Tuesday, July 7News That Matters

Month: ६ वर्ष अगाडि

१२ काेराेना संक्रमितसहित १६ जनालाइ विराटनगर लगियाे

१२ काेराेना संक्रमितसहित १६ जनालाइ विराटनगर लगियाे

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ५ ।          भुल्के मस्जिदमा भेटिएका १२ जना कोरोना संक्रमितसहित १६ जनालाई उपचारका लागि विराटनगरस्थित कोरोना अस्पतालको आइसोलेशनतर्फ लगिएको छ ।                 एक सुरक्षा अधिकारीका अनुसार चारवटा एम्बुलेन्समा १२ संक्रमितसहित १६ जनालाई लगिएको हो । मस्जिदमा संगै बसेका अन्या चार जनासमेत गरेर १६ जनालाई लगिएको हो । एम्बुलेन्समा संक्रमणको उच्च सतर्कता अपनाइएको छ । चालकहरुलाई पूर्ण व्यक्तिगत सुरक्षा साधन (पीपीइ) प्रयोग गरि पठाइएको छ । उनीहरुलाई प्रहरीले सुरक्षा दिदै लगेको छ । ...
भुल्के मस्जिदमा १२ जना कोरोना संक्रमित पुष्टि

भुल्के मस्जिदमा १२ जना कोरोना संक्रमित पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ५ ।भुल्के मस्जिदमा १२ जना कोरोना संक्रमित भेटिएको सरकारको तर्फबाट आधिकारिक पुष्टि भएको छ ।उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के स्थित मस्जिदमा रहेका १२ जनामा कोरोना संक्रमण भेटिएको नेपाल सरकारको स्वस्थ्य तथा जनसंख्या मञ्त्रालयको आधिकाररिक फेसबुक पेजमा पोष्ट गरी पुष्टि गरेको हो । उनीहरुको विराटनगरस्थित कोशी अस्पतालमा स्वाप परिक्षण हुँदा पोजेटिभ देखिएपछि काठमाडौं टेकु अस्पतालमा पुनः परिक्षणलाई पठाइएको थियो । पुनः परिक्षणबाट पनि पोजेटिभ देखिएपछि उनीहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । भारतबाट आएर मस्जिदमा बसेको भन्दै स्थानीयले पटक पटक प्रशासनलाई सूचना गरेपछि उनीहरुको स्वाप नमुना लिइएको थियो । जिल्ला जनस्वस्थ्य कार्यालय उदयपुरले स्वस्थ्यकर्मी र सुरक्षाकर्मीका साथ मस्जिदबाट केहीदिन अघि १२ भारतीय नागरिकसहित १६ जनाको स्वाप नमुना संकलन गरी कोशी अस्पताल विराटनगर पठाएको थियो...
भुल्के मस्जिदका संक्रमितहरुलाई उपचारका लागि आइसोलेशन लगिने

भुल्के मस्जिदका संक्रमितहरुलाई उपचारका लागि आइसोलेशन लगिने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ५ । भुल्केस्थित मस्जिदमा रहेकाहरुमा कोरोना संक्रमन भेटिएपछि उपचारका लागि आइसोलेशनमा लैजाने तयारी भइरहेको छ । पछिल्लो समय मस्जिदका १२ जनालाई संक्रमण भेटिएको खबर आएपछि आइसोलेशनमा लैजाने तयारी भएको सुरक्षा स्रोतले जनाएको छ । उनीहरुलाई विराटनगरस्थित कोरोना हस्पिटल लैजाने सुरक्षा स्रोतले जनाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु व्यक्तिगत सुरक्षा साधन लगाइ उक्त स्थानमा खटिएका छन् । उनीहरुलाई लैजान एम्बुलेन्स संकलन गरिएको छ । एम्बुलेन्समा उच्च सतर्कता अपनाउनुका साथै चालकलाई पनि व्यक्तिगत सुरक्षा साधन प्रयोग गरि पठाउने तयारी भएको हो । सुरक्षा स्रोतका अनुसार स्थानीय प्रशासनले मस्जिदलाई शिलबन्दी गरिसकेको छ । उच्च सुरक्षा र सतर्कताका साथ सुरक्षाकर्मीहरु मस्जिद र भुल्के गाउँका मानिसहरु बाहिर जान नपाउने र अन्य मानिस गाउँभित्र आउन नमिल्ने गरी सुरक्षा निगरानी राखेको छ । ...
तरकारी बजार आज पनि ठप्प

तरकारी बजार आज पनि ठप्प

समाचार
गाईघाट/बैशाख, ५ गाईघाटको मुख्य तरकारी बजार सगरमाथा तरकारी सब्जी बजार आज पनि पूर्ण रुपले ठप्प भएको छ । बिहिबार बाट सुरु गरिएको बजार आज पनि ठप्प भयो । नेपालमा कोरोना संक्रमणको संख्या दिनानु दिन बढ्दै गएपछि भिँडभाँड कम गर्न यसलाई अझै व्यवस्थित बनााउने भन्दै बजार बन्द गर्नु परेको त्रियुगा उद्योग वाणिज्य संघका प्रथप उपाध्यक्ष रमेश रसाइलीले जनाउनुभयो । उहाँले बजारमा भिँडभाँड र सामाजिक दुरीको कायम गरी संञ्चालनमा आएको भएपनि पछिल्लो समय किनबेचमा यसको पालना नभएको भन्दै तत्काल यसलाई बन्द गर्नु परेको बताउनुभयो । तरकारी बजार सधै भिँडभाँड हुन स्थान बिहिबारबाट सुन्य सुनसान मय देखिएको छ । प्रशासन, स्थानीय सरकार, सुरक्षाकर्मी, उदयपुर उद्योग बाणिज्य महासंघ लगायतका सम्बन्धित निकायले बजार अनुगमन गर्दा कुनै सुरक्षा अपनाएको नपाएपछि कोभिड–१९ को संक्रमण फैलन सक्ने भन्दै उच्च सर्तकताका साथ बजार बन्द गर्ने...
भूल्के मस्जिद शिलबन्दि

भूल्के मस्जिद शिलबन्दि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ५ गते । त्रियुगा नगरपालिका–३ भूलके स्थित मस्जिदमा रहेका ८ जनामा कोरोना भाईरसको संक्रमण देखिएको भन्ने हल्ला फैलिएपछि सुरक्षाकर्मीले मस्जिदलाई शिलबन्दि गरेको छ । साथै भूल्के गाउँ प्रवेश गर्ने नाकाहरु बन्द गरिएको छ । केहि दिन अगाडी भूल्केको मस्जिदबाट १२ जना भारतियसहित १६ जनाको स्वव नमुना संकलन गरि कोशी अस्पताल विराटनगरमा कोरोना परिक्षण गर्न पठाइएको थियो । परिक्षणबाट ८ जनाको रिर्पोट पोजेटिभ आएको भनिएको छ । तथापी यस कुरालाई सरकारले आधिकारीक पुष्टि गरेको छैन । कोशी अस्पतालमा पोजेटिभ देखिएकाहरुको रिर्पोट अन्तिम परिक्षणको लागी काठमाण्डौको टेकु अस्पताल लगीएको बुझिएको छ । पूर्वाञ्चलमै पहिलो पटक स्वव परिक्षणबाट कोरोना भाईरस संक्रमित व्यक्तिहरु फेला परेको भन्ने कुराले सवैलाई थप सर्तक बनाएको छ । सरकारले आधिकारीक पुष्टि गर्न बाँकी भएपनि केहि संचार माध्य र सामाजिक संजालहरुम...
सार्वजनिक ठाउँमा थुक्न प्रतिबन्ध

सार्वजनिक ठाउँमा थुक्न प्रतिबन्ध

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ५ गते ।  भारत सरकारले सार्वजनिक ठाउँमा थक्नु प्रतिबन्ध लगाएको छ । सार्वजनिक ठाउँमा थुक्दा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिने खतरा रहेको भन्दै भारतको गृह मन्त्रालयले प्रतिबन्ध लगाएको हो । सरकारले प्रतिबन्ध लगाउनु भन्दा पहिले नै विभिन्न शहरका नगरपालिकाहरुले कानुन बनाएर प्रतिबन्ध लगाईसकेका थिए । तर त्यो कानुन लागू हुने सकेको थिएन र मानिसहरुले गम्भीर रुपमा पनि लिएका थिएनन् । अब गृह मन्त्रालयले केन्द्रीय अधिनियम अनुसार यसमा प्रतिबन्ध लगाएको हो । कैयौँ राज्यले सार्वजनिक ठाउँमा थुक्नेलाई जरिबाना पनि तोकेको छ । मुम्बईमा केही व्यक्तिले सार्वजनिक ठाउँमा थुके एक हजार भारतीय रुपैयाँ जरिबाना तिराइने गरिएको छ । राजधानी दिल्लीमा यसको लागि दुई हजार भारु जरिबाना तोकिएको छ । भारतमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म चार सय भन्दा बढीको मृत्यु भईसकेको छ भने १३ हजारभन्दा बढ...
जिल्ला वासीहरुलाई  समन्वय प्रमुखकोे अपिल

जिल्ला वासीहरुलाई समन्वय प्रमुखकोे अपिल

समाचार
उदयपुर/बैशाख,५ जिल्ला समन्वय समितिका प्रमुख खड्ग परियारले सम्पूर्ण जिल्लावासीहरुलाई अपिल गर्नुभएको छ । विश्वमा फैलिरहेको (कोभिड–१९) कोरोना भाईरसको उच्च जोखिममा रहेका सम्पूर्ण नेपालीहरु लगाएत बिषेश गरी सबै जिल्लाबासीहरुलाई सुरक्षित रहनु हार्दिक अपिल गर्नुभएको हो । अहिले नेपाल सरकारले लगाएको लकडाउन देशवासी जनताहरुको लागि नै रहेको हुदा यसलाई धर्यधारण गरी सुरक्षित रहन उहाँले अनुरोध गर्नुभएको छ । घरमै बसेर लकडाउनको पालना गर्दै भाईरसलाई नियन्त्रण गर्न सहयोग पुराउने सम्पूर्ण क्षेत्रहरुलाई उहाँले विषेश धन्यवाद दिनुभएको छ । प्रमुख परियारले यो समय अति आवश्यक काममा मात्र बाहिर निस्कन र अन्यकाममा यसको दुरुपयोग नगरी लकडाउनको पालना गर्न सबै नागरिकहरुमा सुझाव दिनुभएको छ । उहाँले यस भाइरस रोकथाम, उपचार, सुचना र व्यवस्थापनमा लाग्नुहुने सम्पूर्ण स्थानीयतह, गाउँपालिका नगरपालिका, स्वास्थ्यकर्मी, सुरक...
कोरोनाले मनोसामाजिक समस्या बढ्दो

कोरोनाले मनोसामाजिक समस्या बढ्दो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ५ गते । कोरोना भाइरस (कोभिड १९) को कारण मानिसमा मानसिक तनाव उत्पन्न हुन थालेको एक अध्ययले देखाएको छ । कोरोना संक्रमण र त्यसपछिको उत्पन्न परिस्थितिले मानिसमा डर, त्रास, चिन्ता, उदासिन्ता र दिक्दारी बढेको ‘शेयरकास्ट इनिशियटिभ नेपाल’ले गरेको एक अध्ययनले देखाएको हो । अध्ययनमा समेटिएका १५ सय सात जनामध्ये ४२ प्रतिशतलाई कम्तीमा एउटा र २६ प्रतिशतलाई दुई वा त्योभन्दा बढी मनोसामाजिक समस्या रहेको पाइएको थियो । त्यस्तै २० प्रतिशतले बेचैनी भएको बताए पनि अरुमा भने डर, चिन्ता र उदासिनता बढेको पाइएको छ । तर यसबीचमा सरकारले गरेको प्रयासप्रति भने सन्तुष्ट रहेको अध्ययनले देखाएको छ । बढ्दो मानसिक समस्या तनाव कम गर्न समूहमा बस्ने, मनमा लागेका कुरा अरुसँग साट्ने, तालिका बनाएर काम गर्ने, सिर्जनात्मक कुरामा ध्यान दिने, योग गर्ने, व्यायाम गर्ने, खेल्ने, पढ्ने, आफूलाई मन लागेको कुर...
जिल्लामा लकडाउन प्रभावकारीता देखिएको छ : प्रमुख जिल्ला अधिकारी

जिल्लामा लकडाउन प्रभावकारीता देखिएको छ : प्रमुख जिल्ला अधिकारी

समाचार
उदयपुर/बैशाख, ५ जिल्ला प्रशासन कार्यलय उदयपुरले जिल्लामा लक डाउनको प्रभावकारीता देखिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले चरबद्ध रुपमा थप हुदै आएको लकडाउनको प्रभावकारी पनि त्यसरीनै बढ्दै गएको बताउनुभयो । पहाडीले पहिले जनताहरुले यसको पालनामा उत्ति चासो नदेखाएपनि विश्वमा संक्रमण कोरोनाको अवस्था र नेपालको स्थितिलाई नियालेर यसको पालनामा नागरिकहरुले औचित्यता देखाएको बताउनुभयो । धेरै जसो नागरिकहरुले कोरोनालाई गम्भिर रुपले लिएर सतर्कतामा रहेकाले पनि लकडाउनको प्रभावकारीमा प्रशासनलाई सहज भएको उहाँले बताउनुभयो । उहाँले २१ औँ शताव्तीको मानिसहरु आफैमा सचेत हुनकाकारण पनि यसको प्रभाव बढेको उहाँको बुझाई छ । पहाडीले नागरिकहरुले लकडाउन थप हुदै जादा कष्ठ जिन्दागीको सामना गर्दै भएपनि यसको पालना गर्दै आएको बताउनुभयो । उहाँले देशमा रहेका सबै क्षेत्रका सम्बन्धित निकायहरु राजनिति दल...
दार्चुलामा कालाजारका बिरामी फेला

दार्चुलामा कालाजारका बिरामी फेला

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ५ गते । दार्चुलामा कालजारका बिरामी फेला परेको छ । बिहीबार दार्चुला अस्पतालमा उपचारका लागि आएका मालिकार्जुनका एक जनामा कालाजार भएको फेला परेको हो । लामो समयदेखि ज्वरोले सिकिस्त देखिएका ५० वर्षीय पुरुषमा कालाजार भेटिएको जिल्ला अस्पतालले जनाएको छ । उनलाई थप उपचारका लागि सुदूरपश्चिम प्रादेशिक अस्पताल धनगढी सिफारिस गरिएको अस्पतालले जनाएको छ । मलेरिया, कालाजारजस्ता ज्यानै जोखिममा पार्ने रोगहरुको सङ्क्रमण हिमाली जिल्ला दार्चुलामा समेत देखापरेको छ । जलवायु परिवर्तनका कारण जीवजन्तु, जीवाणु र परजिवीहरुले समेत बसाइँसराइ गर्न थालेपछि पहाडमा कालाजारका बिरामी भेटिन थालेको छ । तराईका जिल्लामा पाइने लामखुट्टे, भुसुनाजस्ता परजिवीको बिगबिगी पछिल्लो समय पहाडी जिल्लामा समेत बढ्दै गएको छ । दार्चुलामा विसं २०७५ मा चार जना कालाजारका बिरामी भेटिएका थिए । यसअघि कालाजारका कारण एक ज...