Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

झुल लगाउँदा करेन्ट लागेर कान्छाको मृत्यु

झुल लगाउँदा करेन्ट लागेर कान्छाको मृत्यु

समाचार
मोरङ, असार १९ मोरङमा हिजोराती सुत्नलाई झुल लगाउँदा करेन्ट लागेर कान्छा चौधरीको मृत्यु भएको छ । बेलवारी नगरपालिका–९ घर भई बिराटनगर महानगरपालिका–१९ मा बस्दै आएका २५ बर्षीय कान्छा चौधरीको करेन्ट लागेर मृत्यु भएको हो । गतराती साँढे १० बजे सुत्नको लागी झुल लगाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका चौधरिको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
स्कुटर दुर्घटना हुदा चालकको मृत्यु

स्कुटर दुर्घटना हुदा चालकको मृत्यु

समाचार
मोरङ, असार १९ गते । मोरङमा स्कुटर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । बिराटनगर महानगरपालिका–१५ रानीमा भएको स्कुटर दुर्घटनामा चालकको मृत्यु भएको हो । दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको लु ४६ प ६३९० नम्बरको स्कुटर गतराती करिब साँढे ११ बजे आफै अनियन्त्रीत भई दुर्घटना हुँदा स्कुटर चालक प्रशान्त बस्नेत घाईते भएको थियो ।  घाईते भएका  विराटनगर १६ न. वडाका २३ बर्षीय बस्नेतको उपचारको क्रममा नोवेल अस्पताल बिराटनगरमा राती साँढे १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।...
उदयपुरमा वडाध्यक्षसहित पाँचजनामा कोरोना पुष्टि, जिल्लामा संक्रमितकाे संख्या ७२ पुग्याे

उदयपुरमा वडाध्यक्षसहित पाँचजनामा कोरोना पुष्टि, जिल्लामा संक्रमितकाे संख्या ७२ पुग्याे

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १९ । उदयपुरमा पहिलोपटक जनप्रतिनिधीमा कोरोना पोजेटिभ देखिएको छ । बेलका नगरपालिकाको एक वडाध्यक्षमा कोरोना पोजेटिभ देखिएको हो । ६३ बर्षिय वडाध्यक्षसहित बेलकाका पाँचजनामा आज कोरोना पोजेटिभ पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख मोहन सुवेदीले बताउनुभयो । याेसंगै जिल्लामा अव काेराेना संक्रमितकाे संख्या ७२ पुगेकाे प्रमुख सुवेदीले बताउनुभयाे । पालिकाका मेयर दुर्गाकुमार थापाका अनुसार पाँच मध्ये २ जना भारतबाट अाइ कोरेन्टाईनमा बसेका हुन् । क्वारेन्टाइनमा बस्ने वडा नं. ९ का २३ र ३४ वर्षिय पुरूषहरू हुन् । ३ जना समुदायका हुन् । वडाध्यक्ष गाउघरमै बसेका हुन् भने अन्य दुईजना गाउँमै थिए । पाेखराबाट अाएर घर बसेका ३२ वर्षिय पुरूष र वडा नं. ५ का स्थानीय ४० पर्षिय पुरूषमा पाेजेटिभ देखिएकाे हाे । पाँचै जनालाई चौदण्डिगढीको बेल्टार सातधारे आईसोलेशनमा लगिने बताईएको छ । समुदायमा बसेकाहरुमा...
पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-18

पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-18

समाचार
नेपालमा आज थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि । योसँगै नेपालमा संक्रमितको संख्या  १४ हजार  ५ सय १९  पुगेको छ । -*- आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार गराईरहेका एक शिशुको कोरोना संक्रमणबाट मृत्यु । म्याग्दीको धौलागिरि नगरपालिका–४ का ४९ दिनका शिशुको कोरोनाको कारण मृत्यु भएको हो । -*- दार्चुलाको नेपाल—भारत सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको ३ वटा सीमा सुरक्षा चौकी (बीओपी) स्थापना । सशस्त्र प्रहरीका सुदूरपश्चिम प्रमुख वैद्यनाथ बाहिनीपति डिआइजी हरिशङ्कर बुढाथोकीले विहिबार लेकम गाउँपालिका—३ लाली, मालिकार्जुन गाउँपालिका—७ जोलजिबी र व्यास गाउँपालिका—२ दुम्लिङमा स्थापना भएका बीओपीको उद्घाटन गर्नुभएको हो । -*- काठमाण्डौँको टोखा नगरपालिकाले १ केजी सलह किरा संकलन गरेर वडामा बुझाए ५० रुपैयाँ प्रोत्साहन भत्ता दिने । पछिल्लो पटक नेपालको कृषि क्षेत्रको चुनौतीका रूपमा ...
शान्ति मिसनमा निगमले उडान गर्ने

शान्ति मिसनमा निगमले उडान गर्ने

समाचार
पूर्णपुष्टि, असार १८ राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले यूएनको शान्ति मिसनमा खटिने नेपाली सेनालाई लैजान अफ्रिकन देशमा चार्टर्ड उडान गर्ने भएको छ । नेपाली सैनिकलाई संयुक्त राष्ट्र सङ्घ (यूएन) को शान्ति मिसनमा लैजान नेपाल एअरलाइन्सको चार्टर्ड उडान सेन्ट्रल अफ्रिकन रिपब्लिक र मालीमा गर्ने भएको निगमको अपरेशन विभागले जनाएको छ । निगमको बजार विविधीकरणको योजना अनुरुप संयुक्त राष्ट्र सङ्घको सेन्ट्रल अफ्रिकन रिपब्लिकन र मलिकोमिनुसामा नेपाली सेनालाई लैजाने सम्बन्धमा आज निगम र नेपाली सेनाका उच्च अधिकारीबीच सम्झौता भएको हो । सम्झौतानुसार मिसनका लागि खटिने नेपाली सेनालाई आगामी आसार २४ गते अर्थात् जुलाई ८ तारिखमा वाइडबडी जहाजमार्फत अफ्रिकन रिपब्लिक र माली लगिने भएको छ । निगमको वाइडबडी जहाज काठमाण्डौबाट कतारको दोहामा प्राविधिक उडान गर्दै त्यहाँबाट सेन्ट्रल अफ्रिकन ...
दार्चुलामा ३ सिमा सुरक्षा चौकी स्थापना

दार्चुलामा ३ सिमा सुरक्षा चौकी स्थापना

समाचार
पूर्णपुष्टि, असार १८  दार्चुलाको नेपाल—भारत सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको ३ वटा सीमा सुरक्षा चौकी (बीओपी) स्थापना भएको छ । सशस्त्र प्रहरीका सुदूरपश्चिम प्रमुख वैद्यनाथ बाहिनीपति डिआइजी हरिशङ्कर बुढाथोकीले विहिबार लेकम गाउँपालिका—३ लाली, मालिकार्जुन गाउँपालिका—७ जोलजिबी र व्यास गाउँपालिका—२ दुम्लिङमा स्थापना भएका बीओपीको उद्घाटन गर्नुभएको हो । बैतडीको पञ्चेश्वरमा सशस्त्र प्रहरीको बीओपी बुधबार उद्घाटन गरेर दार्चुला पुग्नुभएका डिआइजी बुढाथोकीले ३ वटै बीओपीको उद्घाटन गरेको प्रहरीले जनाएको छ । डिआइजी बुढाथोकी जोलजिबी र लालीमा बीओपी स्थलमा पुग्नुभएको थियो भने दुम्लिङमा भिडियो कन्फ्रेन्समार्फत बीओपी उद्घाटन गरिएको जनाईएको छ । ३ वटै बीओपीमा २०÷२० जना सुरक्षाकर्मी खटाइएका छन् । तत्काल बीओपीको नेतृत्व सशस्त्र प्रहरी नायब निरीक्षकले गरेका छन् । केही समयपछि सशस्त्र प्रहरी निरीक्षकले नै...
कोरोनाको कारण १ शिशुको मृत्यु

कोरोनाको कारण १ शिशुको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १८ आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार गराईरहेका एक शिशुको कोरोना संक्रमणबाट मृत्यु भएको छ । म्याग्दीको धौलागिरि नगरपालिका–४ का ४९ दिनका शिशुको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत असार ९ गते अस्पताल भर्ना भएका शिशुलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको र उनको हिजो मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ ।...
आज थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि

आज थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १८ नेपालमा आज थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या  १४ हजार  ५ सय १९  पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय९ जना महिला र ३ सय ६४ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज थप ६ सय ६४ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै निको हुनेको संख्या ५ हजार ३ सय २० जना निको भईसकेका छन् । आज थप १ जना कोरोना संक्रमणबाट मृत्यु भएपछि नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।...
फरार अभियुक्त पक्राउ

फरार अभियुक्त पक्राउ

समाचार
पूर्णपुष्टि, असार १८ जिल्ला अदालत उदयपुरले लागुऔषध मुद्दामा दोषी ठहर गर्दै १ महिना कैद र ३ हजार जरिवाना तोकि फैसला गरेपछि फरार रहेको २ जना अभियुक्त पक्राउ परेका छन् । फरार रहेको अभियुक्तहरु चौदण्डिगढी नगरपालिका–७ का २५ वर्षीय अनुप खड्का र ६ न. वडाका २२ वर्षीय नाम्सु आले बुधबार पक्राउ परेको प्रहरीले जनाएको छ । लागुऔषध मुद्दामा उनीहरुलाई अदालतले २०७० भदौ १८ गते दोषी ठहर गर्दै उक्त सजाय फैसला गरेको थियो । फरार रहेका अभियुक्तहरुलाई ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटेका प्रहरी टोलीले उनीहरुको घरबाट पक्राउ गरी फैसला कार्यन्वयनका लागी अदालत पठाएको प्रहरीले जनाएको छ ।...
रुकुम पश्चिममा पीसीआर विधिबाट कोरोना परीक्षण सुरु

रुकुम पश्चिममा पीसीआर विधिबाट कोरोना परीक्षण सुरु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १८ रुकुम पश्चिममा पहिलो पटक पीसीआर विधिबाट कोराना परीक्षण  सुरु भएको छ । चौरजहारी नगरपालिकाले आयुर्वेद स्वास्थ्य केन्द्रको भवनमा बुधबारदेखि कोरोना परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको हो । स्वास्थ्यलाई प्राथमिकतामा राख्दै स्थानीय स्तरमै प्रयोगशाला मेसिन सञ्चालन गरिएको छ । अब स्वाब सङ्कलनको नतिजा हप्तौँ कुर्नु पर्ने र शङ्काकैबीच जनता त्रासमा बस्नु पर्ने अवस्थाको अन्त्य भएको नगरपालिकाले जनाएको छ । बुधबार बेलुका प्रयोगशालामा जडान गरिएको मेसिनबाट पहिलो पटक परीक्षण गरिएका सबैको कोरोना सङ्क्रमणको नतिजा नेगेटिभ आएको नगरपालिकाले जनाएको छ । केन्द्र, प्रदेश र रुकुम पश्चिमका सबै पालिकाको पहलमा पीसीआर मेसिन जडानपछि प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । कोरोना सङ्क्रमण भए नभएको पत्ता लगाउन सङ्कलन गरिएको स्वाब सुर्खेत, जुम्ला लगायतमा रहेको प्रयोगशालामा पठाउँदा धेरै दिन कुर्नु ...