Tuesday, July 7News That Matters

Month: ६ वर्ष अगाडि

कुवेतमा ३ महिना भिसा थप हुने

कुवेतमा ३ महिना भिसा थप हुने

समाचार, संसार
पूर्णपुष्टि, बैशाख ४ गते ।  कुवेतमा रहेका विदेशी नागरिकका भिसा अवधि सकिएकालाई तीन महिनाको भिसा स्वत थपिने भएको छ । मार्च १ देखि ३१ मेसम्मका लागि कुवेतको आवासीय भिसा स्वत थप हुने कुवेतमा रहेको नेपाली दूतावासले जनाएको हो । यो नियम कुवेतमा रहेका तथा आवासीय भिसा सकिएका सबैमा र प्रवेश भिसामा कुवेत गएर कुवेतको आवासीय भिसा सकिएकाको हकमा पनि लागू हुने जनाईएको छ ।...
¥यापिड टेष्टमा कोरोना पोजेटिभ देखाएकाको पीसीआर परीक्षणको रिपोर्ट ‘नेगेटिभ’

¥यापिड टेष्टमा कोरोना पोजेटिभ देखाएकाको पीसीआर परीक्षणको रिपोर्ट ‘नेगेटिभ’

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ४ गते । ¥यापिड डायग्नोस्टिक परीक्षण (आरडीटी)मा कोरोना पोजेटिभ देखिएका पूर्वी चितवनका एक व्यक्तिको पीसिआर परिक्षणको रिर्पोट नेगेटिभ आएको छ । भरतपुर कोभिड–१९ प्रयोगशालामा पीसीआर परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको भरतपुर अस्पतालले जनाएको हो । गत चैत ७ गते कोरियाबाट नेपाल आएका उनको रत्ननगरको गुञ्जमान अस्पतालमा गरिएको ¥यापिड डायग्नोष्टिक परीक्षणमा पोजेटिभ देखिएको थियो । रिपोर्ट पोजेटिभ आएपछि थप परीक्षणका लागि स्वाब कोभिड–१९ प्रयोगशालामा ल्याइएको  थियो । तर रिर्पोट नेगेटिभ आएको छ ।...
कोरोना परीक्षणमा ५ सय ३४ जनाको रिपोर्ट ‘नेगेटिभ’

कोरोना परीक्षणमा ५ सय ३४ जनाको रिपोर्ट ‘नेगेटिभ’

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ४ गते । स्याङ्जामा पहिलो चरणकोे कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षणमा सवैको रिर्पोट नेगेटिभ आएको छ । जिल्लाका ११ वटै पालिकामा पुगेर पाँच सय ३४ जनाका कोरोनाको नमुना सङ्कलन गरिएकोमा उनीहरुको रिर्पोट नेगेटिभ आएको जिल्ला प्रशासनले जनाएको छ । ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट बुधबार चापाकोट, गल्याङ र वालिङ नगरपालिकामा गरी एक सय २३ जनामा गरिएका परीक्षणको नतिजा नेगेटिभ देखिएको छ । पहिलो चरणको कोरनोको नमुना परीक्षण बुधबार सकिएको थियो । बिहीबारदेखि दोस्रो चरणका अन्य कार्यहरु अघि बढाइने जनाईएको छ ।...
कोरोना सङ्क्रमित एक नेपाली निको भए

कोरोना सङ्क्रमित एक नेपाली निको भए

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ४ गते । मलेसियामा कोरोना सङ्क्रमित एक नेपाली निको भएको छ । कोरनो भाईरस (काभिड–१९) संक्रमित एक नेपाली निको भएर काममा फर्किएको मलेसियाका नेपाली राजदूताबासले जनाएको छ । अहिलेसम्म मलेसियामा एक नेपालीमा मात्रै कोरोना सङ्क्रमण भएको दूतावासलाई औपचारिक जानकारी भएको जनाइएको छ । राजदुताबासले मलेसियामा रहेका नेपालीलाई कोरोनाको सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षा अपनाउन र लकडाउन उल्लङ्घन नगर्न पनि आग्रह गरेको छ । लकडाउनको उल्लङ्घन गरेको आरोपमा १४ जना नेपालीलाई मेलेसियन प्रहरीले पक्राउ गरिसकेकाले मलेसिया सरकारले जारी गरेका नियमको पालना गर्न दुतासाले आग्रह गरेको छ । कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएकाले भिसा अवधि सकियो के गर्ने भन्ने गुनासा धेरै आएकाले सबै श्रमिकलाई यस अवस्थामा धैर्य गरेर बस्न अग्रह आग्रह गरेको छ ।...
लकडाउन झनै कडाई आज बिहानपख ९ बजे सम्म गाईघाटमा  २२ जना नियन्त्रणमा

लकडाउन झनै कडाई आज बिहानपख ९ बजे सम्म गाईघाटमा २२ जना नियन्त्रणमा

समाचार
गइघाट/बैशाख, ४ लकडाउनको अवधि थप भए सँगै कडाइ पनि उत्तिकै बढेर गएको छ । चरणबद्ध रुपले थपिदै आएको लकडाउनको २४ औँ दिन थप कडाइका साथ प्रहरीले तैनाथ गरेको छ । बजारमा मान्छेलाई हिड्नमा पूर्ण रोक लागाइएपनि कतिपय बाहाना बाजी र कतिपय आवश्यकताकै मानिसहरु पनि नियन्त्रणमा आएको छ । बिहिबार विहानै पख मात्रै गाईघाटमा प्रहरीले २२ जना रोडमा हिड्ने सर्वसाधरणहरुलाई नियन्त्रणमा लिएको हो । बजारमा धेरै अनावश्यक रुपमा हिड्ने मानिसहरुका कारण अत्यावश्यक रुपमा हिड्ने मानिसहरु पनि छुट्यान समस्या छ । नेपालमा दिनहु जसो संक्रमणको अवस्था आउन थाले पछि सरकारले लकडाउनलाई तिव्रता दिएको छ । बैशाख ३ देखि पूर्ण थप गरिएको लकडाउन १५ गते सम्मको लागि यथावत रहने प्रशासनले जनाएको छ । लकडाउन उलघंन गरी नियन्त्रणमा आएका मानिसहरुलाई आवश्यक छानविन गरेर मात्रै छाडिने र गलत मनसायले उंलघन गरेको पाइएमा थप कार्वाही अघि बढाइने जिल्...
लडेर १ जनाको मृत्यु

लडेर १ जनाको मृत्यु

समाचार
तेह्रथुम, बैशाख ४ गते । तेह्रथुम फेदापमा लडेर एक जनाको मृत्यु भएको छ । फेदाप–१ कुरुवाङ टोल निबासी ३१ बर्षीय दुर्गा तामाङको लडेर मृत्यु भएको हो । आफ्नै घर छेउको बारी पहरामा घाँस काट्ने क्रममा बिहान ७ बजे अचानक चिप्लिएर करिब ५० मिटर तल खसेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आफन्तले घटनाको जानकारी प्रहरीलाई गराएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।...
एसियाली देशको विकास दर ६० वर्षयताकै कम हुने

एसियाली देशको विकास दर ६० वर्षयताकै कम हुने

आर्थिक, समाचार, संसार
पूर्णपुष्टि, बैशाख ४ गते ।  एसियाली देशको विकास दर शुन्यमा झर्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चिन्ता व्यक्त गरेको छ । ६० वर्षयता पहिलो पटक यस वर्ष एसियाली देशको विकास दर शून्यमा झर्ने भन्दै आईएमएफले चिन्ता व्यक्त गरेको हो । विश्वमा ४.७ प्रतिशत विकास दर हुँदा एसियाली देशको विकास दर भने १.३ प्रतिशतभन्दा पनि कम हुनेछ । तर कोरोना भाइरस रोक्ने नीति प्रभावकारी भए सन् २०२१ मा एसियाली देशको विकास दर बढ्ने आईएमएफले जनाएको छ । दक्षिण एसियाली देशले ४० वर्षयताकै खराब आर्थिक सङ्कट खेपिरहेको विश्व बैंकले चेतावनी दिएको एक दिनपछि आईएमएफको प्रक्षेपण सार्वजनिक भएको थियो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण अहिले विश्वकै अर्थव्यवस्था ओरालो लागेको छ ।...
आवासीय चिकित्सक कुटपिट प्रति संघको ध्यानाकर्षण

आवासीय चिकित्सक कुटपिट प्रति संघको ध्यानाकर्षण

समाचार
पूर्णपुष्टि, बैशाख ४ गते ।  काठमाण्डौमा प्रहरीद्धारा तीन जना आवासीय चिकित्सकमाथि कुटपिट भएकोमा ध्यानाकर्षण भएको राष्ट्रिय आवासीय चिकित्सक संघले जनाएको छ । महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा कार्यरत तीन जना आवासीय चिकित्सकमाथि कुटपिट भएकोमा संघले आपत्ति जनाएको हो । डाक्टरले परिचय पत्र देखाएको र आफूहरु अस्पतालबाट फर्किएको जानकारी गराउँदा पनि प्रहरीले लाठीचार्ज गर्दै गाली गरेको भन्दै संघले ती प्रहरीलाई कारबाहीको माग गरेको छ । कुटपिट गर्ने प्रहरीलाई कारबाहीको दायरामा नल्याए कडा कदम चाल्न बाध्य हुने संघले जनाएको छ । चिकित्सक कुटिएको विषयमा छानबिन गर्नका लागी महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले छानविन समिति गठन गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले जनाएको छ ।...
¥यापिड टेस्टमा झापाका युवकमा देखियो एन्टिबडी पोजेटिभ

¥यापिड टेस्टमा झापाका युवकमा देखियो एन्टिबडी पोजेटिभ

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख ४ गते । ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा झापाका एक युवकमा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको छ । दुबईबाट २७ दिन पहिला नेपाल आएका हल्दीबारी निबासी युवकमा बुधबार आरडीटी विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको हो । कोरोना संक्रमण भएको वा नभएको निर्यक्योल गर्न नमुना संकलन गरी कोशि अस्पतालको प्रयोगशालामा पठाइएको छ । ती युवक दुबईबाट फर्किएपछि घरमै क्वारेन्टाइनमा बस्दै आएका थिए । हल्दिबारीमा ५५ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । त्यसमध्ये १९ जनाको थ्रोट स्वाब संकलन गरी प्रयोगशाला परीक्षणका लागि विराटनगर पठाएको जनाईएको छ ।...
आज मेघगर्जन र हुरीबताससहित असिना पानी पर्ने सम्भावना

आज मेघगर्जन र हुरीबताससहित असिना पानी पर्ने सम्भावना

समाचार
पूर्णपुष्टि, बैशाख ४ गते ।  आज देशका कोही ठाउँमा मेघगर्जन र हुरीबताससहित असिना पानी पर्न सक्ने सभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमीसँगै स्थानीय वायुको प्रभावले देशभरिकै मौसम आंशिकदेखि सामान्य बदली भइ मध्य र पूर्वका केही ठाउँ तथा पश्चिमका थोरै ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । आजभन्दा भोलि र पर्सी देशका धेरै ठाउँमा पानी पर्ने जनाईएको छ । अर्को पश्चिमी वायु नेपाल प्रवेश गर्न लागेकाले भोलि र पर्सि देशभरिकै मौसम सामान्यतया बदली भइ देशका विभिन्न ठाउँमा चट्याङ, हुरीबताससहित केही ठाउँमा असिना पानी पर्ने सम्भावना रहेको जनाईएको छ  ।...