Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

चितवनमा २४ जना जुवाडे पक्राउ

चितवनमा २४ जना जुवाडे पक्राउ

समाचार
पूर्णपुष्टि, कात्तिक २७  चितवनमा पाँच लाख रुपैयाँसहित २४ जुवाडे पक्राउ परेका छन् । भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट पाँच लाख १७ हजार रुपैयाँसहित २४ जना जुवाडे पक्राउ गरेका हुन् । स्थानीय सुनिलकुमार क्षेत्रीको कुखुरा खोरमा कौडा खेलिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनीहरुको साथबाट १६ थान कौडासमेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई जुवा ऐनअन्तर्गत कारबाही गरिने प्रहरीले जनाएको छ ।...
हङकङका प्रजातन्त्रवादी सांसदद्वारा सामूहिक राजीनामा

हङकङका प्रजातन्त्रवादी सांसदद्वारा सामूहिक राजीनामा

समाचार, संसार
पूर्णपुष्टि, कात्तिक २७  हङकङका प्रजातन्त्रवादी सांसदहरुले सामूहिक राजीनामा दिएका छन् । चीनले चार प्रजातन्त्रवादी सांसदलाई पदबाट हटाउन बाध्य गरेपछि सामूहिक राजीनामा दिएको अन्तराष्ट्रिय संचारमाध्यलहरुले जनाएका छन् । हिजो बेइजिङले राष्ट्रिय सुरक्षामा जोखिम ल्याउने राजनीतिज्ञलाई बर्खास्त गर्न पाउने अधिकारसहितको नयाँ व्यवस्था पारित गरेको थियो । त्यसलगत्तै हङकङका विपक्षी प्रजातन्त्रवादी सांसदहरुले सामूहिक राजीनामा दिएको जनाईएको छ । चीनले पछिल्ला दिनमा हङकङको स्वतन्त्रता सीमित गर्ने प्रयास गरिरहेको आरोप लाग्दै आएको छ । हङकङ चीनकै भाग भए पनि त्यहाँ स्वतन्त्र स्थानीय सरकार रहेको छ । हङकङको संसदमा ७० मध्ये १९ सिटमा प्रजातन्त्रवादी सांसद थिए । उनीहरुमध्ये चार जनालाई चीनको नयाँ नियमसँगै बर्खास्त गरिएको र बाँकीले सामूहिक राजीनामा दिएका जनाईएको छ ।...
नेकपा सचिवालय बैठक भोली ४ बजे बोलाइयो

नेकपा सचिवालय बैठक भोली ४ बजे बोलाइयो

समाचार
पूर्णपुष्टि, कात्तिक २७ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोली दिउँसो ४ बजे बोलाइएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव पौडेललाई सचिवालय बैठकको मिति तय गर्ने जिम्मा दिएका थियो । अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित ५ सचिवालय सदस्यले कात्तिक २३ गते र गत मंगलबार पनि तत्काल सचिवालय बैठक बोलाउन माग गरेका थिए ।...
कालपोखरीमा बीओपी स्थापना

कालपोखरीमा बीओपी स्थापना

समाचार
पूर्णपुष्टि, कात्तिक २७ ईलामको कालपोखरीमा सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरणको लागि सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ । हिजो इलामको सन्दकपुर गाउँपालिका–४मा पर्ने कालपोखरीमा बीओपी स्थापना गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सन्दकपुर गाउँपालिकाले उपलब्ध गराएको स्थानीय कर्मा शेर्पा (लामा)को २ तले, पाँच कोठे पक्की भवनमा बीओपी स्थापना गरिएको जनाईएको छ ।...
रोकिराखेको ट्रकमा ट्रक ठोक्किँदा ३ जनाको मृत्यु

रोकिराखेको ट्रकमा ट्रक ठोक्किँदा ३ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, कात्तिक २७  काठमाण्डौको कलंकीमा रोकिराखेको ट्रकमा अर्को ट्रक ठोकिदा तीन जनाको मृत्यु भएको छ । मकालु पेट्रोल पम्प छेउमा पार्किङ गरेर राखेको बा ३ ख ७५ ३० नम्बरको ट्रकलाई कुखुराको चल्ला लिएर आएको बा ५ ख ८८६५ नम्बरको ट्रकले ठक्कर दिँदा ठक्कर दिने ट्रकमा रहेका ३ जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ । नुवाकोट सुन्दरदेवी गाउँपालिकाका २४ वर्षीय रोशन तामाङ, नुवाकोट तारकेश्वरका ३७ वर्षीय माधव घिमिरे र नुवाकोट तारकेश्वरकै भुवेन्द्र तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते नुवाकोट तारकेश्वर घर भएका २२ वर्षीय विजय तामाङको उपचार भइरहेको प्रहरीले जनाएको छ । दुईवटै ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले  जनाएको छ ।...
रुसले नागोर्नो काराबाख क्षेत्रमा शान्ति सेना पठायो

रुसले नागोर्नो काराबाख क्षेत्रमा शान्ति सेना पठायो

समाचार, संसार
पूर्णपुष्टि, कात्तिक २७  रुसले नागोर्नो काराबाख क्षेत्रमा शान्ति सेना पठाएको छ । अर्मेनिया र अजरबैजान बीच हप्तौँसम्म चलेको युद्धपछि गत सोमबार अर्मेनिया, अजरबैजान र रुसबीच सहमति भएको थियो । सहमतिअनुसार नागोर्नो काराबाख क्षेत्रमा शान्ति सेना पठाएको रुसले दाबी गरेको अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ । अजरबैजान र अर्मेनियाबिच ६ हप्तादेखि चलेको युद्धपछि सहमति भएको हो । रुसको मध्यस्थतामा अर्मेनिया र अजरबैजानबीच विवादित भूभाग नागोर्नो काराबाखमा चलिरहेको सैन्य संघर्ष अन्त्य गर्नेबारे सम्झौता भएको हो । मंगलबार बिहानेदेखि सम्झौता लागू भएको छ । नागोर्नो काराबाख क्षेत्रलाई लिएर लामो समयदेखि दुई देशबिच विवाद छ । विवादित यो भूमि अन्तर्राष्ट्रिय रूपमा अजरबैजानको मानिन्छ । सोभियत संघ अस्तित्वमा आएपछि नागोर्नो काराबाख क्षेत्र अजरबैजानभित्रै एक स्वायत्त क्षेत्रका रुपमा रहेको थियो । तर त्यो क्षेत्र...
आजदेखि तिहार सुरु

आजदेखि तिहार सुरु

समाचार
पूर्णपुष्टि, कात्तिक २७ कात्तिक कृष्ण त्रयोदशीदेखि सुरुहुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ । यस वर्षको यमदीपदान आजदेखि सुरु हुने भए पनि काग तिहार भोली परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यसैगरी धन्वन्तरिजयन्ती र धनतेरस पर्व पनि शुक्रबार नै परेको छ । सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातःकालमा त्रयोदशी भएका दिन कागतिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको जनाईएको छ । तिथिको घटबढका कारण यस्तो भएको समितिले जनाएको छ । यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने जनाईएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय...
विश्वकप छनोटमा नेपालले खेल्न बाँकी खेल मार्च र जुनमा हुने

विश्वकप छनोटमा नेपालले खेल्न बाँकी खेल मार्च र जुनमा हुने

खेलकुद, समाचार
पूर्णपुष्टि, कात्तिक २७  फिफा विश्वकप छनोट र एसियन कप छनोटको दोस्रो चरण अन्तर्गतका बाँकी खेलहरु नेपालले सन् २०२१ को जुन महिनाभित्र सकिने भएको छ । एसियन फुटबल कन्फेडेरेसन एएफसीले विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु जुन १५ सम्म सकिने जनाएको हो । एएफसीको प्रतियोगिता समितिको भर्चुअल बैठकले विश्वकप छनोट र एसियन कप छनोटका बाँकी खेल जुन १५ भित्र सक्ने निर्णय गरेको हो । कोरोना भाइरसको महामारीले यसअघि अक्टोबर र नोभेम्बरमा तय गरिएका छनोट खेलहरु स्थगित गरिएको थियो । छनोट अन्तर्गत बाँकी रहेको खेल मार्च र जुनमा हुने एएफसीले जनाएको छ । कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको छ । नेपालले अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेसँग खेल्न बाँकी रहेको छ । छनोटको तयारीमा रहेको नेपाल मैत्रीपूर्ण खेलका लागि बंगलादेशको ढाकामा छ । नेपालले ...
अवैध सखुवाको काठसहित १ जना पक्राउ

अवैध सखुवाको काठसहित १ जना पक्राउ

समाचार
पूर्णपुष्टि, कात्तिक २७ उदयपुरको बेलकाबाट अवैध सखुवाको काठसहित एक जना पक्रउ परेको छ । बेलका नगरपालिका ९ खोरिया टोलका शशी थापा मगरलाई चिरान गरेको ९ थान बटमसहित मंगलबार राति ९ बजे प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटेको प्रहरीको मोवाईल गस्ति टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । माछापुछ्रे सामूदायिक वनक्षेत्रबाट ७ फुटे ४–३ ईञ्चको बटमसहित मगर पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेको मगरमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । मगरलाई आवश्यक कानूनी कारवाहीको लागि सव डिभिजन वन कार्यालय बेलका स्थित मैनामैनी पठाएको प्रहरीले जनाएको छ ।...
जबरजस्ती करणी मुद्धाका फरार १ प्रतिवादी पक्राउ

जबरजस्ती करणी मुद्धाका फरार १ प्रतिवादी पक्राउ

समाचार
पूर्णपुष्टि, कात्तिक २७ जिल्ला अदालत उदयपुरले दोषी ठहर गर्दै ७ वर्ष कैद सजाय सुनाईएका एक फरार प्रतिवादी पक्राउ परेको छ । अदालतले २०६६ जेठ १४ गते जवरजस्ति करणी मुद्धामा दोषी ठहर गर्दै कैद सजाय सुनाईएपछि फरार रहेको चौदण्डीगढी नगरपालिका–९ हडियाका ४६ वर्षीय नारायणबहादुर राउतलाई बुधबार प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटेका प्रहरी टोलीले लुकीछिपी बस्दै आएको उनकै घरबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रतिवादी राउतलाई पैmसला कार्यान्वयनको लागि जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।...