Tuesday, July 7News That Matters

Month: ६ वर्ष अगाडि

भूल्केमा ६० स्थानीय, ५ सुरक्षाकमी र ४ स्वास्थ्यकर्मीको स्वव नमुना संकलन

भूल्केमा ६० स्थानीय, ५ सुरक्षाकमी र ४ स्वास्थ्यकर्मीको स्वव नमुना संकलन

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ६ गते । भुल्के स्थित मस्जिदमा १२ जना कोरोना संक्रमित पुष्टि भएप्छि लक गरि राखेको उक्त गाउँका ६० जना स्थानीयसहित ६९ जानको स्वव नमुना संकलन गरिएको छ । १ नं प्रदेश सरकारले खटाएको स्वास्थ्यकर्मी टोलीले स्वव नमुना संकलन गरेको हो । संक्रमितहरुसँग सम्पर्कमा आएकाहरुलाई पहिलो चरणमा स्वव नमुना लिएको जन स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो । उक्त नमुनाको परिक्षण पस्चात रिर्पोटको आधारमा थप कदम चालिने उहाँले बताउनुभयो । स्थानियबासीलाई सामाजिक दुरी कायम गर्दै व्यावस्थित रुपबाट चौरमा लाईन लगाईएको थियो । पालै पालो सवैको स्वव नमुना लिएको थियो । संकलनमा खटेका ५ जना सुरक्षाकर्मी र ४ जना स्वास्थ्यकर्मीको पनि स्वव संकलन गरिएको थियो ।...
भारतमा कोरोना संक्रमितको संख्या १४ हजार नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या १४ हजार नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ६ गते ।  भारतमा १४ हजार भन्दा बढी कोरोना भाईरस (कोभिड–१९)को संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका नौ सय ९१ नयाँ सक्रमितहरु थपिएपछि १४ हजार तीन सय ७८ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाइएको छ । भारतमा देखिएका यी संक्रमितहरु मध्ये एक हजार नौ ९२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । आहिलेसम्म  ११ हजार नौ सय छ जना कोरोनाका सङ्क्रमित बिरामी अस्पतालमा उपचार गराईरहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टायता भारतमा ४३ जनाको मृत्यु भएको छ । उक्त संख्यासँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार ८० पुगेको मन्त्रालयले जनाएको छ ।...
प्रदेश स्वास्थ्यकर्मीको टोली उदयपुरमा

प्रदेश स्वास्थ्यकर्मीको टोली उदयपुरमा

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ६ गते । त्रियुगा नगरपालिका–३ भूल्के स्थित मस्जिदका १२ जनामा कोरोना पुष्टि भएपछि चेकजाँचका लागी प्रदेशबाट स्वास्थ्यकर्मीको टोली उदयपुर आईपुगेको छ । ठूलो संख्यामा कोरोना संक्रमित फेला परेपछि गाउँमा स्वास्थ्य परिक्षणको लागी १ न. प्रदेश सरकारले स्वास्थ्यकर्मी पठाएको हो । प्रदेशमै पहिलो पटक त्यो पनि ठूलो संख्यामा कोरोना संक्रमित पुष्टि भएको हो । कोरोना संक्रमितहरुलाई गतराती नै कोशी अस्पताल लगिएको थियो । गाउँलाई सुरक्षा घेरा भित्र राखिएको छ । गाउँलेको स्वास्थ्य चेकजाँचको लागी प्रदेश सरकारले स्वास्थ्यकर्मी पठाएको हो ।...
कोरोना संक्रमित युवती उपचारपछि निको भए

कोरोना संक्रमित युवती उपचारपछि निको भए

समाचार, स्वास्थ्य
पूर्णपुष्ट, बैशाख ६ गते ।  विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) सङ्क्रमित दोस्रो व्यक्ति उपचारपछि निको भएरको छ । काठमाण्डौको शहीद शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा २७ दिनसम्म उपचार गरी स्वस्थ भएर एक युवती शनिबार घर फर्किएकी अस्पतालले जनाएको छ । गत चैत १० गते कोरोना सङ्क्रमण पोजेटिभ देखिएकी उनलाई आज अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । डिस्चार्जपछि उनले उपचारमा संलग्न डाक्टर तथा स्वास्थ्यकर्मीलाई धन्यवाद दिएकी छिन् । काठमाण्डौ घर भएकी उनी गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाण्डौ आएकी थिइन् । गत चैत ९ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । त्यस्तै टेकु अस्पतालमा उपचार गराइरहेका अर्का एक जना कोरोना सङ्क्रमितको पनि स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतलले जनाएको छ । यसअघि पहिलो सङ्क्रमित पनि उपचारपछि निको भएर फर्किसकेका छन् । कोरो...
आफन्तको घरमा ६ जना भारतिय नागरिक

आफन्तको घरमा ६ जना भारतिय नागरिक

समाचार
पूर्णपुष्टि, बैशाख ६ गते ।  उदयपुरको चौदण्डिगढी नगरपालिका–५ सिवाईमा एक स्थानियको घरमा पाहुनाको रुपमा छ जना भारतिय नागरिक बसिरहेका छन् । सिवाईमा रहेको भाईको छोरिको विवाहका लागी मुस्लिम समुदायका छ जना भारतिय नागरिक नेपाल आएको जनाईएको छ । अहिले उनीहरुलाई नगरपालिकाको विशेष निगरानीमा राखिएको छ । भतिजिनीको विवाहका लागी आएका श्रीमान, श्रीमति र बालबच्चासहित छ जना लकडाउनले भारत फर्कन नपाएको जनाइएको छ । कोरोनाको भाईरस संक्रमणको लक्षण देखा परेको छैन । प्रदेशबाट आएका स्वास्थ्यकर्मीको टोलीले उनीहरुको चेकजाँच र कोरोना स्वव नमुना संकलन गर्ने आईतबार गर्ने चौनपाका मेयर खगेन्द्र राईले बताए । सप्तरीको नाँकामा हेल्फडेक्स राखेर दैनिक स्थानीय लगायतका आवतजावत गरिरहनेलाई चेकजाँच गरिरहेको जनाइएको छ ।...
स्थानियद्धारा सवै सडक बन्द

स्थानियद्धारा सवै सडक बन्द

समाचार
पूर्णपुष्टि, बैशाख ६ गते । सदरमुकाम गाईघाटका भित्रि सडकहरु बन्द गरिएको छ । त्रियुगा नगरपालिका–३ भूल्के स्थिति मस्जिदमा रहेका १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि स्थानियबासीहरुले टोल–टोलको सडक बन्द गरेका ह्न् । मस्जिदमा रहेको १२ जना भारतियसहित १६ जना मध्ये १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि स्थानिय आफैले टोलका सडकहरु पूर्णरुपमा बन्द गरेको हो । यातायात र मान्छेसम्म टोलामा प्रवेश गर्न नदिनका लागी टोलबासीहरुले बाँस, भाटा बाँधेर पूर्ण रुपमा सडक बन्द गरेको छ । आँगनमै खताराको घण्टी बजेको भन्दै स्थानीयहरुले आवतजावतमा पूर्ण बन्द गरेको जनाएका छन् । हिजोसम्म केहि सवारी साधन र मान्छे आवतजावत गरेपनि आज बजार सुनसार हरेको स्थानीयहरुले बताएका छन् । सदरमुकाम नजिकै रहेको मस्जिदको  १२ जनामा कोरोना पोजेटिभ देखिएपछि मानिसहरु आफै सर्तक हुदै लकडाउनको पूर्ण पालना गरेका छन् । हिजो भन्दा आज बजारमा मा...
केही दिन चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना

केही दिन चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना

समाचार
पूर्णपुष्टि, बैशाख ६ गते ।  अझै केहि दिन देशका केहि ठाउँमा चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगालको खाडीबाट नेपालको पश्चिमी क्षेत्र हुँदै प्रवेश गरेको पश्चिमी वायु र प्रि–मनसुन सक्रिय भएकाले अझै दुई, तीन दिन देशको धैरैजसो ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रायः अपरान्हपछि मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुने सम्भावना रहेको जनाईएको छ । उपत्यकासहित देशभरको पहाडी क्षेत्रमा केही दिनदेखि नियमितजसो वर्षा भइरहेको छ ।...
यूरोपेली कूटनीतिज्ञको डब्लूएचओलाई समर्थन

यूरोपेली कूटनीतिज्ञको डब्लूएचओलाई समर्थन

समाचार, संसार
पूर्णपुष्टि, बैशाख ६ गते । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)लाई यूरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोर्रेलले आफूहरूको बलियो समर्थन रहेको बताएका छन् । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेसससँग बिहीबार भएको टेलिफोन कुराकानीका क्रममा बोर्रेलले डब्लूएचओलाई समर्थन रहेको जानकारी दिएको थियो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरस विरुद्धको लडाईंमा डब्लूएचओलाई यो बेला साथ दिनुपर्ने आवश्यकतामा यूरोपेली संघका अन्य उच्च अधिकारीहरूले पनि जोड दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको मङ्गलबार डब्लूएचओलाई दिँदै आएको सहयोगमा आधा कटौति गर्ने घोषणा गरेको थियो । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि डब्लूएचओले प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लगाउँदै सहयोग रकम कटौतिको घोषणा गरेकोे थियो । त्यसको जवाफमा डब्लुएचओका महानिर्देशक गेब्रेससले महामारीका ब...
उच्च सुरक्षा घेरा भित्र भूल्के

उच्च सुरक्षा घेरा भित्र भूल्के

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ६ गते । आज विहानै देखि त्रियुगा नगरपालिका–३ स्थित भूल्के गाउँलाई उच्च सुरक्षा घेरा भत्र राखिएको छ । सोही मस्जिदमा रहेको १२ भारतियसहित १६ जनाको कोरोना परिक्षणमा १२ जनाको रिर्पोट पोजेटिभ आएपछि गाउँलाई सुरक्षा घेरा भित्र राखिएको हो । उनीहरुको गत मंगलबार स्वव नमुना संकलन गरी परिक्षणका लागी कोशी अस्पताल विराटनगर पठाएको थियो । परिक्षणबाट हिजो आएको रिर्पोटमा १२ जनामा कोरोना भाईरस पोजेटिभ देखिएपछि उच्च सर्तकता अपनाउँदै अहिले गाउँलाई सुरक्षा घेरा भित्र राखेको सुरक्षा श्रोतले जनाएको छ । उक्त गाउँ प्रवेश र आवतजावतमा प्रर्ण रोक लगाईएको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले गाउँलाई सुरक्षा घेरा भित्र राखेको छ । गाउँका सवैको स्वास्थ्य परिक्षण गरिने सुरक्षा श्रोतले जनाएको छ ।...
प्रदेश १ को पहिलो घटना, उदयपुरमा १२ संक्रमित फेला, देशभर ३० पुग्याे

प्रदेश १ को पहिलो घटना, उदयपुरमा १२ संक्रमित फेला, देशभर ३० पुग्याे

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ५ । १ नं. प्रदेशमा पहिलो पटक आज १२ जना र चितवन जिल्लामा २ जना कोरोना भाइरस संक्रमित भेटिएपछि नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । १ नं. प्रदेशको उदयपुर जिल्लामा भेटिएको १२ जना त्रियुगा नगरपालिका ३ भुल्के गाउँको मस्जिदमा बसेका मानिस हुन् । उक्त मस्जिदबाट १२ भारतीय नागरिकसहित १६ जनाको स्वाप नमुना लिइ परिक्षण गरिएको थियो । कोशी अस्पताल विराटनगरमा गरिएको स्वाप परिक्षणबाट पोजेटिभ देखिएपछि पुन परिक्षणका लागि काठमाडौं स्थित टेकु अस्पतालमा लगिदा पनि पोजेटिभ नै देखिएको थियो । सरकारले आधिकारिक पुष्टि गरेसंगै उदयपुर जिल्लामा पहिलो पटक मात्र नभई प्रदेश १ मै पहिलो पटक कोरोना संक्रमित भेटिएको घटना भएको छ । उता चितवन जिल्लामा आजै २ जनाको कोरोना पोजेटिभ भेटिएको सरकारले जनाएको छ । यसअघि १६ जना भेटिसकिएका थिए । जसमध्ये एकजना निको भएर घर फर्किएका थिए । आजको घटनासंगै न...