Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

आज थप २९३ जनामा कोरोना संक्रमण पुष्टि

आज थप २९३ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २१ नेपालमा आज थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । त्यस्तै आज थप १ सय ३२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै उपचारपछि निको हुनेको संख्या ६ हजार ५ सय ४७ पुगेको छ ।
गोर्खा भर्ती रोकियो

गोर्खा भर्ती रोकियो

समाचार
पूर्णपुष्टि, असार २१ विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) का कारण बेलायतले पहिलो पटक गोर्खा भर्ती रोकेको छ । कोरोनाले यस वर्षको गोर्खा भर्ती स्थगित गरिएको बेलायती सेनाको बिग्रेड अफ गोर्खा प्रमुख कर्णेल रिचर्ड गुडम्यानले जनाएका छन् । बेलायतले बर्षेनी प्रदेश १ को धरान र गण्डकी प्रदेशको पोखराबाट गोर्खा भर्ती लिने गर्छ । यस पटक नयाँ भर्तीका लागि २१ मे देखि १० जुलाईसम्म पोखरा र २३ मे देखि जुलाई १० तारिखसम्म नयाँ नाम दर्ताका लागि मिति तोकिएको थियो । धरानको क्षेत्रिय छनोट २१ सेम्टेम्बरदेखि १८ अक्टोबर र पोखराको ९ अगस्टदेखि सेप्टेम्बर १० सम्म छनोट मिति तोकिए पनि कोराना संक्रमणका कारण स्थगित भएको छ । यस पटक भर्ती बन्द भए पनि अवस्था सहज भएमा गत वर्ष उत्तम अंक ल्याएर असफल भएकाहरुलाई मौका दिने जनाईएको छ । सामान्य भएमा केन्द्रीय छनोट हुने र गत सालको रेक्रुट इन्टेक २० को क...
मंगल ग्रहको तस्विरमा प्वाल

मंगल ग्रहको तस्विरमा प्वाल

समाचार
असार २१ अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले सन् २०११ मा मंगल ग्रहको एउटा तस्बिर खिचेको थियो । सोही तस्बिर नासाले गत मार्च १ तारिखमा प्रदर्शन गरेको थियो । मंगल ग्रहको कैद गरिएको सोही तस्बिरमा एउटा रहस्यमय प्वाल देखिएको छ । वैज्ञानिकहरूले उक्त ठाउँमा मानिस बस्नका लागि उपयुक्त हुन सक्ने जनाएका छन् । ३५ मिटर व्यास भएको प्वालको नजिकै थुप्रै गुफाहरू पनि रहेका छन् । वैज्ञानिकहरूले अहिले यही तस्बिरको बारेमा अध्ययन अनुसन्धान गरिरहेका छन् । अध्ययनका लागि नासाले ‘आर्बिटर’ नामको एउटा रोबोट पठाएको छ । रोबोटले मंगल ग्रहको तस्बिर खिच्दै पठाइरहेको छ । यो तस्बिर पनि ‘आर्बिटर’ ले खिचेर पठाएको हो । तस्बिरमा देखिएको प्वालको विषयमा नासाले छलफल गरेपछि गुफा लगभग २० मिटर गहिरो रहेको पनि पत्ता लागेको छ । मंगल ग्रहमा देखिएको प्वालको वरिपरि थुप्रै सुरक्षित खालका गुफाहरू पत्ता लागेका छन् । जसका लम्बाइ ३...
हलेसी संरक्षणका लागि कार्ययोजना

हलेसी संरक्षणका लागि कार्ययोजना

समाचार
पूर्णपुष्टि, असार २१ त्रिधार्मिकस्थल हलेसी गुफा संरक्षणका लागि हलेसी विकास समितिले कार्ययोजना बनाउने निर्णय गरेको छ । पूर्वसांसद टङ्क राई विकास समितिको अध्यक्षमा चुनिएपछि बसेको विकास समितिको पहिलो बैठकले त्रिधार्मिकस्थल हलेसी गुफाको भौगर्भिक अध्ययन गरी दीर्घकालीन संरक्षण गर्न कार्ययोजना बनाउने निर्णय गरेको हो । प्राकृतिक रूपमा बनेको गुफाकै कारण हलेसीले हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा प्रसिद्धि पाएकाले गुफाको भौगर्भिक अध्ययन गरी दीर्घकालीन संरक्षण योजना बनाउने निर्णय गरिएको विकास समितिले जनाएको छ । धार्मिक तथा साँस्कृतिक दृष्टिले प्रसिद्ध हलेसी महादेव गुफा, धर्मद्वार, पापद्वार, बसाहा गुफा, भैरव गुफा, मञ्जुश्री गुफा, दुङ्देलो गुफालगायतका प्राकृतिक आकृतिको दृश्यावलोकनका लागि प्रसिद्ध छ । स्वदेश तथा विदेशका पर्यटक तथा दर्शनार्थीको भीड लाग्ने हलेसीमा हरे...
साउदीमा ‘एक्जिट भिसा’ नलिई टिकट नकाट्न दूतावासको आग्रह

साउदीमा ‘एक्जिट भिसा’ नलिई टिकट नकाट्न दूतावासको आग्रह

समाचार
पूर्णपुष्टि, असार २१ साउदीबाट नेपाल फर्कन प्राथमिकतामा परेका नेपालीलाई ‘एक्जिट भिसा’ नलिई टिकट नकाट्न दुताबासले आग्रह गरेको छ । दूतावासमा निवेदन दिँदा ‘एक्जिट भिसा’ लागेको उल्लेख गरेको तर एक्जिट भिसा नलागेकाले पनि हवाइ टिकट काटेको पाइएको भन्दै त्यसो नगर्न दूतावासले सचेत गराएको हो । दूतावासले ‘एक्जिट भिसा’ लागेको भनेर उल्लेख गरेको आधारमा नाम प्रकाशन गर्ने गरे पनि ‘एक्जिट भिसा’ नलिइ टिकट काट्दा गम्भीर समस्या उत्पन्न भएको जनाईएको छ । साउदीबाट स्वदेश फर्कनका लागि ‘एक्जिट भिसा’ अनिवार्य छ ।...
विश्वभर ५ लाख २९ हजार भन्दा बढीको कोरोनाबाट मृत्यु

विश्वभर ५ लाख २९ हजार भन्दा बढीको कोरोनाबाट मृत्यु

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार २० विश्वको विभिन्न देशमा कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट ५ लाख २९ हजार ५ सय ५५ जनाको मृत्यु भएको छ । अहिलेसम्म विश्वभर १ करोड १२ लाख ७ हजार ५ सय ४० जना भन्दा बढी संक्रमित भएका विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ  । उक्त संक्रमित मध्ये ६३ लाख ६३ हजार ६ सय ९६ जना उपचारपछि निको भएका छन् ।  अहिले करिब ४३ लाख २४ हजार २ सय ८९ व्यक्ति उपचाररत रहेका छन् । सङ्क्रमितहरूमा ५८ हजार ८ सय ४१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । विश्वमा सवै भन्दा बढी कोरोना संक्रमणबाट अमेरिका प्रभावित भएको छ । अमेरिकामा मात्रै २८ लाख ९१ हजार २ सय २८ जना संक्रमित भएका छन् भने १ लाख ३२ हजार १ सय ७ जनाको मृत्यु भइसकेको जनाईएको छ  ।...
विद्यालयले लिने कक्षा ११ को परीक्षा

विद्यालयले लिने कक्षा ११ को परीक्षा

शिक्षा, समाचार
पूर्णपुष्टि, असार २१ कक्षा ११ को परीक्षा सञ्चालन तथा विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार सरकारले विद्यालयलाई नै दिने निर्णय गरेको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले कक्षा ११ को परीक्षा सञ्चालनको अधिकार सम्बद्ध विद्यालयलाई दिने नीतिगत निर्णय गरेको हो । सरकारको यो निर्णयसँगै लामो समयदेखि केन्द्रीय तहबाट सञ्चालन गरिँदै आएको कक्षा ११ को परीक्षा सञ्चालन र विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार विद्यालय तहमा पुगेको छ । नेपालमा २०४९ सालदेखि कक्षा ११ को पठनपाठन सुरु भएकोमा केन्द्रीय तहबाटै परीक्षा सञ्चालन तथा विद्यार्थीको नतिजा प्रकाशन गर्ने गरिएको थियो । यो निर्णय कार्यान्वयनमा ल्याउन राष्ट्रिय परीक्षा बोर्डले आवश्यक कार्यविधि बनाउने निर्णय पनि राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले गरेको छ । परीक्षा सञ्चालनको मापदण्ड, विद्यार्थीको मूल्याङ्कन नम...
आगलागी हुदा १२ वटा माइक्रोबस जलेर क्षेती

आगलागी हुदा १२ वटा माइक्रोबस जलेर क्षेती

समाचार
पूर्णपुष्टि, असार २१ काठमाण्डौको नयाँ बसपार्कमा आज बिहान आगलागी हुदा १२ वटा माइक्रोबसमा जलेको छ । ग्यारेजभित्र बिहान करिब ३ बजेतिर आगलागी हुँदा ८ वटा पूर्ण रुपमा र ४ वटा माइक्रो बस आंशिक रुपमा जलेको प्रहरीले जनाएको छ । आगलागीबाट बा ४ ख ४०९, बा २ क २०८०, बा १ ज ९६०३, बा १ ज ९४९८, बा २ छ १०९६,  बा ३ ख ८५८९, बा ४ ख २४० र ग १ ज २०४६ नम्बरको माइक्रोबस पूर्ण रुपमा जलेर नष्ट भएको छ । यस्तै बा २ ख ४१७९,  बा ४ ख २२६४, बा ३ ख ९००३ र बा १ ज ९६०० नम्बरको माइक्रोबस आंशिक रुपमा जलेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुलिनसकेको प्रहरीले जनाएको छ भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
बार्यनले जर्मन कपको उपाधि चुम्यो

बार्यनले जर्मन कपको उपाधि चुम्यो

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, असार २१ २० औं पटक जर्मन कपको उपाधि बार्यन म्युनिखले हात पारेको छ । गतराति भएको खेलमा बायर लिभरकुसेनलाई ४–२ गोलले पछि पार्दै बार्यनले जर्मन कपको उपाधि हात पारेको हो । योसँगै बार्यनले १३ औं पटक एकै सिजनमा २ वटा घरेलु उपाधि जित्न सफल भयो । खेलको १६ औं मिनेटमा अलाबाले १ गोल र २४ औं मिनेटमा नार्बीले देस्रो गोल गर्दै बार्यनले उपाधी चुमेको हो । त्यस्तै पहिलो हाफमा दुई गोलको अग्रता बनाएको बार्यनको लागि ५९ औं मिनेटमा लेवान्दोस्कीले तेस्रो गोल गरे । ६३ औं मिनेटमा बन्डेरका गोलमा लिभरकुसेनले खेल तीन एकमा पुर्याएको थियो । तर ८९ औं मिनेटमा फेरि लेवान्दोस्कीले गोल गर्दै खेललाई चार एकको अवस्थामा पुर्याए । खेलको इन्जुरी समयको पाँचौ मिनेटमा लिभरकुसेनले पेनाल्टीमा गोल गर्दै खेल चार दुईको अवस्थामा ल्याएको थियो । यो जितपछि बार्यनले लगातार २६ खेलसम्म अपराजित रहने कीर्तिमान पनि बनाएको छ ...
पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-20

पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-20

समाचार
गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि । नवलपरासी बर्दघाट सुस्तापूर्बका २ महिला सहित ७ जना, तनहुँका १ जना, बाग्लुङका २ जना, म्याग्दीका ३ जना, कास्कीका २ जना र स्याङ्जाका १ जनामा संक्रमण पुष्टि भएको हो । -*- नेपालमा आज थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि । योससँगै नेपालमा सङ्क्रमितको सङ्ख्या १५ हजार ४ सय ९१ जना पुगेको हो । -*- नेपालमा आज थप २ जनाको कोरोनाबाट मृत्यु । कोरोना भाइरसको सङ्क्रमणबाट गोखा र रुपन्देहीका १÷१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको हो । -*- कैलालीमा क्वरेण्टीनबाट घर फर्किएकी एक महिलाको मृत्यु । भारतबाट फर्किएर गोदावरी नगरपालिका–१० मा क्वरेण्टीन अवधि पूरा गरी घर गएकी ४८ वर्षीया महिलाको मृत्यु भएको हो । -*- विश्वमा कोरोना सङ्क्रमितको संख्या १ करोड ११ लाख नाघे । विश्वका विभिन्न देशमा १ करोड ११ लाख ९१ हजार...