Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

नेपाली श्रमिकको उद्धारमा आईएलओले ५ करोड सहयोग गर्ने

नेपाली श्रमिकको उद्धारमा आईएलओले ५ करोड सहयोग गर्ने

आर्थिक, समाचार
पूर्णपुष्टि, असार २० नेपाली श्रमिकको उद्धाराका लागी अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई ४ लाख २४ हजार अर्थात् ५ करोड १० लाख रुपैयाँ अनुदान दिने भएको छ । कोरोनाले विदेशमा समस्यामा परेका नेपालीको उद्धार गर्न र कोरोना भाइरसविरुद्ध लड्न अन्तर्राष्ट्रिय श्रम सङ्गठनले एनआरएनएलाई रकम दिने सम्झौता भएको हो । यो रकम विशेष गरी मलेसिया, यूएई, कतार र साउदी अरब गरी ४ देशका नेपालीको सहयोगमा खर्च हुने एनआरएनले जनाएको छ । यस्तै कोरोनाले श्रम बजारमा पारेको प्रभाव र श्रमिकको हितका विषयमा अध्ययन गर्न पनि रकम खर्च हुनेछ । सम्बन्धित देशमा रहेका नेपाली कुटनीतिक नियोगमार्फत रकम परिचालन गरिने जनाईएको छ ।...
कोरोना संक्रमणबाट आज थप २ जनाको मृत्यु

कोरोना संक्रमणबाट आज थप २ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २०  नेपालमा आज थप २ जनाको कोरोनाबाट मृत्यु भएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट गोखा र रुपन्देहीका १÷१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको हो । गोरखाका पालुङटारको पुरुषको शनिबार बिहान मृत्यु भएको जनाईएको छ । असार १७ गते कतारबाट फर्किएका उनको उपचारको लागि भर्ना गराइएकोमा असार २० गते बिहान मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी, रुपन्देही देवदहका एक जनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा निधन भएकोमा उनमा कोरोना सङ्क्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ । क्षयरोगका बिरामी ७५ वर्षीय पुरुष उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो । उनमा असार १८ गते कोरोना सङक्रमणको पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।...
आज थप २३२ जनामा कोरोना संक्रमण पुष्टि

आज थप २३२ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २० नेपालमा आज थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योससँगै नेपालमा सङ्क्रमितको सङ्ख्या १५ हजार ४ सय ९१ जना पुगेको छ । उक्त संक्रमित मध्ये ६ हजार ४ सय १५ जना उपचारपछि निको भएका छन् । भने ३४ जनाको मृत्यु भईसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
क्वरेण्टीनबाट घर फर्किएकी १ महिलाको मृत्यु

क्वरेण्टीनबाट घर फर्किएकी १ महिलाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २० कैलालीमा क्वरेण्टीनबाट घर फर्किएकी एक महिलाको मृत्यु भएको छ । भारतबाट फर्किएर गोदावरी नगरपालिका–१० मा क्वरेण्टीन अवधि पूरा गरी घर गएकी ४८ वर्षीया महिलाको मृत्यु भएको हो । भारतबाट उनी जेठ २६ गते फर्किएको थियो । मृतक रक्तचाप र प्यारालाइसिसको बिरामी रहेको बुझिएको छ । मृतक महिलाको कोरोना परीक्षण गरिने भएको छ । कोरोना परीक्षणको लागि शुक्रबार नै स्वाब सङ्कलन गरी धनगढी प्रयोगशाला पठाइएको गोदावरी नगरपालिकाले जनाएको छ ।...
पहिरोमा बेपत्ता मध्ये ४ जनाको शव भेटियो

पहिरोमा बेपत्ता मध्ये ४ जनाको शव भेटियो

समाचार
पूर्णपुष्टि, असार २० बझाङको केदारस्युँमा पहिरोमा परि बेपत्ता भएका ७ जना मध्ये ४ जनाको शव भेटिएको छ । केदारस्युँ गाउँपालिका ८ मल्लेखीमा पहिरोमा परि बेपत्ता भएकामध्ये ४६ वर्षीया राममतिदेवी जेठारा, उनका ११ वर्षीय छोरा प्रयाग जेठारा, ७  वर्षीया छोरी अस्मिता जेठारा र स्थानीय ८० वर्षीय दले जेठाराको पनि शव भेटिएको हो । पहिरोमा परि बेपत्ता भएका मध्ये अझै तीन जना गिरिजा जेठारा, शान्ति जेठारा र शन्तु जेठारालाई फेला पर्न नसकिएको प्रहरीले जनाएको छ । गतराति आएको पहिरोले १७ घर बगाएको स्थानीयहरुले बताएका छन् । अरु पहिरो आएको थाहा पाएपछि घर छाडेर सुरक्षित ठाउँ तिर भागेका थिए । घटनास्थलमा नेटवर्कले काम नगरेकाले थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।...
टिप्पर दुर्घटना २ जनाको मृत्यु

टिप्पर दुर्घटना २ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, असार २० प्युठानमा टिप्पर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चुनढुङ्गा बोकेको ना ७ ख ८९३८ नम्बरको टिप्पर प्युठानको सरुमारानी गाउँपालिका–६ मोतिपुरमा दुर्घटना हुँदा टिप्पर चालक र सहचालकको मृत्यु भएको हो । दुर्घटनामा चालक प्युठानको नौबहिनी गाउँपालिका–६ पिपलटारीका ३० वर्षका रोशन थापा र सहचालक २७ वर्षका झगबहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।...
गण्डकीमा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि

गण्डकीमा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २० गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्बका २ महिला सहित ७ जना, तनहुँका १ जना, बाग्लुङका २ जना, म्याग्दीका ३ जना, कास्कीका २ जना र स्याङ्जाका १ जनामा संक्रमण पुष्टि भएको हो । गण्डकी प्रदेशका कोरोना सङक्रमितको संख्या १ हजार ७९ पुगेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालयले जनाएको छ । उक्त संक्रमित मध्ये २ सय ९६ जना उपचारपछि निको भएको जनाईएको छ । आज विहान गोरखाका ४४ वर्षका पुरुषको ज्यान गएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ पुगेको जनाईएको छ । तर स्वास्थ्य मन्त्रालयले ती पुरुषको निधनबारे पुष्टि गर्न बाँकी छ ।...
विश्वमा कारोना संक्रमितको संख्या १ करोड ११ लाख बढी

विश्वमा कारोना संक्रमितको संख्या १ करोड ११ लाख बढी

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार २० विश्वमा कोरोना सङ्क्रमितको संख्या १ करोड ११ लाख नाघेको छ । विश्वका विभिन्न देशमा १ करोड ११ लाख ९१ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको वल्र्डओमिटरले जनाएको छ । उक्त संक्रमित मध्ये ५ लाख २९ हजार १ सय २७ जनाको मृत्यु भईसकेको जनाईएको छ । विश्वमा सवै भन्दा बढी अमेरिकामा २८ लाख ९० हजार बढीमा कोरोना संक्रमण भएको छ भने अहिलेसम्म उक्त संक्रमितमध्ये १ लाख ३२ हजार भन्दा धेरैको मृत्यु भईसकेको छ । ब्राजिल सङ्क्रमित धेरै हुने देशको दोस्रो स्थानमा छ । ब्राजिलमा १५ लाख ४३ हजार भन्दा धेरै व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ६३ हजार भन्दा बढीको मृत्यु भईसकेको छ ।...
पाकिस्तानी विदेश मन्त्री कुरैशीलाई कोरोना संक्रमण पुष्टि

पाकिस्तानी विदेश मन्त्री कुरैशीलाई कोरोना संक्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार २० पाकिस्तानका विदेश मन्त्री महमूद कुरैशीलाई कोरोना संक्रमण पुष्टि भएको छ । विदेश मन्त्री कुरैशीले ट्वीट गरेर आफूमा संक्रमण देखिएको जानकारी दिनुभएको हो । संक्रमण पुष्टि भएपछि तत्काल आफू घरमै क्वरेण्टीनमा बसेको र स्वास्थ्य सामान्य भएको उहाँले जानकारी दिनु भएको छ । अल्लाहको कृपाले मेरो स्वास्थ्य राम्रो छ र उर्जावान तथा सवल महसुस गरिरहेको छु ।’ उहाँले भन्नुभएको छ ।...
सलहले ५ जिल्लामा बढी क्षेती गर्यो

सलहले ५ जिल्लामा बढी क्षेती गर्यो

समाचार
पूर्णपुष्टि, असार २० भारतबाट गत शनिबार नेपाल प्रवेश गरेको सलह कीराले अहिलेसम्म ११ सय १८ हेक्टर क्षेत्रफलमा लगाइएको बालीनालीमा क्षेती गरेको छ । ५ जिल्लाका ११ सय १८ हेक्टर क्षेत्रफलमा किराले क्षती गरेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । सबैभन्दा धेरै दाङमा ५ सय ८० हेक्टर क्षेत्रफलमा लगाइएको मकै तथा तरकारी बालीमा सलहले खाएर क्षती गरेको छ ।, त्यस्तै मकवानपुरमा १ सय ५, प्युठानमा २ सय ८३, अर्घाखाँचीमा १ सय र पाल्पामा ५० हेक्टर क्षेत्रफलमा लगाईएका मकै, तरकारी र फलफुल किराले खाएर क्षेती गरेको छ । अर्घाखाँचीमा भने अझै सलह कीरा सक्रिय छ । रोल्पा, सिन्धुली, रुपन्देही, कपिलवस्तुमा पनि नोक्सानी गरेको भए पनि कति हेक्टरमा लगाइएको बालीमनालीमा नोक्सानी गर्यो भन्ने केन्द्रले खुलाएको छैन । सलह कीरा अहिलेसम्म ५२ जिल्लामा छरिएको भए पनि ससाना भुण्डहरु भएकाले धेरै नोक्सानी...