Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

लिम्चुङबुङमा बोयरजातका बोका सतप्रतिशत अनुदानमा वितरण

लिम्चुङबुङमा बोयरजातका बोका सतप्रतिशत अनुदानमा वितरण

आर्थिक, समाचार
पूर्णपुष्टि, असार २२ । लिम्चुङबुङ गाउँपालिकाले अध्यक्ष कृषि परियोजना अन्तर्गत सतप्रतिशत अनुदानमा बोयर जातको बोका कृषकहरुलाई आइतबार वितरण गरेको छ । पालिकाका कृषकहरुलाई पशुपालनमा व्यवसायिक बनाउदै आयआर्जनमा टेवा पर्याउने उद्देश्यले बोयर जातको बीउ बोका वितरण गरेको अध्यक्ष मेजरकुमार राईले बताउनुभयो । हाल पालिकाको खास पशुपालन क्षेत्र र पशुपालक कृषकहरुलाई मध्येनजर गर्दै २४ वटा बोका वितरण गरिएको उहाँले बताउनुभयो । बोयर जातको बोका प्रयोग गर्दा बाख्रापालन सुधार हुनुका साथै मासु प्रयोगका लागि उपयुक्त हुने पशु विज्ञहरुको भनाइ छ । समृद्ध पालिका र खुसी कृषक बनाउने भन्दै पालिकामा अध्यक्ष कृषि परियोजना सञ्चालन छ । पालिकालाई कृषिको माध्यमबाट समृद्धिको बाटोमा अगाडी लैजान अन्न, तरकारी, फलफुल उत्पादनका साथै दुध र मासुका लागि पशुपालनलाई जोड दिइएकोछ ।...
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाद्वारा कृषि औजार वितरण

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाद्वारा कृषि औजार वितरण

आर्थिक, समाचार
पूर्णपुष्टि, असार २२ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन इकाई उदयपुरले आइतबार ५० प्रतिशत अनुदानका साना मेसिनरी औजार वितरण गरेको छ । परियोजनाका कार्यालय प्रमुख राम सोगारथ साहको अध्यक्षतामा भएको वितरण कार्यक्रममा जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले कृषकहरुलाई औजार वितरण गर्नुभयो । अदुवा, बेसार खेती प्रवद्र्धन तथा सुन्तलाखेतीमा टेवा पुर्याउने तथा कृषक र कृषि प्रणालीलाई आधुनिकरण बनाउदै लैजाने उद्देश्यले पावर ट्रेलर (मेसिन) ३ थान र मिनि ट्रेलर (मेसिन) ५ थान वितरण गरिएको हो । बेलका, चौदण्डीगढी, त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाका कृषकहरुलाई कृषि औजारहरु वितरण गरिएको हो । भिडियो लिंक :  https://www.facebook.com/Purnapusti420730/videos/294027655082617/...
कटारी नपाको बजेट सार्वजनिक, कृषीलाई प्राथमिकता

कटारी नपाको बजेट सार्वजनिक, कृषीलाई प्राथमिकता

आर्थिक, समाचार
अाशिस बस्नेत/पूर्णपुष्टि, असार २१ । उदयपुरको कटारी नगरपालिकाले शनिबार पारित गरेको आर्थिक वर्ष २०७७/०७८को नीति तथा कार्यक्रम र बजेट आज सार्वजनिक गरेको छ । नगरपालिकाले पत्रकार सम्मेलन गर्दै ८२ करोड ६५ लाखको बजेटका कार्यक्रमहरु सार्वजनिक गरेको हो । बजेटले कृषीलाई प्राथकिमतामा राख्दै एकमुष्ट १ करोड ६० लाख बजेट विनियोजन गरेको छ । त्यसैगरी प्रतिवडा ७५ लाख विनियोजन गरेको कृषीका लागि प्रत्येक वडाले २५ लाख अनिवार्य विनियोजन गर्नुपर्ने निर्णय गरेको छ । त्यस्तै दोस्रो प्राथमिकतामा कोरोना भाईरस रोकथामका लागि नगरले १ करोड ५० लाख विनियोजन गरेको छ । नगर सभाले पारित गरेको नीति तथा कार्यक्रम अनुसार समृद्धिको मुल आधार , कृषीबाटै स्वरोजगार भन्ने नाराका साथ कृषी उत्पाकदत्व बढाउने तथा बजारीकरणमा कृषकलाई सहजीकरण गर्दै मेयर दिगो कृषि परियोजना संञ्चालन गर्ने पारित गरेको छ । त्यसैगरी स्वास्थ्य तर्प...
पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-21

पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-21

समाचार
नेपालमा आज थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि । योसँगै संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । -*- विश्वको विभिन्न देशमा कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट ५ लाख २९ हजार ५ सय ५५ जनाको मृत्यु । अहिलेसम्म विश्वभर १ करोड १२ लाख ७ हजार ५ सय ४० जना भन्दा बढी संक्रमित भएका विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ  । -*- मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा पानी । मुख्य सुरुङमा परिक्षणका लागी पानी आईतबार विहान हालिएको हो । -*- लकडउनको विच आगामी १२ औँ राष्ट्रिय जनगणनाको तयारीका लागि नमूना (पाइलट) जनगणना सकियो  । नमुना जनगणामा १० हजार घरपरिवारको विवरण सङ्कलन गरिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको हो । -*- प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भए...
मन्त्रालयद्धारा प्रहरीलाई मोटरसाईकल हस्तान्तरण

मन्त्रालयद्धारा प्रहरीलाई मोटरसाईकल हस्तान्तरण

समाचार
पूर्णपुष्टि, असार २१ आन्तरीक शान्ति सुरक्षाको लागी १ न. प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्रालयले १ नम्बर प्रदेश प्रहरी कार्यालयलाई १ सय ७० थान मोटरसाईकल र १० थान स्कुटर हस्तान्तरण गरेको छ । आईतबार एक कार्यक्रमकोसाथ आईतबार आन्तरीक मामिला तथा कानून मन्त्री माननीय हिक्मतकुमार कार्कीले १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वरबाबु कार्कीलाई मोटरसाईकल तथा स्कुटरको चावी हस्तानतरण गर्नु भएको हो । बिभिन्न अपराध कार्यमा संग्लग्न ब्यक्तिहरुले अपराधका नयाँ शैली अपनाई रहेको अवस्थामा आन्तरिक शान्ति सुरक्षाको प्रमुख जिम्मेवारी रहेको नेपाल प्रहरीलाई साधन श्रोत सम्पन्न बनाउनुको बिकल्प नरहेको मन्त्री कार्कीले बताउनु भयो । हरेक प्रहरी युनिटमा सवारी साधन पु¥याउने र आन्तरिक शान्ति सुरक्षालाई थप सुदृढ बनाई आम नागरीकलाई सुरक्षाको प्रत्याभुति दिलाउने प्रदेश सरकारको दुरगामी निती ...
जक मुद्दामा १ जना फरार अभियुक्त पक्राउ

जक मुद्दामा १ जना फरार अभियुक्त पक्राउ

समाचार
पूर्णपुष्टि, असार २१ बजरजस्ति करणी मुद्दामा फरार रहेको एक जना पक्रउ परेको छ । २०७६ साउन ९ गतेदेखि फरार रहेको रौतामाई गाउँपालिका–६ का अर्जुन बस्नेत पक्राउ परेको हो । साउन ९ गते एक महिलालाई जबरजस्ति बलात्कार गरी फरार रहेको अर्जुनलाई ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटेका प्रहरी टोलीले बेलका नगरपालिका–३ रातापानीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका प्रतिबादीलाई आज जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
ढलमा फेला परेको कोरोना मानिसमा सर्ने प्रमाण छैन : मन्त्रालय

ढलमा फेला परेको कोरोना मानिसमा सर्ने प्रमाण छैन : मन्त्रालय

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,  असार २१ काठमाण्डौको ढलको पानीमा कोरोना भाइरस भेटिएको र अवस्था भयावह भइरहेको भन्ने हल्लाप्रति सरकारले ध्यानाकर्षण भएको जनाएको छ । संसारका अरु देशमा पनि ढलको पानीमा कोरोना भाइरस भेटिएकोले आत्तिनुनपर्ने स्वास्थ्य मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो । व्यक्तिमा कोरोना सङ्क्रमण रहेको अवस्थामा या निको भइसकेपछि पनि उसको दिसामा भाइरसका टुक्राटाक्री देखिने हुनाले ढलमा कोरोना देखिएको तर यसबाट डराइहाल्नुपर्ने अवस्था नरहेको जानकारी दिनुभयोे । ढलको पानीमा कोरोना २ दिनसम्म बाँच्न सक्ने तर अध्ययनहरुबाट ढलको पानीबाट मानिसमा कोरोना सरेको प्रमाण नभेटिएको जनाईएको छ । ढलमा कोरोना भाइरस देखिएकोले कोरोना समुदायस्तरमा पुगेर अवस्था भयावह भयो भन्न नमिल्ने दाबी छ । तर ढलको पानीमा कोरोनासँगै अरु रोगका पनि किटाणु रहन सक्ने भएकाले ढलको काम ग...

२ अध्यक्ष बीचको बार्ता सकारात्मक

समाचार
पूर्णपुष्टि, असार २१ प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भएको वार्ता सम्पन्न भएको छ । करिब दुई घण्टा चलेको वार्ता सकारात्मक भएको बुझिएको छ । २ अध्यक्षबीच सहमतिको साझा विन्दु खोज्ने प्रयासस्वरुप बार्ता भएको थियो । अध्यक्षहरूसँग महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य शङ्कर पोखरेल, ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ र स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ को पनि सहभागिता थियो । वार्तामा भएको विस्तृत विवरणबारे बाहिर जानकारी गराइएको छैन ।...
लकडाउनमै नमूना जनगणना सकियो

लकडाउनमै नमूना जनगणना सकियो

समाचार
पूर्णपुष्टि, असार २१ लकडउनको विच आगामी १२ औँ राष्ट्रिय जनगणनाको तयारीका लागि नमूना (पाइलट) जनगणना सकिएको छ  । नमुना जनगणामा १० हजार घरपरिवारको विवरण सङ्कलन गरिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको हो । नमूना जनगणनाको गणना क्षेत्र नक्साङ्कनका अनुसार ११ हजार ६ सय १० घरपरिवारको सर्वेक्षण गर्ने लक्ष्य राखिएको थियो । कोरोना संक्रमण र लकडाउनबीच ३ महिना ढिलो गरी नमूना जनगणनामा ५० प्रतिशत जति सर्वेक्षण गर्न सकिने अनुमान गरिएकोमा तोकिएका ११ हजार ६ सय १० मध्ये १० हजार घर परिवारमा सफल सर्वेक्षण गरिएको विभागले जनाएको छ । जनगणना कार्यतालिका तथा सामग्री सुधार गर्न गरिएको पाइलट जनगणनाको गणना कार्य गत सोमबार सकिएको विभागले जनाएको छ । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने मूल नाराको साथ हुने १२ औँँ राष्ट्रिय जनगणना २०७८ को परीक्षण सर्वेक्षणको रुपमा पाइलट जनगणना गरिएको हो । महामारी नियन्त्रणका लागि ग...
मेलम्ची खानेपानीको सुरुङमा पानी हालियो

मेलम्ची खानेपानीको सुरुङमा पानी हालियो

समाचार
पूर्णपुष्टि, असार २१  मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा पानी हालिएको छ । मुख्य सुरुङमा परिक्षणका लागी पानी आईतबार विहान हालिएको हो । काठमाडौँतर्फ पानी जाने सुरुङ बन्द गरेर आयोजनाको पहिलो अडिट मार्गबाट पानी परीक्षण गरिएको आयोजनाले जनाएको छ । हेलम्बु गाउँपालिका–१ अम्बाथानमा रहेको मुहान क्षेत्रबाट केही तल रहेको पहिलो अडिटमार्गको सुरुङसम्म पानी हालेर परीक्षण गरिएको जनाईएको छ । झण्डै दुई दशक पहिले शुरु भएको आयोजना विभिन्न कारणले समयमा सम्पन्न हुन सकेको थिएन । यसअघि काम गरेको इटालियन कम्पनी सिएमसीले निर्माणस्थलमा धेरै काम अघि बढाएको थियो । सो कम्पनीले निर्माण नसकिँदै फर्किएपछि सरकारले बाँकी काम सक्ने गरी चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई बाँकी काम सम्पन्न गर्ने जिम्मेवारी दिएको थियो । आयोजनाले लकडाउनको कारण सामान्य अवस्थामा जसरी काम गर्न सकेको थिएन । लकडाउन सुरु भएपछि अधिक...