Sunday, August 9News That Matters

Month: ६ वर्ष अगाडि

डब्ल्यूएचओमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने १ जना पक्राउ

डब्ल्यूएचओमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने १ जना पक्राउ

समाचार
पूर्णपुष्टि, असार २४ विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) मा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेको छ । आफू विश्व स्वास्थ्य सङ्गठनको कर्मचारी भएको र जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ लिएर फरार रहेका नवलपरासीको सुस्ताका विजय पाण्डे पक्राउ परेको हो । ठगी गर्ने पाण्डेलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो । चितवनकी अस्मिता अधिकारीसँग १ लाख ८२ हजार रुपैयाँ, चितवनकै निशानबाबु घिमिरेसँग ३ लाख ५० हजार रुपैयाँ लिएको तथा अरु ठगी गरेको भेटिएको अपराध महाशाखाले जनाएको छ ।...
कास्कीमा थप १३ जनामा कोरोनाको सङ्क्रमण पुष्टि

कास्कीमा थप १३ जनामा कोरोनाको सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २४ कास्कीमा आज थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गरिएकामध्ये १३ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको हो । कास्कीको पोखरा महानगरपालिकाका १० जना र मादी गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले बताउनुभयो । पोखरा महानगरपालिकाको २६, २५, ३१, ५१, ४५, २५, ४३, ३२, २५ र ३५ वर्षीय पुरुषमा आज कोरोना सङ्क्रमण भएको छ भने मादी गाउँपालिकाका २८ वर्षीय पुरुषका साथै ३५ र ३७ वर्षीया महिलामा कोरोना देखिएको शर्माले बताउनुभयो । सङ्क्रमण पुष्टि भएकाहरुलाई आइसोलेशन कक्षमा लैजाने तयारी भइरहेको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार १ सय २९ पुगेको छ । आजसम्म गण्डकी प्रदेशमा ३ सय ५३ जना उपचारपछि निको भइ...
सिराहामा मास्क नलगाउने ६४ जना पक्राउ

सिराहामा मास्क नलगाउने ६४ जना पक्राउ

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २४ सिरहामा मास्क नलगाइ हिँड्ने ६४ जनालाई प्रहरीले पक्राउ गरेका छन् । लकडाउनको नियम पालन गर्न आग्रह गरिरहँदा पनि बेवास्ता गरी मास्क नलगाउने ६४ जनालाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले अत्यावश्यक काममा सवारी साधन वा पैदल हिँड्दा अनिवार्यरूपमा मास्क लगाउन र सामाजिक दुरीलाई पालन गरी कार्य गर्न आग्रह गरे पनि सर्वसाधारणले बेवास्ता गरेकाले पक्राउ गरी सङ्क्रमण रोग ऐन, २०२० अनुसार कारवाही सुरु गरिएको प्रहरीले जनाएको छ ।...
झुलाघाट नाका ३ दिनका लागि खुल्दै

झुलाघाट नाका ३ दिनका लागि खुल्दै

समाचार
पूर्णपुष्टि, असार २४ भारतसँग सीमा पर्ने बैतडीको झुलाघाट नाका आजदेखि तीन दिनसम्म खुल्ने भएको छ । नेपाल र भारतका स्थानीय प्रशासनको समन्वयमा तीन दिनका लागि सीमा नाका खोल्ने सहमति भएको हो । सीमा नाकामा फसेका नागरिकलाई स्वदेश फर्काउने, भारतबाट पेन्सन बुझ्ने नागरिकलाई पेन्सन बुझ्नका लागि र नेपालबाट भारत फर्कन चाहने भारतीय नागरिकका लागि सीमा नाका खोल्ने तयारी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बुधबार बिहान ९ बजेदेखि सीमा नाका खुल्ला गरिएको हो । भारतमा पेन्सन बुझ्ने दैनिक एक सय जनालाई मात्रै नाकाबाट भारत पस्न दिइने जनाइएको छ । त्यसका लागि ज्येष्ठताको आधारमा सोल्जर बोर्डले कुपनको व्यवस्था गरेको छ ।...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असार २४ आज सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । सुनको बढेर तोलामा ९१ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी ब्यवसायी महासघले जनाएको छ । चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ९ सय ५५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।
आजको विनिमय दर

आजको विनिमय दर

समाचार
पूर्णपुष्टि, असार २४ कोरोनाको महामारीका बेलामा विदेशी मुद्राको भाउ बढिरहेको छ । आज बुधबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ६० पैसा र बिक्रीदर १ सय २० रुपैयाँ २० पैसा तोकेको छ । त्यस्तै साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०५ पैसा रहेको छ । त्यसतै कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३३ रुपैयाँ १ पैसा रहेको छ । त्यस्तै ओमानी रियाल १ को खरिददर ३ सय ११ रुपैयाँ ३८ पैसा रहेको छ भने यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७३ पैसा छ । त्यस्तै मलेसियन रिंगिट एककोे खरिददर २७ रुपैयाँ ९७ पैसा बिक्रीदर २८ रुपैयाँ ११ पैसा तोकेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ  र बिक्रीदर १० रुपैयाँ ०५ पैसा पुगेको छ । कुवेती दिनार १ को खरिददर ३ सय ८८ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३ सय ९० रुपैयाँ २७ पैसा रहे...
कुपोषित बालबालिकालाई पोषण सामाग्री

कुपोषित बालबालिकालाई पोषण सामाग्री

समाचार
मिलन परियार लिम्चुङ्बुङ, असार २४ लिम्चुङ्बुङ गाउँपालिका–५ का जाँतेका कुपोषित बालबालिकालाई पोषण खाद्य सामाग्री वितरण गरेको छ । वर्ल्ड भिजन ईन्टरनेसनल नेपालको सहयोग र हुरेन्डेक उदयपुरको मातृ शिशु तथा पोषण परियोजना अन्र्तगत ५ बर्ष मुनिका ३१ कुपोसित बालबालिकालाई पोषण खाद्य सामाग्री बितरण गरेको हो । चामल १०, चना १०, गहुँ १०, आयोडिन नुन २, चिनी २ केजि र खानेतेल २ लिटरका दरले एक कार्यक्रमका साथ वडाध्यक्ष केशरकुमार खड्काले बालबालिकालाई पोषण खाद्य सामाग्री हस्तान्तराण गनरेको थियो । ५ बर्ष मुनिका बालबालिकाहरुको तौल प्रत्येक महिना लिने गरे को र तौल लिदा उमेर अनुसारको तौल नपुगेका बालबालिकाहरुलाई छ्नौट गरि पोषण खाध सामाग्री उपलब्ध गराईको हुरेन्डेक उदयपुरका सामाजिक परिचालक प्रेमकुमार राईले बताए ।...
कोरोना प्रभावित ५५१ घरपरिवारलाई राहत

कोरोना प्रभावित ५५१ घरपरिवारलाई राहत

समाचार
मिलन परियार लिम्चुङ्बुङ, असार २४  कोभिड १९ को कारण मारमा परेका उदयपुरको विपन्न तथा गरिब ५ सय ५१ घर परिवारलाई राहत सामाग्री वितरण गरेको छ । लकडाउनले विपन्न तथा गरिब र दैनिकी ज्याला मजदुर गरि खाने ५ सय ५१ घर परिवारलाई जाल्पा विकास समाजले राहत स्वरुप खाद्यन्न वितरण गरेको हो । वर्ल्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा रौतामाई गाउँपालिकाका ३ सय ८०, लिम्चुङ्बुङ गाउँपालिकाका ९० र त्रियुगा  नगरपालिका–१५ खाँबुका ८१ घरलाई १५ लाख बराबरको राहत वितरण गरिएको जाल्पा एकीकृत बिकास समाज उदयपुरका अध्यक्ष पुष्पराज पोखरेलले बताउनुभयो । कोरोना भाईरसको संक्रमण बढ्ने सम्भावना रहेकाले स्थानीय तहसँग समन्वयन गरेर यस्ता राहत ल्याउन रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले आग्रह गर्नुभयो । लकडाउनको बेला विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार राहत वितरण गरेको जाल्पा एकीकृत बिकास समाजका सु...
नेपाल प्रहरीको आईजीमा थापा नियुक्त

नेपाल प्रहरीको आईजीमा थापा नियुक्त

समाचार
पूर्णपुष्टि, असार २४ सरकारले नेपाल प्रहरीको महानिरीक्षक पदमा एआईजी शैलेश थापा क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको छ । हिजो बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले क्षेत्रीलाई नेपाल प्रहरीको महानिरिक्षकमा नियुक्ती गर्ने निर्णय गरेको हो । उहाँ नेपाल प्रहरीको २८ औँ महानिरीक्षक हुनुहुनेछ । अहिलेका आईजीपी ठाकुरप्रसाद ज्ञवालीको आज उमेरका कारण अवकास हुँनुहुदै छ । आज बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले उहाँलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको जनाईएको छ । महानिरीक्षक पदका लागि एआईजी शैलेश थापा र हरिबहादुर पाल प्रतिस्पर्धामा भए पनि सरकारले वरियतामा एक नम्बरमा रहेका थापालाई नै आईजीपी बनाउने निर्णय गरेको हो । २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएका थापा प्रहरी निरीक्षकदेखि एआईजीपीसम्म नम्बर एक नम्बर बन्ने सौभाग्य पाउँदै आउनुभएको छ । नेपाल प्रहरीको सङ्गठनमा ...
जलाशयमा बस डुब्दा २१ जनाको मृत्यु

जलाशयमा बस डुब्दा २१ जनाको मृत्यु

समाचार, संसार
पूर्णपुष्टि, असार २४ चीनको गुइझाउ प्रान्तमा जलाशयमा बस डुब्दा २१ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । हिजो गुइझाउ प्रान्तको अंसुन भन्ने ठाउँमा पुल तर्दै गर्दा सडक अवरोधका कारण बस पुलबाट जलाशयमा खसेको थियो । गाओकाओ विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गइरहेका विद्यार्थीहरु दुर्घटनामा परेको संचारमाध्यमहरुले जनाएको छ । बसमा जम्मा कति जना थिए र तीमध्ये कति विद्यार्थी थिए भन्ने बारे अझै स्पष्ट भएको छैन । दुर्घटना कसरी भयो भन्नेबारे अहिले अनुसन्धान भइरहेको जनाईएको छ । गुइझाउ आगो नियन्त्रण विभागले १९ जना गोताखोरसहित १ सय ४१ जना अग्नि नियन्त्रकहरु डुबेकाहरुको खोजी र उद्धार कार्यमा निरन्तर लागिरहेको जनाएको छ । यस्तै प्रहरी र अरु उद्धार टोलीले पनि उद्धार कार्यमा सघाइरहेको विभागले जनाएको छ ।...