माक्स नलगाउने ४२ जनालाई जिल्ला प्रसाशन कार्यलय उदयपुरले कारबाहि गर्यो
पूणर्पुष्टि, साउन १६
जिल्ला प्रशासन कार्यलय उदयपुरले बाहिर माक्स बिना हिड्ने ४२ जनालाई शुक्रबार कार्वाही गरेको छ । कोरोनाले थप त्रास बढाए सँगै सतर्कता अपनाएर हिड्नु पर्ने अवस्थामा अटेर गरी माक्स बिना हिड्नेहरुलाई कार्वाही गरेको प्रशासनले जनाएको छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाडण्डेले माक्स नलाई अटेर गरेर काम विना घर बाहिर निस्कनेलाई कार्वाही गरेको बताउनुभएको छ । बाहिर जादाँ-आउँदा मास्क नलगाई र भीडभाड गर्नेलाई संक्रमण रोग ऐन, २०२० बमोजिम जनही एक सय रुपैया जरिवाना तिराएर छोडेको प्रजिअ पाण्डेले बताउनुभयो ।
४२ जनालाई जनही १ सयको दरले जरिवान गरी कारबाही अगाडी बढाए सँगै चार हजार दुई सय जरिवाना जिल्ला प्रशासन कार्यालयले असुल गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनुभयो । कार्वाहीको प्रक्रिया निरन्तर चलिरहने प्रजिअ पाण्डेले बताउनु भएको छ । पाण्डेले बाराम्बार यसरी अटेरी ...









