Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

सुनको भाउ फेरी बढ्यो

सुनको भाउ फेरी बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असार १७ आज सुनको भाउ फेरी बढेको छ । सुन तोलाको ५ सय बढेर तोलाको ९१ हजार ७ सय रुपैयाँ तोकिएको हो । चाँदीको भाउ पनि आज तोलामा १५ रुपैयाँ बढेर ९ सय ६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
एकताबद्ध भएर अघि बढ्न प्रधानमन्त्रि ओलीलाई मन्त्रीहरुको सुझाव

एकताबद्ध भएर अघि बढ्न प्रधानमन्त्रि ओलीलाई मन्त्रीहरुको सुझाव

समाचार
पूर्णपुष्टि, असार १७ प्रधानमन्त्रि केपी शर्मा ओलीले आज मन्त्रिहरुसँग परामर्श गर्नुभएको छ । बिहान आफ्नै निवास बालुवाटारमा उहाँले केही मन्त्रीहरुसँग परामर्श गर्नुभएको हो । उहाँले आफ्नो समूहका र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुलाई बालुवाटार बोलाउनुभएको थियो । नेपाल निकट मन्त्रीहरु घनश्याम भुसाल र योगेश भट्टराई तथा पूर्व माओवादीको तर्फबाट रामबहादुर थापा बादल र लेखराज भट्ट छलफलमा सहभागी हुनुभएको थियो । आफूहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन, अन्तरविरोधको समाधानका लागि पहल गर्न, इतिहास र नेपाली नागरिकले दिएको जिम्मेवारीलाई पूरा गर्दै पार्टीलाई थप नयाँ जगमा अझ सुदृढ गर्न र एकताबद्ध बनाउन, विश्वासको संकटलाई अन्त्य गर्न सुझाव दिएको थियो । प्रधानमन्त्रीले अरु नेताहरुसँग पनि छलफल गरेर विवाद छिटै मिल्ने जनाएको छ । हिजो बसेको स्थायी कमिटी बैठकमा धेरैले पार्टी अध्य...
शिशु हत्या गरेको आशङ्कामा १ किशोरी पक्राउ

शिशु हत्या गरेको आशङ्कामा १ किशोरी पक्राउ

समाचार
पूर्णपुष्टि, असार १७ डोटीमा नवजात शिशुको हत्या गरेको आशङ्कामा एक किशोरीलाई पक्राउ गरेको छ । कैलाली जिल्ला स्थायी घर भई हाल दिपायल सिलगढी नगरपालिका–३ दिपायलको गणेशथानमा सिलाई कटाइ गर्दै आएकी २२ वर्षीया अविवाहित किशोरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । अबोध शिशुको हत्या गरेको आशङ्कामा हामीले किशोरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेको किशोरी माथी थप आवश्यक अनुसन्धान भइरहेको जनाईएको छ ।...
गण्डकी प्रदेश थप २८ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेश थप २८ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १७ गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्वका १२ जना, स्याङ्जाका ८ जना, बाग्लुङका ३ जना, गोरखाका ३ जना र कास्की र तनहुँका १÷१ जनामा संक्रमण पुष्टि भएको हो । सङ्क्रमितमध्ये केहीलाई आईसोलेशनमा राखिसकिएको र केहीलाई लैजाने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशका कोरोना सङक्रमित ९ सय ९४ मध्ये २ सय १४ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने २ जनाको मृत्यु भएको छ ।...
अमेरिकामा दैनिक १ लाख कोरोना संक्रमित पुग्ने सम्भावना

अमेरिकामा दैनिक १ लाख कोरोना संक्रमित पुग्ने सम्भावना

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार १७ अमेरिकामा दैनिक १ लाख कोरोना संक्रमित पुग्ने विज्ञले चेतावनी दिएका छन् । अमेरिकाका सङ्क्रामक रोगका वरिष्ठ विज्ञ डा. एन्थोनी फाउचीले कोरोना भाइरसको सङ्क्रमण रोकथाममा गरिएको प्रयास पर्याप्त नभएकोले दैनिक सङ्क्रमण १ लाख पुग्ने चेतावनी दिनुभएको हो । थप प्रभावकारी उपाय नअपनाइएमा अमेरिकामा अहिलेको सङ्क्रमण दरभन्दा दोब्बर बढी मानिस सङ्क्रमित हुनसक्ने डा. फाउचीको चेतावनी छ । अहिले अमेरिकामा दैनिक सरदर ४० हजार मानिस सङ्क्रमित हुने गरेका छन् । आउँदा दिनहरू अमेरिकाका लागि  थप चुनौतीपूर्ण हुने उनको भनाई छ । नागरिक स्तरबाट पनि सङ्क्रमण कम गर्न सामाजिक दूरी राख्ने र मास्क लगाउने नियम पालना हुनुपर्नेमा जोड दिनुभएको छ । अमेरिकी सिनेटको समितिले आयोजना गरेको  सुनुवाईमा डा. फाउचीले भाइरस नियन्त्रण गर्न नसकिएको प्रष्टै देखिएको बताउनुभयो हो ।...
लकडाउनको सय दिन पुग्यो, साढे १३ हजार बढी संक्रमित

लकडाउनको सय दिन पुग्यो, साढे १३ हजार बढी संक्रमित

समाचार
पूर्णपुष्टि, असार १७ आज कोरोना भाइरसको संक्रमण नियन्त्रणको लागि सरकारले गरेको लकडाउनको सय दिन पुगेको छ । गत चैत ११ गतेदेखि देशमा गरिएको लकडाउन आज सय दिन पुगेको हो । लकडाउन असार १ गतेदेखि केही खुकुलो बनाइएको छ । लकडाउनको यो मोडालिटी साउन ७ गतेसम्म कायम राख्ने सरकारले निर्णय गरिसकेको छ । तर सङ्क्रमण बढेमा प्रदेश र पालिकाले केन्द्रसँगको समन्वयमा निश्चित ठाउँमा लकडाउन कडा या खुकुलो बनाउन सक्छन् । पछिल्लो समय देशभर सङ्क्रमण बढ्दै गएको छ भने नागरिकमा डर घट्दै गएको छ । शहरी क्षेत्रमा भिडभाड बढे पनि परीक्षणको दायरा बढ्न सकेको छैन । हिजोसम्म देशभर संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको भने उपचारपछि ३ हजार एक सय ९४ जना निको भएका छन् भने २९ जनाको मृत्यु भएको छ ।...
प्रम ओलीले मन्त्रीहरुसँग छलफल गर्दै

प्रम ओलीले मन्त्रीहरुसँग छलफल गर्दै

समाचार
पूर्णपुष्टि, असार १७ हिजो बसेको पार्टी स्थायी कमिटी बैठकमा केहि शिर्ष नेताहरुले राजीनामा माग भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिहरुसँग छलफलमा जुट्नु भएको छ । प्रम ओलीले अहिले मन्त्रीहरुसँग बालुवाटारमा छलफल गर्दै हुनुहुन्छ । पार्टीको स्थायी कमिटी बैठकमा शीर्ष नेतासहित १७ जनाले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन माग गरेपछि प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग परामर्श गर्न लाग्नुभएको हो । प्रधानमन्त्री ओलीले सरकार र पार्टी दुवै चलाउन असफल भएको भन्दै बैठकमा शीर्षसहित अरु धेरै नेताहरुले दुवै पदबाट राजीनामा दिन माग गरेको थियो । उनीहरुले प्रधानमन्त्रीले आफूलाई दिल्लीले हटाउन खोजेको अभिव्यक्तिको पुष्टि गर्न माग गरेका छन् । हिजोको बैठकमा कोरोना भाइरसविरुद्ध सरकारले गरेका काम र सीमा अतिक्रमणको विषयमा बोल्ने कार्यसूची रहे पनि त्यो विषयमा छलफल हुन सकेन । स्थायी कमिटी ...
सिरि ए फुटबलमा युभेन्ट्सको अग्रता

सिरि ए फुटबलमा युभेन्ट्सको अग्रता

खेलकुद, समाचार
पूर्णपुष्टि, असार १७ सिरि ए फुटबलमा युभेन्ट्सले जेनोआलाई ३–१ गोलले पछि पार्दै जित हात पारेको छ । गतराती घरेलु टोली जेनोआबिरुद्ध सहज जित निकाल्दै युभेन्ट्सले लिग तालिकामा स्पष्ट ४ अंकको अग्रता बनाएको हो । युभेन्ट्सको पाउलो ड्याबालाले खेलको ५० औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो ।  त्यस्तै ५६ मिनेटमा क्रिस्टियानो रोनाल्डोले र ७३ औँ मिनटमा एन्ड्रिया पिनामोन्टीले गोल गर्दै जित दिलाएको थियो । घरेलु टोलीका लागि एन्ड्रिया पिनामोन्टीले ७६ औं मिनेटमा एक गोल फर्काएका थिए । शीर्ष स्थानको युभेन्ट्सले ७२ अंक जोडेको छ ।...
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असार १७ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढेको हो । मूल्य वृद्धि भएपछि काठमाण्डौ उपत्यकामा पेट्रोल १ सय १ रुपैयाँ तथा डिजेल तथा मट्टीतेल समान ८७ रुपैयाँ प्रतिलिटर पुगेको छ । आयल निगमले १५ दिनअघि प्राप्त नयाँ मूल्य सूचीका आधारमा मंगलबार रातिदेखि लागू हुने गरी मूल्य वृद्धि गरेको जनाएको छ ।...