Tuesday, July 7News That Matters

Month: ६ वर्ष अगाडि

पम्पप्लेट बाट कोरोना सम्बन्धि चेतना फैलाउँदै ट्राफिक प्रहरी

पम्पप्लेट बाट कोरोना सम्बन्धि चेतना फैलाउँदै ट्राफिक प्रहरी

Breaking News 1
गाईघाट/बैशाख, ७ जिल्ला ट्राफिक कार्यलय उदयपुरले लकडाउनको पूर्ण पालनालाई सहयोग पुराउन पम्प्लेट मार्फत पनि जनताहरुलाई सचेत गराइरहेको छ । विश्वमा फैलिरहेको कोरोना भाइरसको नियन्त्रणमा अहिले आआफ्नै तहबाट चेतनाको विकास गराइ यसको नियन्त्रणमा सफल हुन सबै पक्षहरुको उत्तिकै भुमिका छ । जनताहरुले केहि गर्नु पर्दैना मात्र घर भित्र वसे यसको पूर्ण पालना हुने भन्दै ट्राफिक कार्यलयले यस्तो कार्य सुरु गरेको हो । लकडाउनमा पनि सर्वसाधरणहरु हिँडडुल गर्ने भिँडभाँड गर्ने र लापर्वाहि गर्ने देखिएपछि प्रहरीले मौखिक रुपमा सम्झाइ बुझाई गर्दा समेत यसको पालना नभएको भन्दै लिखित रुपमै जनताहरु सामु यसको प्रचार फैलाउने कार्य भइरहेको जिल्ला ट्राफिक कार्यलय उदयपुरका इन्चार्ज होम प्रसाद खनाल बताउनुभयो । जनताहरुलाई भनेर नभएपछि पढेर पढाएर अनुभव सहित सचेत गराई लकडाउनको पूर्ण पालनामा सहयोग पुराउन ट्राफिक प्रहरीले यो अभिय...
१ नं प्रदेश मुख्यमन्त्रि शेरधन राईको सम्बोधन

१ नं प्रदेश मुख्यमन्त्रि शेरधन राईको सम्बोधन

बिचार
आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु, नमस्कार हामीहरु अहिले कोरोना भाइरस (कोभिड—१९) विरुद्धको संघर्षमा छौं । यो भाइरस रोकथाम, नियन्त्रण र  जनताको जीवन रक्षाका लागि देश लकडाउन भएको पनि आज २७ दिन भएको छ । यति लामो अबधिसम्म तपाईहरुले कायम गरिरहनु भएको  धैर्यतालाई हार्दिक सम्मान व्यक्त गर्दै बाँकी दिनहरुमा पनि यस्तै धैर्यताको अपेक्षा गर्दछु । अहिले हाम्रो प्रदेशबाटै पोलिमरेज चेन रियाक्सन एऋच् प्रविधिबाट दुई ठाउँ द्यएप्क्ष्ज्क् र कोशी अस्पतालबाट कोरोना परीक्षण भइरहेको छ । आजसम्म ३ सय ८७ जनाको परीक्षण भइसकेको छ । त्यस्तै द्रुत परीक्षण विधि र्यापिट डाइग्नोष्टिक टेस्ट च्म्त् बाट पनि द्रुत गतिमा परीक्षण भइरहेको यहाँहरुलाई जानकारी गराउँदछु । आरडिटी प्रविधिबाट अहिलेसम्म हाम्रो प्रदेशमा दुई हजार ८१ जनाको परीक्षण गरिएको छ । उपलब्ध अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु सबै ठाउँ पठाइएको छ । यसरी हामी अ...
भुल्केमा थप १ सय ५० जना स्थानीयको स्वाप नमुना संकलन

भुल्केमा थप १ सय ५० जना स्थानीयको स्वाप नमुना संकलन

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ७ गते । भुल्केमा नेपाली सेनाको स्वास्थ्यकर्मी टोलीले आज थप एक सय ५० जा स्थानीयको स्वाप नमुना संकलन गरेको छ । १३ जना कोरोना संक्रमित फेला परेपछि भुल्केलाई गम्भिर क्षेत्रको रुपमा लिइदै सरकारकै तर्फबाट खटाईएका नेपाली सेनाको स्वास्थ्यकर्मी टोलीले एक सय ५० जनाको स्वाप संकलन गरेको हो । दुई सय ५० जनाको स्वाप नमुना संकलन गर्ने लक्ष्यका साथ आएका नेपाली सेनाका स्वास्थ्यकर्मी टोलीले आज संकलन गर्न बाँकी रहेकाहरुको भोली स्वाप नमुना संलकन गर्ने सुरक्षा अधिकारीले जनाएको छ । भुल्के स्थित नेपाली सेनाको १८ नं. वाहीनीका बाहिनीपति कृष्णप्रसाद सापकोटाका अनुसार स्वास्थ्यकर्मी टोलीले साँझसम्म संकलन कार्य गरिरहेको छ । स्थानीयलाई चौरीमा लाईन राखेर पालैपालो स्वाप नमुना संकलन गरिएको छ । मस्जिदमा बसेका १२ भारतीय मुस्लिम समुदायका मानिस र चार नेपाली मुस्लिम समुदायका मानिस गरी १६ जनाको ...
महासंघद्धारा हेल्प डेक्स संचालन

महासंघद्धारा हेल्प डेक्स संचालन

समाचार
पूर्णपुष्टि, बैशाख ७ गते । त्रियुगा नगरपालिका–६ माटिखोप सुनौलो टोल बोजेमा नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरले हेल्प डेक्स संचालन गरेको छ । जिल्ला कोरोना भाईरस (कोभिड–१९) को संक्रमण फैलिन थालेपछि स्थानीय युवाहरुको सहकार्यमा महासंघले कोरोना रोकथाम तथा सचेतना अभियाना आयोजना गरी हेल्प डेक्स संचालन गरेकोे हो । “स्वास्थ्यमा ध्यान दिऔं, कोरोना सक्रमण बाट बचौँ” भन्ने मुल नाराका साथ हेल्प डेक्स संचालन गरेको महासंघले जनाएको छ । अभियानमा स्थानियलाई स्वास्थ्य सम्बन्धी काउन्सिलिङ, अनावश्यक आबत जावतलाई रोकावट, अपरिचित ब्यक्तिलाइ गाउँ प्रबेशमा रोक, अत्यावश्यक कामका लागि जाँदा आउँदा पनि स्पष्ट कामको बिबरण खुलाउनु पर्ने लगायत सामाजिक दुरि बढाउने विषयमा हेल्प डेक्सबाट सचेतना गर्दै आएको महासंघले जनाएको छ ।...
क्वारेन्टाईनमा बसेका ११ जनाको आरडिटी रिर्पोट नेगेटिभ

क्वारेन्टाईनमा बसेका ११ जनाको आरडिटी रिर्पोट नेगेटिभ

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ७ गते । लिम्चुङ्बुङ गाउँपालिकाको क्वारेन्टाईनमा राखिएको ११ जनाको ¥यापिटड डायग्नोष्टिक टेष्ट (आरडिटी) परिक्षण रिर्पोट नेगेटिभ आएको छ । पालिकाको केन्द्र बाराहामा स्थापना गरिएको क्वारेन्टाईनमा राखिएका  ११ जनाको आरडिटी परिक्षण्को रिर्पोट नेगेटिभ आएको हो । क्वारेन्टाईनमा बसेका ७ पुरुष र ४ महिला गरी ११ जनाको आरडिटी रिर्पोट नेगेटिभ आएको पालिकाले जनाएको छ  ।...
पौडी खेल्न गएका २ जना दहमा मृत फेला

पौडी खेल्न गएका २ जना दहमा मृत फेला

समाचार
तेह्रथुम, बैशाख ७ गते । तेह्रथुमको तेलिया खोलाको दहमा दुई जना बालबालिका मृत अवस्थामा फेला परेका छन् । छथर गाउँपालिका–२ निबासी रेवन्त बिकको १० बर्षीय छोरा सरोज बिक र उनको भान्जी १० बर्षीया ऐलिना बिक तेलिया खोलाको दहमा मृत फेला परेका हुन् । घरबाट शनिवार दिउँसो बालबालिका छथर गाउँपालिका–२ र धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ मा पर्ने खोलाको कानगुदी दोभानमा पौडी खेल्न गएको प्रहरीले जनाएको छ । पौडी खेल्ने क्रममा बेपत्ता भएपछि प्रहरी टोली र स्थानीयवासी समेतको सहयोगमा खोजतलास गर्ने क्रममा आज बिहान साँढे ११ बजे सोही दह भित्र ढुङगाले थिचिएको अवस्थामा दुवै जनाको शव फेला पारेको प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट अनुसन्धान अधिकृत सहितको टोली खटेको छ भने घटनाको थप अनुसन्धान भईरहेको जिप्रका तेह्रथुमले जनाएको छ ।...
भुल्केमा सेनाको स्वास्थ्यकर्मी टोलीले थाल्यो स्वाप नमुना संकलन, फोटो फिचरसहित

भुल्केमा सेनाको स्वास्थ्यकर्मी टोलीले थाल्यो स्वाप नमुना संकलन, फोटो फिचरसहित

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ७ गते  ।  भुल्केमा नेपाली सेनाका स्वास्थ्यकर्मी टोलीले स्वाप नमुना संकलन सुरु गरेको छ । काठमाण्डौबाट सेनाका स्वास्थ्यकर्मी टोली हेलिकप्टरमा दिउसो भुल्के आईपुगको थियो । खुल्ला चौरमा सामाजिक दुरी कायम गर्दै व्यावस्थित रुपमा पालैपालोले स्वाप नमुना संकलन गर्न थालेको जनाईएको छ ।
रिजाल्को ग्याँस घरघरमै डेलीभरी सुविधा

रिजाल्को ग्याँस घरघरमै डेलीभरी सुविधा

समाचार
गाईघाट/बैशाख,७ गाईघाटमा आफ्नो ग्राहकहरुलाई रिजाल्को ग्याँसले घरमै डेलीभरीको सुविधा दिएको छ । लकडाउनमा सर्वसाधरण तथा ग्राहकहरु डिलर सम्म आइपुग्न नसक्दा डिलरले यो सुविधा गरेको हो । डिलरले घरमै गाडीमा पुराउने सुविधा गरेको छ । त्रियुगा नगरभरी रहेको आफ्नो गा्रहकहरुलाई घरमै ग्याँसको सुविधा दिने कार्य गरेको डिलरले जनाएको छ । गाईघाट आसपास लगाएत अन्य ठाउँ मोतिगडा, बगाहा, असारी बोक्से, गैरुन राजावास, पर्ता, चुहाडे, लगाएतका ठाउँहरुमा होम डेलीभरी गरिरहेको छ । डिलरका प्रोपाइटर नन्द किसोर साहाका अनुसार डिलरमा आउने वित्तिकै ग्यास होम डेलीभरी गर्ने बताउनुभयो । उहाँले ग्याँस ग्याप गरी डेलीभरी गर्ने गरेको बताउनुभयो । सकिएपछि आउने टाइममा ग्याप हुने र आइसकेपछि वितरण तथा डेलीभरीमा लागि हाल्ने शाहाले बताउनुभयो । रिजाल्को हिजो मात्रै पनि ७५ ओटा भन्दा बढी ग्याँस डेलीभरी भएको प्रोपाइटर शाहाले बताउनु भयो ।...
भेरी अस्पतालमा पीसीआर परिक्षण सुरु

भेरी अस्पतालमा पीसीआर परिक्षण सुरु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ७ गते ।  आजदेखि भेरी अस्पताल नेपालगञ्जमा कोरोना संक्रमणको (पीसीआर) परीक्षण सुरु भएको छ । हिजो प्राप्त भएका  आठ वटा स्याम्पलको अहिले जाँच भइरहेको अस्पतालले जनाएको हो । तीन सिफ्टमा दैनिक एक सय जना सम्मको स्वाब परीक्षण गर्न सकिने भएको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा भेरी अस्पतालमा पीसीआर मेसिन जडान गरिएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयबाट प्राविधिक सहितको टोलीको सहयोगमा नेपालगञ्जमा पीसीआर जडान भएको हो ।...
भुल्केमा सेनाको स्वास्थ्यकर्मी टोली आईपुग्यो

भुल्केमा सेनाको स्वास्थ्यकर्मी टोली आईपुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ७ गते  ।  भुल्केमा स्वाप नमुना संकलनका लागी काठमाण्डौबाट नेपाली सेनाका स्वास्थ्यकर्मी टोलीले आईपुगेको छ । प्रदेश १ का स्वास्थ्यकर्मी टोलीले स्वाप नमुना संकलन गरेर बाँकी रहेका स्थानीयबासीहरुको नेपाली सेनाका स्वास्थ्यकर्मी टोलीले स्वाप नमुना संकलन गर्न हेलिकप्टर मार्फत भुल्के आईपुगेको हो । काठमाण्डौबाट आएका सेनाका स्वास्थ्यकर्मी टोलीले हिजोकै ठाउँमा कोरोना परिक्षणका लागी स्वाप नमुना संकलन गर्ने भएको छ । आज करिब दुई अढाई सय जनाको स्वाप संकलन गर्ने जन स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए । खुल्ला चौरमा सामाजिक दुरी कायम गर्दै व्यावस्थित रुपमा पालैपालोले स्वाप नमुना संकलन गर्ने तयारी भईरहेको प्रमुख सुवेदीले बताए । शनिबार १ नं प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मीको टोलीले ६० जना स्थानीयबासीहरुको स्वव नमुना संकलन गरेको थियो ।...