Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

स्थगित परीक्षा सञ्चालन गर्न वैकल्पिक बाटो खुला

स्थगित परीक्षा सञ्चालन गर्न वैकल्पिक बाटो खुला

शिक्षा, समाचार
पूर्णपुष्टि, असार २३ कोरोनाले विश्वविद्यालयको स्थगित परीक्षा सञ्चालन गर्न वैकल्पिक बाटो खुलेको छ । विश्वविद्यालय अनुदान आयोगले निर्देशिका जारी गरेपछि विश्वविद्यालयललाई परीक्षाको लागि  नीतिगत निर्णय लिन बाटो खुलेको हो । कोरोनाको कारण लामो समयदेखि विश्वविद्यालयको पठनपाठन, अनुसन्धान, परीक्षा र मूल्याङ्कनका लागि उत्पन्न अवरोध हटाउन यस खालको निर्देशिका जारी गरिएको विश्वविद्यालय अनुदान आयोगले जनाएको छ । अब विश्वविद्यालयहरूले सेमेस्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थीलाई भर्चुअल विधिबाट परीक्षा लिन सक्नेछन् भने कुनै कारणवश परीक्षा लिन नसकिएको अवस्थामा आन्तरिक मूल्याङ्कनका आधारमा माथिल्लो सेमेस्टर कक्षामा पठाउन सकिनेछ । कुनै विषयको प्रयोगात्मक परीक्षा लिन नसकिएको अवस्थामा पनि अर्को सेमेस्टरमा लिन सकिनेछ । धेरै विद्यार्थी अध्ययन गर्ने विश्वविद्यालय तथा विषयको हकमा सम्भव भए भौतिक दूरी का...
३ दिनदेखि सलहको झुण्ड कम हुँदै

३ दिनदेखि सलहको झुण्ड कम हुँदै

समाचार
पूर्णपुष्टि, असार २३ नेपालमा केहि दिनदेखि सलको झुण्ड कम हुदै गएको छ । झण्डै ८० लाखको संख्यामा भारतबाट नेपाल प्रवेश गरेका  सलह  कम हुँदै गएको प्लाण्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको हो । गत तीन दिनयता कुनै पनि जिल्लामा सलहले नोक्सानी गरेको खबर नआएको जनाएको छ । झुण्डहरु केही तितरबितर भएका तथा केही मरेका र केही चिसो ठाउँतिर गएकाले आफैँ हराएका केन्द्रले जनाएको छ । सलह नेपाल प्रवेश गरेदेखि नै उपयुक्त वातावरण नभएकाले पनि हराएका हुन सक्छ । बाग्लुङको ढोरपाटन क्षेत्रमा धेरैको संख्यामा सलह मरेका पाइएको जनाईएको छ ।  यस्तै कालिकोट, रुकुम, मुस्ताङ लगायतका ठाउँमा पनि झुण्ड पुगे पनि चिसो हावापानीका कारण आफैं मरेका हुन सक्छ । कम तापक्रम भएको बेला सलह बाँच्ने सम्भावना अत्यन्तै कम हुन्छ । नेपालभित्र फैलिएका सलहका झुन्डहरुबाट टुक्रिंदै समूहमा फैलिएर देशका ५५ वटा जिल्लामा पुगेको ...
पूर्णपुष्टि/हेडलाईन्स् | 2077-03-22

पूर्णपुष्टि/हेडलाईन्स् | 2077-03-22

समाचार
नेपालमा आज थप १ सय ८० जनामा कोरोना संक्रमित पुष्टि । योसँगै नेपालमा संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । -*- उदयपुरमा कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागी स्वास्थ्य जिवन कार्यक्रमण । सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य शाखा निर्देशनालय १ नम्बर प्रदेशको आयोजनामा सोमबार गाईघाटमा कार्यक्रम भएको हो । -*-   दाङमा २ लाख ३९ हजार रुपैयाँसहति ९ जना जुवाडे पक्राउ । तुलसीपुर उपमहानगरपालिका–७ गणेशपुर पार्क नजिकैको एक घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले नगदसहित जुवाडेहरुलाई पक्राउ गरेको हो । -*- वैदेशिक रोजगारीमा जान आज ४ सय १० जनाले पुनः श्रम स्वीकृति लिए । सरकारले बिदामा आएका,भिसा र करारको अबधि भएकालाई पुनः श्रम स्वीकृति दिने गरी खुल्ला गरेसँगै सोमबार मात्रै १९ देशका लागि ४ सय १० जनाले पुनः श्रम स्वीकृति लिएका हुन् ...
आज ४१० जनाले लिए पुनः श्रम स्वीकृति

आज ४१० जनाले लिए पुनः श्रम स्वीकृति

समाचार
पूर्णपुष्टि, असार २२ वैदेशिक रोजगारीमा जान आज ४ सय १० जनाले पुनः श्रम स्वीकृति लिएका छन् । सरकारले बिदामा आएका,भिसा र करारको अबधि भएकालाई पुनः श्रम स्वीकृति दिने गरी खुल्ला गरेसँगै सोमबार मात्रै १९ देशका लागि ४ सय १० जनाले पुनः श्रम स्वीकृति लिएका हुन् । सबैभन्दा धेरै १ सय ९२ जनाले यूएई जान पुनः श्रम स्वीकृति लिएका छन् । त्यसैगरी जापानका लागि ८९, मलेसियाका लागि २४ जना, कतारका लागि ४१ जना, बहराइनका लागि ६, ब्रूनाइका लागि ७, जोर्डनका लागि १ जना, कुवेतका लागि ११ जना, लेवनानका लागि १ जना, चीनका लागि ८ जना, माल्दिभ्सका लागि ३ जना, माल्टाका लागि ५ जना,ओमानका लागि ३ जना र पोल्याण्डका लागि ९ जनाले पुनः श्रम स्वीकृति लिएको जनाईएको छ । यस्तै, कोरियाका लागि २ जना, रोमानियाका लागि ४ जना, सेसल्सका लागि २ जना, यूगाण्डाका लागि १ जना र अमेरिकाका लागि १ जनाले पुनः श्रम स्वीकृति लिएको जनाईएको छ । ...
साढे २ लाखसहित ९ जना जुवाडे पक्राउ

साढे २ लाखसहित ९ जना जुवाडे पक्राउ

समाचार
पूर्णपुष्टि, असार २२ दाङमा २ लाख ३९ हजार रुपैयाँसहति ९ जना जुवाडे पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका–७ गणेशपुर पार्क नजिकैको एक घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले नगदसहित जुवाडेहरुलाई पक्राउ गरेको हो । जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीले नगद २ लाख ३९ हजार रुपैयाँसहित तुलसीपुर ७ का ३६ वर्षीय रेम सुनार, ३८ वर्षीय शिवबहादुर स्वर्णकार, ३९ वर्षीय धनेश्वर सेर्पाइली, २७ वर्षीय सन्तोष नेपाली, ३६ वर्षीय खिमबहादुर सुनार, ३३ वर्षीय रविन्द्रसिङ नेपाली, तुलसीपुर ८ का ४८ वर्षीय टंकबहादुर सुनार, ३५ वर्षीय शोभाराम सुनार र तुलसीपुर ५ का ३७ वर्षीय टेकबहादुर विश्वकर्मा पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथी थप अनुसन्भान भईरहेको प्रहरीले जनाएको छ ।...
कोरोना रोकथाम तथा नियन्त्रणको लागी स्वास्थ्य जिवन कार्यक्रम

कोरोना रोकथाम तथा नियन्त्रणको लागी स्वास्थ्य जिवन कार्यक्रम

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २२ उदयपुरमा कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागी स्वास्थ्य जिवन कार्यक्रमण भएको छ । सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य शाखा निर्देशनालय १ नम्बर प्रदेशको आयोजनामा सोमबार गाईघाटमा कार्यक्रम भएको हो । यो कार्यक्रम एक घर एक जडिबुट्टी, योग र नकारात्मक जिवनशैली व्यावहार परिवर्तन गर्ने उद्देश्यका साथ संचालन भएको छ । जिल्ला, पालिका, वडा र टोल–टोलसम्म पुर्याउने योजनाको परिकल्पना गरी गत वर्ष १ न. प्रदेशको २ वटा प्रदेशबाट कार्यक्रम सुरु गरेको थियो । यो अतिआवश्यक विषय भएकाले आफुबाट नै लागु गर्नुपर्दछ । स्वास्थ्य क्षेत्रमा पालिका सक्रिय रहेकाले स्वास्थ्य सस्थामा सफल भएको जिल्ला समन्वयन समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले बताउनुभयो । पछिल्लो समयमा चौदण्डिगढी नगरपालिमा निर्माण भएको आईसोलेसनमा नै कोरोना संक्रमितहरुलाई उपचार भईरहेको उहाँले बताउनुभयो । मानिसले दैन...
नेपालमा थप थप १८० जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप थप १८० जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २२ नेपालमा आज थप १ सय ८० जनामा कोरोना संक्रमित पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै आज थप २ सय ६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै ६ हजार ८ सय ११ निको भईसकेका छन् । हिजो अर्थात असार २१ गते वाग्लुङको ढोरपाटन नगरपालिकाका २९ वर्षीय एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।...
विपन्न परिवारलाई कृषी औजार वितरण

विपन्न परिवारलाई कृषी औजार वितरण

समाचार
दुर्गा एसके मुर्कुची, असार २२ रौतामाई गाउँपालिकाका विपन्न तथा गरिब ५७ घर परिवारलाई कृषी सामाग्री हस्तान्तरण गरेको छ । कोरोनाले प्रभावित भएका कृषकहरु मध्ये अतिविपन्न र गरिब घर परिवारको पहिचान गरी वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र नेस्पेक उदयपुरको साझेदारीमा गाउँपालिकाका ६,७ र ८ नम्बर वडाका ५७ घर परिवारलाई सामाग्री हस्तान्तरण गरेको हो । कोरोनाले प्रभावित विपन्न घर परिवालाई तरकारी खेती र उत्पादनमा जोड दिन १ लाख २० हजार २ सय ६७ रुपैयाँ बराबरको सामाग्री सहयोग स्वप हस्तान्तरण गरेको नेस्पेकका बजार संयोजक अर्जुन बस्नेतले बताउनुभयो । यस कृषी सामाग्रीले कृषकहरुलाई तरकारी उत्पादन गर्नमा ठूलो टेवा पुर्याउने भएकाले जिवनस्तर सुधार गर्ने उद्देश्यका सामाग्री वितरण गरेको बताउनुभयो । बारीमा ताजा र स्वस्थ्य तरकारी उत्पादन भएपछि आयातलाई रोक्ने भएकाले कृषकहरुको आर्थीक स्तरमा सुधार आउने नेस्पेकका फिल्ड अ...
गाईघाटमा चोरको विगविगी

गाईघाटमा चोरको विगविगी

समाचार
पूर्णपुष्टि, असार २२ त्रियुगा नगरपालिका–११ सुविदा टोलमा गतराती चोरी भएको छ । ढोका बाहिर मान्छे सुतेको मौका छोपी मोवाईल र पैसा चोरी भएको हो । राती विजुली बत्ति गएपछि गर्मीले ढोका बाहिर श्रीमती र नानीसँग सुतेको बेला करिब ३० हजार बराबरको भिभो मोवाईल १ थान र नगद ५ हजार चोरी भएको ज्ञानकुमार तामाङले बताए । उनले भने “विजुली बत्ति गएपछि गर्मीले राती करिब ११ बजे ढोका बाहिर निस्केर सुतको र करिब साढे १ बजे उठेर हुर्दा मोवाईल र पैसा थिएन ।” विहान आफ्नो घरमा राती चोरी भएको भनेर टोल विकास समितिलाई जानकारी गराउँदै वरिपरिको छिमेकीलाई सुनदाउँदा टोलमा प्राय सवैको घरबाट मोवाईल र पैसा राती चोरी हुने गरेको छिमेकीले सुनाएको तामाङले बताए । फिट्टो र अलिक सुनसान ठाउँ भएकोले बढी चोरी हुने गरेको स्थानीयले बताएका छन् । एकान्त ठाउँ भएकोले लागुऔषध सेवन गर्ने व्यक्तिहरुसमेत रोड छेउछाउ राती अवेरसम्म बस्ने गरे...
आजदेखि ५० को नयाँ नोट चलनचल्तीमा

आजदेखि ५० को नयाँ नोट चलनचल्तीमा

समाचार
पूर्णपुष्टि, असार २२ नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ ५० रुपैयाँको नोट चलनचल्तीमा ल्याउने भएको छ । नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप तथा नोटमा गभर्नरको दस्तखत रहेको ठाउँमा तत्कालीन गभर्नर डाक्टर चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको छ । केन्द्रीय बैंकका अनुसार नोटमा साविककै आकार, प्रकार तथा रंगमा सङ्केत नम्बर ज/८९०००००१ देखि ट/३३९९९९९९ सम्म ‘नेपाल सरकारको जमानत प्राप्त यसको भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० पाइनेछ’ भन्ने व्यहोरा उल्लेख छ । नोटको मध्यभागमा नेपाल राष्ट्र बैंक अङ्ग्रेजी रोमनमा लेखिएको छ । नोटको मध्यभागमा हिउँ चितुवाको चित्र रहेको छ ।...