Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

आज कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

आज कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

समाचार
पूर्णपुष्टि, कात्तिक २८ आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । पार्टीभित्रको विवाद समाधान गर्न लगातार भइरहेका छलफलबाट सहमति नजिक पुगेकाले आज बैठक बस्न लागेको नेपाली कांग्रेसले जनाएको छ । छलफल गरी सहमति भएका विषयलाई दिउँसो बस्ने केन्द्रीय समितिको बैठकमा लगेर पारित गर्ने तयारी भैरहेको जनाईएको छ । कार्यसमिति बैठक दिउँसो एक बजे बस्नेछ । कांग्रेसमा क्रियाशील सदस्यता वितरण लगायतको विवाद छ ।...
यूएईमा अविवाहित जोडी सँगै बस्न बैधानिकता

यूएईमा अविवाहित जोडी सँगै बस्न बैधानिकता

समाचार, संसार
पूर्णपुष्टि, कात्तिक २८  संयुक्त अरब इमिरेट्स (यूएई) मा अब अविवाहित जोडी एक साथ बस्न पाउने भएको छ । यूएईले आफ्नो कानुन संशोधन गर्दै अब अविवाहित जोडी साथमा बस्नका लागि कानुनी रुपमा नै मान्यता दिएको हो । लामो समयदेखि यूएईमा लिभिङ टुगेदरलाई अपराध मानिन्थ्यो । नागरिक र प्रवासी नागरिकलाई सकारात्मक र अनुकूल बनाउनका लागि कानुनमा संशोधन गरिएको यूएई सरकारले जनाएको छ । केही हप्ता पहिला युएईले इजराइलसँग सम्बन्ध सामान्य बनाएको थियो । सम्बन्ध सामान्य बनाउनका लागि ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेको थियो । सम्बन्ध सामान्य बनाएका कारण र कानुन संशोधनका कारण अब यूएईमा इजरायलका पर्यटक बढ्ने अनुमान गरिएको अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ । यूएईले इस्लामी कानुन हुँदाहुँदै पनि पर्यटक, विदेशी व्यवसायी र उद्योगहरुलाई आकर्षित गर्नको लागि पश्चिमी संस्कृतिलाई स्थान दिएको हो ।...
आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग खेल्दै

आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग खेल्दै

खेलकुद, समाचार
पूर्णपुष्टि, कात्तिक २८  अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टिमले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले बंगलादेशसँग ढाकामा रहेको बंगबन्धु रङ्गशालामा प्रतिस्पर्धा गर्नेछ । मुजिब वर्ष ’फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ अन्तर्गतको नेपाल र बंगलादेशको पहिलो खेल नेपाली समयअनुसार बेलुकी पौने ५ बजे सुरु हुने जनाईएको छ । नेपालले अर्को खेल आउँदो मङ्सिर २ गते खेल्ने कार्यक्रम तय भएको छ । मैत्रीपूर्ण खेलका लागि बंगलादेश गएका टोलीमध्ये एक जना खेलाडीलाई भने कोरोना सङ्क्रमण देखिएकाले उनलाई अस्पतालको आईसीयूमा राखिएको छ । उनको अवस्था सामान्य नै भए पनि यो खेल भने गुमाउने भएका छन् । विश्वभर फैलिएको कोरोना महामारीले गर्दा ८ महिनादेखि नेपाली टिमले फुटबल खेल्न पाएको छैन । बंगलादेशसँग खेल्दा नेपालले २०२१ मा हुने फिफा विश्वकप छनोट र फिफा वरीयतालाई ध्यानमा राख्ने खेलाडीले बताएक...
आज काग तिहार मनाईदै

आज काग तिहार मनाईदै

समाचार
पूर्णपुष्टि, कात्तिक २८ आज काग तिहार र धनतेरस मनाइँदैछ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहारमा कागलाई मीठो–मीठो खानेकुरा खान दिइन्छ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले आज काग तिहार मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । कागलाई सन्देशवाहकका रुपमा पूजा गर्ने गरिन्छ । यस अवसरमा काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–१ कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा हुने गर्छ । यसैगरी हनुमानढोकामा रहेको कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा गरिन्छ । कार्तिक कृष्ण त्रयोदशीकै दिन सुरु हुने यमपञ्चक भने हिजो बेलुकादेखि सुरु भएको छ । यस वर्ष तिथिको घटबढका कारण यमपञ्चक हिजो बेलुकीदेखि नै सुरु भएको हो । त्यस्तै गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि आज मनाइँदैछ । धनतेरसमा गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै ...
उदयपुरको विभिन्न ठाउँमा ६७ हजार भन्दाबढी गाँजा फडानी

उदयपुरको विभिन्न ठाउँमा ६७ हजार भन्दाबढी गाँजा फडानी

समाचार
पूर्णपुष्टि, कात्तिक २७ उदयपुरको विभिन्न ठाउँमा अवैध रुपमा लगाईएको र आफै उम्रिएका ६७ हजार बोट भन्दाबढी गाँजा फडानी गरी नष्ट गरिएको छ । ताप्लि गाउँपालिका र बेलका नगरपालिकाको एक सय ५८ रोपनीमा अवैध रुपमा लगाईएको र आफै उम्रिएका ६७ हजार एक सय ५० बोट गाँजा फडानी गरी नष्ट गरिएको हो । अवैध गाँजा खेती नष्ट गर्ने अभियान अन्र्तगत यहि कात्तिक २२ गतेदेखि २६ गतेसम्म जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी उपरिक्षक भिमबहादुर दाहालसहितको प्रहरी टोली र ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट प्रहरी निरिक्षकसहितको संयुक्त प्रहरी टोलीले बेलका नगरपालिका–७ को हिण्डुला, त्रिवेणी, बडाङ यरियामा अवैध रुपमा लगाईएका र अफै उम्रिएको गाँजा फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । त्यस्तै जिप्रका उदयपुर र ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी नायव निरिक्षकसहतिको संयुक्त प्रहरी टोलीले ताप्...
नेपालमा थप २३४९ जनामा कोरोना मुक्त

नेपालमा थप २३४९ जनामा कोरोना मुक्त

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक २७  नेपालमा आज थप दुई हजार तीन सय ४९ जना निको भएर घर फर्किएको छ । योसँगै उपचारपछि निको हुनेको संख्या एक लाख ६४ हजार पाँच सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जनाएको छ । पछिल्लो २४ घण्टामा एक हजार नौ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको सख्या दुई लाख चार हजार दुई सय ४२ पुगेको मन्त्रालयले जनाएको छ । अब नेपालमा ३८ हजार चार सय ६१ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै नौ सय ७४ ना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा १५ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार एक सय ८९ पुगेको छ ।...
नेपालमा थप १९१३ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप १९१३ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक २७  नेपालमा आज थप एक हजार नौ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको सख्या दुई लाख चार हजार दुई सय ४२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा दुई हजार तीन सय ४९ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ६४ हजार पाँच सय ९२ पुगेको छ । अब नेपालमा ३८ हजार चार सय ६१ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै नौ सय ७४ ना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा १५ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार एक सय ८९ पुगेको छ ।...
युक्रेनी राष्ट्रपतिलाई कोरोना सङ्क्रमण पुष्टि

युक्रेनी राष्ट्रपतिलाई कोरोना सङ्क्रमण पुष्टि

समाचार, संसार
पूर्णपुष्टि, कात्तिक २७  युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहे पनि अस्पताल भर्ना भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति जेलेन्स्कीसँगै उहाँका शीर्ष सहयोगी तथा युक्रेनका रक्षामन्त्री, र अर्थमन्त्रीलाई पनि सङ्क्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि युक्रेनले गत मार्च महिनामा कडा लकडाउन गरे पनि मे महिनामा खुकुलो बनाएको थियो । युक्रेनमा अहिलेसम्म पाँच लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने कोरोना भाइरसको सङ्क्रमणका कारण नौ हजारभन्दा धेरैको मृत्यु भएको जनाईएको छ ।...
गोली हानेर १ जनाको हत्या

गोली हानेर १ जनाको हत्या

समाचार
पूर्णपुष्टि, कात्तिक २७ रौतहटको माधवनारायणमा गोली हानेर एक युवतीको हत्या गरिएको छ । माधवनारायण नगरपालिका–५ मा लौकाहाटोलमा हिजो राति ११ बजे घरमा सुतिरहेको अवस्थामा १८ वर्षीया अमृताकुमारी साहको हत्या गरिएको प्रहरीले जनाएको छ । अमृताको हत्या भएको र अनुशन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनाको सुक्ष्मरुपमा अनुशन्धान भैरहेकोले दोषी चाडोभन्दा चाडो पक्राउ पर्ने प्रहरीले जनाएको छ । मृतक युवतीको टाउकोमा गोली लागेको र घटनास्थलमा नै मृत्यू भएको प्रहरीले जनाएको छ । २०७६ फागुनमा सर्लाही जिल्लामा विवाह भए पनि उनी माइतमा नै बस्दै आएकी थिइन् । अमृताको हत्या भएपछि लौकाहाटोलका बासिन्दा त्रसित बनेका छन् । मृतक युवतीका श्रीमानलाई पनि अपरचित व्यक्तिहरुले गत वैशाखमा चक्कु प्रहार गरी घाइते बनाएको थियो । महिनौंको उपचारपछि उनी निको भएको परिवारका सदस्यहरुले जानकारी दिएको प्रहरीले ...
लागुऔषधसहित सिराहामा २ युवा पक्राउ

लागुऔषधसहित सिराहामा २ युवा पक्राउ

समाचार
पूर्णपुष्टि,कार्तिक २७ सिराहामा लागुऔषसहित २ जना युवा पक्राउ परेका छन् । धनगढीमाई नगरपालिका–६ का २६ वर्षीय रामेश्वर यादव र ४० वर्षीय दुखी यादव पक्राउ परेका हुन् । जिल्लाको गोलबजार नगरपालिकामा चेकजाँच गर्ने क्रममा स ७ प ७३२८ नम्बरको मोटरसाइकलमा सवार दुई जनासंग सय एमएलको डाइलेक्स डिसी ५० बोतल र नाइट्रोभेट ट्याब्लेट ६ सय थान फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय गोलबजारको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...