पानीजहाजको सपनाले ओझेल पार्दैछ ‘कोसी कोरिडोर’
कोसी उच्चबाँध नेपाल र नेपाली जनताको हितमा छैन । फाइदा भन्दा बेफाइदा बढी छन् ।
सुरज राई
ताप्ली-४ थुम्की (हाल - प्रवास)
कोशी बाढीबाट बिहारको कुल भूभागको ७३% जमिन जोखीममा छ, त्यसैले अंग्रेजकै पालादेखी नै कोशी वाढीको समस्या र यसको समाधानको निम्ति थुप्रै अध्ययन भएको पाइन्छ । त्यसकाे निरन्तर प्रयास अहिले पनि जारी छ ।
१. सन् १७७९ मा मेजर जे. रेनलले, सन. १८६३ मा जेम्स फर्गुसनले र त्यस पछी एफए. सिलिङफील्डले अध्ययन गरे ।
२. सन् १८७० तिर आएको बाढीले बिहारमा ठूलो जनधनको क्षति भएपछि अंग्रेजहरु कोशीमा तटबन्ध वनाई बाढी नियन्त्रण गर्ने निर्णयमा पुगेका थीए ।
३. सुनसरी र सप्तरीको आसपासमा तटबन्ध निर्माण गर्न ब्रिटिस ईण्डीयाले नेपालसंग सहमती जुटाए पनि सन १८९१ मा आएको वाढीको कारण त्यो योजना पनि लागू भएन ।
४. तटबन्ध निर्माण कार्य रोकिए पनि ब्रीटिस भारतले कोशी बाढी नियन्त्रणबारे निरन्तर बहस चलाई...








