Tuesday, July 7News That Matters

Month: ६ वर्ष अगाडि

वल्र्ड भिजनको आर्थिक सहयोगमा रौतामाईको ३ नं वडामा खाद्यन्न वितरण

वल्र्ड भिजनको आर्थिक सहयोगमा रौतामाईको ३ नं वडामा खाद्यन्न वितरण

समाचार
मिलन परियार रौतामाइ/बैशाख,९ कोरोना भाइरसको माहामारी सँगै भोकमरीको माहामारीले थप चपेटामा परेका रौतामाई गाउँपालिका वडा नं ३ लाफागाउँका १ सय घर विपन्न परिवारलाई वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा खाद्यन्न सहयोग भएको छ । वडाका अति विपन्न तथा दैनिक ज्याला मजदुरी परिवारहरुको पहिचान गरी सोमावर उपलब्ध खाद्य सामाग्री वडाले वितरण गरेको हो । जाल्पा एकिकृत विकास समाज, नेस्पेक उदयपुर र हुरेण्डेको सहजीकरण तथा साझेदारीमा खाद्यन्न वितरण गरेको ३ नं वडाका वडा अध्यक्ष दुर्गाराज खड्काले जानकारी दिनुभयो । राहत प्याकेजमा प्रती घर २० केजि चामल , २ लिटर तेल , १ केजि नुन २ ओटा हातधुने साबुन लगाएतका सामाग्री वितरण गरिएको  छ । खाद्यन्न वितरणमा जनप्रतिनिधि, वडा बिपत ब्याबस्थाप्न समिती , इलाका प्रहरी कार्यलय भुट्टारका प्रमुख र जाल्पा एकीकृत बिकास समाज उदयपुरका प्रतिनिधि बिरेन्द्र खड्का लगाएतको ...
भुल्केमा सरकारले पुष्टि गरेको कोरोना संक्रमित १४ पुग्यो

भुल्केमा सरकारले पुष्टि गरेको कोरोना संक्रमित १४ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ९ ।  भुल्केमा सरकारले पुष्टि गरेको कोरोना संक्रमितको संख्या १४ पुगेको छ । भुल्केमा थप एकजना कोरोना संक्रमित भेटिएको सरकारले पुष्टि गरेको हो । भुल्केका ४४ वर्षिय पुरुष कोरोना संक्रमित रहेको जनाइएको छ । उनी हिजो र अस्ती नेपाली सेनाको स्वास्थ्यकर्मीटोलीले स्वाप नमुना संकलन गरेको २ सय ५१ जना मध्येको भएको जनाइएको छ । समाचारस्रोतका अनुसार परिक्षणको काम धमाधम भइरहेको छ । यता कोशी अस्पताल विराटनगरमा स्वाप परिक्षण भएको ६९ जना मध्ये आठजना संक्रमितको संकास्पद रहेको भन्दै आठैजनालाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । पुनः परिक्षणका लागि लगिएका उनीहरुको स्वाप लिएर धरानमा पुन परिक्षण गरिने जनाइएको छ । उक्त परिक्षणपछि मात्र सरकारले उनीहरुको अवस्था सार्बजनिक गर्ने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि गत बैसाख ५ गते सरकारले भुल्केका १२ जना...
लिम्चुङबुङको ५ नं वडामा एक वस्ती बाट अर्को वस्तीमा जान प्रतिवन्ध

लिम्चुङबुङको ५ नं वडामा एक वस्ती बाट अर्को वस्तीमा जान प्रतिवन्ध

समाचार
मिलन परियार लिम्चुङबङ बैशाख,९ उदयपुर नेपालकै धेरै संख्या र १ नं प्रदेशको पहिलो कोरोना संक्रमण जिल्ला भए सँगै जिल्लाका पहाडी इलाकाहरु पनि त्रसितमय बन्न पुगेको छ । लिम्चुङबुङ गाउँपालिका स्थित वडा नं ५ जाँतेमा एक ठाउँ बाट अर्को ठाउँ र एक वस्ति बाट अर्को वस्तिमा जान प्रतिवन्ध लगाएको छ । वडाको युनिट एक्सन कमिटी , वडा कार्यलय जाँते , र स्वास्थ चौकी जाँतेको  सक्रियतामा एक टोल बाट अर्को टोल जान अत्यावश्यक काम बाहेक रोक लगाएको हो । अहिले साबिक वडा नम्बर १ को टोड्केका  सिमानामा ढाट घेरा बेरा लगाई  पालो गरि स्वयंसेवक को रुपमा  प्रत्येक दिन २ जना स्याथानीय र स्वास्थ कर्मी लगाएतको टोली खडा भएको छ । टोली देउराली र बुइखाको  हेल्प डेक्समा बसि आउत जाउत गर्ने परिचित तथा अपरिचित मान्छेको  पहिचान र निगरानी गर्न खटिएका छ्न ।  वडा सङगको समन्वयमा अहिले हिम्मा , चौलाने , मिनासिका , खोस्तुङ ,जांते , टोडक...
खोटाङमा आवतजावत १ हप्ताका लागि पूर्ण रुपमा बन्द गर्नेे

खोटाङमा आवतजावत १ हप्ताका लागि पूर्ण रुपमा बन्द गर्नेे

समाचार
पूर्णपुष्टि, बैशाख ९ गते ।  कोरोना भाईरस (कोभिड–१९) को सक्रमण रोकथाम तथा नियन्त्रणका लागी जिल्ला समन्वय समितिले खोटाङ जिल्ला आवतजावतमा पूर्ण रोक लगाउने निर्णय गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङको नवौं बैठकले जिल्ला भएर हुने आवतजावतलाई पूर्णरुपमा रोक्ने निर्णय गरेको जिसस खोटाङले जनाएको छ । आज बसेको बैठकले गहन छलफल गरेर कम्तीमा एक हप्ताको लागि छिमेकी जिल्लामा आवतजावत पूर्ण रुपमा निर्णय गरेको जनाईएको छ । पछिल्लो समय बाहिरी जिल्लाबाट हिँडेर खोटाङ प्रवेश गर्ने क्रम बढेपछि सबै पालिकाका प्रमुखहरुसहित प्रमुख जिल्ला अधिकारी र समन्वय समितिका प्रमुख समेतको उपस्थितिमा जिल्लामा हुने आवत जावतलाई रोक्ने निर्णय गरेको हो ।...
हावाले क्षेतीग्रस्त २ परिवारलाई तत्कालका लागि त्रिपल सहयोग

हावाले क्षेतीग्रस्त २ परिवारलाई तत्कालका लागि त्रिपल सहयोग

समाचार
  त्रियुगा नगरपालिका वडा नं १३ ले हावा बाट प्रभावित २ परिवारलाई तत्काल व्यवस्थापनको लागि त्रिपल सहयोग गरेको छ । सोमवार रातिको हावा हुन्डरीले त्रियुगा नगरपालिका वडा नं १३ मा २ घर पूर्ण रुपले क्षती पुराएको थियो । अचानक राति करिब १० बजेको समयमा आएको ठुलो हुन्डरीका कारण पोर्ताहा स्थित तुलसी प्रसाद चौधरी र महेश प्रसाद घिमिरेको घर हावाले ध्वस्त पारेको थियो । घरको छाना सहित गोठ र घरको कोरा समेत उडाई क्षेती पुराएको पिडित परिवारहरुले बताउनुभयो । घरको सबै छानो उडाएपछि कोठामा रहेको विभिन्न सामाग्रीहरुमा क्षती पुगेको छ । टिभि, बत्तिको लाइन, लत्ता कपडा र खाद्यन्न पानीले भिजाएर क्षेति पुराएको पिडित परिवार महेश प्रसाद घिमिरेले बताउनुभयो । दुवै घरको ३÷३ ओटै कोठाको छानो उडाएको छ । हावाले छानो उडाएपछि आफुहरु भने खाटमुनी लुकेर ज्यान बचाएको पिडित तुलसी प्रसाद चौधरीले बताउनुभयो । चौधरीको घर सह...
जनताको रोजगारी जोगाउन आप्रवासी रोक्ने ट्रम्पको घोषणा

जनताको रोजगारी जोगाउन आप्रवासी रोक्ने ट्रम्पको घोषणा

समाचार, संसार
पूर्णपुष्टि, बैशाख ९ गते । आफ्नो नागरिकको रोजगारी जोगाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्थायी रूपमा मुलुकमा आप्रवासी रोक्ने घोषणा गरेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीपछि देशले स्वास्थ्य तथा आर्थिक समस्याको सामना गरिरहेका बेला ट्रम्पले कार्यकारी निर्देशनमा हस्ताक्षर गर्ने घोषणा गरेका हुन् । ट्रम्पले ट्विट मार्फत कोरोना भाइरसको महामारीले अमेरिकी नागरिकको रोजगारी नगुमोस् भन्नका खातिर अस्थायी आप्रबासी रोक्ने निर्णय लिइएको उल्लेख गरेका छन् । तर आप्रवासी कति समयका लागि रोक्ने र कस्तो कदम चाल्दै छ भन्नेबारे केही खुलाएका छैनन् । आप्रवासी कामदारमाथि लगाउन लागिएको आंशिक प्रतिबन्ध कस्ता–कस्ता मानिसहरू प्रभावित हुन्छन् भन्नेबारे पनि प्रष्ट पारिएको छैन । कोरोना प्रकोप न्यूनीकरण गर्न अमेरिकाले युरोपका धेरैजसो देशसँगै चीन, क्यानडा, मेक्सिको, इरान र दक्षिण कोरियाका नागरिकमाथि अम...
श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु

श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु

समाचार
धनकुटा,बैशाख ९ गते । धनकुटा छथरजोरपाटी–४ पानी ट्याङ्की निबासी ४७ बर्षीय ईन्द्रबहादुर लिम्बुको श्रीमतीको कुटाईबाट मृत्यु भएको छ । सोमबार विहान करिब ७ बजे श्रीमान श्रीमती विच घरायसी बिषयमा वादबिबादपछि झगडा हुदा  श्रीमती धनमाया लिम्बुले ईन्द्रबहादुरलाई घरेलु हतियार तथा लाठीले टाँउकोमा प्रहार  गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ  । घटनामा संम्लग्न धनमायालाई पक्राउ गरी थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाएको जिप्रकाले जनाएको छ ।...
भारतमा कोरोना संक्रमित साढे १८ हजार भन्दा बढी

भारतमा कोरोना संक्रमित साढे १८ हजार भन्दा बढी

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ९ गते ।  भारतमा साढे १८ हजार भन्दा बढी कोरोना संक्रमितको संख्या पुगेको छ । अहिलेसम्म १८ हजार छ सय एक जनामा कोरोना संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा सवै भन्दा बढी कोरोना संक्रमित भएको राज्य महाराष्ट्रमा अहिलेसम्म चार हजार छ सय ६६ जना संक्रमण पुष्टि भईसकेको छ भने दुई सय ३२ जनाको मृत्यु भईसकेको जनाइएको छ । त्यस्तै सवै भन्दा कम संक्रमण पुष्टि भएको राज्य मिजोरम र अरुणाचल प्रदेशमा संक्रमित एक/एक जना रहेको जनाईएको छ । भाईरस संक्रमित मध्ये तीन हजार दुई सय ५१ जना उपचारपछि निको भएका छन् भने पाँच सय ९० जनाको मृत्यु भईसकेको मन्त्रालयले जनाएको छ ।...
महामारीको विचैमा च्याम्पियन्स लिगको तालिका

महामारीको विचैमा च्याम्पियन्स लिगको तालिका

समाचार
पूर्णपुष्टि, बैशाख ९ गते ।  विश्वभर महामारी रुपमा कोरोना भाईरस (कोभिड–१९) फैलिरहेको बेला युरोपियन फुटबल महासंघ –यूईएफए) ले आन्तरिक रुपमा च्याम्पियन्स लिगको तालिका बनाएको छ । युइएफएले युरोपियन प्रतियोगता चाँडै सुचारु गर्ने लक्ष्य बनाएको छ । अन्तिम १६ को दोस्रो लेगमा युभेन्टस र ओलम्पिक लियोन तथा म्यानचेस्टर सिटी र रियाल मड्रिडको खेल अगष्ट सात तारिखमा राखेको छ । यस्तै बार्यन म्युनिख र चेल्सी तथा बार्सिलोना र नापोलीको खेल अगष्ट आठ तारिखको लागि तय गरिएको जनाएको छ । अन्तिम १६ को पहिलो लेगमा बार्सिलोनाले नापोलीसँग एक एक गोलको बराबरी खेलेको थियो भने म्यानचेस्टर सिटी रियालसँग २–१ गोलले विजयी भएको थियो ।...
हुरिले छाना उडाउदा ८० हजार बराबारको क्षती

हुरिले छाना उडाउदा ८० हजार बराबारको क्षती

समाचार
पूर्णपुष्टि, बैशाख ९ गते । राती आएको हावा हुरीले त्रियुगा नगरपालिका–६ निबासी कृष्णप्रसाद ढुङ्गानाको घरको छाना उडाएको छ । राती करिब ११ बजे आएको हुरीले दुई तले घरको छाना उडाउदा करिब ८० हजार बराबरको क्षती भएको प्रहरीले जनाएको छ । राती पानी सँगै आएको हावा हुरीले जिल्लाका विभिन्न ठाउँमा क्षती पु¥याएको छ । त्यस्तै फल लाग्दै गरेको आँपा समेत क्षती पु¥याएको स्थानीयहरुले बताएका छन् ।...