Monday, August 10News That Matters

Month: ६ वर्ष अगाडि

सलह सक्रिय हुने सम्भावना हट्यो

सलह सक्रिय हुने सम्भावना हट्यो

समाचार
पूर्णपुष्टि,  असार २४ नेपाल भित्रिएको सलह कीरा सक्रिय हुने सम्भावना हटेको छ । केही दिनदेखि सलहको झुण्ड कतै नदेखिएको र मरेको सलह भेटिएकाले सलह सक्रिय हुने सम्भावना हटेको हो । निरन्तर पानी सकिएको सलह कतै नदेखिएको र मरेकाले यसको सक्रियता हटेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । बाग्लुङको ढोरपाटन क्षेत्रमा धेरै संख्यामा सलह मरेको पाइएको केन्द्रले जनाएको छ । त्यस्तै कालिकोट, रुकुम, मुस्ताङलगायतका ठाउँमा झुण्ड पुगे पनि चिसो हावापानीको कारण आफै मरेका हुन सक्ने जनाईएको छ । नेपाल भित्रिएका झण्डै ८० लाख सलह कीरा स–साना झुण्डमा बाँडिएर देशका ५५ वटा जिल्लामा पुगेका थिए । सलहले दाङ, प्युठान, मकवानपुर, अर्घाखाँची र पाल्पामा बढी क्षति पु¥याएको केन्द्रले जनाएको छ । त्यसैबीच भारतमा रहेको अरु झुण्ड नेपाल आउने सम्भावना के कति छ भनेर छलफल गर्न आज  प्राविधिक सहितको बैठ...
कुलोमा डुबेर एक जनाको मृत्यु

कुलोमा डुबेर एक जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, असार २४ दाङमा कुलोमा डुबेर एक जनाको मृत्यु भएको छ । दाङ तुलसीपुर–८ अश्वाराका केशव भण्डारी घर नजिकैको कुलोमा डुबेर मृत्यु भएको हो । हिजो बेलुकी  खेतबाट आएर घर नजिकै रहेको लौबस्ताको कुलोमा नुहाउन गएका भण्डारीलाई कुलोमा घोप्टो अवस्थामा देखेपछि स्थानीयले उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगी उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुल्सिपुरले जनाएको छ ।...
भोलिदेखि मनसुन सक्रिय हुने

भोलिदेखि मनसुन सक्रिय हुने

समाचार
पूर्णपुष्टि, असार २४ भोलिदेखि मनसुन थप सक्रिय हुने भएको छ ।  मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले भोलि रातीदेखि  मनसुन थप सक्रिय भइ बाढीपहिरोको जोखिम बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महासाखाले जनाएको छ । मनसुन सक्रिय भएसँगै देशका धेरै ठाउँमा लगातार पानी पर्नुका साथै तराई र पहाडका केही भूभागमा ठूलो पानी पर्ने जनाईएको छ । तराईका भूभागमा पानीको बहाव बढ्ने र पहाडमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । प्रदेश १ र २ का तराईका भूभागमा बाढीको जोखिम बढी हुने जनाएको छ । ती क्षेत्रमा पूर्वतयारीमा जुट्न सबैमा आग्रह गरिएको छ । त्यस्तै आज पनि देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...
ब्राजिलका राष्ट्रपति जायरलाई कोरोना सङ्क्रमण पुष्टि

ब्राजिलका राष्ट्रपति जायरलाई कोरोना सङ्क्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार २४ ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । ६५ वर्षीय राष्ट्रपति बोलसोनारोले टेलिभिजनमार्फत सम्बोधन गर्दै आफूमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । उच्च ज्वरो आएपछि कोरोना परीक्षण गराएको थियो । हिजो आएको रिपोर्टमा कोरोना सङ्क्रमण देखिएको भएपनि डराउनु पर्ने कुनै कारण नरहेको बताउनुभयो । मास्क र भौतिक दूरीको पक्षमा नभएको भन्दै राष्ट्रपति बोलसोनारोको आलोचनासमेत हुने गरेको थियो । पटक–पटक भाइरसलाई हल्का रुपमा लिँदै कोरोना भाइरस भनेको केवल साधारण रुघाखोकी भएको र आफूलाई यसले थला पार्न नसक्ने बताउँदै आउनुभएको थियो । अर्थतन्त्र प्रभावित भएको भन्दै क्षेत्रीय गभर्नरहरुलाई लकडाउन हटाउन पनि आब्हान गर्नुभएको थियो । ब्राजिल, कोरोना भाइरसको सङ्क्रमणका हिसाबले अमेरिकापछि संसारको सबैभन्दा बढी प्रभावित देश हो ।  ब्राजिलमा कोरोना भाइरस स...
पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-23

पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-23

समाचार
नेपालमा आज थप २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जनाएको हो । -*- गृहमन्त्री रामबहादुर थापाले देश समृद्धिको बाधक लागुऔषध रहेकोे बताउनुभएको छ । पछिल्लो समयमा आएर सबैभन्दा धेरै युवा पुस्ता लागुऔषधको दलदलमा फसेकाले मुलुकको समृद्धिको बाधक लागुऔषध नै भएको उहाँले बताउनुभयो । -*- समाजवादी पार्टीका सांसद सरिता गिरीलाई पार्टीले कारबाही । पार्टी कार्यालयमा आज बसेको बैठकले सांसद र पार्टीबाट दवै पदबाट बर्खास्त गरेको हो । -*- जिल्ला प्रहरी कार्यालय उदयपुरले लकडाउनमा बाहिर हिड्दा अनिवार्य माक्सको प्रयोग र सामाजिक दुरी कायम नर्ग सवैलाई अनुरोध । कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथाम तथा नियन्त्रणको लागी सरकारले गरेको लकडाउनमा सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गर्न अनुरोध गरेको हो । -*- ...
नाबालक कुटपिट प्रति संघसस्थाहरुको ध्यानआकर्षण

नाबालक कुटपिट प्रति संघसस्थाहरुको ध्यानआकर्षण

समाचार
पूर्णपुष्टि, असार २३ त्रियुगा नगरपालिका–१२ सुनगाभा टोलका ७ वर्षीय नाबालकलाई कानुन व्यावसायी ईन्द्रबहादुर तामाङले टाउकोमा ढुङ्गा प्रहार गरी घाईते बताएको घटना प्रति मानव अधिकारकर्मी लगायतका संघसस्थाहरुको ध्यानआकर्षण भएको छ । विना कारणे नाबालकको संवेदनशिल अंगमा तामाङले ढुङ्गा प्रहार गरी घाईते बनाएको प्रति कडा भन्दा कडा कारबाहीको माग गर्दै मानव अधिकारकर्मी, नागरिक समाज र गैर सरकारी संघसस्थाहरुको ध्यानआकर्षण भएको हो । गतराती करिब ८ बजे भएको घटना संविधानमा उल्लेखित राष्ट्रि तथा अन्तर्राष्ट्रिय बालअधिकारको हक विपरित भएको संयुक्त प्रेस विज्ञाप्तिमा उल्लेख छ । बालुवामा खेलि रहेका नाबालकलाई बालुवा छरेको निहु झिकेर मरणासन्न हुने गरी संवेदन शिल टाउँकोमा ढुङ्गा प्रहार गरी गम्भिर घाईते बनाएको उल्लेख छ । घटनाको घोर भत्सर्ना गर्दै बालअधिकारको संरक्षणको निम्ती सरोकारवालाहरु लगायत सम्पूर्ण निकाय...
मास्कको प्रयोग र सामाजिक दुरी कायम नगर्नेलाई कारबाही हुने

मास्कको प्रयोग र सामाजिक दुरी कायम नगर्नेलाई कारबाही हुने

समाचार
पूर्णपुष्टि, असार २३ जिल्ला प्रहरी कार्यालय उदयपुरले लकडाउनमा बाहिर हिड्दा अनिवार्य माक्सको प्रयोग र सामाजिक दुरी कायम नर्ग सवैलाई अनुरोध गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथाम तथा नियन्त्रणको लागी सरकारले गरेको लकडाउनमा सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गर्न अनुरोध गरेको हो । बाहिर हिड्दा अनिवार्य माक्सको प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, सेनिटाईनजरको प्रयोग गर्ने, सावुन पानीले हात धोनु जस्ता स्वास्थ्य र सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्नु पर्दछ । यदी यो मापदण्ड उल्लंघन गरेको पाईएमा संक्रामक रोग ऐन २०२० बमोजिम कार्बाही हुने जिप्रका उदयपुरले जनाएको छ । कोरोनाको संक्रमण समुदाय स्तरमा बढ्दै गएपछि स्वास्थ्य र सुरक्षाका मापदण्ड पालना नगर्नेलाई सरकारले कडा कारबाही गर्ने भएको छ । बन्दाबन्दीको स्वरुप परिवर्तन गर्दै सरकारले स्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गरी निश्...
सरिता गिरी सांसद र पार्टी सदस्य दुवै पदबाट चैट

सरिता गिरी सांसद र पार्टी सदस्य दुवै पदबाट चैट

समाचार
पूर्णपुष्टि, असार २३  समाजवादी पार्टीका सांसद सरिता गिरीलाई पार्टीले कारबाही गरेको छ । पार्टी कार्यालयमा आज बसेको बैठकले सांसद र पार्टीबाट दवै पदबाट बर्खास्त गरेको हो । गिरीलाई सांसदबाट बर्खास्त गर्नुको साथै पार्टीको साधारण सदस्यबाट पनि निस्काशन गरेको पार्टीका महासचिव रामसहाय यादवले जनाकारी दिनुभयो । सांसद गिरीको कारबाहीको बारेमा गठन भएको कार्यदलले उनलाई कारबाही गर्न गरेका सिफारिस अनुसार कारबाही भएको जनाईएको छ । नयाँ नक्सा अनुसार निशान छाप परिमार्जन गर्न संसदमा दर्ता भएको संविधान संशोधन विधेयक फिर्ता लिन गिरीले संसद सचिवालयमा प्रस्ताव दर्ता गराएको थियो । प्रस्ताव दर्ता गराएकै दिन उनलाई सो पत्र फिर्ता लिन पार्टीले निर्देशन दिएको थियो । प्रस्ताव फिर्ता नलिए कारबाही गर्न बाध्य हुने पनि पत्रमा उल्लेख थियो । तर सांसद गिरीले आफ्नो प्रस्ताव फिर्ता लिनुको साटो उल्टै संविधान संशोधनका...
नेपालमा ९९ प्रतिशत कोरोना संक्रमितमा लक्षण देखिएन

नेपालमा ९९ प्रतिशत कोरोना संक्रमितमा लक्षण देखिएन

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २३ नेपालमा ९९ प्रतिशत कोरोना भाइरस (कोभिड–१९) का लक्षण विहीन ‘असिम्प्टोम्याटिक’ बिरामी रहेका छन् । पुष्टि भएको ९७ प्रतिशत बिरामीमा सङ्क्रमण आयातित छन् । अहिलेसम्म २ लाख ६० हजार व्यक्तिमा कोरोना सङ्क्रमणको परीक्षण गरिएकोमा ९९ प्रतिशत बिरामी लक्षणविहीन फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । काठमाडौँ उपत्यकामा हालसम्म २ सय ६७ जना सङ्क्रमित पुष्टि भएको जनाएको छ । काठमाडौँमा १ सय ७५, ललितपुरमा ४१ र भक्तपुरमा ४३ जनामा सङ्क्रमणको पुष्टि भएको छ । काठमाडौँमा पुष्टि भएका सङ्क्रमितमध्ये विदेशबाट आएका ७९ प्रतिशत छन् । काठमाडौँमा साउदी अरब, कुवेत, माल्दिभ्स लगायतका देशबाट उद्धार गरी ल्याइएका बिरामीको सम्पर्कमा आएका केही व्यक्तिहरूमा सङ्क्रमणको पुष्टि भएको सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । विदेशबाट आउनेलाई अनिवार्य आरटी पीसीआर परीक्षण गरेर विमानमा ...
थप २०४ जनामा कोरोना संक्रमण पुष्टि

थप २०४ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २३ नेपालमा आज थप २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जनाएको छ । त्यस्तै आज थप ६ सय ८८ जना उपचारपछि निको भएर डिस्चार्ज हुनुभएका छन् । योसँगै ७ हजार ४ सय ९९ पुगेको मन्त्रालयले जनाएको छ ।