Tuesday, July 7News That Matters

Month: ६ वर्ष अगाडि

चीनको पर्यटकिय स्थल खूल्न थाल्यो

चीनको पर्यटकिय स्थल खूल्न थाल्यो

पर्यटन, समाचार, संसार
पूर्णपुष्टि, बैशाख ८ गते ।  लामो समयमसम्म कोरोनाको संक्रमण झेलेका चिन विस्तारै पुरानो अवस्थामा फर्किदै छ । दुई महिनासम्म लकडाउन झेलेका जनजीवन बिस्तारै समान्य अवस्थामा फर्किदै गईरहेको हो । चिन सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि दुई महिनाभन्दा बढी लकडाउन गरेको थियो । बेइजिङमा रहेको ग्रेटवालसहति ७३ प्रमुख पर्यटकीय स्थललाई खुला गरिएको चिनिया संचारमाध्यमहरुले जनाएको छ । यी सबै पर्यटकीय स्थल खुला इलाकामा छ भने ३० प्रतिशत पर्यटकलाई मात्र जान दिइने बेइजिङ टुरिज्म ब्यूरोले जनाएको छ । कोरोना संक्रमणका कारण चीनमा अहिलेसम्म चार हजार ६ सय ४२ जनाको मृत्यु भएको छ भने ७७ हजार भन्दा बढी उपचारपछि निको भएका छन् । अहिले ८२ हजार सात सयभन्दा बढीमा संक्रमण पुष्टि भईसकेको छ ।...
भुल्केमा स्वाव नमुना संकलन सुरु

भुल्केमा स्वाव नमुना संकलन सुरु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ८ गते । भुल्केमा केहि समय अगाडीदेखि स्वाव नमुना संकलन कार्य सुरु भएको छ । हिजो स्वाव नमुना संकलन गर्न बाँकी रहेका स्थानीयबासीहरुको संकलन गर्न सुरु गरेको हो । हिजोकै स्वास्थ्यकर्मी टोलीले आज स्वाव नमुना संकलन सुरु गरेको हो । स्वाव लिन बाँकी रहेका स्थानीयबासीहरु सामाजिक दुरी कायम गर्दै चौर व्यावस्थीत रुपमा पालै पालो गरेर स्वाव नमुना संकलन गर्न कार्य भईरहेको सुरक्षा अधिकारीले जनाएको छ ।...
वल्र्डभिजनद्धारा क्वारेन्टाइनको आवश्यक सामाग्री सहयोग

वल्र्डभिजनद्धारा क्वारेन्टाइनको आवश्यक सामाग्री सहयोग

समाचार
पूर्णपुष्टि, बैशाख ८ गते । कोरोना भाइरस महामारी नियन्त्रणका लागि त्रियुगा नगरपालिकाले तयारी गरेको क्वारेन्टाइनको आवस व्यवस्थापनमा वल्र्डभिजनले सहयोग गरेको छ । नगरपालिकाले आवासिय सामग्री सहयोगका लागि वल्र्डभिजनलाई पत्राचार गरेपछि सोमबार पार्टनर संस्था जाल्पा एकिकृत विकास, हुरेण्डेक र नेस्पेक संस्थामार्फत २ लाख ८ हजार ५ सय ६२ रुपैँयाको आवसिय सामग्री सहयोग गरिएको हो । वल्र्डभिजनले क्वारेन्टाइनमा रहेकाहरुलाई ओढ्ने कम्मल ७० थान, त्रिपाल ७० थान, झुल ३५, नाइलन रोप ७० वटा, पलाष्टिक गुन्द्रि २६, वकेट बीस लिटरको ३७ र जर्किन ७४ वटा उपलब्ध गराएको जाल्पा एकिकृत विकास संस्थाका सदस्य सुमन परियारले जानकारी दिए । संस्थाले नगरपालिकाका मेयर बलदेव चौधरीलाई सबै सामग्री हस्तान्तरण गरेको हो । वल्र्डभिजनले कारागारका कैदीबन्दीको अवश्थालाई ध्यान दिँदै कम्मल, झुल, त्रिपाल, नाइलन रोप, गुन्द्रि, वकेट र जर्...
विदेशमा रहेको नेपालीलाई बसेकै ठाउँमा सुरक्षित रहन आग्रह

विदेशमा रहेको नेपालीलाई बसेकै ठाउँमा सुरक्षित रहन आग्रह

समाचार
पूर्णपुष्टि, बैशाख ८ गते ।  वैदेशिक रोजगारीको क्रममा परदेशमा रहेका नेपालीलाई बसेको ठाउँमा सुरक्षित बस्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आग्रह गरेको छ । विपतको बेला वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकप्रति मन्त्रालय  गम्भीर भएको भन्दै मन्त्रालयले आवश्यक सहयोगको लागि कुटनीतिक नियोग निरन्तर परिचालन हुने जनाएको छ । विभिन्न कारणले बेखर्ची भइ खान बस्नको समस्या, भिसा वा काम गर्ने सम्झौता म्याद सकिएको तथा तलब लगायतका समस्या आएमा सम्बन्धित देशको दूतावासमा राख्न मन्त्रालयले आग्रह गरेको छ । विहान ७ बजे देखि बेलुकी ९ बजेसम्म मन्त्रालयले सञ्चालन गरेको कल सेन्टरको फोन नम्बर ं९७७१५९७०००८ मा सम्पर्क गरेर आफ्ना समस्या राख्न सकिने मन्त्रालयले जनाएको छ ।...
युवालाई उद्यममा लगाउन कार्यदल गठन

युवालाई उद्यममा लगाउन कार्यदल गठन

समाचार
पूर्णपुष्टि, बैशाख ८ गते । वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका युवालाई उद्यममा लगाई देशमै रोजगारी सिर्जना गर्न कार्यदल गठन भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा आइतबार विभिन्न मन्त्रालय र निजी क्षेत्रका छाता सङ्गठनका प्रतिनिधिबीच भएको छलफलबाट कार्यदल गठन गरेको हो । विदेशबाट आएका युवालाई देशमै उद्यम गर्न प्रेरित गर्न बनेको कार्यदलको नेतृत्व उद्योग मन्त्रालयको औद्योगिक लगानी तथा प्रवर्द्धन महाशाखा प्रमुखले गर्नेछन् भने कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधिहरु सदस्य रहने छन् । साथै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि तथा निजी क्षेत्रका छाता सङ्ठनहरु, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर्स अफ् कमर्स र नेपाल घरेलु तथा साना उद्योग महासंघका प्रतिनिधि पन...
जाल्पाद्धारा नगरलाई क्वारेन्टाईनको सामाग्री हस्तान्तरण

जाल्पाद्धारा नगरलाई क्वारेन्टाईनको सामाग्री हस्तान्तरण

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ८ गते । जाल्पा एकिकृत विकास समाजले क्वारेन्टाईनको सहयोग सामाग्री त्रियुगा नगरपालिकालाई हस्तान्तरण गरेको छ । नगर भित्र रहेको क्वारेन्टाईनका लागी आवश्यक चार सय ५३ थान सहयोग सामाग्री जाल्पाले सोमबार नगरलाई हस्तान्तरण गरेको हो । जाल्पा एकिकृत विपद् व्यावस्थापन परियोजना अन्र्तगत सहयोग सामाग्री हस्तान्तरण गरेको जनाएको छ । ब्लाङ्केट ७०, झुल ३५, त्रिपाल ७०, डोरी ७०, ऊनी कम्बल ७०, प्लाष्टिक म्याप २६, बाल्टिन ३७ र जर्किन ७४ थान क्वारेन्टाईनका लागी आवश्यक सामाग्री हस्तान्तरण गरेको जाल्पाले जनाएको छ । जिल्लाका सवै पालिकाहरुमा रहेको क्वारेन्टाईनमा आवश्यक सामाग्री वितरण गर्ने लक्ष्य रहेको जाल्पाले जनाएको छ । स्थापना भएको क्वारेन्टाईनलाई थप ब्यावस्थित बनाउने उद्देश्यले सामाग्री सहयोग गरेको जनाईएको छ ।...
प्राविधिक कारण स्वाव संकलनमा ढिलाई

प्राविधिक कारण स्वाव संकलनमा ढिलाई

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ८ गते । भुल्केमा विहानदेखि गर्ने भनिएको स्वाव संकलन प्राविधिक समस्याका कारण ढिलो भएको छ । हिजो नमुना संकलन गरेको स्वास्थ्य टोलीले आज विहानदेखि थप संकलन गर्ने भनिएकोमा ढिलो भएको हो । पिपिए सेट लगाएका स्वास्थ्य सामाग्रीको अभावमा ढिलाई भएको बुझिएको छ । हिजो स्वाव नमुना संकलन गर्न बाँकी रहेका  स्थानीयबासीहरु विहानैदेखि चौरमा भोक भोकै बस्न बाध्य भएको स्थानीयबासीहरुले बताएका छन् । प्रदेशबाट पिपिए सेट झिकाएर स्वाव नमुना संकलन गर्ने समाचार स्रोतले जनाईएको छ ।  ...
आज चट्याङ, हुरीबतास र असिनासहित पानी पर्ने सम्भावना

आज चट्याङ, हुरीबतास र असिनासहित पानी पर्ने सम्भावना

समाचार
पूर्णपुष्टि, बैशाख ८ गते ।  आज दिउँसोपछि बदली भएर बेलुकीतिर चट्याङ, हुरीबताससहित असिना पानी सम्भावना रहेको मौसन पूर्वानुमान महाशाखाले जनाएको छ । देशभरिकै मौसम आंशिकदेखि सामान्य बदली भइ दिउँसोपछि काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका धेरै ठाउँमा चट्याङ, हुरीबतास र असिनासहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रिमनसुनी गतिविधि सक्रिय भएको छ । प्रिमनसुनमा स्थानीयसँगै पश्चिमी वायु सक्रिय हुन्छ । केही दिनयता प्रिमनसुनी गतिविधि बढेकाले बिहान खुलेको मौसम दिउँसोपछि बदली भएर बेलुकीतिर चट्याङ, हुरीबताससहित असिना पानी पर्न थालेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अझै तीन दिन प्रिमनसुनी गतिविधि सक्रिय नै रहने देखिएको छ । यसकै प्रभावले अबको तीन दिन देशका केही ठाउँमा मेघगर्जन हुरीबतास र असिनासहित पानी पर्ने जनाईएको छ । यस्तै प्रिमनसुनमा नजिकै कतै पानी पर्दा नजिकै अर्को ठाउँम...
क्यानडामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक दर्जन मानिसको मृत्यु

क्यानडामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक दर्जन मानिसको मृत्यु

समाचार, संसार
पूर्णपुष्टि, बैशाख ८ गते । क्यानडामा प्रहरीको भेषमा आएका एक बन्दुकधारीले एक दर्जन मानिसको मृत्यु भएको छ । नोभा स्कोटिया प्रान्तमा बीन्दुकधारीले चलाएको गोली लागेर १३ जनाको मृत्यु भएको हो । उक्त घटनामा एक जना महिला अधिकारीको पनि मृत्यु भएको क्यानडेली प्रहरीले जनाएको छ । बन्दुकधारीलाई पक्राउ गर्न प्रहरीले १२ घण्टा कारमा पछ्याएको थियो । बन्दुकधारीको मृत्यु भएको बताइएको छ । बन्दुधकारीले अन्धाधुन्ध गोली चलाउन थालेपछि पोर्टापिक्युका बासिन्दालाई घरभित्रै बस्न भनिएको थियो । बन्दुकधारी प्रहरीको जस्तै देखिने कारमा आएको बताइएको छ । बन्दुकधारीले नोभा स्कोटियाको विभिन्न क्षेत्रमा अन्धाधुन्ध गोली प्रहार गरेकाले वास्तविक मृत्यु हुनेको संख्या पत्ता लगाउने काम भइरहेको प्रहरीले जनाएको छ ।...
२४ लाखभन्दा बढी कोरोना संक्रमित

२४ लाखभन्दा बढी कोरोना संक्रमित

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ८ गते ।  विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमित २४ लाख भन्दा बढीमा पुष्टि भएको छ । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा २४ लाख चार हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ६ लाख २४ हजार आठ सय ४८ जना निको भएका छन् । १६ लाख १५ हजारभन्दा धेरैको उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये ५४ हजार दुई सय २५ जना गम्भीर अवस्थामा रहेको र बाँकी १५ लाख ६० हजारभन्दा धेरैको अवस्था सामान्य रहेको वल्डोमिटरले जनाएको छ । संक्रमणका कारण एक लाख ६४ हजारभन्दा बढीको मृत्यु भएको छ ।...