Sunday, August 9News That Matters

Month: ६ वर्ष अगाडि

बजारे बेहुली (लघुकथा)

बजारे बेहुली (लघुकथा)

साहित्य
– टङ्कबहादुर आलेमगर त्रियुगा नगरपालिका -११, संगमटोल, उदयपुर, १ नम्बर प्रदेश सिँदुर, पोते, फुर्का, चुरा, गाजल, नङ्पालिस, क्रिम, पाउडर लाएर घुमिरहे छ एउटा मान्छे बजारे बेहुली भएर । चर्चा परसम्म । केटाकेटीको रम्भोरु र तमासा आदिआदि । साहुजी... बजारे बेहुली । के...? वास्ताहीन पसले । टाउकोमा सिउँदो फारेर लगाको सिँदुर देखाउदै यस्तो लाउने आइमाईलाई देख्नु भो ? भाग ... भन्दै हकार्यो पसलेले । टाइट पैंट लगाउने ठिटीलाई, दोकाँधे भिरेको पोते देखाउदै सोध्यो यस्तो भिर्ने आइमाईलाई देख्यौ ? केटी चुपचाप आफ्नै गन्तव्य तिर । पीपलको फेँदमा बसेर नानीलाई दुध ख्वाइरहेकी केटीको वक्षस्थल देखाउदै भन्यो 'यस्तै नानीलाई दुध चुसाउने आइमाईलाई देख्नु भयो ? रातो पीरो लाजले गाउँले ठिटी । कलेजबाट फर्केका विद्यार्थीलाई लिविस्टिक दलेको रातो, असुहाइलो ओँठ देखाउदै -यस्तै दल्ने भाउजूलाई देख्यौ ? त्रियुगापुल पारी हाँस...
सशस्त्र प्रहरीको सहयोगमा ब्याड्मिन्टन कवर्डहलको छानो मर्मत

सशस्त्र प्रहरीको सहयोगमा ब्याड्मिन्टन कवर्डहलको छानो मर्मत

खेलकुद, समाचार
पूर्णपुष्टि, असार २४ । सशस्त्र प्रहरीको सहयोगमा व्याड्मिन्टन खेलाडीहरुले त्रियुगा नगरपालिका १० बोक्सेस्थित कवर्डहलको छानो मर्मत कार्य भएको छ । वर्षातमा कवर्डहलमा पानी चुहुने भएपछि खेलमा अवरोध भईरहेको थियो । पुरानो कवर्डहल र नयाँ ब्याड्मिन्टन कवर्डहलबीचको जोडिएको छानोबाट पानी चुहुने गरेको थियो । उक्त ठाउँलाई सिमेन्ट लेपनसहित पानी नचुहुने गरी टाल्ने काम गरिएको छ । उक्त ठाउँमा पानीको निकास जानेगरी राखिएको पाईप सफा गर्ने काम पनि भएको छ । साथै कर्कटपाताको छानोको बीचबीचमा पनि प्वाल रहेको र पानी चुहुने गरेकोले टाल्ने काम भएको छ । कवर्डहलभित्र थप उज्यालोको लागि विजुली बत्ती थप जोड्ने काम पनि भएको छ । जिल्ला ब्याड्मिन्टन संघ उदयपुरका महासचिव रुवेन राईले वर्षातमा पानी नचुहुने गरी मर्मतको काम भएको बताउनुभयो । संघले केही आर्थिक जुटाइ मर्मतका लागि आवश्यक सामग्री खरिद गरेको र मर्मतका लागि बो...
बेलकाका मेयरले गरे ‘बास्केटबाल कोर्ट’काे सिलान्यास

बेलकाका मेयरले गरे ‘बास्केटबाल कोर्ट’काे सिलान्यास

खेलकुद, समाचार
पूर्णपुष्टि, असार २४ । उदयपुरको बेलका नगरपालिकाको बेलका जनता क्याम्पसमा ‘स्वास्थ्य जीवन बेलकाको अभियान अनुसासित खेलकुद युवाको पहिचान’ नाराका साथ बास्केटबाल कोर्टको शिल्यान्यास आज भएको छ । बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले एक कार्यक्रमकाबीच सिलान्यास गर्नुभयो । नगर प्रमुख थापाले खेलकुदमा ब्यस्त भएमा मानसिक तनाव कम र व्यक्ति स्वस्थ्य हुने बताउनु भयो । उहाँले युवाका लागि बेलका नगरपालिकाले खेलकुदका प्रसंशा योग्य कार्यक्रम भएको  र आगामी वर्ष नगरले क्रिकेटमा पनि काम गर्ने बताउनुभयाे । उदयपुरको बेलका नगरपालिका वडा नम्बर ३ को किरात चोकमा रहेको बेलका जनता क्याम्पसमा निमार्ण समितिका अध्यक्ष  तथा नेकपाका जिल्ला कमिटी सदस्य रमण भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा क्याम्पस संचालनमा न्युन विद्यार्थी पहिलो समस्या रहेको बताउनुभयाे । अध्यक्ष  भट्टराईले क्याम्पस संचालनमा नगरले विशेष सहय...
स्वास्थ्यचाैकी देउरी अब ‘किशोरकिशोरीमैत्री’

स्वास्थ्यचाैकी देउरी अब ‘किशोरकिशोरीमैत्री’

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २४ । उदयपुरकाे त्रियुगा नगरपालिका अन्तर्गत देउरी स्वास्थ्य चाैकीलाइ किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था घाेषणा गरिएकाे छ । किशोरकिशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्य सेवा सञ्चालन गर्दै अएको साे स्वास्थ्य चाैकीले मापदण्ड पुरा गरेकाले साेमबार किशाेरकिशाेरीमैत्री स्वास्थ्य संस्था घाेषणा गरिएकाे हाे । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख गंगा राइले किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था घाेषणा गर्नुभयाे । उहाँले समाज परिवर्तनका संवाहक जनसंख्याको महत्वपूर्ण संख्यामा रहेका किशोर किशोरीहरूको समग्र विकासका लागि स्वास्थ्य सेवा मैत्रीपूर्ण बनाउदै लैजानुपर्ने बताउनुभयाे । उहाँले स्वास्थ्य संस्थाका इन्चार्ज रेखा चैधरीलाइ प्रमाण पत्र हस्तान्तरण गर्नुभयाे । परिवार कल्याण महासाखा, स्वास्थ्य कार्यालय उदयपुर र स्थानीय तहको प्रतिनिधिहरूले गुणस्तर अभिवृध्दी तथा प्रमाणि...
पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-24

पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-24

समाचार
कास्कीमा आज थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गरिएकामध्ये १३ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको हो । -*- नेपालमा आज थप २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जनाएको हो । -*- ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोलाई कोरोना सङ्क्रमण पुष्टि । ६५ वर्षीय राष्ट्रपति बोलसोनारोले टेलिभिजनमार्फत सम्बोधन गर्दै आफूमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । -*- नेपालको ५ वटा जिल्ला कोरोना मुक्त भएको सरकारले जनाए । भोजपुर, सोलुखुम्बु, धनकुटा, मुस्ताङ र हुम्लामा संक्रमित नहरको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । -*- गत चैत, वैशाख, जेठ र असारको विजुली महसुल आगमी साउन ७ गते भित्र तिरे जरिवाना नलाग्ने नेपाल विद्...
डब्लुएचओबाट अमेरिका औपचारिक रुपमा बाहिरियो

डब्लुएचओबाट अमेरिका औपचारिक रुपमा बाहिरियो

समाचार, संसार
पूर्णपुष्टि, असार २४ अमेरिका विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट औपचारिक रुपमा बाहिरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकालाई औपचारिक रुपमै डब्लुएचओबाट अलग गरेको संचारमाध्येमहरुले जनाएका छन् । संयुक्त राष्ट्रसङ्घको एउटा अङ्ग मानिने डब्लुएचओका बारेमा राष्ट्रपति ट्रम्पले यसअघि नै पटक पटक आलोचना गर्दै आफ्नो देश अलग हुने घोषणा गर्नुभएको थियो । विश्वभरी कोरोना भाइरसको नियन्त्रण तथा न्यूनीकरणका लागि प्रभावकारी र सन्तोषजनक भूमिका खेल्न नसकेको भन्दै डब्लुएचओको आलोचना गर्नुभएको थियो । राष्ट्रपति ट्रम्पले डब्लुएचओलाई चीनको पक्षमा काम गरेको र अमेरिकालाई बेवास्ता गरेको आरोप पनि लगाउनुभएको थियो । आरोप र असन्तुष्टिप्रति अन्य धेरै देशले असहमति जनाएका थिए भने डब्लुएचओबाट अलग हुने घोषणाप्रति चिन्ता व्यक्त गरेका थिए । डब्लुएचओबाट अमेरिका बाहिरिने र डब्लुएचओलाई दिँदैआएको सह...
विजुलीको महसुल साउन ७ भित्र तिरे जरिवाना नलाग्ने

विजुलीको महसुल साउन ७ भित्र तिरे जरिवाना नलाग्ने

समाचार
पूर्णपुष्टि, असार २४ गत चैत, वैशाख, जेठ र असारको विजुली महसुल आगमी साउन ७ गते भित्र तिरे जरिवाना नलाग्ने नेपाल विद्युत् प्राधिकरणले व्यवस्था गरेको छ । प्राधिकरणले गत असार १९ गते साउन ७ गतेभित्र महसुल तिरे सबै प्रकारका ग्राहकलाई जरिवाना नलाग्ने निर्णय गरेको हो । निर्धारित समयभित्र भुक्तानी नगरेमा जरिवाना लाग्ने व्यवस्था छ । तर नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार प्राधिकरणले लकडाउन अवधिमा महसुल नतिर्ने ग्राहकलाई जरिवाना नलाग्ने निर्णय गरेको हो । सरकारले अहिलेकै रुपको लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिएको छ । सरकारले लकडाउन अवधि लम्बाएपछि प्राधिकरणले पनि सोहीअनुसार महसुलमा जरिवाना नलाग्ने व्यवस्था गरेको हो । अब गत चैत, वैशाख, जेठ र असारको विद्युत् महसुल यही ७ साउनभित्रमा तिरेमा जरिवाना लाग्ने छैन । विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड(१९)का कारण अर्थतन्त्रमा गम्भीर असर परेको...
लकडाउनमा साढे ३ लाख स्मार्ट लाइसेन्स छापियो

लकडाउनमा साढे ३ लाख स्मार्ट लाइसेन्स छापियो

समाचार
पूर्णपुष्टि, असार २४ यातायात व्यवस्था विभागले बन्दाबन्दीमा करिब साढे ३ लाख चालक अनुमतिपत्र (लाइसेन्स) छापेको छ । चालु आर्थीक वर्षको अहिलेसम्म साढे छ लाख अनुमतिपत्र छापिएको छ । करिब २ लाख अनुमति पत्र छपाइ गर्न बाँकी छ । गत पुस मसान्तसम्म नयाँ अनुमतिपत्रका लागि लिइएको परीक्षा उतीर्ण र नवीकरणका लागि आएका अनुमतिपत्र छापिएको छ । असार मसान्तभित्रमा थप अनुमतिपत्र छापिन सकिने विभागले जनाएको छ । बन्दाबन्दीमा वितरण हुन नसकेकामा अहिले यातायात व्यवस्था कार्यालयले अनुमतिपत्र वितरण गरिरहेको छ । संविधानुसार यातायातको जिम्मेवारी प्रदेश सरकारको भएकाले २ वर्ष पहिले नै यातायात कार्यालय नेपाल सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । सरकारले ५ वर्ष पहिले हस्तलिखित अनुमतिपत्र हटाएर स्मार्ट चालक अनुमतिपत्र शुरु गरेको थियो । देशभरका सबै कार्यालयको अनुमतिपत्र विभागले छाप्दै आएको छ । विभागमा अनुम...
नेपालको ५ वटा जिल्ला कोरोनामुक्त

नेपालको ५ वटा जिल्ला कोरोनामुक्त

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २४ नेपालको ५ वटा जिल्ला कोरोना मुक्त भएको सरकारले जनाएको छ । भोजपुर, सोलुखुम्बु, धनकुटा, मुस्ताङ र हुम्लामा संक्रमित नहरको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यी जिल्लामा यसअघि सङ्क्रमित भेटिए पनि सङ्क्रमण पुष्टि भएका सबै निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
थप २५५ जनामा कोरोना संक्रमण पुष्टि

थप २५५ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २४ नेपालमा आज थप २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जनाएको छ । त्यस्तै आज थप २ सय ५३ जना उपचारपछि निको भएर डिस्चार्ज हुनुभएको छ । योसँगै ७ हजार ७ सय ५२ पुगेको छ ।