पूर्णपुष्टि, बैशाख ९ गते ।
गतराती परेको चट्याङ लागेर एक महिला घाईते भएकी छिन् । त्रियुगा नगरपालिका–५ दमौटी निबासी २७ वर्षीय सुस्मा मगर चट्या लागेर घाईते भएकी हुन् ।
राती करिब ११ः५५ बजे परेको चट्याङ लागेर घाईते भएकी मगरलाई उपचारको लागी जिल्ला अस्पताल उदयपुर लगिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
पूर्णपुष्टि, बैशाख ९ गते ।
गत राती परेको चट्याङ लागेर कटारी नगरपालिकाको विभिन्न ठाउँमा पाँच जना घाईते भएका छन् । कनपा–११ बेतीनमा चार जना र ६ नम्बर वडाको रिस्कुमा एक जना गरी छ जना घाईते भएका हुन् ।
बेतीनी निबासी ५५ वर्षीया चन्द्रबहादुर आले मगरको घरमा राती करिब ११ः३० बजे परेको चट्याङ् लागेर चन्द्रबहादुरसहित चार जना घाईते भएको हो । चन्द्रबहादुरको आँखामा, उनको आमा ७० वर्षीया मनमाया मगरको दाहिने कुम र पाखुरामा र उनको श्रीमती ४८ वर्षीया मनकुमारी मगरको दाहिने खुट्टामा सामान्य चोट लागेको छ भने उनको खोरमा बाँधेर राखेको एउटा बाख्रा मरेको प्रहरीले जनाएको छ ।
त्यस्तै स्थानीय रेमबहादुर बलम्पाकी मगरको छोरा १६ वर्षीय सुमन मगरको टाउकोमा सामान्य चोट लगेको प्रहरील जनाएको छ । कनपा–६ रिस्कु निबासी मेनुका राईको छोरा १२ वर्षीय अस्मान राईको छातीमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
स्थानीय खुमबा...
पूर्णपुष्टि, बैशाख ९ गते ।
डोटीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । सायल गाउँपालिका–३ तोलेनी निबासी २२ वर्षीया उजली बयाडीकी मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै खेतमा गहुँ काटिरहको अवस्थामा परेको चट्याङ लागेर बयाडीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो रातिदेखि पानीसँगै हावाहुरी चलिरहेको छ ।
...
पूर्णपुष्टि, वैशाख ९ ।
भुल्केका थप ८ जनामा कोरोना संकास्पद् देखिएपछि संकास्पदहरुलाई अाज धरान लगिएको छ । गत ६ गते भुल्केमा ६९ जनाको स्वाप नकुना संकलन गरिएका मध्येबाट ८ जना संकास्पद देखिएकोले उनीहरुलाई धरान लगिएको जिल्ला जनस्वास्थ्य प्रमुख मोहन सुवेदीले बताउनु भयो ।
उनीहरुको पुन परिक्षण गर्न धरान लगिएको उहाँले बताउनुभयाे । दुई वटा एम्बुलेनेसबाट उनीहरुलाई पठाईसकिएको सुवेदीले बताउनुभयो । संक्रमित हो होईन भन्ने एकिनका लागि पुन परिक्षणका लागि उनिहरुलाई लगिएको प्रमुख सुवेदिले बताउनुभयो । उनीहरुको पुन परिक्षणपछि मात्र अन्तिम रिपोर्ट आउने पनि उहाँले बताउनुभयो ।
यता प्रशासनले भुल्केको मस्जिद बस्तीलाई लक कायम राखेको छ । त्याहाँका बासिन्दालाइ वाहिर जान र बाहिरकाेलाइ बस्ती प्रवेशमा राेक लगाइएकाे छ ।
१२ जना सुरूमा संक्रमित देखिएपछि प्रदेश सरकारले चैत ६ गते स्वस्थ्यकर्मी टाेली खटाइ भुल...
पूर्णपुष्टि, चैत ०९ ।
गएरातीको वर्षातसहितको हुण्डरीपानीले उदयपुरको त्रियुगा नगरपालिका ६ लालपत्तामा एक घरको छानो उडाउदा ८० बराबरको क्षती भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार लालपत्तका कृष्णप्रसाद ढुंगानाको टिनले छाएको घरको छानो उडाउदा उक्त क्षती भएको हो ।
गाइघाटको विभिन्न टोलका टिन र फुसले छाएका घर, डटराहरुको छानो पनि उडाएको स्थानीयले बताएका छन् । साथै विभिन्न ठाउँमा विजुलीको पोल भाँचिएकाले विद्युत अवरोध भएको पनि जनाइएको छ । जिल्लामा घरहरुमा क्षतीको अन्य रिपोर्ट भने आइनसकेको जिल्ला प्रहरीले जनाएको छ ।
त्यसैगरी बर्षातसहितको चट्याङ लागेर एकजना घाइते भएका छन् । प्रहरीले दिएको जानकारी अनुसार त्रियुगा नगरपालिका ५ दमौटीमा राती परेको चट्याङले २७ वर्षिया सुस्मा मगर घाइते भएकी हुन् । घरमा सुतिरहेको बेला चट्याङ लागेर घाइते उनको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ । उनको हात...
पाँथर, बैशाख ८ गते ।
पाँचथर फिदिमको असिने खोलामा लडेर एक जनाको मृत्यु भएको छ । फिदिम–३ लालिखर्क निबासी ३६ वर्षीय बोलिराज राईको लडेर मृत्यु भएको हो ।
फिदिम–७ को असिने खोला छेउको बाटो हिड्ने क्रममा एक्कासी चिप्लिएर लड्दा राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।...
झापा, बैशाख ८ गते ।
झापाको मेचिनगरमा बाँसघारीमा चित्रबहादुर गौली मृत अवस्थामा फेला परेको छ । मेचीनगर नगरपालिका–६ निबासी ५५ वर्षीय गौली बाँसघारीमा सोमबार मृत अवस्थामा फेला परेको हो ।
दिउँसो साँढे ३ बजे बाँसघारीमा मृत फेला परेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।
पाँचथर, बैशाख ८ गते ।
पाँचथरको सावा खोलामा डुबेको अवस्थामा बलीबहादुर आङदेम्बे मृत फेला परेको छ । मिक्लाजुङ गाउँपालिका–१ निबासी ४४ वर्षीय आङदेम्बे खोलामा डुबेको अवस्थामा सोमबार मृत फेला परेको हो ।
गत बैशाख ६ गते घरबाट आफुखुसी निस्किएका आङदेम्बे दिउँसो पौने ४ बजे खोलाको दहमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।...
तेह्रथुम, बैशाख ८ गते ।
तेह्रथुममा पासाङ शेर्पा मृत अवस्थामा फेला परेको छ । लालीगुराँस नगरपालिका–२ दारे गौडा नजिकै संखुवासभा घर बताउने अन्दाजी ४२ वर्षीय शेर्पा सोमबार मृत अवस्थामा फेला परेको हो ।
विगत २० वर्षदेखि चिल्ड्रन पार्कको टहरामा बसी लेबर काम गर्दै आएका शेर्पा दिउँसो पौने ३ बेज मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।...
पूर्णपुष्टि, बैशाख ८ गते ।
भुल्केमा नेपाली सेनाको स्वास्थ्यकर्मी टोलीले आज थप एक सय जना स्थानीयको स्वाप नमुना संकलन गरेको छ । सेनाको स्वास्थ्यकर्मी टोलीले हिजो र आज गरी दुई सय ५२ जनाको स्वाप संकलन गरेको हो ।
१३ जना कोरोना संक्रमित फेला परेपछि भुल्केलाई संघ र प्रदेश सरकारले स्वास्थ्यकर्मीको टोली खटाएर स्थानीयबासीको स्वाव नुमना संकलन गरेको हो ।
सेनाको स्वास्थ्यकर्मी टोलीले हिजो एक सय ५२ जनाको स्वाव नमुना संकलन गरेको थियो भने आज थप एक सय गरी दुई सय ५२ जनाको स्वाव नमुना संकलन गरेर काठमाण्डौँ लगेको सहायक जिल्ला अधिकारी भिम भट्टराईले जनाकारी दिए ।
प्रदेशले गत शनिबार ६० जना स्थानीय, ५ सुरक्षाकर्मी र ४ जना स्वास्थ्यकर्मी गरी ६९ जनाको स्वाव नमुना संकलन गरेको थियो ।
मस्जिदमा बसेका १२ भारतीय मुस्लिम समुदायका मानिस र चार नेपाली मुस्लिम समुदायका मानिस गरी १६ जनाको स्वाप परिक्षण गरिएकोमा ...