Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

सरकारको पक्षमा माइतीघरमा प्रदर्शन

सरकारको पक्षमा माइतीघरमा प्रदर्शन

समाचार
पूर्णपुष्टि,  असार १८ आज सरकार ढाल्न पाइँदैन भन्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढाल्न पाइँदैन भन्दै युवाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । नेकपाको स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा माग भइरहेको बेला केही कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । प्रधानमन्त्री ओलीको फोटोसहित ‘देशको मुहार फेर्नुछ साथी पार्टीभन्दा राष्ट्रमाथि’ लेखिएको ब्यानर लिएर प्रदर्शनमा विदेशी हस्तक्षेपका कारण सरकार ढाल्न खोजिएको भन्दै प्रदर्शनकारीहरुले नारा लगाएका छन् । उनीहरुले ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’, ‘वैदेशिक हस्तक्षेप चाहिँदैन, सरकार ढाल्न पाइँदैन’ लगायतका नारा लगाएका छन् ।...
आज सुनचाँदीको भाउ घट्यो

आज सुनचाँदीको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असार १८ आज सुनको भाउ ७ सय रुपैयाँ घटेको छ । सुनको भाउ घटेर ९१ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको ९ सय ५० रुपैयाँ निर्धारण गरिएको छ ।
आज शेयर बजार घट्यो

आज शेयर बजार घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असार १८ आज ६ प्रतिशतले नेप्से घटेपछि सर्किट ब्रेक लागेर शेयर कारोबार बन्द भएको छ । बजार खुलेको १ घण्टा ४० मिनेटमा ६ प्रतिशत अर्थात् ८०.४१ अङ्कले घटेर नेप्से १ हजार २ सय ५६.११ अङ्कमा बन्द भएको हो । सेन्सेटिभ परिसूचक पनि ६.२७ प्रतिशत अर्थात् १७.९९ अङ्कले घटेर २ सय ६९.०३ अङ्कमा बन्द भएको छ । आज १ सय ४२ कम्पनीको ४७ करोड ६६ लाख ५४ हजार रुपैयाँ बराबरको १ लाख ६१ हजार ८ सय ९० कित्ता शेयर खरिद बिक्री भएको छ । बजार खुलेको ३ मिनेटसम्म केही बढेको नेप्से त्यसपछि लगातार घट्दै ११ बजेर २३ मिनेटमा पहिलो सर्किट लागेको थियो । त्यसपछि २० मिनेटका लागि कारोबार बन्द भएको थियो । दोस्रो पटक खुलेको बजारमा ११ बजेर ४७ मिनेट जाँदा फेरि ५ प्रतिशतले नेप्से घटेपछि दोस्रो पटक पुनः सर्किट ब्रेक लागेको थियो । फेरि १२ बजेर २८ मिनेटमा खुलेको बजार १२ बजेर ४० मिनेटमा पुग्दा ६ प्रतिशतले घटेपछि आजका लागि कार...

नेकपाका २ अध्यक्षबीच छलफल हुँदै

समाचार
पूर्णपुष्टि, असार १८ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक केहिबेर बसेर अहिले स्थगित भएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिसँगको परामर्श र मन्त्रीपरिषद्को बैठकमा व्यस्त भएकाले बैठक स्थगित भएको हो । स्थायी कमिटीको बैठक रोकेर अहिले ओली र प्रचण्डबीच छुट्टै छलफलको तयारी भइरहेको छ । यसअघि पार्टी स्थायी कमिटी बैठकमा आफ्नो राजीनामा माग भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले दलका नेताहरुसँग परामर्श गर्नुभएको थियो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका स्थायी कमिटीसदस्यहरुसँग छलफल गर्नुभएको छ । पार्टीभित्र देखिएको विवाद समाधानको लागि नेताहरु परामर्शमा जुटेका हुन् । मङ्गलबार र बुधबारको स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि नेकपाभित्रको विवाद सतहमा ...
राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन अन्त्य

राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन अन्त्य

समाचार
पूर्णपुष्टि, असार १८ सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को बजेट अधिवेशन अन्त्य गर्नुभएको छ । संसद्को अधिवेशन अन्त्य गरेको पत्र राष्ट्रपति कार्यालयले सङ्घीय संसद् सचिवालयलाई पठाएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद बढ्दै गएपछि सरकारले संसद्को अधिवेशन अन्त्य गरेको हो । बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आज पाँच बजेदेखि संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को चालु अधिवेशन अन्त्य गर्नुभएको हो ।...
श्रम स्वीकृति खुल्यो

श्रम स्वीकृति खुल्यो

समाचार
पूर्णपुष्टि, असार १८ आजदेखि सरकारले पुनः श्रम स्विकृति खुला गरेको छ । नेपालीको श्रम गन्तव्य देशमा कोरोना महामारी सुरु भएपछि गत फागुन अन्तिमदेखि बन्द भएको श्रम स्वीकृति खुल्ला गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । भिसाको  र करारको म्याद भएकालाई ताहाचल कार्यालयबाट आजैदेखि पुनः श्रम स्वीकृति दिन थालिएको जनाईएको छ । पुनः  श्रम स्वीकृति खुले पनि नयाँको बारेमा भने कुनै जानकारी दिएको छैन । पुन: श्रम स्वीकृति सरकारले वैदेशिक रोजगारी खुला गरिएका सबै देशको लागि दिनेछ । तर अहिले कार्यालयमा पुनः श्रम स्वीकृतिका लागि आउनेले कोरोना रोकथामको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने छ । त्यही अनुसार कार्यालयले तयारी पनि गरेको जनाईएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को असार ७ मा बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम ...
एक किलो सलहको ५० रुपैयाँ

एक किलो सलहको ५० रुपैयाँ

समाचार
पूर्णपुष्टि, असार १८ काठमाण्डौँको टोखा नगरपालिकाले १ केजी सलह किरा संकलन गरेर वडामा बुझाए ५० रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ । पछिल्लो पटक नेपालको कृषि क्षेत्रको चुनौतीका रूपमा देखिएको सलह किरा नियन्त्रणका लागी नगरले यस्तो योजना ल्याएको हो । सलह किराले ठूलो क्षेत्रमा कृषि बाली नष्ट गर्न थालेपछि यसको नियन्त्रणका लागि प्रोत्साहन स्वरुप रकम उपलब्ध गराउने घोषणा गरिएको नगरले जनाएको छ । नगरले सलह किराको प्रकोप नियन्त्रणको लागि किराको बासस्थान पहिचान गरी बिहान ६ बजेदेखि ८ बजेसम्म र बेलुका ६ बजेदेखि ७ बजेसम्म विषादी प्रयोग गर्न किसानलाई आग्रह गरेको छ । यस्तै सलह बसेको रुख तथा बोटविरुवा हल्लाइ किरा भगाउने, सलह किरा बढी प्रोटिनयुक्त भएकाले मारेर हाँस तथा कुखुराको दानाका रूपमा प्रयोग गर्न कृषकलाई सुझाव दिएको छ । सलह किरा साँझपख बोटबिरुवामा झुण्ड अवस्थामा बस्ने भएकाले यसलाई भगाउन थाल,...
रोटा भाइरसविरुद्धको खोप आज देखि सुरु

रोटा भाइरसविरुद्धको खोप आज देखि सुरु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १८ नेपालमा पहिलो पटक रोटा भाइरस विरुद्धको खोप आजदेखि प्रयोगमा आउने भएको छ । ग्लोबल एलाइन्स फर भ्याक्सिन एण्ड इम्युनाइजेशन गाभीको सहयोगमा नेपाल ल्याइएको खोप आजदेखि प्रयोगमा आउने परिवार कल्याण महाशाखाको खोप शाखाले जनाएको छ । पहिलो चरणमा ३ लाख २४ हजार भाइल खोप नेपाल भित्रिएको छ । बिस्तारै आवश्यकता अनुसार थप खोप ल्याउने जनाईएको छ । केन्द्रबाट प्रदेशमा खोप पठाइसकिएकाले प्रदेशले मातहतका जिल्लामा  आवश्यकता अनुसार पठाउने जनाईएको छ । जिल्लाले आफ्नो नियमित खोप तालिका अनुसार एक वर्ष मुनिका बालबालिकालाई खोप दिनेछन् । एक वर्ष मुनिका ६ लाख २० हजार बालबालिकालाई खोप दिइने जनाईएको छ । रोटा भाइरसका कारण हुने झाडापखालाका विरुद्ध यो खोप दिन लागिएको हो । यो खोप बच्चा जन्मेको ६ हप्तामा र १० हप्तामा गरी २ पटक दिने गरिन्छ । यो खोप जेठ महिनादेखि सुरु गर्ने सरकारको योजना भए पनि क...
कोरोनाले बोका पाठा नविक्दा व्यावसाय ठप्प

कोरोनाले बोका पाठा नविक्दा व्यावसाय ठप्प

समाचार
पूर्णपुष्टि, असार १८ कोरोनाले गर्दा उदयपुरका व्यावसायीक बाख्रा पलक कृषक रामकुमार राईले उत्पादन गरेको बोका, पाठा विक्र भएको छैन । करिब ८ वर्षदेखि व्यावसायकीक बाख्रा पालन गर्दै आएका त्रियुगा नगरपालिका–१४ नेपानेका कृषक राईले उत्पादन गरेको बोका, पाठा विक्रि नभएको हो । व्यावसाय सुरु गरेदेखि यो पहिलो पटक समयमा बोका, पाठा विक्रि गर्न नपाएको कृषक राईले बताउनुभयो । २०६८ सालदेखि व्यावसायमा होमिएका कृषक राईले २०७१ मा ‘स्वईच्छा बाख्रा पालन फर्म’ दार्ता गरेर व्यावसायीक बाख्रा पाल्दै आएको कृषक उहाँले बताउनुभयो । लकडाउनले गर्दा समयमा बोका, पाठा बेच्न नपाएको कृषक राईले बताउनुभयो । गाउँघरमा केहि बोका विक्री भएपनि उचित मूल्य पाउन सकेन । अहिले फर्ममा करिब ३५ वटा बोका बेच्न योग्य रहेको उहाँले बताउनुभयो । पाठा जन्मेको करिब ५ महिनामा बेच्न योग्य हुन्छ । सिजन कटि सकेको बोका पनि फर्ममा रहेको कृषक राईल...
पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-17

पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-17

समाचार
गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि। नवलपरासी बर्दघाट सुस्तापूर्वका १२ जना, स्याङ्जाका ८ जना, बाग्लुङका ३ जना, गोरखाका ३ जना र कास्की र तनहुँका १÷१ जनामा संक्रमण पुष्टि भएको हो । -*- नेपालमा अज थप ४ सय ८२ जनाका कोरोना संक्रमण पुष्टि । योसँगै नेपालमा संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । -*- नेपालमा आज थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु । योसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । -*- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो । पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढेको हो । -*- सिरि ए फुटबलमा युभेन्ट्सले जेनोआलाई ३–१ गोलले पछि पार्दै जित । गतराती घरेलु टोली जेनोआबिरुद्ध सहज जित निकाल्दै युभेन्ट्सले लिग तालिकामा स्पष्ट ४ अंकको अग्रता बनाएको हो । -*- प्रधानमन्त्रि केपी शर्मा ओलीले आज म...