Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

लागुऔषध सहित २ जना पक्राउ

लागुऔषध सहित २ जना पक्राउ

समाचार
सुनसरी ,असार १७  सुनसरीको ईनरुवा नगरपालिका–३ महेन्द्र चोकबाट  लागुऔषध सहित २ जना पक्राउ परेका छन । ईनरुवा–१० का ३० बर्षीय मोहमद अलाउदिन र २५ बर्षीय अक्तर आलम लागुऔषधसहित पक्राउ परेका हुन् । आज बिहान साढे ११ बजे को १० प १९९ नम्बरको मोटरसाईकलमा सवार दुबै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट डाईलेक्स डिसी १० बोतल र स्पास्मो प्रोक्सिभन १ सय १४ क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ । विशेष सुराकका आधारमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुबैजना माथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।  ...
आज ९ उडानमार्फत १३४२ नेपाली काठमाण्डौ आईपुग्यो

आज ९ उडानमार्फत १३४२ नेपाली काठमाण्डौ आईपुग्यो

समाचार
पूर्णपुष्टि, असार १७ आज भिन्न देशबाट ९ उडान मार्फत १ हजार घ सय ४२ जना नेपाली काठमाण्डौँ आईपुगेका छन् । साउदी र कतारबाट १२ नेपालीको शव पनि ल्याइएको छ । कोरोनाको कारण त्यहाँ समस्यामा परेका नेपालीहरु चार्टर्ड उडानमार्फत स्वदेश फर्किएको हो । नेपाल एअरलाइन्सको जहाजमार्फत २ सय ९७ जना कतारबाट स्वदेश फर्किएका छन् भने त्यहाँ ज्यान गुमाएका एक नेपालीको शव पनि आज स्वदेश ल्याइएको छ साउदीको रियादबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत २ सय ५७ जना नेपाली काठमाण्डौ आएका छन् भने ११ जना नेपालीको शव पनि ल्याएको त्रिभुवन विमानस्थलले जनाएको छ । हिमालय एअरलाइन्सले आबुधाबीबाट १ सय ५२ जना, दुबईको जहाजमार्फत १ सय ५८ जना स्वदेश फर्किएका छन् । यस्तै दुबईबाट नेपाल एअरलाइन्सको चार्टर्ड जहाजबाट १ सय ४६ जना फर्किएका छन् । मलेसियाको क्लालाम्पुरबाट मलेसियन एअरलान्सबाट १३ जना फर्किएका छन् । यो जहाजले नेपाल...
भारतबाट अझै ठूलो सहलको झुण्ड नेपाल आउन सक्ने

भारतबाट अझै ठूलो सहलको झुण्ड नेपाल आउन सक्ने

समाचार
पूर्णपुष्टि, असार १७ भारतको भागलपुर, मोतिहारीमा रहेको सलहको झुण्ड पूर्वा तर्फ बढेकाले नेपाल आउन सक्ने प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । केन्द्रले विशेष सूचना निकालेर दार्जिलिङतर्फ अघि बढेको झुण्ड नेपाल आउनसक्ने भन्दै सचेत रहन अनुरोध गरेको छ । त्यो झुण्ड नेपाल आएमा तराई, भित्री मधेश र तल्लो पहाडको क्षेत्रमा क्षति गर्ने भन्दै सचेत रहन आग्रह गरेको हो । केन्द्रले निकालेको सूचनामा कतैबाट सलहको झुण्ड आइरहेको छ कि भनेर जानकारी लिइरहन र झुण्ड आएमा भाँडाकुँडा तथा बाजा बजाएर तथा आगो बालेर धुवाँ फैलाइ आफ्नो बालीनालीमा बस्न नदिन प्रयास गर्न अनुरोध गरेको छ । केहि दिन अघि नेपालको बारा तथा रुपन्देही क्षेत्रबाट नेपाल प्रवेश गरेको सलह अहिलेसम्म २४ भन्दा बढी समूहमा बाँडिएर देशका ३१ भन्दा बढी जिल्लामा पुगेको केन्द्रले जनाएको छ । सबैभन्दा बढी रुपन्देहीमा प्रवेश गरेको झु...
सतर्कता अपनाय चट्याङ बाट बच्न सकिन्छ

सतर्कता अपनाय चट्याङ बाट बच्न सकिन्छ

समाचार
 बुद्धि चामलिङ राई उदयपुर, असार १७ आठ बर्ष अघि २०६९ साल जेठ २४ गते बिहिबार त्रियुगा नगरपालिकाको वडा नम्बर १२ पुरानो गाइघाट स्थित थरुहट रंगशालाको पुर्बी भागमा स्थानिय किसान बारिमा गोरु जोत्दै थियो । सिमसिम पानी पर्नलाई आकाश गड्याङगुडुङ गर्न थालेपछि चट्याङ लागेर उनको एक हल  दुई वटा गोरु जोतेकै ठाउमा चट्याङले मरे । चट्याङ थोरै समय पर्ने हुदा उनले आफ्नो हल गोरु ५ सेकेण्डको चट्याङका कारण गुमाउनु पर्यो । अहिले वर्षायाम सुरु भइसकेको  छ । अधिकाश मानिसहरु अहिले खेतबारिमा खेतिको चटारोमा छ्न । कति खेर घाम लाग्ने, कति खेर पानी पर्ने टुङ्गो हुन्न । सानोतिनो पानी पर्दा, सिमसिम पानी पर्दा पनि कृषकहरु खेती मै काम गरिरहेका भेटिन्छ्न  । मेलोपातको काम रोक्न कि मुसलधारे पानी नै पर्नु पर्छ नत्र काम मै कृषकहरु अभ्यस्त हुन्छ्न । घाम ,  पानी भन्दा पनि कृषक लाई खेती सक्न हतारो हुन्छ । यस्तै समय मा कहिले काह...
आज शेयर बजारमा ६ प्रतिशतको उछाल

आज शेयर बजारमा ६ प्रतिशतको उछाल

आर्थिक, समाचार
पूर्णपुष्टि,  असार १७ शेयर बजार आज परिसूचक नेप्सेमा उछाल आएको छ । हिजो जस्तै आज पनि तीन पटक सकारात्मक सर्किट ब्रेक लागेको नेप्से ७५.७७ अङ्क (६.१) प्रतिशतले बढेर १३ सय ३६.५२ बिन्दुमा पुगेको छ । बजार खुलेको १३ मिनेटमा चार प्रतिशतले बढेपछि पहिलो पटक कारोबार बन्द भएको थियो । ४० मिनेटपछि खुलेको बजार फेरि ५ प्रतिशतले बढेको थियो । ४० मिनेटपछि फेरि खुलेको शेयर बजार ६ प्रतिशतले बढेपछि आजको लागि कारोबार बन्द भएको छ । आज ४० करोड ७३ लाख रुपैयाँका ११ लाख १ हजार कित्ता शेयर किनबेच भएका छन् । आज होटल समूहबाहेक अरु सबैजसो समूहको शेयर उकालो लागेको छ । आज सिटिजन बैंकका लगानीकर्ताले १० प्रतिशतभन्दा धेरै कमाएका छन् भने २७ वटा कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । तर नेशनल माइक्रोफाइन्स वित्तीय संस्थाका शयेरधनीले झण्डै चार प्रतिशत गुमाएका छन् ।...
नेपालमा थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु

नेपालमा थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १७ नेपालमा आज थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । गत असार १४ गते अछामका ४५ वर्षका एक जना पुरूषको मृत्यु थियो । अछामको बयलपाटा अस्पतालमा भएको मृत्युपछि लिएको स्वाबमा असार १६ गते कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । उक्त संक्रमित मध्ये ४ हजार ६ सय ५६ जना उपचारपछि निको भएका छन् भने ३० जनाको मृत्यु भईसकेको छ ।...
नेपालमा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १७ नेपालमा अज थप ४ सय ८२ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय १७ महिला र ३ सय ७५ पुरुषमा संक्रमण पुष्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभरका कोरोना संक्रमित मध्ये अहिलेसम्म ४ हजार ६ सय ५६ जना उपचारपछि निको भएका छन् भने ३० जनाको मृत्यु भईसकेको छ ।...
बेलकामा जुत्ता चप्पल उद्योगको उद्घाटन

बेलकामा जुत्ता चप्पल उद्योगको उद्घाटन

आर्थिक, समाचार
जयराम पूर्वछाने मगर बेलका, असार १७ बेलका नगरपालिका–५ घुम्नेमा जुत्ता चप्पल उद्योग संचालन भएको छ । स्थानीय भोजराज कटुवालले संचालन गरेको उद्योगको आज नगरका मेयर दुर्गाकुमार थापाले उद्घाटन गर्नु भएको हो । उद्योगको उद्घाटन गर्दै मेयर थापाले, मेसिन औजार, सिप तालिममा सहयोग गर्ने बताउनुभयो । छिटो आम्दानी दिने पेशाको रुपमा चप्पल उद्योग हो । बट्टाइ चरा पालन, तरकारी पालन लगायतको छिटो आम्दानी दिने पेशाबाट धेरै आम्दानी लिन सकिने उहाँले बताउनुभयो । सुरक्षित भविष्यको आधार, सुविधा सम्पन्न पुर्वाधार नाराका साथ नगरपालिकाले गत वर्ष ५० बढि उद्यमीहरुलाई अनुदान वितरण गरेको छ । उद्यमीहरुले नै नगरमा सुन्दरता थपेको बेलका नगरपालिकाका उप प्रमुख राजकुमारी चौधरीले बताउनुभयो । मलेसियाबाट करिब ७ महिना अगाडी घर फर्कैका कटुवालले आफ्नै ठाउँमा केहि गर्ने सोच बनाएर ३ लाख ७० हजार ब्यक्तिगत लगानीमा उद्योग संचालन ग...
कांग्रेस सांसद छन्त्यालको असामयिक निधन

कांग्रेस सांसद छन्त्यालको असामयिक निधन

समाचार
पूर्णपुष्टि, असार १७ आज सांसद ज्ञानकुमारी छन्त्यालको उपचारका क्रममा काठमाण्डौमा असामयिक निधन भएको छ । लामो समयदेखि मुटु रोगबाट ग्रसित ६६ वर्षीया सांसद छन्त्याल  गङ्गालाल हृदयकेन्द्रमा करीब एक महिनादेखि उपचाररत हुनुहुन्थ्यो । कांग्रेसका तर्फबाट समानुपतिक सांसद उहाँ दोस्रो संविधानसभामा बागलुङ क्षेत्र नं ३ बाट निर्वाचित संविधानसभा सदस्यसमेत हुनुहुन्थ्यो । उहाँको विहान निधन भएको हो ।...
श्रीमतीले चिर्पट प्रहार गरी श्रीमानको हत्या

श्रीमतीले चिर्पट प्रहार गरी श्रीमानको हत्या

समाचार
पूर्णपुष्टि, असार १७ रुकुम पूर्वमा श्रीमतीले चिर्पट प्रहार गर्दा श्रीमानको मृत्यु भएको छ । सिस्ने गाउँपालिका–२ का रेश्मा बिकले चिर्पट प्रहार गर्दा आफ्नै श्रीमान २३ वर्षीय बिछोड बिकको मृत्यु भएको हो । पारिवारिक विवादको क्रममा गत राति ११ बजे बिछोडको श्रीमतीले चिर्पटले टाउकोमा हान्दा श्रीमानको मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीले चिर्पट प्रहार गर्दा बिछोडको टाउको, नाक, मुखबाट धेरै रगत बगेकाले मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । श्रीमानलाई चिर्पट प्रहार गरी हत्या गर्ने रेश्मालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।...