Tuesday, July 7News That Matters

Month: ६ वर्ष अगाडि

कोरोना संक्रमित ६ लाख ९५ हजार भन्दा बढी निको भए

कोरोना संक्रमित ६ लाख ९५ हजार भन्दा बढी निको भए

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १० गते । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमित मध्ये ६ लाख ९५ हजार तीन सय ३६ जना निको भएका छन् । अहिले विश्वका दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा २५ लाख ५७ हजार ९ सयभन्दा बढी संक्रमित भएको छ । अहिले १६ लाख ८४ हजारभन्दा बढीको उपचार भइरहेको छ । उपचार गराइरहेका मध्ये ५७ हजारभन्दा बढी अर्थात् ३ प्रतिशतको अवस्था जटिल रहेको छ भने बाँकी १६ लाख २७ हजारभन्दा बढी अर्थात् ९७ प्रतिशतको अवस्था सामान्य रहेको जनाईएको छ । अहिलेसम्म १ लाख ७७ हजारभन्दा बढीको मृत्यु भईसकेको छ । विश्वमा सवै भन्दा बढी अमेरिकामा ४५ हजारभन्दा बढीको मृत्यु भएको छ ।...
ह्याण्ड सेनिटाईजरको कालो बजारी गर्ने २ जना पक्राउ

ह्याण्ड सेनिटाईजरको कालो बजारी गर्ने २ जना पक्राउ

समाचार
सुनसरी, बैशाख ९ गते । अबैध रुपमा ह्याण्ड सेनिटाईजर उत्पादन तथा भण्डारण गरी कालो बजारी गर्ने २ जना पक्राउ गरिएको छ । ईटहरीको मनकामना टोलमा संचालित सौर्य केमिकलका संचालक स्थानीय ३० बर्षीय अतित गुरागाँई र जेवी ईन्टरप्राईजेज कस्मेटीक पसलले ईटहरी–६ का ४५ वर्षीय अमरजित गोस्वामी पक्राउ परेका हुन् । सम्बन्धीत कुनै निकायबाट अनुमती नलिई सौर्य नामक ह्याण्ड सेनिटाईजर उत्पादन गरी गोस्वामीको कस्मेटीक पसलमा भण्डारण गरी राखेको अवस्थामा मापदण्ड बिपरीत उत्पादन गरिएको ठुलो मात्रामा सेनिटाईजर सहित दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आफु खुसी  स्तर घटाई उत्पादन गरी विभिन्न प्लाष्टिकका बोतलहरुमा लेवल टाँसी बजार मुल्य भन्दा वढी मुल्यमा बेचबिखन गर्न तयार गरिएका ७० तथा ३० एमएलका एक हजार सात सय ७० वटा प्लाष्टिकका  बोतलहरु  बरामद गरेको प्रहरीले जनाएको छ । वाग्मती लेखिएको हरियो वाल्टिनमा रहेको स...
महिला युरो कप २०२२ को जुलाई हुने

महिला युरो कप २०२२ को जुलाई हुने

खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख १० गते । महिला युरो कप एक वर्ष पछि सरेको छ । युरोपेली फुटबल महासंघको नियमित क्यालेण्डर अनुसार २०२१ को जुलाई महिनामा हुनु पर्ने महिला युरो कप एक वर्षपछि सरेको हो । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण फुटबलका क्यालेण्डर अस्तव्यस्त बनेको अवस्थामा युईएफएले यो निर्णय गरेको हो । महिला युरो कप अब सन् २०२२ को जुलाई ३ देखि ३१ तरिखसम्म हुने जनाईएको छ । महिला युरो कप सार्नुको मुख्य कारण टोकियो ओलम्पिक पनि हो । सन् २०२१ मा हुने टोकियो ओलम्पिकमा इङ्ग्ल्याण्ड, नेदरल्याण्ड्स र स्विडेन छनोट भएका छन् ।  ...
भारतमा १९ हजार ९ सयभन्दा बढी कोरोना संक्रमित

भारतमा १९ हजार ९ सयभन्दा बढी कोरोना संक्रमित

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १० गते ।  कोरोना भाइरस (कोभिड १९) बाट भारतमा १९ हजार भन्दा बढी संक्रमिट भएका छन् । अहिलेसम्म भारतमा १९ हजार ९ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको भारतको परिवार एवं केन्द्रीय स्वास्थ्य कल्याण मन्त्रालयले जनाएको छ । कोरोनाबाट भारतमा ६ सय ४० जनाको मृत्यु भएको छ भने ३ हजार ८ सय ६९ जना उपचारपछि निको भएको जनाइएको छ ।...
४१ अर्बको खाद्यान्न आयात

४१ अर्बको खाद्यान्न आयात

आर्थिक, समाचार
पूर्णपुष्टि, बैशाख १० गते ।  कृषिप्रधान देश नेपालमा वर्षेनी खाद्यान्न आयात बढ्दै गएको पाईएको छ । चालु आर्थिक वर्षको ९ महिनामा करिब ४१ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको हो । गत साउनदेखि चैतसम्म ४० अर्ब ८२ करोड ३८ लाख रुपैयाँ बराबरको खाद्यान्न आयात भएको भन्सार विभागले जनाएको छ । गत आर्थिक वर्षको यहि समयसम्मको तुलनामा ६१ करोड रुपैयाँले बढी आयात भएको हो । आयातीत खाद्यान्न मध्ये धान चामलको ठूलो हिस्सा रहेको छ । साउनदेखि चैत्रसम्म २६ अर्ब रुपैयाँ भन्दा बढीको धान चामल आयात भएको छ । १९ अर्ब ३२ करोड रुपैयाँको चामल, ५ अर्ब ६० करोड रुपैयाँको धान र ८४ करोड रुपैयाँको कनिकालगायत खाद्य वस्तु आयात भएको भन्सार विभागले जनाएको छ ।...
भुल्केमा हिजो थप ११ जना कोरोना संक्रमित मध्ये १ जनालाई विराटनगर लैने तयारी

भुल्केमा हिजो थप ११ जना कोरोना संक्रमित मध्ये १ जनालाई विराटनगर लैने तयारी

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १० गते । भुल्केमा हिजो कोरोना संक्रमित पुष्टि भएका मध्ये एक जनालाई विराटनगर लैजाने तयारी भईरहेको छ । दुई जनालाई हिजो राती नै विराटनगर लगिएपनि एक जना पुरुषलाई आज पठाउने तयारी भईरहेको जन स्वास्थ्य कायालय उदयपुरले जनाएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना पुष्टि भएका ३ जना मध्ये २ जनालाई गतराती नै विराटनगर लगिएको थियो भने १८ वर्षीय पुरुषलाई अहिले लैजाने तयारी भईरहेको एक सुरक्षा अधिकारीले जनाएको छ । कोशी अस्पताल विराटनगरमा स्वाव परिक्षणबाट कोरोना पुष्टि भएका ८ जनालाई हिजो विहानै धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । गत बैसाख ६ गते प्रदेश सरकारले ६९ जनाको स्वाप नमुना संकलन गरेको मध्ये ८ जना ७ र ८ गते नेपाली सेनाको स्वास्थ्यकर्मी टोलीले संकलन गरेको २ सय ५३ जनाको नमुना स्वाप परिक्षणबाट ३ जनामा कोरोना पुष्टि भएको जनाईएको छ । ...
आज केहि भेगमा मेघगर्जन, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना

आज केहि भेगमा मेघगर्जन, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना

समाचार
पूर्णपुष्टि, बैशाख १० गते ।  आज पहाडी क्षेत्रका धेरै तथा मध्य र पूर्वी तराईका केही ठाउँमा मेघगर्जन, हावाहुरी र असिनासहित पानी पने सम्भावना रहेका मौसम पूर्वानुमान महाशााले जनाएको छ । स्थानीयसँगै पश्चिमी वायुको प्रभावले पहाडी क्षेत्रका धेरै तथा मध्य र पूर्वी तराईका केही ठाउँमा मेघगर्जन, हावाहुरी र असिनासहित पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यसकै प्रभावले अहिले मध्य र पूर्वी क्षेत्रको मौसम सामान्यदेखि पूर्ण बदली भइ पश्चिमी क्षेत्रको मौसम आंशिक बदली भएको महाशाखाले जनाएको छ । आज दिउँसोपछि देशभर आंशिकदेखि सामान्य बदली भइ पहाडका धेरै तथा मध्य र पूर्वी तराईका थोरै ठाउँमा मेघगर्जन हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।...
भुल्केमा आजैमात्र ११ कोरोना संक्रमित पुष्टि, अब जम्मा संख्या २४ पुग्यो

भुल्केमा आजैमात्र ११ कोरोना संक्रमित पुष्टि, अब जम्मा संख्या २४ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ९ । भुल्केमा आजमौ ११ जना कोरोना संक्रमित फेला परेको सरकारले पुष्टि गरेको छ । योसंगै भुल्केमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ । ८ जना कोशी हस्पीटल विराटनगरमा स्वाप परिक्षणबाट पत्ता लागेका हुन् भने ३ जना राष्टिय जनस्वस्थ्य प्रयोगशालाबाट पत्ता लागेका हुन् । कोशी अस्पतालमा परिक्षण गरिएको ६९ मध्ये ८ जनामा संकास्पद देखिएको भन्दै विहान एम्बुलेन्सबाट धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकाको अस्पतालले पुष्टि गरेको थियो । अस्पतालले पुष्टि गरेसंगै सरकारले पनि पुष्टि गरेको छ । बैसाख ६ गते प्रदेश सरकारको तर्फबाट आएको स्वास्थ्यकर्मीटोलीले ६९ जनाको स्वाप नमुना संकलन गरेर परिक्षणमा लगेको थियो । त्यस्तै नेपाली सेनाको स्वास्थ्यकर्मी टोलीले ७ र ८ गते थप २ सय ६० जनाको नमुना स्वाप संकलन गरी परिक्षण गरेकोमा आज ३ जनामा पोजेटिभ देखिएको हो । परिक्षणको कार्य भईर...
१३ नं वडामा तेस्रो चरणको राहत वितरण

१३ नं वडामा तेस्रो चरणको राहत वितरण

समाचार
गाईघाट/बैशाख, ९  त्रियुगा नगरपालिका वडा नं १३ ले तेस्रो चरणको राहत वितरण सुरु गरेको छ । लकडाउन थप भए सँगै भोकमरीको मारमा परेका वडा भित्रका विपन्न जनताहरुलाई वडाले तेस्रो चरणको खाद्यन्न राहत वितरण कार्य मंगलबार बाट सुरु गरेको हो । वडामा रहेका १८ ओटा टोल विकास संस्थाका अध्यक्षहरुलाई राहत सामाग्री जिम्मा दिइएको छ । धेरै भिँडभाँड र सामाजिक दुरीको ख्याल गर्दै टोलविकासले पहिचान गरिएको विपन्न तथा दैनिक ज्याला मजदुरको परिवारलाई राहत वितरण गरिने १३ नं वडाकी वडा अध्यक्ष पशुपती चौधरीले बताउनुभयो । वडाले पहिलो चरणमा वडामा रहेका अति विपन्न परिवारहरुको तत्काल पहिचान गरी खाद्यन्न उपलब्ध गराएको थियो । वडाले पहिलो चरणमा १५०, दोस्रो चरणमा १३२ र तेस्रो चरणमा ३७० गरी जम्मा ६५२ विपन्न घर परिवार र दैनिक ज्याला मजदुरहरुलाई खाद्यन्न राहत वितरण गरेको अध्यक्ष चौधरीले बताउनुभयो । चौधरीले ६५२ परिवार मध्ये...
भुल्केका संकास्पद ८ जनामा कोरोना पुष्टि, भुल्केमा मात्रै संक्रमितको संख्या २२ पुग्यो

भुल्केका संकास्पद ८ जनामा कोरोना पुष्टि, भुल्केमा मात्रै संक्रमितको संख्या २२ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ९ । भुल्केबाट विहान कोरोना संकास्पद भन्दै धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा बसेका संक्रमितहरुसंगको सम्पर्कमा रहेका उनीहरुलाई कोरोना संक्रमण भएको अस्पतालले पुष्टिगरेसंगै सरकारले पुष्टि गरेको एक स्वास्थ्य अधिकारीले बताए । कोशी अस्पताल विराटनगरमा स्वाप परिक्षण गरिएको उनीहरुको रिपोर्ट पोजेटिभ देखाएको थियो । कोशी अस्पतालमा रिपोर्ट पोजेटिभ देखाएपछि क्रसचेकका लागि आठैजनालाई विहानै एम्बुलेन्सबाट धरान लगिएको थियो । लक गरिएको बस्तीबाट उनीहरुलाई लगिएको थियो । मस्जिदमा रहेका १३ जनामा कोरोना पुष्टि भएपछि सम्पर्कमा रहेको बस्तीबासीलाई प्रदेश सरकारले खटाएको स्वास्थ्यकर्मी टोलीले स्वाप नमुना लिएको थियो । गत ६ गते लिएको ६९ जना मध्ये आठ जनालाई पोजेटिभ देखिएको हो । उ...