Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

३ वटा राष्ट्रिय दैनिक पत्रिकाको कार्यालय अगाडि धर्ना

३ वटा राष्ट्रिय दैनिक पत्रिकाको कार्यालय अगाडि धर्ना

समाचार
पूर्णपुष्टि, कात्तिक २६  नेपाल पत्रकार महासङ्घले आज काठमाण्डौ उपत्यकाबाट प्रकाशित हुने तीन वटा राष्ट्रिय दैनिकका सञ्चार गृह अगाडि धर्ना दिएको छ । कालो ब्यानरसहित अन्नपूर्ण पोस्ट, राजधानी दैनिक र कारोबार दैनिक अगाडि दुई घण्टा धर्ना दिएको महासङ्घले जनाएको छ । पत्रकारलाई तलब दिन र कोरोना महामारीको नाममा निकालिएका पत्रकारलाई पुनर्बहाली गर्न माग गर्दै धर्ना दिइएको महासङ्घले जनाएको छ ।...
निःशुल्क कोरोना परीक्षणका लागि सिफारिस बनाएर रकम लिने पक्राउ

निःशुल्क कोरोना परीक्षणका लागि सिफारिस बनाएर रकम लिने पक्राउ

समाचार
पूर्णपुष्टि, कात्तिक २६ नेपालगञ्जको भेरी अस्पतालमा पीसीआर परीक्षणका लागि निःशुल्क सिफारिस बनाएर रकम असुल्ने गरेको पाइएको छ । सिफारिस बनाइ दिएर रकम असुल गर्ने भेरी अस्पतालमा कार्यरत दुई जना सुरक्षागार्ड र कोभिड वार्डमा सहयोगीको रुपमा कार्यरत एक जना बुधबार अस्पतालबाटै पक्राउ परेको हो । उनीहरुले निःशुल्क पीसीआरका लागि लक्षित वर्गका व्यक्तिको रुपमा डाक्टरको सिफारिस बनाएर रकम असुल गर्दै आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । यसरी सिफारिस बनाउँदा उनीहरुले डाक्टरको सिफारिसका लागि आफैले किर्ते हस्ताक्षर गर्ने गरेको पाइएको छ । पक्राउ परेकाहरूले ६ जनाको सिफारिस बनाएर रकम लिएको बयान दिएको प्रहरीले जनाएको छ ।...
आज नेप्से २८.८९ अंकले बढ्यो

आज नेप्से २८.८९ अंकले बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, कात्तिक २६ आज शेयर बजारमा परिसूचक नेप्से बढेको छ । नेप्से १.७२ प्रतिशत अर्थात् २८.८९ अङ्कले बढेर १ हजार ७ सय ६७ विन्दुमा पुगेको छ । हिजो शेयर बजार परिसूचक नेप्से झण्डै २६ अङ्कले बढेको थियो । सेन्सेटिभ परिसूचक पनि ५.२३ अङ्कले बढेर ३ सय ३५ दशमलव ६२ अङ्कमा पुगेको छ । नेप्से परिसूचक बढ्नुमा बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई प्रमुख कारणको रुपमा लिइएको छ । बजारमा चार अर्ब नौ करोड ९६ लाख चार हजार सात सय ४२ रुपैयाँ बराबरको एक करोड २४ लाख २३ हजार ६ सय ५१ कित्ता शेयर खरिद बिक्री भएको छ । कारोबारमा आएका समूहमध्ये फाइनान्स समूहबाहेकका सबै समूह बढेका छन् । सबैभन्दा धेरै व्यापार समूह ९.९९ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन समूह ६.२१ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह, म्युचल फण्ड र अन्य समूह ४ प्रतिशत बढीले बढेका छन् । बैंकिङ समूह पनि १.१५ प्रतिशतले बढेको छ ।...
नेपालमा थप २५६९ जनामा कोरोना संक्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या २ लाख नाघ्यो

नेपालमा थप २५६९ जनामा कोरोना संक्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या २ लाख नाघ्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक २६ नेपालमा आज थप दुई हजार पाँच सय ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या दुई लाख पाँच हजार ६९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १० हजार ८१ जनाको नमुना परीक्षण भएको हो । त्यस्तै गत २४ घण्टामा एक हजार ६ सय ६६ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ६२ हजार दुई सय ४३ पुगेको छ । अब नेपालमा ३८ हजार नौ सय १२ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । त्यस्तै एक हजार एक सय नौ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा २६ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक हजार एक सय ७४ पुगेको मन्त्रालयले जनाएको छ ।...
दाङमा चितुवाको छाला र लागुऔषध सहित २ युवा पक्राउ

दाङमा चितुवाको छाला र लागुऔषध सहित २ युवा पक्राउ

समाचार
पूर्णपुष्टि,कार्तिक २६ दाङमा चितुवाको छाला र लागुऔषध अफिमसहितसहित २ युवा पक्राउ पक्रउ परेको छ । घोराही उपमहानगरपालिका–८ को वनगाउँबाट हिजो राति उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । घोराही उपमहानगरपालिका–१२ का २६ वर्षीय मधु डाँगी र प्युठानको नौबहिनी गाउँपालिका–५ का २७ वर्षीय धनसिंह टमटालाई प्रहरीले पक्राउ गरेको हो । चितुवाको छाला र लागुऔषधको कारोबार भइराखेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रमा लिएको हो । जिल्ला प्रहरी कार्यालय दाङलका अनुसार उनीहरूको साथबाट पुच्छरसहितको ६ फिट ११ इन्च लम्बाइको चितुवाको छाला र ३ किलो ७ सय ५० ग्राम लागुऔषध अफिम बरामद गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङलले जनाएको छ ।...
ट्रकको ठक्करबाट दाङमा ३ जनाको मृत्यु

ट्रकको ठक्करबाट दाङमा ३ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,कार्तिक २६ दाङमा ट्रकको ठक्करबाट ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । राप्ती गाउँपालिका–५ का १६ वर्षीय मनोज गाहा, राप्ती गाउँपालिका–२ का १८ वर्षीय कसम पुन र राप्ती गाउँपालिका–८ पिपरीका १८ वर्षीय दिनेश घर्तीको मृत्यु भएको हो । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नं. ४ मौरीघाटमा ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदैगरेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई हिजो राति ८ बजेतिर ठक्कर दिँदा मोटरसाइकलमा सवार ३ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । मृतकको शवलाई लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।  ...
लागुऔषध खैरोहिरोईन सहित ४ जना पक्राउ

लागुऔषध खैरोहिरोईन सहित ४ जना पक्राउ

समाचार
पूर्णपुष्टि,कार्तिक २६ झापामा लागुऔषध खैरोहिरोईन सहित चार जना पक्राउ परेका छन् । उनीहरुलाइ झापाको बिर्तामोड–२ फुलबारी टोलबाट मंगलबार दिउँसो प्रतिबन्धित लागुऔषध खैरोहिरोईन र ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको हो । उनिहरुलाई बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले पक्रउ गरेको थियो । पक्राउ पर्नेमा सोही स्थानका ३१ बर्षीय संजय कुमार राजबंशी, २५ बर्षीय मोहन कुमार ओली, २४ बर्षीय दयालाल राजबंशी र २० बर्षीय अरुण कुमार राजबंशी रहेका छन । पक्राउ परेका मध्ये मोहन कुमार ओलीको घरमा लागुऔषध खरिद बिक्री भईरहेको भन्ने बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाई ५ ग्राम ७०० मिलीग्राम खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका चारै जनालाई थप अनुसन्धान गरी ईलाका प्रहरी कार्यालय अनारमनीबाट कानुनी कारबाही अगाडी बढाईने १ नं प्रदेश प्रहरीले ज...
जाडो छल्न ८० प्रतिशत चराहरु नेपाल आए

जाडो छल्न ८० प्रतिशत चराहरु नेपाल आए

समाचार
पूर्णपुष्टि, कात्तिक २६  विश्वका विभिन्न देशबाट जाडो छल्न नेपाल आउने चरामध्ये ८० प्रतिशत नेपाल आइसकेका चराविद्हरुले बताएका छन् । जाडो छल्न नेपाल आउने १ सय ५० प्रजातिका चरामध्ये यो वर्षको हिउँद सुरु भएपछि ८० प्रतिशत नेपाल आइसकेको जनाइएको छ । चीन, मंगोलिया, रुस, साइबेरिया तथा कोरियाको छेउछाउलगायतका ठाउँबाट चराहरु जाडो छल्न नेपाल आउने गरेको पाईन्छ । जाडो छल्न तथा आहारा खोज्न चराहरु ४ देखि ५ हजार माइल पार गरेर नेपाल आउने गरेको चराविद्हरुले बताएका छन् । असोजदेखि  आउन थाल्ने चरा चैत वैशाखमा फर्कने गरेका छन् । जाडो छल्न हिउँदमा १ सय ५० प्रजातिका र गर्मी छल्न ५० देखि ६० प्रजातिका चरा नेपाल आउने गरेको छ । कपिलवस्तुको जगदीशपुर जलाशय, कैलालीको घोडाघोडी ताल, बर्दियाको बढैया ताल, कास्कीको फेवाताल, चितवनको बीसहजारी तालसहितका सिमसार क्षेत्रमा हाँस तथा गिद्ध प्रजातिका आप्रवासी चराले हिउँद बिताउ...
बढी भाडा लिए नलिएकोे अनुगमनमा सिभिल ट्राफिक प्रहरी

बढी भाडा लिए नलिएकोे अनुगमनमा सिभिल ट्राफिक प्रहरी

समाचार
पूर्णपुष्टि, कात्तिक २६ काठमाण्डौ उपत्यकामा दशैँको तुलनामा तिहार केन्द्रीत चहलपहल बढेसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सुरक्षा व्यवस्था थप मजबुत बनाएको छ । कोरोना सङ्क्रमणको डरले दशैँ आसपासमा बजारमा कम मानिस देखिए पनि अहिले चहलपहल बढेको छ । दशैँअघिदेखि नै सुरु भएको एकीकृत सुरक्षा योजना बमोजिम तिहार नजिकिँदै गर्दा सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । अहिले सुरक्षा व्यवस्था थप मजबुत बनाउन जनशक्ति र चेक प्वाइन्टहरु थप्ने काम भएको महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा मात्रै ७ सय ४९ जना जनशक्ति थप गरिएको छ । त्यस्तै २० वटा चेक प्वाइन्ट थपिएसँगै चेक प्वाइन्टको संख्या ६६ पुगेको छ । त्यस्तै महाशाखाले सिभिलमा ८ वटा टोलीमा ३२ जना ट्राफिक प्रहरी परिचालन गरेको छ । सिभिलमा खटिएका ट्राफिक प्रहरीले यात्रु बनेर सार्वजनिक गाडीहरुले धेरै भाडा लिएको ...
तिहारमा बैंकहरु नखुल्ने

तिहारमा बैंकहरु नखुल्ने

समाचार
पूर्णपुष्टि, कात्तिक २६ वाणिज्य बैंकहरुले तिहार बिदामा शाखाहरु नखोल्ने भएका छन् । गत वर्ष दशैं र तिहारको बिदामा समेत सीमित शाखामार्फत् सेवा दिएका वाणिज्य बैंकहरुले यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिम रहेकाले तिहार विदामा बैंक नखोल्ने निर्णय गरेको छ । आगामी कात्तिक २९ देखि मंसिर १ गतेसम्म तीन दिन बैंकका शाखा नखुल्ने जानकारी दि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले जनाएको छ । हालसम्म वाणिज्य बैंकका ६ हजारभन्दा धेरै कर्मचारीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । थप कर्मचारीमा संक्रमण र धेरै कारोबार नहुने अनुमान गर्दै बन्द गर्ने निर्णय गरेको जनाएको छ । कात्तिक २९ देखि मंसिर १ गतेसम्म शाखा कार्यालयहरु बन्द भए पनि डिजिटल सेवाहरु भने सधैं खुला हुने संघले जनाएको छ । संघले यस अवधिमा बैंकिङ कारोबार गर्नुपरे डिजिटल कारोबार गर्न अनुरोध गरेको छ ।...