Sunday, August 9News That Matters

Month: ६ वर्ष अगाडि

ट्रक दुर्घटना चालकको मृत्यु

ट्रक दुर्घटना चालकको मृत्यु

समाचार
ओखलढुङगा, असार २५ ओखलढुङगामा ट्रक दुर्घटना हुदा चालकको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका–८ सेतिदेवी स्थित सिद्धिचरण राजमार्गमा ट्रक दुर्घटना हुँदा चालक नवराज कार्कीको मृत्यु भएको हो । काठमाण्डौबाट रड बोकेर सोलुको बेनी तर्फ जाँदै गरेको बा ३ ख ९६ नम्बरको ट्रक आज बिहान साँढे ४ बजे अचानक दुर्घटना हुँदा ट्रक चालक दोलखा जिरी नगरपालिका–४ का २५ बर्षीय कार्कीको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।...
जंगली च्याउ खाएर २ जना बिरामी

जंगली च्याउ खाएर २ जना बिरामी

समाचार
मोरङ, असार २५ मोरङमा जंगली च्याउ खाएर २ जना विरामी भएका छन् । मिक्लाजुङ गाउँपालिका–६ कसेनीमा जंगली च्याउ पकाएर खाँदा २ जना बिरामी भएका हुन् । जंगलबाट टिपेर ल्याएको च्याउन बेलुका पकाएर खाना संगै खाँदा स्थानीय ५४ बर्षीया तिलमाया चौहान र उनको छोरा १७ बर्षीय पुर्णबहादुर चौहानले बिरामी भएको प्रहरीले जनाएको छ । बिरामी भएका दुबै जनालाई राती सवा १२ बजे उपचारको लागी दमकको आम्दा अस्पताल लगी उपचार भईरहेको ईलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएको छ ।...
आइभरीकोस्टका प्रधानमन्त्री कोलाबालीको असामयिक निधन

आइभरीकोस्टका प्रधानमन्त्री कोलाबालीको असामयिक निधन

समाचार, संसार
पूर्णपुष्टि, असार २५ आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको असामयिक निधन भएको छ । मन्त्रिपरिषद बैठकको क्रममा बिरामी परेका ६१ वर्षीय प्रधानमन्त्रि कोलाबालीको लगत्तै निधन भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार बनाउने घोषणा गरेको थियो । राष्ट्रपति एलासानी ओटाराले देश शोकमा रहेको बताउनुभएको छ ।  मन्त्रिपरिषदको साप्ताहिक बैठकको क्रममा बिरामी परेपछि प्रधानमन्त्रि कोलाबालीलाई अस्पताल लगिएको थियो । उहाँको अस्पतालमै निधन भएको हो । कोलाबालीको निधनले आउँदो अक्टोबरमा हुने भनिएको चुनाव अनिश्चित भएको छ । सन् २०१२ मा कोलाबालीको मुटु प्रत्यारोपण भएको थियो । गतको मे २ मा उपचारका लागि फ्रान्स गएर २ महिनापछि स्वदेश फर्किएको जनाईएको छ ।...
बाढी पहिराले मध्य भोटेकोशी जलविद्युत आयोजनामा क्षति

बाढी पहिराले मध्य भोटेकोशी जलविद्युत आयोजनामा क्षति

समाचार
पूर्णपुष्टि, असार २५ गतराति आएको बाढी र पहिरोले निर्माणाधीन मध्य भोटेकोशी आयोजनामा क्षती गरेको छ । बाह्रविसे नगरपालिकाको जबमु बजारसहितका क्षेत्रमा आएको बाढी र पहिरोले मानविय क्षतीसँगै सिन्धुपाल्चोकमा निर्माणाधीन १ सय २ मेगावाटको मध्य भोटेकोशी आयोजनामा ठूलो क्षति पु¥याएको हो । भोटेकोशीको बाढीले भन्दा पनि खहरेमा आएको बाढीले आयोजनामा ठूलो क्षति पुगेको आयोजनाले जनाएको छ । खहरेको बाढीले इलेक्ट्रोमेकानिकका सामान राखेका गोदाम घर नै बगाएको भन्ने खबर पाएको र पावरहाउसमा पनि बाढी पसेर क्षति पु¥याएको आयोजनाले जनाएको छ । बाढी पहिरोले बाटो पनि बन्द भएको र अवस्था भयावह भएकाले आयोजनास्थलसम्म जान सकेका आयोजना प्रमुख सुनिल लामाले जानकारी दिएका छन् । चीनको क्वाङसी हाइड्रो एन्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनले जिम्मा पाएको आयोजनाको म्याद पटक–पटक थपेर आउँदो डिसेम्बरसम्म पु¥याएको छ । तर यसपटकको बाढीले फेर...
वैशाखदेखि अहिलेसम्म १०४ जनाको मृत्यु

वैशाखदेखि अहिलेसम्म १०४ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, असार २५ गत वैशाखदेखि अहिलेसम्म ८ सय ४ वटा विपद्का घटनामा १ सय ४ जना भन्दा बढीको मृत्यु भएको छ । त्यस्तै ३ जना बेपत्ता भएका छन् भने ३ सय ४९ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । चट्याङ्मा परेर ४७ जनाको मृत्यु भएको छ भने पहिरोबाट ३६ जनाको मृत्यु भएको छ । विपद्का घटनाबाट अहिलेसम्म ३ हजार ६ सय परिवार प्रभावित भएका छन् । २ हजार ५ सय १५ घरमा आंशिक र २ सय ४५ घर पूर्ण क्षति भएको प्राधिकरणले जनाएको छ । यी विपद्मा करिब ४३ करोड रुपैयाँ बराबरको आर्थिक तथा भौतिक क्षति भएको जनाएको छ । गत वैशाखदेखि अहिलेसम्म १ सय ५२ ठाउँमा चट्याङ पर्दा ४७ जनाको मृत्यु भएको छ भने १ सय ६१ जना घाइते भएका छन् । आगलागीका ३ सय ३९ घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ७१ जना घाइते भएका छन् । त्यस्तै २३ वटा सर्पको टोकाईबाट १० जनाको मृत्यु भएको छ । बाढीका २...
खहरे खोलाको बाढीले बगाएर २२ जना बेपत्ता

खहरे खोलाको बाढीले बगाएर २२ जना बेपत्ता

समाचार
पूर्णपुष्टि, असार २५  सिन्धुपाल्चोकमा खहरे खोलाको बाढीले बगाउँदा २२ जना वेपत्ता भएका छन् । बाह्रबिसे र भोटेकोशीमा बाढीले घर बगाउँदा २२ जना बेपत्ता भएका हुन् । स्थानीय खहरे खोलामा आएको बाढीले करिब २ दर्जन घर बगाउँदा २ जनाको शव भेटिएको छ भने २ जना घाइते भएका छन् । बाह्रबिसे नगरपालिका–३ जम्बु बजारमा खहरे खोलामा आएको बाढीले १८ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । त्यहाँ २ जनाको शव फेला परेको छ । २०÷२२ वटा घरमध्ये ३÷४ वटाबाहेक अरु पहिरोले बगाएको छ । बाढीले पक्की पुलसमेत बगाएको छ । जुरे, बाह्रबिसे लगायतका क्षेत्रमा सडक अवरुद्ध भएको छ । यस्तै भोटेकोशी गाउँपालिकामा ४ जना बेपत्ता भएका छन् । बर्कुटे भन्ने ठाउँमा स्थानीय खहरे खोलामा बाढी आउँदा २ वटा घर बगाएको प्रहरीले जनाएको छ । बाढी आएको थाहा पाएपछि एउटा घरमा भएका सबै भाग्न सफल भएका र अर्को घरका ४ जना बेपत्ता भएको जनाएको छ । घाइतेक...
आजदेखि ४ दिनसम्म ठूलो पानी पर्ने सम्भावना, सतर्क रहन आग्रह

आजदेखि ४ दिनसम्म ठूलो पानी पर्ने सम्भावना, सतर्क रहन आग्रह

समाचार
पूर्णपुष्टि, असार २५ आजदेखि चार दिनसम्म ठूलो पानी पर्ने सम्भावना भएकाले सतर्क रहन गृह मन्त्रालयले आग्रह गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चार दिनसम्म ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम हुने भन्दै सर्तकता अपनाउन आग्रह गरेको हो । आजदेखि आइतबारसम्म प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशमा धेरै पानी पर्ने अनुमान प्राधिकरणले गरिएको छ । पहाडी क्षेत्रमा साना खोला, खहरे, नदी र तालमा बाढी आउने सम्भावना छ । कतिपय ठाउँमा पहिरो पनि जान सक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ । भोलिदेखि आइतबारसम्म कन्काई, कोशी, कमला, वग्मती, नारायणी र यसका सहायक नदीमा पानीको सतह बढ्न सक्छ । विषेशगरी प्रदेश १ र २ का चुरे तथा तराई भएर बस्ने खोला तथा नदीहरुमा ठूलो बाढी आउनसक्ने हुनाले यस क्षेत्रका बासिन्दाहरुलाई थप सर्तक रहन सूचनामार्फत आग्रह गरिएको छ । झापा, मोरङ,...
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको जित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको जित

खेलकुद, समाचार
पूर्णपुष्टि, असार २५ इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित हात पारेको छ । गतराति भएको खेलमा सिटीले न्युकासल युनाइटेडलाई ५–० गोलले पछि पार्दै जित हात पारेको हो । खेलको १० औं मिनेटमा जिससले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । २१ औं मिनेटमा महरेजले गोल गरे । खेलको ५८ औं मिनेटमा न्युकासलका फर्नान्डेजले आत्मघाती गोल गरे । खेलको ६६ औं मिनेटमा सिल्भाले गोल गरे । खेलको इन्जुरी समयमा स्ट्रर्लिङले गोल गर्दै सिटीलाई ५–० को जित दिलाए । जितसँगै सिटीले ३४ खेलबाट ६९ अंक जोडेको छ । सिटी लिगको दोस्रो स्थानमा रहेको छ ।...
आगलागीमा २ घर जलेर नष्ट

आगलागीमा २ घर जलेर नष्ट

समाचार
सुनसरी, असार २५ सुनसरीको धरान उप–महानगरपालिका–१४ बिजयपुरमा आगलागी हुदा २ घर जलेर नष्ट भएको छ । हिजो बिहान पौने १० बजे स्थानीय बिष्णु राईको घरबाट ग्यास लिक भई अचानक आगलागी हुँदा छिमेकी कमल राईको घर जलेर नष्ट भएको हो । आगलागनीबाट करिब २२ लाख ७७ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो धरान उप–महानगरपालिकाको दमकल, प्रहरी टोली र स्थानीयवासीको सहयोगमा बिहान सवा ११ बजे नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।...
नहरमा डुबेर एक बृद्धको मृत्यु

नहरमा डुबेर एक बृद्धको मृत्यु

समाचार
मोरङ, असार २५ मोरङको पथरीमा नहरमा डुबेर एक बृद्धाको मृत्यु भएको छ । पथरी शनिश्चरे नगरपालिका–७ को नहरमा डुबेर स्थानीय ७१ बर्षीया लालमाया तामाङको मृत्यु भएको हो । हिजो दिउँसो सवा १२ बजे नहरमा बृद्धा डुबेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शव परिक्षणको लागी मंगलवारे अस्पताल पठाएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको ईप्रकाले जनाएको छ ।...