Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

पोखरीमा डुबेर २ जनाको मृत्यु

पोखरीमा डुबेर २ जनाको मृत्यु

समाचार
मोरङ, असार १९  मोरङमा पोखरीमा डुबेर २ जनाको मृत्यु भएको छ । जहदा गाउँपालिका–३ का १८ बर्षीय दिनेश राजवंशी र २० बर्षीय रिक्की राजवंशी पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । स्थानीय ब्रहमदेव राजवंशीको पोखरीमा पौडी खेल्न गएका दुबै जना पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । भएको तथा दिनेशलाई स्थानीयले उद्धार गरी उपचारको लागी कोशी अस्पताल बिराटनगर लगेकोमा उपचारमा संग्लग्न डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
भूकम्पले क्षति गरेका ५ लाख घरको पुनर्निर्माण कार्य सकियो

भूकम्पले क्षति गरेका ५ लाख घरको पुनर्निर्माण कार्य सकियो

समाचार
पूर्णपुष्टि,  असार १९ २०७२ सालको भूकम्पले क्षति पुगेका ५ लाख घरको पुनर्निर्माण कार्य सकिएको छ । अहिलेसम्म ५ लाख ७ हजार ६ सय २३ घर पुनर्निर्माण भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणले झण्डै ७ लाख ८६ हजारसँग अनुदानको सम्झौता गरेको छ । तीमध्ये तेश्रो किस्ताको अनुदान रकम भुक्तानीका लागि ५ लाख ८७ हजार ४ सय ५२ घर प्रमाणीकरण भैसकेका जनाईएको छ । करिब २ लाख २ हजार घर पुनर्निर्माण भैरहेका छन् । पुनर्निर्माण भैसकेका र बन्दै गरेका गरी ७ लाख १० घर रहेका प्राधिकरणको तथ्याङकले देखाएको छ । भूकम्प र त्यसपछिका परकम्पले क्षति गरेका ८ लाख ३२ हजार ४ सय ८ घर लाभग्राही सूचीमा छन् । तीमध्ये झण्डै ७७ हजार प्रवलीकरण गर्नुपर्ने अवस्थाका छन् । प्रवलीकरणको काम भने अहिले पनि अन्यौलमै छ । प्रवलीकरण गर्न लाभग्राही इच्छुक नदेखिएको प्राधिकरणको भनाइ छ । तर प्राधिकरणले आवश्यक प्रविधि र जनशक...
लद्दाख चियाउँदै भारतीय प्रधानमन्त्री मोदी

लद्दाख चियाउँदै भारतीय प्रधानमन्त्री मोदी

समाचार, संसार
पूर्णपुष्टि, असार १९ आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लद्दाख चियाउँन पुगेको छ । मोदीसँगै चीफ अफ डिफेन्स स्टाफ (सीडीएफ) जनरल बिपिन रावत र अन्य वरिष्ठ अधिकारी पनि लेह पुगेको हो । भारत–चीन विच सीमा क्षेत्रमा भएको झडपपछिको अवस्थाबारे बुझ्न र समीक्षा गर्न मोदी लेह पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गत १५ जुनमा चिनियाँ सेनासँगको सङ्घर्षमा २० जना भारतीय सैनिकको मृत्यु गएको थियो । प्रधानमन्त्री मोदी निमु पुगेको र भारतीय सेनाका जवान, एअर फोर्स र आईटीबीपीका सुरक्षाकर्मीसँग कुरा गर्नुभएको जनाईएको छ ।...
पोखरामा प्रधानमन्त्रीको समर्थनमा युवाहरुको प्रदर्शन

पोखरामा प्रधानमन्त्रीको समर्थनमा युवाहरुको प्रदर्शन

समाचार
पूर्णपुष्टि, असार १९ पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा युवाहरुले प्रदर्शन गरेका छन् । पार्टीभित्र आन्तरिक किचलो बढिरहेको बेला युवाहरुले प्रधानमन्त्री ओलीले देश र नागरिकको पक्षमा राम्रो काम गरेको भन्दै उहाँको समर्थनमा ¥याली निकालेका हुन् । पोखराको चिप्लेढुङ्गाबाट सुरु भएको ¥याली मानवअधिकार चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । ओलीले भारतले मिचेको भूभाग सहितको नक्सा जारी गरेर राष्ट्रवादी छवि बनाएको भन्दै समर्थन जनाएको जनाईएको छ । र्यालीमा ‘आजलाई होइन भोलिलाई, पाँच वर्ष ओलीलाई’, ‘विदेशी हस्तक्षेप मुर्दावाद’ लगायतका नारा लगाइएको छ । यस्तै विदेशी चलखेलले ओली सरकार ढाल्न खोजेको आरोप पनि लगाएका छन् ।...
नेविसङ्घ नेतृत्वप्रति देउवाको आक्रोस

नेविसङ्घ नेतृत्वप्रति देउवाको आक्रोस

समाचार
पूर्णपुष्टि, असार १९ नेविसङ्घ नेतृत्वप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आक्रोशित हुनुभएको छ । नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६ औँ जन्म जयन्तीको अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेविसङ्घले सङ्गठन विस्तारमा काम नगरेको भन्दै आक्रोशित हुनुभएको हो । काठमाण्डौमा भाषण गरेर बस्ने प्रवृत्तिले सङ्घ कमजोर बन्दै गएको र अहिले गाउँका कुनै पनि स्कुलमा नेविसङ्घ नरहेको र जित्ने हैसियत नेविसङ्घले नराखेको भन्दै आक्रोशित हुनुभयो । पहिला गाउँ र स्कुलमा गएर नेविसङ्घ बनाएर मात्र आफूसँग कुरा गर्न आउन उहाँले विद्यार्थी नेताहरुलाई निर्देशन दिनुभयो । अहिले नेविसङ्घभित्र देखिएको विवाद केही पनि नभएको र दुई पक्षबीच कुरा गरी समस्याको समाधान निकालिने देउवाले बताउनुभयो । उहाँले विद्यार्थीहरु आपसमा मिल्न नसक्नु नै मुख्य समस्या भएको बता...
आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असार १९ आज सुनको भाउ तोलमा ५ सय रुपैयाँले घटेको छ । सुन घटेर तोलाको ९० हजार ५ सय रुपैयाँ कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको ९ सय ४० रुपैयाँ निर्धारण गरिएको छ ।

प्रधानमन्त्रि ओली र प्रचण्ड छलफलमा

समाचार
पूर्णपुष्टि, असार १९ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष पार्टीभित्रको विवाद समाधानको लागि छलफलमा जुटेका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेको हो । आज एक दिन स्थायी कमिटी बैठक स्थगित गरेर दुई अध्यक्षबीच कुराकानी गर्ने हिजोको निर्णय अनुसार दुई अध्यक्ष छलफलमा जुटेका हुन् । पार्टीभित्र गम्भीर विवाद उत्पन्न भएपछि नेकपाका अरु नेताहरु पनि बिहानैदेखि छलफलमा छन् । दोस्रो तहका नेताहरुले जसरी पनि पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन शीर्ष नेताहरुको ध्यानाकर्षण गराएका छन् । स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको माग उठेपछि नेकपाभित्र विवाद बढेको हो । पार्टीमा देखिएको सङ्कट समाधान गर्ने उद्देश्यले स्थायी कमिटीको अर्को बैठक भोलि बस्ने र यसबीचमा अध...
रसुवागढी नाकाबाट २२ गतेदेखि आयात सुरु हुने

रसुवागढी नाकाबाट २२ गतेदेखि आयात सुरु हुने

समाचार
पूर्णपुष्टि,  असार १९ चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट आगामी असार २२ गते अर्थात सोमबारदेखि आयात सुरु हुने भएको छ । एक साताअघि नै नाका खोल्ने सहमति भए पनि चिनियाँ पक्षले हिजोदेखि सामग्री लोड गर्न थालेको हो । सामग्री लोड हुन थालेको र सम्पूर्ण जाँचपासको प्रक्रिया पूरा गरेर चिनियाँ गाडी सोमबार रसुवागढी नाका आइपुग्ने रसुवा भन्सारले जनाएको छ । कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन भन्दै गत माघ १५ गतेदेखि नाका बन्द भएको थियो । सीमामा व्यापारिक गतिविधि बढेपछि कोरोनाको सङ्क्रमण पनि फैलन सक्ने भएकाले स्वास्थ्य सुरक्षालाई ध्यान दिएर नाका खोल्ने सहमति भएको थियो । पहिलो चरणमा नेपाली पक्षले चिनियाँ पक्षलाई १५ जना चालक र १५ जना कामदारको विवरण उपलब्ध गराएको छ । नाका सञ्चालनमा आएपछि मितेरी पुलसम्म चिनियाँ पक्षले नै सामग्री ल्याइदिनेछन् । मितेरी पुलमा सामग्री लिन जाने चालक तथा लोड ...
अझै ३  दिन मनसुन सक्रिय रहने

अझै ३ दिन मनसुन सक्रिय रहने

समाचार
पूर्णपुष्टि,  असार १९ अझै तीन दिनसम्म मनसुन थप सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले ५ नम्बर प्रदेश, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा पानी परिरहेको  छ । दिउँसो वाग्मती प्रदेश, १ नम्बर प्रदेश र २ नम्बर प्रदेशमा पनि ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । मेघ गर्जन र चट्याङसहित एकछिन पानी पर्दै एकछिन रोकिने गर्ने जनाईएको छ । राति पनि देशका सबै ठाउँमा सामान्य बदली रहने जनाईएको छ ।...
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको जित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको जित

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, असार १९ इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले जित हात पारेको छ । म्यानचेस्टर सिटीले लिभरपुललाई ४–० गोलले पछि पार्दै जित हात पारेको हो । सिटीको घरेलु मैदान बिहान भएको खेलमा खेलको २५ औं मिनेटमा पेनाल्टी मार्फत ब्रूइनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । यस्तै ३५ औं मिनेटमा स्र्टलिङले दोस्रो गोल गरे । ४५ औं मिनेटमा फोडेनले तेस्रो गोल गरे । पहिलो हाफमा ३ गोल खाएको लिग च्याम्प्यिन लिभरपुलले दोस्रो हाफमा गोल त फर्काउन सकेन नै उल्टै आफ्नै पोस्टमा गोल गरेको थियो ।...