Tuesday, July 7News That Matters

Month: ६ वर्ष अगाडि

कोरोना संक्रमित ७ लाखभन्दा बढी उपचारपछि निको भए

कोरोना संक्रमित ७ लाखभन्दा बढी उपचारपछि निको भए

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ११ गते । कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भएकामध्ये सात लाखभन्दा बढी निको भएका छन् । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा संक्रमितको संख्या २६ लाख ३३ हजार नाघेको छ । जसमध्ये सात लाख १७ हजार दुई सय ८४ जना उपचारपछि निको भएका हुन् । अहिले १७ लाख ३१ हजारभन्दा बढीको उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये ५६ हजार छ सय ८० जना अर्थात् ३ प्रतिशतको अवस्था जटिल रहेको छ भने बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले जनाएको छ । अहिलेसम्म संक्रमणबाट एक लाख ८३ हजारभन्दा बढीको मृत्यु भईसकेकोे छ । सबैभन्दा बढी अमेरिकामा साढे ४७ हजारभन्दा धेरैको मृत्यु भएकोे छ । अमेरिकामा आठ लाख ४६ हजारभन्दा बढीमा संक्रमण पुष्टि भईसकेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा २३ सयभन्दा बढीको मृत्यु भएको छ । यस्तै इटलीमा २५ हजारभन्दा बढी, स्पेनमा साढे २१ हजारभन्दा बढ...
आज लोकतन्त्र दिवस

आज लोकतन्त्र दिवस

समाचार
पूर्णपुष्टि, बैशाख ११ गेत ।  आज १४ औँ लोकतन्त्र दिवस मनाईदै छ । १९ दिने जनआन्दोलनपछि लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा बैशाख ११ गतेलाई लोकतन्त्र दिवस मनाउन थालिएको हो । २०६३ सालमा वैशाख ११ गते संसद् पुनर्स्थापनासहित नागरिकले अधिकार पाएका दिन हो । लकडाउनका कारण औपचारिक कार्यक्रम हुन नसके पनि लोकतन्त्र दिवसको छुट्टै महत्व छ । लोकतन्त्र स्थापना भएपछि जेठ ४ गते बसेको प्रतिनिधिसभाको बैठकले राजतन्त्र निलम्बनसहित महत्वपूर्ण ऐतिहासिक घोषणा गरेको थियो । घोषणपछि पहिलो पटक २०६४ चैत २८ गते पहिलो संविधानसभाको चुनाव भयो ।...
संक्रमित क्षेत्रमा खटिएका मेयर, प्रजिअ, सुरक्षा अधिकारीको स्वाव रिपोर्ट नेगेटिभ

संक्रमित क्षेत्रमा खटिएका मेयर, प्रजिअ, सुरक्षा अधिकारीको स्वाव रिपोर्ट नेगेटिभ

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख १० । संक्रमित क्षेत्रमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिहरुको स्वाव नमुना रिपोर्ट सबैको नेगेटिभ आएको छ । हालको संक्रमित क्षेत्र देखिएको उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा खटिएका उनीहरुको स्वाव रिपोर्ट नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवदीले बताउनुभयो । २८ जना संक्रमित भेटिएको भुल्केको नुरी मस्जिद रहेको बस्तिमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिहरु अनुगमन, राहत वितरण र स्वाप संकलन जस्ता काममा खटिएका थिए । काममा खटिदा संक्रमित हुनसक्ने कुरालाइ ध्यानमा राख्दै त्रियुगा नगरपालिकाका मेयर, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख, अन्य स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुको स्वाव नमुना संकलन गरिएको थियो । मेयर बलदेव चौधरी, प्रमुख जिल्ला अधिकारी दिपक पहाडी, सहायक प्रमुख जिल्ला अधिकारी भिम भट्टराई, जिल्ला प्रहरी प्रमूख एसपी ...
अब, अर्को परिक्षण नभएसम्म भुल्केको कोरोना संक्रमित संख्या २८ मा स्थीर बन्ने अबस्था https://purnapusti.com/content/13069.html

अब, अर्को परिक्षण नभएसम्म भुल्केको कोरोना संक्रमित संख्या २८ मा स्थीर बन्ने अबस्था https://purnapusti.com/content/13069.html

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख १० । एकैपटक १२ जनामा कोरोना संक्रमण पुष्टि भएको भुल्केमा कोरोना संक्रमितको संख्या एकपछि अर्को थपिदै जाँदा २८ पुगेको छ । अव भने यो संख्या अर्को परिक्षणको काम नभएसम्मका लागि स्थिर हुने देखिएको छ । भुल्केबाट संकलन गरिएको सबै नमुना स्वापको परिक्षण सकिएकाले हालसम्मको लागि जम्मा संख्या २८ मै स्थीरता आउने देखिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका अनुसार भुल्केबाट जम्मा ३ सय ३७ जनाको स्वाप संकलन गरी परिक्षण भएको हो । जसमा २८ जनाको रिपोर्ट पोजेटिभ फेला परेको हो । कार्यालयका अनुसार सुरुमा भुल्के मस्जिदबाट १६ जनाको स्वाप परिक्षण गरिएकोमा आजसम्ममा सबैको रिपोर्ट पोजोटिभ आएको हो । सुरुमा १६ जनाको स्वाप गत बैसाख २ गते कोशी अस्पताल विराटनगर लगिएको थियो । १४ जनामा १२ भारतीय र चार नेपाली नागरिक रहेका छन् । उनीहरुमध्ये १२ जनालाई कोरोना भएको पुष्टि बैशाख ५ गते सरकारले गर...
कम्पनीले प्रलोभन देखाएर अर्को ठाउँ सार्न खोजे नमान्नु दूतावासको अनुरोध

कम्पनीले प्रलोभन देखाएर अर्को ठाउँ सार्न खोजे नमान्नु दूतावासको अनुरोध

समाचार, संसार
पूर्णपुष्टि, बैशाख १० गते ।  साउदीमा कार्यरत नेपाली श्रमिकलाई रोजगारदाताले बसिरहेको ठाउँबाट अन्यत्र लैजान खोजेमा नमान्न साउदीमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ । विश्वसनीय आधार भएमा गाडी चालकको मात्र नभई कम्पनीको प्रतिनिधिका साथमा मात्र जान र सहयोग चाहिएमा साउदी प्रहरीको ९९९ नम्बरमा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ । कोरोनाको सङ्क्रमणबाट बच्न आफू रहेकै ठाउँमा सुरक्षित भएर बस्न र रोजगारदाताले कुनै प्रलोभन देखाए वा जबरजस्ती गरेमा वास्ता नगर्न दूतावासले साउदीमा कार्यरत श्रमिकलाई अनुरोध गरेको छ । कोरोना संक्रमण बढेसँगै साउदीमा तारे होटलहरुलाई क्वारेण्टीनको रुपमा प्रयोग गर्न थालिएको छ । तारे होटलहरु क्वारेण्टीनका रुपमा प्रयोग हुन थालेपछि त्यहाँ कार्यरत श्रमिकले आफूहरु समस्या परेको गुनासो दूतावासमा गरेका छन् । दूतावासले रोजगारदाता कम्पनीसँग छलफल गर्दा त्यहाँ काम गर्ने सबैक...
खोलामा डुबेर १ जनाको मृत्यु

खोलामा डुबेर १ जनाको मृत्यु

समाचार
मोरङ, बैशाख १० गते । मोरङ उर्लाबारीको बक्रा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । उर्लाबारी–१ निबासी हस्तबहादुर राईको छोरा १४ बर्षीय सन्देश राईको खोलामा डुबेर मृत्यु भएको हो । आफ्नै घर देखी करिब १ किलोमिटरको दुरीमा रहेको बक्राखोलामा अपरान्ह ४ बजे डुबी रहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । खोलामा डुबी रहेको अवस्थामा स्थानीयले देखी तत्काल उपचारको लागी अरनिको अस्पताल उर्लाबारीमा लगी उपचार गराउने क्रममा साढे ४ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको ईप्रकाले जनाएको छ ।...
उदयपुरमा काेराेना संक्रमित थपियाे ३, पुग्याे २८

उदयपुरमा काेराेना संक्रमित थपियाे ३, पुग्याे २८

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख १०। उदयपुरको भुल्के मस्जिदबाट सबैभन्दा पहिलोपटक स्वाप नमुना परिक्षण गरिएको १६ जना सबैमा कोरोना पोजेटिप पुष्टि भयो । यसअघि  १३ जनाको पुष्टि भइसकेको थियो भने आज बाकी ३ जनाको पनि पुष्टि भएको हो । १३ जना संक्रमित पुष्टि भएपछि विराटनगरको एक क्वारेन्टाइनमा राखिएका ती ३ जनालाई आज धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।थप यी ३ जना पनि पोजेटिभ पुष्टि भएपछि अव उदयपुरमा कोरोना संक्रमितको संख्या २८ पुगेको छ । सुरूमा स्वाप परिक्षण गरिएका १६ मध्ये १३ जनामा पाेजेटिभ देखिएपछि, भुल्केकाे मस्जिदबस्तीमा ५३ घर मुस्लिम समुदाय र छेउछाउका अन्य समुदाय गरी ३ सय २० जनाकाे स्वाप नमुना संकलन गरिदा १२ जनाकाे पाेजेटिभ देखियाे । बाँकि ३ जनाकाे पनि पुष्टि भएपिछ भुल्केमै कुल २८ जनामा काेराेना पाेजेटिभ देखिएकाे हाे ।  ...
कोरोना उच्च सतर्कता र नियन्त्रणका लागि त्रियुगा नगरको विशेष माग

कोरोना उच्च सतर्कता र नियन्त्रणका लागि त्रियुगा नगरको विशेष माग

समाचार
 गाइघाट/बैशाख,१० विश्वभर फैलिएको कोरोना भाईरस नेपालमा पनि दिनप्रतिदिन संक्रमण संख्याको क्रम बढ्दो छ । १ नं प्रदेशको पहिलो र देशैकै ठुलो संख्यामा उदयपुरको  भुल्केमा संक्रमण फैलिएपछि उदयपुर अहिले त्रासमय बन्न पुगेको छ । यसैक्रममा यसको उच्च सतर्कता, नियन्त्रण र सुरक्षाको लागि बिभिन्न क्षेत्रहरु लागि परिरहेको छ । त्रियुगा नगरले यसको उच्च जोखिम र नियन्त्रणका लागि अहिले बिभिन्न पहलहरु चालिरहेको छ । त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरीले बुधबार नगरवासीहरुलाई बिषेश सम्बोधन गर्दै कोरोना सम्बन्धि बिषेश रोकथाम र सतर्कताको लागि नगरले बिभिन्न सम्बन्धित निकायहरु सँग आवश्यक भौतिक सामाग्री र जनशक्तिहरुको माग राखेको बताउनुभयो । त्रियुगा नगरपालिका ३ भुल्के स्थित मस्जिद वस्तिमा कोरोना संक्रमणको ठुलो सँख्या पक्ता लाग्ने बित्तिकै नगर त्यस तर्फ घम्भिर ध्यानाकर्षण र त्यसको समाधान तर्फ लागि परिरहेको विज...
आइसोलेसनमा भर्ना भएका २ जना नर्सको पीसीआर रिपोर्ट नेगेटिभ

आइसोलेसनमा भर्ना भएका २ जना नर्सको पीसीआर रिपोर्ट नेगेटिभ

समाचार
पूर्णपुष्टि, बैशाख १० गते ।  कोरोना भाइरस (कोभिड–१९) को आशंकामा टेकु अस्पालको आईसोलेसन वार्डमा भर्ना भएका दुई जना नर्सको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । काठमाण्डौको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुवै जनाको  पीसीआर रिपोर्ट नेगेटिभ आएको अस्पताले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । रिर्पोट नेगेटिभ आएपछि दुवै जनालाई अस्पतालबाट डिस्चार्ज गरेको अस्पतालले जनाएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाईएको छ ।...
भुल्केमा संक्रमित १ थपियो, जम्मा संख्या २५ पुग्यो

भुल्केमा संक्रमित १ थपियो, जम्मा संख्या २५ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख १० । उदयपुरको भुल्केमा संक्रमित थप १ जना बढेपछि त्यहाँको कोरोना संक्रमितको संख्या २५ पुगेको छ । १३ जना संक्रमित पत्ता लागेको भुल्केमा हिजो ११ जना थपिएका थिए । आज थप १ जना थपिएको हो । जिल्ला जनस्वस्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार थपिएका आज थपिएका एक र हिजोका १ गरी दुइजनालाई विराटनगर कोरोना अस्पताल पठाइएको छ । एम्बुलेन्सबाट उनीहरुलाई पठाइएको हो । हिजो पत्ता लागेका ११ मध्ये ८ जनालाई विहानै धरान लगिएको थियो भने अन्य दुइजनालाई पनि लगिएको थियो । प्रशासनले भुल्केमा विशेष सुरक्षा व्यवस्थाका साथ लक गरेको छ ।...