Tuesday, July 7News That Matters

Month: ६ वर्ष अगाडि

आज मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना

आज मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना

समाचार
पूर्णपुष्टि, बैशाख ५ गते ।  आज देशका विभिन्न ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाले जनाएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले आज देशभरिकै मौसम सामान्यतया बदली भइ मध्य र पूर्वका केही तथा पश्चिमका थोरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्न सक्ने महाशाखाले जनाएको छ । राति देशभरिकै मौसम आंशिकदेखि सामान्य बदली भइ पहाडी क्षेत्र र तराईका केही ठाउँमा हावाहुरी, चट्याङसहित असिना पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । भोलि पनि मध्य र पूर्व तथा पश्चिमका केही ठाउँमा पानी पर्ने सम्भावना छ । यसकै प्रभावले गत राति देशका विभिन्न ठाउँमा पानी परेको थियो ।...
बेलायतले तीन हप्ता ‘लकडाउन’ थपियो

बेलायतले तीन हप्ता ‘लकडाउन’ थपियो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ५ गते ।  बेलायतमा लकडाउनका लागी तीन हप्ता थप गरिएको छ । बेलायत सरकारले कोरोना भाइरस (कोभिड १९) थप फैलिन नदिनका लागी तीन हप्ता लकडाउन थप्ने घोषणा गरेको हो । कोरोनाका कारण दैनिक ज्यान गुमाउनेको सङ्ख्यामा कमी आए, सङ्क्रमितको सङ्ख्या घटे र कोरोनाको सङ्क्रमण देशको लागि खतरा छैन भन्ने यकिन नभएसम्म लकडाउन थपिरहने विदेश मन्त्री डोमिनिक राबले बताए । बेलायतमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण १३ हजारभन्दा धेरैको ज्यान गएको छ भने एक लाख तीन हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोनाको सङ्क्रमण भएपछि विदेश मन्त्री राबले कार्यवाहक प्रधानमन्त्रीको रुपमा काम गरिरहेका छन् । प्रधानमन्त्री जोनसन भने कोरोना निको भएर आराम गरिरहेका छन् ।...
विश्वमा कोरोनाबाट मर्ने, संक्रमित, निको भएको संख्या र नेपालमा हालको अवस्था

विश्वमा कोरोनाबाट मर्ने, संक्रमित, निको भएको संख्या र नेपालमा हालको अवस्था

समाचार
पूर्णपुष्टि/बैशाख, ५ कोरोना भाईरस (कोभिड–१९) को संक्रमाण विश्वमा दिनानु भयावहको रुपमा बढेको छ । संक्रमणको अवस्था बढे सँगै मर्नेको संख्या पनि उत्तिकै बढ्दो छ । विश्वमा हालै आजको अपडेट अनुसार २१ लाख ५७ हजार १ सय ८ जना संक्रमित भईसकेको छ भने, १ लाख ४४ हजार ४७ जनाको मृत्यु भईसकेको नेपाल स्वास्थ्य संगठनको तथ्याङकले देखाएको छ । तथ्याङकका अनुसार विश्वभर संक्रमित बाट ५ लाख ४३ हजार ५ सय १९ निको भएको छ । नेपालमा पनि संक्रमणको सख्यां दिनानु दिन बढेको छ । हालै विश्व स्वास्थ्य संगठनले देखाएको तथ्याङक अनुरुप १६ जना संक्रमित भएको छ भने १ जना निको भएको छ । हाल सम्म मुत्यु भने भएको छैन् ।  ...
म्याद नाघेकाे पास बाेकेकाे सवारी साधनलाइ स्थानीयले राेके

म्याद नाघेकाे पास बाेकेकाे सवारी साधनलाइ स्थानीयले राेके

समाचार
पूर्णपुष्टि, वैशाख ४ । कोरोना भाइरसको संक्रमणप्रति उच्च सतर्कता अपनाउदै गाउँमा निगरानी बढाएको उदयपुरको कटारी नगरपालिका ३ हडैयाका स्थानीयले एक सवारी साधनले म्याद सकिएको सवारी बोकेको पास भेटेपछि नियन्त्रणमा लिए । अतिआवश्यक खाद्यन्न भन्ने व्यानर लेखेर चामल बोकेको ज १ ख ५८० नम्बरको मालवाहक ट्रकले म्याद दशदिन अगावै सकिसकेको पास बोहेर हिडेको पाएपछि स्थानीयले नियन्त्रणमा लिएको हो । उक्त ट्रकका चालकले इलाका प्रशासन कार्यालय कटारीले चैत २० देखि २४ सम्म ढुवानीको पास बोकेको पाइएको थियो । ट्रकलाई नियन्त्रण लिएपछि इलाका प्रहरी कार्यालय कटारीलाई खबर गरिएको स्थानीयले बताए । इप्रका कटारीका इन्चार्ज, प्रहरी नायव उपरिक्षक प्रेम सागर केसीले स्थानीयले खबर गरेपछि खाद्यन्नको गाडीलाई चल्न दिन मिल्ने भनेर छाडिदिन लगाएको बताउनुभयो । त्यहाँका बासिन्दाले गाउँमा अपरिचित मानिस वा सवारी साधनको चहलपहल रोक्नल...
गाइघाट आसपास बजारमा लकडाउनकाे अवज्ञा

गाइघाट आसपास बजारमा लकडाउनकाे अवज्ञा

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ४ । लकडाउनमा उदयपुरको सदुरमुकाम गाइघाट बजारमा मानवीय चहलपहल प्रायः सुन्य देखिएपनि आसपासका साना बजारहरुमा साँझ र विहान मानिसहरुको चहलपहल र भीड हुने गरेको पाइएको छ । मोतिगडा, मिलनचौक, बगाहा, ढल्केबरचौक, देउरी, जलजले जस्ता बजारहरुमा मानिसको भिडभाड देखिने गरेको छ । बजारमा अनियन्त्रित भिडभाडका कारण सामाजिक दुरी कायम छैन । मोतिगडा चौकमा साँझ र विहानपख सानातिना हाट बजार जत्तिकै मानवीय चहलपहल र भीडभाड हुने गरेको स्थानीयले बताएका छन् । त्यस्तै जलजले बजारमा पनि भीड हुने गरेको छ । पसलहरुमा ग्राहकलाई दुरी काम राख्न केही ठाउँमा ठोरी टाँगिएको र जमिनमा घेरा हालेको पाइए पनि व्यवहारिकरुपमा प्रयोग गरेको नपाइएको त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका प्रथम उपाध्यक्ष रमेश रसाईलीले बताउनुभयो । गाइघाट बजारमा कडाइ गरिरहेका प्रहरीको नजर त्यसतर्फ पुग्नु पर्ने स्थानीयको माग छ । ती बजा...
८ सय २६ जनाको आरडीटी परिक्षण

८ सय २६ जनाको आरडीटी परिक्षण

समाचार, स्वास्थ्य
विराटनगर, बैशाख ४ गते ।  १ न. प्रदेशमा अहिलेसम्म (आरडीटी) बाट जम्मा ८ सय २६ जनाको कोरोना परीक्षण भएको छ । जसमध्ये एक जनाको रिर्पोट पोजेटिभ आएको थियो भने बाँकी ८ सय २५ जनाको रिर्पोट नेगेटिभ आएको छ । झापाको हल्दीबारीमा आरडीटीमा पोजेटिभ देखिएका एक जना पुरुषको रिर्पोट कोशी अस्पताल विराटनगरमा पिसिआर परीक्षण गर्दा आज नेगेटिभ आएको हो । ल्याबमा गरिने परीक्षण (पीसीआर) विधिबाट बुधबारसम्म जम्मा ३ सय ४१ जनाको नमुना परीक्षण भएको थियो । जसमध्ये ६५ महिला र २ सय ७६ पुरुषको परिक्षण भएको हो । परीक्षण नतिजा ४९ महिला र २ सय ४३ महिलाको रिर्पोट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ । पीसीआर विधिबाट नमूना परीक्षण गरिएका मध्ये ५८ जनाको रिर्पोट आउन बाँकी रहेको जनाईएको छ । हालसम्म दुबै विधिबाट आएको परीक्षणहरुको नतिजा नेगेटिभ आएको छ । धरानको वीपी को...
यात्री सहायता केन्द्र संचालन

यात्री सहायता केन्द्र संचालन

समाचार
पूर्णपुष्टि, बैशाख ४ गते । त्रियुगा नगरपालिका–६ लालपत्तामा नगर र मिर्मिरे यवा क्लबद्धारा यात्री सहायता केन्द्र संचालन भएको छ । लकडाउनको समयमा  पैदलयात्रीको चाप बढ्न थालेपछि उच्च सर्तकता अपनाउदै पैदलयात्रीलाई व्यावस्थापन गर्नका लागी यात्री सहायता केन्द्र संचालन भएको हो । विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरसको संक्रमित नेपालमा फेला परेपछि सरकारले देश लकडाउन गरेको छ । लकडाउनको समयमा पैदल हिडेर उदयपुर भित्रनेको संख्या दिनदिनै बढ्न थालेपछि त्यसको व्यावस्थापन गर्नका लागी केन्द्र संचालन गरेको क्लवका सल्लाहकार तथा आर्थीक व्यावस्थापन संयोजक प्रवेश खड्काले बताए । सामाजिक सुरक्षा कायम गर्दै हिडेर आएका यात्रुलाई एक रात सुत्न, खान र नुहान र स्वास्थ्य चेकजाँचको व्यावस्था गरीएको छ । केन्द्र संचालनमा लाग्ने खर्च नगर व्यावस्थ गरेको छ । लालपत्ताबाट मोतिगडासम्मको लागी नगरले नै सवारी साधन...
लालपत्ताको वनमा बेवारिसे शव फेला

लालपत्ताको वनमा बेवारिसे शव फेला

समाचार
पूर्णपुष्टि, बैशाख ४ गते । त्रियुगा नगरपालिका–६ लालपत्ता स्थित रक्सा सामुदायिक वनमा वेवारिसे शव फेला परेको छ । तराई मुलका जस्तो देखि सेति कमिज र सेतो धोतो लगाएका अन्दाजी ६० वर्षीय पुरुष शव फेला परेको प्रहरीले जनाएको छ । वन क्षेत्रमा वेवारिसे शव छ भन्ने खबर पाउना साथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली घटना स्थल पुगेको थिो । शव हेर्दा करिब ८/१० दिन अगाडी नै मृत्यु भएको अनुमान गरिएको छ । शवमा किरा परि दुर्गन्धित भईसकेको प्रहरीले जनाएको छ । अहिलेसम्म कुनै पहिचान खुल्न नसकेको र शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल उदयपुर ल्याएको जिप्रका उदयपुरले जनाएको छ ।...
झापाको युवाको रिपोर्ट पिसिआरबाट नेगेटिभ आयो

झापाको युवाको रिपोर्ट पिसिआरबाट नेगेटिभ आयो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ४ । झापामा आरडीटी (द्रुत प्रविधी) बाट परिक्षण गर्दा पोजेटिभ देखिएको युवाको स्वाप नमुना परिक्षण (पिसिआर) परिक्षणबाट नेगेटभि आएको छ । झापाको हल्दीबारीमा आरडीटीमा पोजेटिभ देखिएपछि कोशी अस्पताल विराटनगरमा स्वाप परिक्षण गरिएको थियो । पिसिआरबाट आज परिक्षण गर्दा नेगेटिभ देखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ । द्रुतगतीको आरडीटीबाट परिक्षणलाई नै अन्तिम रिपोर्टको रुपमा मानिदैन, तसर्थ तत्कालै कोशी अस्पतालमा पिसिआरबाट परिक्षण गरिएको हो ।...
कोभिड क्लिनिक सञ्चालन गर्ने तयारी

कोभिड क्लिनिक सञ्चालन गर्ने तयारी

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ४ गते ।  कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि कोभिड क्लिनिक सञ्चालन गर्ने सरकारले निर्णय गरेको छ । आज भएको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयले कोभिड–१९ को रोकथामका लागि कोभिड क्लिनिक सञ्चालन गर्ने निर्णय भएको जानकारी दिएको हो । क्लिनिक सञ्चालनको अनुमति पाएका २५ वटा हब अस्पताल, ६४ वटा प्रादेशिक अस्पताल, २२ वटा मेडिकल कलेज र काठमाण्डौ उपत्यकाका १६ निजी अस्पताललाई  कोभिड क्लिनिक सञ्चालनका लागि सूचीकृत गरेको मन्त्रालयले जनाएको छ ।...