Tuesday, July 7News That Matters

Month: ६ वर्ष अगाडि

लकडाउनको उलंघन गर्दै माछामार्नेहरुलाई सशस्त्र प्रहरीले खेदायो

लकडाउनको उलंघन गर्दै माछामार्नेहरुलाई सशस्त्र प्रहरीले खेदायो

Breaking News 1
गाईघाट/बैशाख, ७ लकडाउनको उलघंन गर्दै खोलामा माछा मार्नेहरुलाइ सशस्त्र प्रहरीले लखेटेको छ । अहिले हिड्डुल नगर्न र धेरै जम्मा नहुन भनिएको अवस्थामा पनि स्थानीयहरु खोलाको छेउछाउमा भेला जम्मा हुने माछा मार्ने र पौडी खेल्ने गरेको पाइएको भन्दै त्यस्ताहरुलाई प्रहरीले निगरानी राखेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बजार भन्दा बाहिरको क्षेत्रमा रहेको स्थानीयहरु बाहिर डुल्ने र खोलामा जम्मा भइ माछा मार्ने पौडी खेल्नेहरुलाई सुझाव दिदै हिडेको छ । त्रियुगा नगरपालिका १२ बोटेटोल आसपासका स्थानीयहरु जम्मा भएर माछामार्ने गरेको पाइएपछि तत्काल टोलीले त्याहाँबाट खेदाएको थियो । भिँडभाँड, र हिड्डुल बन्द गर्न भनिएपनि भित्रि गाउँका स्थानीयहरु आँखा छली यस्ता क्रियाकलापमा लाग्ने भएको भन्दै बरुवा खोला त्रियुगा खोलाहरुमा निगरानी बढाइएको छ ।  ...
आज भूल्केमा सेनाको स्वास्थ्यकर्मी टोलीले स्वव नमुना संकलन गर्ने

आज भूल्केमा सेनाको स्वास्थ्यकर्मी टोलीले स्वव नमुना संकलन गर्ने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ७ गते  ।  नेपाली सेनाका स्वास्थ्यकर्मी टोलीले आज भुल्केमा बाँकी रहेका स्थानीयबासीको स्वव नुमना संकलन गर्ने भएको छ । प्रदेश १ का स्वास्थ्यकर्मी टोलीले स्वव नमुना संकलन गरेर बाँकी रहेका स्थानीयबासीहरुको नेपाली सेनाका स्वास्थ्यकर्मी टोलीले स्वव नमुना संकलन गर्ने भएको हो । ठूलो संख्यामा कोरोना संक्रमण पुष्टि भएपछि उच्च सर्तकताका साथ स्वव नुमना संकलन गर्नका लागी काठमाण्डौबाट नेपाली सेनाका स्वास्थ्यकर्मी टोली केहि समयमा आईपुग्ने एक सुरक्षा अधिकारीले जनाईएको छ । गत शुक्रबार भुल्के मस्जिदका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै थप एक जनामा हिजो कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार १ नं प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मीको टोलीले ६० जना स्थानीयबासीहरुको स्वव नमुना संकलन गरेको थियो ।...
गाँजासहित २ जना पक्राउ

गाँजासहित २ जना पक्राउ

समाचार
मोरङ, बैशाख ७ गते । मोरङबाट लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । केराबारी गाउँपालिका–८ तोरीबारीबाट प्रमोद मिल्लक र विष्णु लिम्बु पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय बेलबारी र ईप्रका केराबारीबाट खटेका प्रहरी गस्ति टोलीले शंका लागेर चेकजाँच गर्दा केराबारी गापा–१० निबासी १९ वर्षीय मल्लिक र ४१ वषीय लिम्बुको साथबाट एक केजी आठ सय ५० ग्रम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान भईरहेको ईप्रका केराबारीले जनाएको छ ।...
सामाजिक सञ्जालबाट अफवाह फैलाएको अभियोगमा १ जना पक्राउ

सामाजिक सञ्जालबाट अफवाह फैलाएको अभियोगमा १ जना पक्राउ

समाचार
ईलाम,  वैशाख ७ गते सामाजिक सञ्जाल फेसबुक मार्फत अफवाह फैलाएको अभियोगमा एक जना पक्राउ परेको छ । ईलाम फाकफोकथुम गाउँपालिका–७ निबासी २४ बर्षीय सन्दिप योङहाङ लिम्बुलाई शनिवार बिहान सवा ८ बजे पक्राउ गरिएको हो । लिम्बुले आफ्नो फेसबुक स्टाटसमा ईलामको बिब्ल्याटेमा एक जनामा कोरोना संक्रमण भेटियो भनि तथ्यहिन र  भ्रामक प्रचार गरी अफवाह फैलाई जनमानसमा डर त्रास फैलाउने काम गरेको पाईएपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।...
शनिबार लकडाउनको अवज्ञा गर्ने शुन्य

शनिबार लकडाउनको अवज्ञा गर्ने शुन्य

समाचार
पूर्णपुष्टि, बैशाख ७ गते ।  उदयपुरको सदरमुकाम गाईघाटमा लकडाउनको २६ औँ दिन कसैले लकडाउनको अवज्ञा गरेको पाईएको छैन । लकडाउन सुरु भएपछि दैनिक रुपमा कलडाउनको अवज्ञा गर्नेलाई प्रहरीले कारबाहि गर्दै आएपनि शनिबार कसैलाई कारबाही गर्नु नपरेको प्रहरीले जनाएको हो । भुल्के स्थित मस्जिदमा रहेको १२ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि सर्वसाधरण आफै सतर्क हुदै लकडाउनको पालना गरेको पाईएको छ । लकडाउनको पालना गर्दै घरमा बस्नु पर्नेमा लकडाउन उल्ङ्घन गरी बजारमा अनावश्यक हिडडुल गर्नेलाई प्रहरीले कारबाही गर्दै आएको थियो । तर भुल्केमा कोरोना संक्रमित पुष्टि भएपछि सर्वसाधरण आफै सतर्क हुदै बजारमा अनावश्यक हिड्डुल नगरेकाले कसैलाई कुनै प्रकारको कारबाही गर्न नपरेको प्रहरीले जनाएको छ । सुरक्षाकर्मी तैनाथ खटाईएको छ ।...
चालकले पेट्रोलमा पानी मिसाएको पुष्टि

चालकले पेट्रोलमा पानी मिसाएको पुष्टि

समाचार
पूर्णपुष्टि, बैशाख ७ गते । ट्याङ्कर चालकले पेट्रोलमा पानी मिसाएको खुल्न आएको छ । नेपाल आयल निगमको थानकोट डिपोबाट बसुन्धरामा रहेको महालक्ष्मी फ्युल सेन्टरले खरिद गरेको पेट्रोलमा ट्याङ्कर चालकले नै पानी मिसाएको खुलेको हो । शुक्रबार पम्पले थानकोट डिपोबाट उठाएको आठ हजार लिटर पेट्रोलमा ना ४ ख ३१५६ नम्बरको टयाङ्करको चालकले  पानी मिसाएको पुष्टि भएको निगमले जनाएको छ । शनिबार बिहान पेट्रोल बिक्री गर्नु अगाडि गुणस्तर जाँच गर्दा पानी मिसाएको पाईएको पेट्रोल पम्पले जनाएको छ । पेट्रोलमा पानी मिसाएको देखिएपछि पम्पले थानकोटको डिपोलाई खबर गरेको थियो । पेट्रोलमा पानी देखिएपछि विक्रि वितरण बन्द गरिएको छ । घटनाको बारेमा निगम र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रतिनिधिले छानबिन गर्दा टयाङ्कर चालकले नै पानी मिसाएको पुष्टि भएको निगमले जनाएको हो । टयाङ्कर चालकलाई कानुन बमोजिम कारबाहीको प...
भुल्के आज पनि उच्च सतर्कता र सुरक्षाको निगरानीमा

भुल्के आज पनि उच्च सतर्कता र सुरक्षाको निगरानीमा

समाचार
उदयपुर,बैशाख,७ त्रियुगा नगरपालिका वडा नं ३ भुल्केमा एकै साथ १२ जना कोरोना संक्रमित फेला परेपछि त्यस ठाउँलाइ तत्काल सिल्ड गरियो । उच्च सतर्कता र सुरक्षाको निगरानीमा रहेको भुल्केलाई आज पनि सोही अवस्थामा तिव्रता दिएको छ । भुल्केको मस्जितमा रहेको १२ जना भारतियहरुमा संक्रमाण पुष्टि भएपछि अहिले भुल्के अत्ति जोखिम स्थान बन्न पुगेको हो । १ नं प्रदेशको पहिलो र नेपालकै ठुलो संख्यामा संत्रमित व्यक्तिहरु फेला परेपछि अहिले उदयपुर देशैभरी निगरानी र चासोको घेरामा छ । हिजो मात्रै मस्जित आसपासमा रहेका अन्य ६० जना व्यक्तिहरुको पनि स्वाव टेस्ट गरी विराटनगर पाठाइएको छ । साथै सँगै टेस्टमा खटिएका ५ जना सुरक्षाकर्मी, र ४ जना स्वास्थ्यकर्मी गरी जम्मा ६९ जनाको स्वाव विराटनगर पाठइएको जनस्वास्थ्य कार्यलय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो । सुरक्षा र सतर्कताको बाटो अपनाउने भन्दै त्रियुगा नगरमा क्याम सं...
विश्वमा कोभिड–१९ को २३ लाखभन्दा बढी संक्रमित

विश्वमा कोभिड–१९ को २३ लाखभन्दा बढी संक्रमित

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ७ गते । विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरस (कोभिड–१९) बाट विश्वमा २३ लाख भन्दा बढी संक्रमित भएका छन् । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा २३ लाख २५ हजार तीन सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको हो । उक्तसंक्रमित मध्ये पाँच लाख ९६ हजार भन्दा बढी निको भएका छन् भने एक लाख ६० हजार जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वका विभिन्न देशमा ६ हजार तीन सय तीन जनाको मृत्यु भएको छ । ७६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । एकैदिन १७ सयभन्दा बढीको मृत्यु भएसँगै अमेरिकामा मात्रै मृत्यु हुनेको संख्या करिब ३९ हजार पुगेको छ भने सात लाख ३७ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । त्यस्तै इटलीमा २३ हजारभन्दा बढी, स्पेनमा २० हजारभन्दा बढी, फ्रान्समा १९ हजारभन्दा बढी, बेलायतमा १५ हजारभन्दा बढीको मृत्यु भईसकेको छ । त्यस्तै भा...
भुल्केमा थपियाे अर्का एकजना काेराेना संक्रमित

भुल्केमा थपियाे अर्का एकजना काेराेना संक्रमित

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ६ । कोरोना भाइरस संक्रमित हुनेमा भुल्केका थप एकजना थपिएको छ । आज सरकारले एकजना पुष्टि गरेको संक्रमित भुल्केका बाँकी चारजना मध्येको एक रहेको जिल्ला जनस्वस्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो । नागरिकको स्वाप परिक्षण गरिएकोमा हिजो १२ जनाको पोजेटिभ भएको पुष्टि भएको थियो भने अर्का एकजनाको आज पुष्टि भएको हो । नेपाल जनसंख्या तथा स्वस्थ्य मन्त्रालयले आज एकजना ६५ वर्षिय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि गरेको छ । केही दिन १६ मा सिमित कोरोना भाइरसका विरामीको संख्या एक्कासी हिजो र आजमै ३१ पुगेको हो । हिजो चितवनमा २ र उदयपुरमा १२ जना भेटिएपछि संख्याले फड्को मारेको हो । जसमध्ये दुईजना निको भएर घर फर्केको सरकारले जनाएको छ ।...
कोरोना संक्रमित रानी हुदै नेपाल प्रवेश

कोरोना संक्रमित रानी हुदै नेपाल प्रवेश

समाचार, संसार
उदयपुर, बैशाख ६ गते । त्रियुगा नगरपालिका–३ भुल्के स्थित मस्जिदमा कोरोना संक्रमण पुष्टि भएका भारतिय नागरिकहरु रानीभन्साबाट नेपाल प्रवेश गरेको देखिएको छ । उनीहरुको ट्राभल्स हिस्ट्री अनुसार गत डिसेम्बर १० तारिखको दिन मोरङको रानी भन्सा हुदै नेपाल प्रवेश गरेको देखाएको हो । रानी भन्सारबाट नेपाल प्रवेश गरे पस्चत मोरङ, सुनसरीको विभिन्न मस्जिदहरु हुदै फागुन ३ देखि ५ गतेसम्म सप्तरीको वोदेबर्साइनमा लागेको नेपाल इज्तिमा सहभागी हुँदै फागुन २५ गते सप्तरीको फत्तेपुर, चौदण्डीगढी नगरपालिका–५ सिवाईमा चैत्र २९ गते त्यसपछि मोथियाही हुँदै त्रियुगा नगरपालिका–३ भुल्के स्थिती मस्जिद चैत्र ५ गते आई पुगेको एक सुरक्षा अधिकारीले बताए । गत चैत्र १४ गते जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, प्रहरी र वडाध्यक्ष लगायतका टोलीले मस्जिदको अनुगमन गर्दा मस्जिदमा ८ भारतीय र ४ नेपाली फेला परेको थियो । मस्जिदको अनुगमन गरे...