Tuesday, July 7News That Matters

Month: ६ वर्ष अगाडि

भारतमा ’लकडाउन’ मे ३ सम्म थप

भारतमा ’लकडाउन’ मे ३ सम्म थप

समाचार, संसार
पूर्णपुष्टि, बैशाख २ गते । आगामी मे ३ तारिखसम्म भारतमा लकडाउनको समय थप गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार देशको नाममा सम्बोधन गर्दै लकडाउनको अवधि बढाउने घोषणा गरेको हो । कोरोना भाइरस (कोभिड १९) को प्रकोपलाई मध्यनजर गर्दै यसअघि घोषणा गरिएको २१ दिने लकडाउन पुरा हुदै गर्दा पुन थप गरेको हो । सम्बोधनका क्रममा मोदीले लकडाउनको कारण नागरिकलाई निकै कष्ट भएपनि व्यक्ति व्यक्तिबीचको दुरीले नै महामारीलाई नियन्त्रणमा लिन सकिने बताए । लकडाउनको अवधि थप गरेपछि सतर्क रह प्रधानमन्त्री मोदीले आग्रह गरेको छ । लकडाउनलाई अझ कडा गरिने र आउँदो अप्रिल २० देखि लकडाउनको कत्तिको पालना भइरहेको छ भनेर मूल्याङ्कन हुने बताएका छन् । लकडाउनको पूर्ण पालना भएमा अप्रिल २० देखि शर्तका साथ केही राहत दिइने प्रस्ट पारे ।...
श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमानको मृत्यु

श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमानको मृत्यु

समाचार
खोटाङ, बैशाख २ गते ।  खोटाङमा श्रीमतीको खुकुरी प्रहारबाट श्रीमानको मृत्यु भएको छ । बाह्रपोखरी गाउँपालिका–१ मा श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमानको घटनास्थलमै मृत्यु भएको हो । स्थानीय ५० बर्षीया मेनुका राईले आफ्नै ५० वर्षीय श्रीमान  छकुमार राईलाई सोमवार दिउँसो १ बजे एक्कासी खुकुरी प्रहार गर्दा छकुमारको  घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय खोटाङ बजारले जनाएको छ । श्रीमानलाई खुकुरी प्रहार गर्ने मेनुकालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने शव परिक्षणको जिल्ला अस्पताल गाईघाट पठाएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको ईप्रका खोटाङ बजारले जनाएको छ ।...
नहरमा डुबेर एक बालकको मृत्यु

नहरमा डुबेर एक बालकको मृत्यु

समाचार
सुनसरी, बैशाख २ गते ।  सुनसरीको दुहवी नगरपालिका–७ स्थित नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । मोरङ रङगेली नगरपालिका–२ घर भई दुहवीको एविआई ईटा भट्टामा काम गर्ने सुरज ऋषिदेबको ८ बर्षीय छोरा करण ऋषिदेब नहरमा डुबेर मृत्यु भएको हो । आफ्नो आमासँगै नहरमा नुहाउन गएका बालक सोमवार बिहान ९ बजे एक्कासी पानीमा डुबेर घाईते भएको प्रहरीले जनाएको छ । घाईते बालकलाई उपचारको लागी सामुदायिक अस्पताल दुहवी लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको ईप्रका दुहवीले जनाएको छ ।...
सामुदायीक वनद्धारा राहत वितरण

सामुदायीक वनद्धारा राहत वितरण

समाचार
पूर्णपुष्टि, बैशाख २ गते । उदयपुरको सामुदायिक वनहरुले पनि आफ्ना उपभोक्ताहरुलाई भोकमरीबाट जोगाउन राहतको रुपमा खाद्यन्न वितरण थालेको छ । स्थानीय सरकार, वन कार्यालय, सामुदायिक वन उपभोक्ता महासंघसंग समन्वय गरी उपभोक्ताहरुलाई खाद्यन्न वितरण गरेको हो । त्रियुगा नगरपालिका ७ कौवाईस्थित कौवाई सामुदायिक वन उपभोक्ता समुह र पश्चिम खहरे सामुदयिक वन उपभोक्ता समुहले आज ाप्mनो विपन्न वर्गका १ सय ९९ सय परिवारलाई राहत वितरण गर्यो । चामल, दाल, नुन र तेल वितरण गरेको हो । बन समुहमा बनको आम्दानी रकम मध्येको गरीवी निवारण, बन संरक्षण जस्ता शिर्षकमा छुट्याएको रकमबाट राहत वितरण गरेको कौर्वाइ सवउसका सचिव राजकुमार कार्कीले बताए । लामो लकडाउनले खाद्यन्न संकट भोग्न थालेको उपभोक्ताहरुले राहत पाउदा खाध्य अभाव टरेको बताएका छन् । घरदेखि बाहिर निस्कन नपाएको अवस्थामा घरघरमै रासन पाउदा सुरक्षित संगै खाने व्यवस्...
२ सामुदायीक वनद्धारा राहत वितरण

२ सामुदायीक वनद्धारा राहत वितरण

समाचार
पूर्णपुष्टि, बैशाख २ गते ।  उदयपुरको दुई सामुदायीक वन उपभोक्ता समूहले संयुक्त रुपमा राहत वितरण गरेको छ । त्रियुगा नगरपालिका–७ स्थित कौवाई र पश्चिम खहरे सामुदायीक वन उपभोक्ता समूहले मंगलबार संयुक्त रुपमा राहत वितरण गरेको हो । उक्त सावउले एक सय ९९ सय घरधुरीलाई चामल, दाल, तेल र नुन राहत वितरण गरेको हो । कौवाईको ९४ र पश्चिम खहरेको एक सय पाँच घरधुरीलाई राहत वितरण गरेको कौर्वाइ सवउसका सचिव राजकुमार कार्कीले बताए । सामुदायिक वन उपभोक्ता महासंघ उदयपुर र उदपयुरका दुबै वन डिभिजन कार्यालयको समन्वयमा राहत वितरण कार्यक्रम जिल्लामा अगाडि बढेको छ । वन समुहले  आफ्नो परिवारभित्र राहत वितरण गरेको हो । कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, डिभिजन वन कार्यालय गाईघाटका प्रमुख अम्बिका प्रसाद पौडेल, वन महासंघका जिल्ला अध्यक्ष कुशलबाबु बस्नेत, वडाध्यक्ष भिमबहादुर पुलामी लगायतको उपस्थिति र...
लकडाउनको २१ औँ दिनका गतिविधि

लकडाउनको २१ औँ दिनका गतिविधि

समाचार
पूर्णपुष्टि, बैशाख २ गते ।  आज लकडाउनको २१ औँ दिनमा पनि उदयपुरका सदरमुकाम गाईघाट सुनसान नै छ । मानिस आवत जावत र सवारी साधनमा कडाई गरिएकाले बजार सुनसान भएको हो । लकडाउनको अवज्ञा गर्ने मानिस र सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिईरहेका छन् भने सुरक्षाकर्मी तैनाथ खाटाईएको छ । विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण नेपालमा पनि देखा परेपछि गत चैत्र ११ गतेदेखि सरकारले देश लकडाउन गरेको छ । कोरोना संक्रमण रोकथाम तथा न्यूनिकरण गर्नका लागी सरकारले देश लकडाउन गरेको हो । फोटो फिचर...
नयाँ वर्षमा पर्यटकिय स्थल सुनसान

नयाँ वर्षमा पर्यटकिय स्थल सुनसान

समाचार
उदयपुर, बैषख २ गते । ईतिहासमा पहिलो पटक नयाँ वर्षमा उदयपुरका धार्मिक तथा पर्यटकिय स्थलहरु सुनसान भएको छ । कोरोना भाईरस (कोभिड–१९) को कारण जिल्लाकै प्रमुख धार्मिक तथा पर्यटकिय स्थल रौता पोखरी, ताप्ली पोखरी लगायतका धार्मिक तथा पर्यटकिय स्थलहरु सुनसान भएको हो । जिल्लाका धार्मिक तथा पर्यटकिय स्थलहरुमा परापूर्व कालदेखि नै प्रत्येक वर्षको बैशाख १ गते लाग्दै आएको मेला यस वर्ष कोरोना भईरस संक्रमणका कारण लागेको छैन । रौतामाई गाउँपालिका–६ मा अवस्थित रौता पोखरीमा तीन दिनसम्म लाग्ने नयाँ वर्षको मेलामा करिब १० हजार भक्तजनहरु सहभागी हुने गर्दथ्यो । कोरोना संक्रमणको कारण पहिला नै गाउँपालिकाले सुचना जारी गर्दै मेला स्थगित गरेको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए । मेलामा कोरोनाको संक्रमण बढ्ने भएकाले सजगता अपनाउदै मेला स्थगित गरेको उनले बताए । प्रत्येक नयाँ वर्षको मेलामा ...
माननीय मुख्यमन्त्री शेरधन राइले प्रदेशबासीका नाममा गर्नु भएको सम्बोधनको पूर्णपाठ

माननीय मुख्यमन्त्री शेरधन राइले प्रदेशबासीका नाममा गर्नु भएको सम्बोधनको पूर्णपाठ

बिचार, समाचार
आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु आज बिक्रम सम्बत २०७७ बैशाख १ गते अर्थात नयाँ बर्षको पहिलो बिहानी । सर्बप्रथम देश तथा बिदेशमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा नयाँ वर्षको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । विश्व, यतिबेला कोरोना भाइरस कोभिड १९ को महामारीसंग सर्घषरत छ र हामी पनि त्यही संघर्षको मैदानमा छौं । मलाई विश्वास छ यो संघर्षमा मानब जातीको जीत हुनेछ,  हामी जित्ने छौं । यसरी नयाँ बर्ष हाम्रा लागि कोरोना भाइरस कोभिड १९ लाई पराजीत गर्दै स्वच्छ, सुखी र समुन्नत प्रदेशको हाम्रो प्रादेशिक लक्ष्य र चाहनालाई तिब्रतर गतिमा मुर्त रुप दिदै समृद नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा प्राप्तिमा विशेष योगदान दिने बर्षको रुपमा रहनेछ भन्ने मैले बिश्वास लिएको छु । आज विश्व समुदाय कोभिड १९ जस्तो डरलाग्दो महामारी विरुद्धको लडाई लडिरहेको छ । आजसम्म एक लाख भन्दा...
वडाको विपद् ब्यावस्थापन कोषबाट राहत वितरण

वडाको विपद् ब्यावस्थापन कोषबाट राहत वितरण

आर्थिक, समाचार
उदयपुर, बैशाख १ गते । उदयपुरको एक वडाले विपद् व्यावस्थापन कोषबाट राहत वितरण गरेको छ । रौतामाई गाउँपालिका–५ ले आफ्नो विपद् व्यावस्थापन कोषबाट एक सय एक घरलाई राहत वितरण गरेको हो । वडाले कोषको एक लाख ५० हजार रकमबाट चामल २ हजार २०, दाल २ सय २, नुन १ सय १ केजी, तेल १ सय १एक लिटर र सरसफाईका लागी लाईफल ब्वाई साबुन ४ सय ४ वटा खरिद गएको वडाकार्यालयले जनाएको छ । वडाको जेष्ठ नागरिक, अपाङ र दैनिक ज्यालामजदुरी गरिखानेलाई पहिचान गरी प्रत्येक घरलाई चामल २०, दाल २, नुन १ केजी, तेल १ लिटर र सरसफाईका लागी साबुन ४ वटा वितरण गरेको रौतामाई गाउँपालिका–५ का वडाध्यक्ष पाण्डव राईले बताए । कोरोना भाईरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा न्युनिकरणका लागी सरकारले देश लकडाउन गरेपछि निम्न अवस्थाका नागरिकलाई खाद्य वस्तुको अभाव हुन नदिन टोल टोलमा सामाजिक दुरी कायम गरी राहत वितरण गरेको वडाध्यक्ष राईले बताए ।...
थप २ जनामा कोरोना पुष्टि नेपालमा संक्रमणको संख्या १४ पुग्यो

थप २ जनामा कोरोना पुष्टि नेपालमा संक्रमणको संख्या १४ पुग्यो

समाचार
पूर्णपुष्टि/बैशाख, १ नेपालमा पनि कोरोना संक्रमण व्यक्तिहरु थप हुदै गएको छ । केहि दिन पहिले मात्र ३ जनामा फेला परेको कोरोना सोमबार थप २ जनामा पुष्टि भएपछि यसको संख्या १४ पुगेको छ । आज मात्रै थप १ जना महिला र १ जना पुरुषमा संक्रमण देखिएको छ । रौतहटमा एक युवकमा आज मात्रै कोरोना भाइरस (कोभिड(१९)को संक्रमण देखिएको छ । इशनाथ नगपालिकाको क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन् । उनी १६ गते भारतबाट फर्किएको थियो । लकडाउनको समयमा मध्यरातमा घर आएका उनलाई स्थानीय तहले क्वारेन्टाइनमा राखेको थियो । क्वारेन्टाइनमा बसेकाहरूको २८ गते नमुना संकलन गरिएको थियो, जसमध्ये उनको रिपोर्ट पोजेटिभ आएको हो । त्यसैगरी कैलालीको अर्को एक महिलामा पनि संक्रमण देखिएको छ । कैलालीको लम्की चुहा नगरपालिका–१ निबासी एक...