Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

फरार अभियुक्त ४ वर्षपछि पक्राउ

फरार अभियुक्त ४ वर्षपछि पक्राउ

समाचार
पूर्णपुष्टि, असार २३ वन मुद्दाका फरार अभियुक्त ४ वर्षपछि पक्राउ परेको छ । चौदण्डिगढी नगरपालिका–३ का ५६ वर्षीय अजयसिंह राईलाई आईतबार साँझ पक्राउ गरेको हो । २०७३ भदौ २१ गते वन मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालत उदयपुरले ६ महिना कैद सजाय पैmसला सुनाएपछि फरार रहेको प्रतिबादीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका अभियुक्त राईलाई पैmसला कार्यन्वयन गर्नका लागी जिल्ला अदालत पठाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
समृद्धिको बाधक लागुऔषध : गृहमन्त्री थापा

समृद्धिको बाधक लागुऔषध : गृहमन्त्री थापा

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २३ गृहमन्त्री रामबहादुर थापाले देश समृद्धिको बाधक लागुऔषध रहेकोे बताउनुभएको छ । पछिल्लो समयमा आएर सबैभन्दा धेरै युवा पुस्ता लागुऔषधको दलदलमा फसेकाले मुलुकको समृद्धिको बाधक लागुऔषध नै भएको उहाँले बताउनुभयो । गृहमन्त्रालयमा आज आयोजित लागुऔषध प्रयोगकर्ताको सर्वेक्षण २०७६ को प्रतिवेदन सार्वजनिक गर्दै गृह मन्त्रि थापाले तथ्यङ्कले लागुऔषधको दुरुपयोग कोरोना जस्तै विश्वव्यापी रुपमा फलिरहेको बताउनुभयोे । लागुऔषध दुरुपयोगका कारण उत्पादनमूलक जनशक्ति नराम्ररी प्रभावित भएको उहाँले बताउनुभयो । मुलुकभर कुल १ लाख ३० हजार ४ सय २४ जना लागुऔषध प्रयोगकर्ता रहेको प्रतिवेदनले देखाएको छ । विभिन्न ४३ जिल्लाका २ हजार प्रयोगकर्तालाई भेटेर सर्वेक्षण गरी प्रतिवेदन सार्वजनिक गरिएको हो । गत २०६९ मा प्रयोगकर्ताको सङ्ख्या कूल ९१ हजार ५ सय ३४ थियो । तथ्याङ्कमा वृद्धि भए पनि वृद्धिदर भने घटेको पा...
१ जनाले २ वटा मात्रै सिम चलाउन पाउने

१ जनाले २ वटा मात्रै सिम चलाउन पाउने

समाचार
पूर्णपुष्टि, असार २३  अवदेखि एक जनाले आफ्नो नाममा २ वटा भन्दा बढी सिमकार्ड निकाल्न पाउने छैैन् । सिमकार्डको सम्भावित दुरुपयोग रोक्न नियामक नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो व्यवस्था लागू गरेको हो । गत असार १३ गते बसेको बोर्ड बैठकले कुनै एक प्रयोगकर्तालाई सम्बन्धितको नाममा २ भन्दा बढी सिमकार्ड जारी नगर्न निर्देशन दिएको छ । प्राधिकरणको उक्त निर्देशन सेवा प्रदायक कम्पनीलाई जानकारी गराइसकिएको जनाईएको छ । एक जनाले जति पनि सिमकार्ड लिन पाउने व्यवस्थाका कारण भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भीओआईपी, जसलाई अवैध कल मानिन्छ) जस्ता गतिविधि नरोकिएको र यसले गर्दा सेवा प्रदायकले नै ठूलो रकम गुमाउनुपरेको प्राधिकरणले जनाएको छ । त्यस्तै बैङ्क तथा वित्तीय संस्थामा फोन नम्बरको दुरुपयोग हुन सक्ने र एक व्यक्तिको सिमकार्ड अरूले प्रयोग गर्दा आउन सक्ने समस्यालाई ख्याल गरेर यस्तो निर्णय भएको जनाएको छ । ...
इन्डोनेसियामा ६.३ म्याग्नीच्यूडको भूकम्प गयो

इन्डोनेसियामा ६.३ म्याग्नीच्यूडको भूकम्प गयो

समाचार, संसार
पूर्णपुष्टि, असार २३ ईन्डोनेसियाको सेमाराङमा ६.३ म्याग्नीच्यूडको भुकम्प गएको छ । भूकम्पीय उच्च जोखिममा रहेको इन्डोनेसियाको सेमाराङमा  भूकम्प गएको हो । इन्डोनेसियाली सुरक्षा अधिकारीहरुले सोही स्थानमा कुनै क्षति भए नभएको बारेमा विवरणहरु संकलन गर्ने कार्य शुरु गरेको जनाएको छ ।
निजगढ विमानस्थल निर्माणको आशयपत्र माग

निजगढ विमानस्थल निर्माणको आशयपत्र माग

समाचार
पूर्णपुष्टि, असार २३ निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि सरकारले स्विजरल्याण्डको ज्युरिच विमानस्थलसँग आशयपत्र मागेको छ । लगानी बोर्ड नेपालको कार्यालयले सूचनामार्फत ज्युरिचको मनसायपत्र प्रस्ताव अर्थात ईओआई स्वीकृत भएकोले आशयपत्र अर्थात आरएफपी बुझाउन भनेको हो । सार्वजनिक निजी साझेदारी ऐनको दफा २५ अनुसार ज्युरिचलाई आशयपत्र बुझाउन भनेको बोर्डले जनाएको छ । बोर्डले सेप्टेम्बर ३० तारिखसम्म प्रस्ताव पेश गर्न पनि म्याद दिएको छ । निजगढ अन्तर्राष्टिय विमानस्थल निर्माणको लागि पूर्वतयारीको काम संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले गरिरहेको छ । तर यस विमानस्थलको लागि रुख कटानको विवाद सर्वोच्च अदालतसम्म पुगेको छ । अदालतले विमानस्थल निर्माणको कार्य अघि नबढाउन अन्तरिम आदेश दिएको छ ।...
उदयपुरका ६३ उद्यमीलाई मेसिन अाैजार हस्तान्तरण

उदयपुरका ६३ उद्यमीलाई मेसिन अाैजार हस्तान्तरण

आर्थिक, समाचार
पूर्णपुष्टि, असार २३ ।  घरेलु तथा साना उद्याेग कार्यालय उदयपुरले अाज लघु, घरेलु तथा साना उद्यमीहरुलाई उपयुक्त प्रविधि (मेसिन अाैजार) हस्तान्तरण गरेकाे छ । कार्यालयले ८० प्रतिशत अनुदानमा ६३ जना उद्यमीहरुलाई मेसिन अाैजार हस्तान्तरण गरेकाे कार्यालय प्रमुख पाक्रम खाँ (चाैधरी) ले बतनउनुभयाे । जिल्ला समन्वय समिति उदयपुरका प्रमुख एबम् जिल्ला उद्याेग प्रवर्धन समितिका अध्यक्ष खड्गबहादुर परियारकाे प्रमुख अातिथ्य, छनाैट समितिका पदाधिकारी तथा उद्यमीहरुकाे उपस्थितिमा मेसिन हस्तान्तरण भएकाे हाे । कटारी नगरपालिकाका ६, बेलका नगरपालिकाका ५, चाैदण्डिगढी नगरपालिकाका ३ र सबैभन्दा बढि त्रियुगा नगरपालिकाका ४४ जना उद्यमीले मेसिन अाैजार पाएका छन् । त्यसैगरी उदयपुरगढी गाउँपालिकाका ३ र राैतामाई गाउँपादिकाका २ जनाले पाएका छन् । लिम्चुङबुङ र ताप्ली गाउँपालिकाबाट भने निवेदन नै नपरेकाे जनाईएकाे छ । कार्यालय प्रमु...
जनावरबाट मानिसमा सर्ने रोगको जोखिम बढ्दो

जनावरबाट मानिसमा सर्ने रोगको जोखिम बढ्दो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार २३ जनावरहरुबाट मानिसमा सर्ने रोगहरु बढ्दो क्रममा रहेको भन्दै विज्ञहरुले चेतावनी दिएका छन् । वन्यजन्तुको संरक्षण तथा वातावरण जोगाइएन भने जनावरबाट मानिसमा सर्ने रोगहरु अझै बढ्ने भन्दै संयुक्त राष्ट्रसंघका विज्ञहरुले चिन्ता व्यक्त गर्दै चेतावनी दिएका हुन् । अहिले विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ पनि जनावरबाट मानिसमा सरेको उनीहरुको तर्क छ । कोभिड १९ जस्तो रोगको उदय हुनुमा मानिसमाझ रहेको जनावरको मासुप्रतिको बढ्दो माग, अनुचित कृषि अभ्यास तथा जलवायु परिवर्तन कारक रहेको उनीहरूले बताएका छन् । पशुजन्य प्रोटिनको माग अधिक हुनु, दिगो कृषि नअपनाइनु तथा जलवायु परिवर्तनका कारण यस्ता रोगहरु बढेको विज्ञहरुले बताएका छन् । जूनोटिक डिजिजका कारण एक वर्षमा विश्वमा २० लाख मानिसको ज्यान जाने गरेको  छ ।  कोभिड–१९ जस्तै इबोला, वेष्ट नाइल भाइरस र सार्स पनि जूनोटिक डिजिज हुन् । यी...
लागुऔषध सहित १ जना पक्राउ

लागुऔषध सहित १ जना पक्राउ

समाचार
सुनसरी, असार २३  सुनसरीको भोक्राहा नरसिंह–८ बाट लागुऔषध सहित १ जना पक्राउ परेको छ । प्रहरी चौकी सिसुवाधरमपुरबाट खटेको प्रहरी टोलीले स्थानीय २२ बर्षीय सुल्तसान अन्सारीलाई लागुऔषधसहित पक्राउ गरेको हो । उनको साथबाट डाईलक्स डिसि १ सय एम.एल.को १६ बोतल र नाईट्राभेट ३० ट्याबलेट बरामद गरी हिजो राती करिब पौने १० बजे पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका अन्सारीको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
पौडी खेल्दा डुबेर एक बालकको मृत्यु

पौडी खेल्दा डुबेर एक बालकको मृत्यु

समाचार
सुनसरी, असार २३  सुनसरीको रामधुनीमा तालमा पौडी खेल्ने क्रममा एक जना बालकको मृत्यु भएको छ । रामधुनी नगरपालिका–७ जुडि तालमा पौडी खेल्ने क्रममा स्थानीय १७ बर्षीया सिसम राईको डुबेर मृत्यु भएको हो । हिजो दिउँसो सवा २ बजे तालमा पौडी खेल्ने क्रममा डुबेर घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईप्रकाले जनाएको छ ।...
बालकलाइ ढुङगा प्रहार गरी गम्भिर घाइते बनाउने वकिल पक्राउ

बालकलाइ ढुङगा प्रहार गरी गम्भिर घाइते बनाउने वकिल पक्राउ

समाचार
पूणर्पुष्टि, असार, २३ बालकलाई ढुङगा प्रहार गरी घम्भिर घाईते बनाएका एक वकिललाई उदयपुरमा पक्राउ गरिएको छ । त्रियुगा नगरपालिका वडा नं १२ स्थित ७ बर्षिय बालकलाई ढुङगा प्रहार गरी घाइते बनाउने कानुनी व्यवसायी इन्द्र बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो । घाईते बालकलाई बिराटनगर स्थित न्युरो हस्पिटलमा आइसियुमा राखेर उपचार गरिरहेको छ । तामाङले आफ्नै छिमेकमा रहेका ७ वर्षीय नाबालक आयन लिम्बूको टाउको फुटाएर गम्भिर घाईते बनाएका छन । जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी प्रमुख भिम प्रसाद दाहलाका अनुसार प्रारम्भिक जानकारीका आधारमा आरोपित तामाङलाई अनुसन्धानका लागि घट्नास्थलबाट तत्कालै नियन्त्रणमा लिइ हिरासतमा राखीएको जनाएको छ । बिरामीका आफन्तहरुका अनुसार बालकलाई ठुलो चोट लागेको देखिएको जनाएको छ । उनको टाउकोको हड्डी दबिएको देखिएको छ भने टाउकोमा ६ वटा टाका लगाइएको छ । आरोपित वकिल तामाङले...