेसम्म पु¥याएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको समय १२ दिन थप्ने निर्णय गरेको हो । कोरोना रोकथाम र नियन्त्रणको लागि सरकारले गत चैत ११ गतेदेखि देश लकडाउन गरिरहेको छ । पछिल्लो समय कोरोनाका सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि थप सचेतताको लागि लकडाउनको अवधि बढाइएको सरकारले जनाएको छ । अहिलेसम्म १६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये एक जना निको भएका छन् भने १५ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।...